Breaking News 2

हेटौंडा–४ मा जेठ ३० गते बृहत् निःशुल्क स्वास्थ्य शिविर, मुटु, स्त्री तथा क्षयरोग विशेषज्ञ सेवा उपलब्ध हुने

हेटौंडा–४ मा जेठ ३० गते बृहत् निःशुल्क स्वास्थ्य शिविर, मुटु, स्त्री तथा क्षयरोग विशेषज्ञ सेवा उपलब्ध हुने

हेटौंडा,जेठ २१ गते। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजनामा जेठ ३० गते बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म हेटौंडा–४ स्थित क्वीक ट्वान्टी पार्टी प्यालेसमा शिविर सञ्चालन गरिने जनाइएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठान, मकवानपुर शाखाको सहआयोजना तथा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडाको विशेष सहयोगमा सञ्चालन हुने शिविरको व्यवस्थापन टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाले गर्नेछ। वडा अध्यक्ष नवीन सिग्देलका अनुसार वडा कार्यालय र नेपाल हृदयरोग निवारण प्रतिष्ठान, मकवानपुर शाखाको सहकार्यमा आयोजना हुन लागेको यो तेस्रो बृहत् स्वास्थ्य शिविर हो। शिविरमार्फत सर्वसाधारणलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज र निःशुल्क रूपमा उपलब्ध…
Read More
नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय जेठ २८ गते मध्यरातसम्म थपियो

नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकको समय जेठ २८ गते मध्यरातसम्म थपियो

ललितपुर,जेठ २१ गते। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि अन्तिम पटकका लागि जेठ २८ गते राति १२ बजेसम्म कायम गरेको छ। पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठक पार्टीका महामन्त्री तथा समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बिहीबार केन्द्रीय कार्यालय बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बसेको थियो। बैठकले देशभर क्रियाशील सदस्यता अद्यावधिकको कार्य उत्साहजनक रूपमा अघि बढिरहेको निष्कर्ष निकाल्दै विभिन्न तहबाट समय अपुग भएको जानकारी प्राप्त भएकाले सदस्यता नवीकरणको अवधि थप गर्ने निर्णय गरेको हो। समितिका अनुसार पार्टीका वडा, पालिका, जिल्ला तथा अन्य तहबाट सदस्यता अद्यावधिकका लागि थप समय आवश्यक रहेको सुझाव आएपछि समयसीमा जेठ २८ गते राति १२ बजेसम्म…
Read More
बागमती प्रदेश पत्रकार महासंघको पाँचौँ साधारण सभा र मिडिया सम्मेलनको तयारी पूरा

बागमती प्रदेश पत्रकार महासंघको पाँचौँ साधारण सभा र मिडिया सम्मेलनको तयारी पूरा

हेटौंडा,जेठ २१ गते। नेपाल पत्रकार महासंघ बागमती प्रदेशको पाँचौँ साधारण सभा तथा प्रदेश स्तरीय मिडिया सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। जेठ २२, २३ र २४ गते हेटौंडामा आयोजना हुने कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रदेश समितिले जनाएको छ। नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडाका अनुसार जेठ २२ गते हुने मिडिया सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले गर्ने कार्यक्रम तय भएको छ। सम्मेलनमा पत्रकारिता क्षेत्रका समसामयिक विषयमा केन्द्रित बहस तथा छलफल गरिनेछ। बदलिँदो पत्रकारिता : संकट, चुनौती र अवसर, गुणस्तरीय पत्रकारिता : आजको आवश्यकता तथा समाजको आँखामा मिडिया विषयमा विज्ञ वक्ताहरूको सहभागितामा अन्तरक्रिया र बहस…
Read More
हेटौंडा–११ मा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु, १३ टोलीबीच प्रतिस्पर्धा हुने

हेटौंडा–११ मा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु, १३ टोलीबीच प्रतिस्पर्धा हुने

हेटौंडा,जेठ २१ गते। हेटौंडा उपमहानगरपालिका–११ स्थित सरस्वती खेल मैदानमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ। सरस्वती टोल विकास संस्थाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ११ को प्रायोजनमा आयोजित प्रतियोगिताको उद्घाटन जेठ २१ गते गरिएको हो। प्रतियोगिताको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा वडा अध्यक्ष जुना दाहालले पानसमा दीप प्रज्वलन गरी टोलीका कप्तानलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको शुभारम्भ गरिन्। उद्घाटन खेल आयोजक सरस्वती टोल विकास संस्थाका ‘ए’ र ‘बी’ टोलीबीच सम्पन्न भएको थियो। प्रतियोगिताको पहिलो दिन ६ वटा टोलीले प्रतिस्पर्धात्मक खेल प्रदर्शन गरेको कार्यक्रम संयोजक संजय बिडारीले जानकारी दिए। आयोजकका अनुसार जेठ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १३ वटा…
Read More
१० प्लास्टिक बोतल बराबर १ फलफूलको बिरुवा : हेटौंडामा वातावरण संरक्षण र हरियाली प्रवर्द्धन अभियान

१० प्लास्टिक बोतल बराबर १ फलफूलको बिरुवा : हेटौंडामा वातावरण संरक्षण र हरियाली प्रवर्द्धन अभियान

हेटौंडा,जेठ २१ गते। विश्व वातावