Breaking News 2

सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्न ७ दिनभित्र दर्ता अनिवार्य गर्ने सरकारको सूचना

सामाजिक सञ्जाल प्रयोग व्यवस्थित गर्न ७ दिनभित्र दर्ता अनिवार्य गर्ने सरकारको सूचना

काठमाडौं, भदौ १९ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रयोग भइरहेका स्वदेशी वा विदेशी अनलाइन तथा सामाजिक सञ्जाल प्लाटफर्महरूलाई ७ दिनभित्र अनिवार्य रूपमा दर्ता र सूचीकरण गर्न निर्देशन दिएको छ। मन्त्रालयले बिहिबार एक सार्वजनिक सूचना जारी गर्दै सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न आवश्यक तयारी स्वरूप सात दिनको समयसीमा तोकेको हो। उक्त सूचनामा भनिएको छ, "निर्धारित म्यादभित्र दर्ता नगरिएका सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभित्र निष्क्रिय गराइनेछ।" यसअघि सर्वोच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जाल सञ्चालनपूर्व नेपाल सरकारको अनुमति र सूचीकरण आवश्यक हुने निर्णय भएको थियो। सोही आदेशका आधारमा मन्त्रालयले सूचना जारी गरेको हो। अब तोकिएको समयसीमा भित्र दर्ता नगरेमा नेपालका दूरसञ्चार प्रदायकलाई…
Read More
मकवानपुरमा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ हस्ताक्षर अभियान तीव्र

मकवानपुरमा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ हस्ताक्षर अभियान तीव्र

मकवानपुर, २०८२ भदौ १८ । ‘सम्पूर्ण उपभोक्ताहरू सहभागी हौं, मध्यवर्ती क्षेत्र खारेज गरौं’ भन्ने मूल नाराका साथ मकवानपुर जिल्लामा भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती सङ्घर्ष समितिद्वारा हस्ताक्षर अभियान तीव्र रुपमा सञ्चालन भइरहेको छ। समितिका अध्यक्ष क्षेत्रबहादुर मोक्तानका अनुसार हेटौडा उपमहानगरपालिका तथा मकवानपुरका विभिन्न गाउँपालिकाका साविक वडाहरूमा पुगेर स्थानीयवासीहरूको हस्ताक्षर सङ्कलन जारी छ। हालसम्म मनहरी गाउँपालिकाका साविक वडा नं १, ४, ५, ६ र ७ मा अभियान सम्पन्न भइसकेको छ भने बाँकी वडामा पनि शीघ्रै अभियान सम्पन्न गर्ने तयारी गरिएको छ। यस क्रममा समितिले प्रत्येक वडास्थित बासिन्दालाई अभियानमा सहभागी गराउँदै मनोबल उच्च बनाइरहेको बताइएको छ। समितिले यही भदौ २३ गतेसम्म सम्पूर्ण साविक…
Read More
नेकपा (माओवादी केन्द्र)का युवा नेता मोहन नेम्बाङको निधन

नेकपा (माओवादी केन्द्र)का युवा नेता मोहन नेम्बाङको निधन

काठमाडौं, भदौ १८ गते । नेकपा (माओवादी केन्द्र)का युवा नेता मोहन नेम्बाङ (सञ्चार)को आज दिउँसो निधन भएको छ। काठमाडौँको सामाखुशीस्थित ग्रीनसिटी हस्पिटलमा उपचाररत ४५ वर्षीय नेम्बाङको निधन भएको हो। उनलाई उच्च रक्तचापको समस्या रहेको जनाइएको छ। नेकपा (माओवादी केन्द्र)का प्रदेश कमिटी सदस्य नेम्बाङ पूर्व जनमुक्ति सेनाका कुशल योद्धा तथा वैध माओवादीका जिल्ला सचिवसमेत रहेका थिए। पाँचथर फिदिम घर भएका उनी पछिल्ला वर्षहरू बिर्तामोडमा बस्दै आएका थिए। उनका श्रीमती र ४ जना छोराछोरी रहेका छन्। नेम्बाङको शव काठमाडौँबाट ल्याएर भोलि बिहान ७ देखि ८ बजेसम्म बिर्तामोडस्थित पार्टी कार्यालयमा श्रद्धाञ्जली सभा राखिने पार्टी स्रोतले जानकारी दिएको छ।
Read More
फेसबुकलाई नेपाल सरकारले ७ दिनको थप म्याद दिएर तत्काल बन्द नगर्ने निर्णय

फेसबुकलाई नेपाल सरकारले ७ दिनको थप म्याद दिएर तत्काल बन्द नगर्ने निर्णय

हेटौंडा, भदौ १८ गते । नेपाल सरकारले फेसबुकलाई दर्ता प्रक्रिया पूरा गर्न सात दिनको थप समय दिएको छ। यसअघि सरकारले सामाजिक सञ्जाललाई अनिवार्य दर्ता गराउन प्रक्रिया अगाडि बढाएको थियो। सोही क्रममा फेसबुक लगायतका सामाजिक सञ्जालले तोकिएको समयसीमा भित्र दर्ता नगरेमा नेपालभित्र पूर्णरुपमा निष्क्रिय बनाइने चेतावनीसमेत दिइएको थियो। सरकारी निर्णयअनुसार अहिले फेसबुकलाई तत्काल बन्द नगरी दर्ता प्रक्रिया अघि बढाउन फेरि सात दिनको म्याद थप गरिएको हो। यसअघि दर्ता नगर्ने सामाजिक सञ्जालमाथि सरकारले कडाइका साथ कारबाही गर्ने तयारी गरिरहेको थियो।
Read More
वरिष्ठ तामाङ सेलोकी गायिका इन्द्रा गोलेको ५९ वर्षको उमेरमा निधन

वरिष्ठ तामाङ सेलोकी गायिका इन्द्रा गोलेको ५९ वर्षको उमेरमा निधन

काठमाडौं, भदौ १८ गते । नेपाली सांगीतिक कला क्षेत्रमा लामो समयदेखि सक्रिय वरिष्ठ तामाङ सेलोकी गायिका इन्दिरा गोलेको निधन भएको छ। उनी ५९ वर्षको उमेरमा हिजो दिउँसो करिब १२ बजे हात्तीवनस्थित आफ्नै घरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। गोलेले आफ्नो जीवनकालमा तामाङ सेलो, लोकदोहोरी, देउडा, काठे गीतसहितका विभिन्न भाषा र भाकामा गीत गाएर दर्शक–श्रोताको मन जित्न सफल भएकी थिइन्। उनका नारायणथानमा गेट, जाइफुलको बासना, घर त छाउनीमा, असारको महिना लगायतका गीत निकै लोकप्रिय रहेका छन्। सांगीतिक यात्रामा जीवन नै समर्पित गरेकी गोले पछिल्ला दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिइन्। हरिसिद्धि स्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि पछिल्ला दुई सातादेखि उनी…
Read More
मनसुनजन्य जोखिमका कारण त्रिशूली–काठमाडौं सडक खण्डमा सवारी आवागमनमा रोक

मनसुनजन्य जोखिमका कारण त्रिशूली–काठमाडौं सडक खण्डमा सवारी आवागमनमा रोक

हेटौडा,भदौ १६ गते । मनसुनको लगातारको प्रभावले कुनै पनि समय विपद्को अवस्था सिर्जना हुन सक्ने भन्दै यात्रु तथा सवारी सुरक्षामा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले निर्णय गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २०८२ साउन १५ गतेदेखि लागू हुनेगरी साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसअघि साउन ०१ गतेदेखि तोकिएको समयावधिमा सवारी सञ्चालनमा रोक लगाइएकोमा पुनः समिति बैठकले उक्त निर्णयलाई निरन्तरता दिएको हो। जिल्ला प्रशासन कार्यालयले सबै सरोकारवालालाई जानकारीका लागि यो सूचना जारी गरेको छ।
Read More
काभ्रेका पूर्व अध्यक्ष कम्युनिष्ट नेता मनिक लामाको भारतमा उपचार क्रममा निधन

काभ्रेका पूर्व अध्यक्ष कम्युनिष्ट नेता मनिक लामाको भारतमा उपचार क्रममा निधन

हेटौडा,भदौ १६ गते । काभ्रे जिल्ला, चौरी देउराली गाउँपालिका–७ निवासी कम्युनिष्ट तथा वामपन्थी नेता, पूर्व अध्यक्ष मनिक लामाको असामयिक निधन भएको छ। २०१६ साल असार १९ गते जन्मिएका लामा २०८२ भदौ १३ गते शुक्रबार भारतको चेन्नईस्थित अस्पतालमा उपचारको क्रममा निधन भएको जसपा नेपाल बागमती प्रदेशले जनाएको छ। उनको निधनप्रति जसपा नेपाल बागमती प्रदेश स्तब्ध र मर्माहित भएको जनाएको छ। मृतक आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ। साथै जसपा नेपालका केन्द्रीय सचिव तथा बागमती प्रदेश संयोजक प्रमुख सुनी लामा, पूर्व सांसद नविना लामा र शोकसन्तप्त परिवारजनप्रति धैर्य, शक्ति र शान्तिको लागि समवेदना व्यक्त गरिएको छ। बागमती प्रदेश…
Read More
जनघाती भूमि विधेयकविरुद्ध समाजवादी विद्यार्थी युनियनद्वारा आज काठमाडौँमा विरोध प्रदर्शन

जनघाती भूमि विधेयकविरुद्ध समाजवादी विद्यार्थी युनियनद्वारा आज काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौं, भदौ १४ गते । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय सम्पर्क समिति तथा समाजवादी विद्यार्थी युनियन, नेपालद्वारा आयोजना गरिएको "जनघाती भूमि विधेयक विरुद्ध विरोध प्रदर्शन कार्यक्रम" आज १४ गते (शनिबार) दिउँसो ३:०० बजे हुने भएको छ । भूमि विधेयकलाई जनघाती भन्दै हुने यस विरोध कार्यक्रम बल्खु चौकबाट सुरु भई किर्तिपुर नयाँ बजारसम्म व्यानर र झण्डासहितको र्यालीमा परिणत हुनेछ। र्यालीपश्चात किर्तिपुर नयाँ बजारमा कोण सभा सम्पन्न गरिने आयोजकहरूले जनाएका छन्।
Read More
जनता समाजवादी पार्टी, नेपालद्वारा रामेछाप जिल्ला अधिवेशन उद्घाटन समारोह हुने

जनता समाजवादी पार्टी, नेपालद्वारा रामेछाप जिल्ला अधिवेशन उद्घाटन समारोह हुने

रामेछाप, भदौ १३ गते । जनता समाजवादी पार्टी, नेपालले रामेछाप जिल्लामा अधिवेशनको उद्घाटन समारोह गर्ने भएको छ। "संघीयता, सुशासन, सामाजिक न्याय र समाजवाद" भन्ने नारासहितको अधिवेशन यही २०८२ भदौ १४ गते मन्थलीमा हुने जनाइएको छ। पार्टीका अनुसार अधिवेशन उद्घाटन समारोह दिउँसो १२:३० बजे सुरु हुनेछ। कार्यक्रममा पार्टीका शीर्ष नेताहरूको उपस्थितिसहित संगठन सुदृढीकरण, आगामी रणनीति र जिल्लास्तरीय नेतृत्व चयन प्रक्रियाबारे छलफल हुने अपेक्षा गरिएको छ। जनता समाजवादी पार्टी, नेपालका जिल्ला कार्य समिति, रामेछापका अनुसार अधिवेशनले संगठनलाई थप गतिशील बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।
Read More
“सच्चा नेता देश र जनताको हितलाई परिवारभन्दा माथि राख्छन् : बज्राचार्य”

“सच्चा नेता देश र जनताको हितलाई परिवारभन्दा माथि राख्छन् : बज्राचार्य”

हेटौंडा, भदौ १३ गते । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले नेतृत्वमा रहेका व्यक्तिहरूले कुनै पनि परिस्थितिमा निजि स्वार्थलाई प्राथमिकतामा राख्न नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै उनले सच्चा नेताले आफ्नो र परिवारको हितलाई सधैं देश र जनताको अधिनमा राख्नुपर्ने धारणा व्यक्त गरेका हुन्। बज्राचार्यका अनुसार जिम्मेवारी बहन गर्ने नेताको प्रमुख कर्तव्य देश र जनताको सेवामा समर्पित हुनु हो। उनले भने, “एउटा कर्मठ नेताले पेट पालेर राजनीति गर्दछ, न कि राजनीति गरेर पेट पाल्दछ।” उनको भनाइले व्यक्तिगत स्वार्थ भन्दा पनि सार्वजनिक जिम्मेवारीलाई प्राथमिकतामा दिनुपर्ने विषयमा जोड दिएको देखिन्छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.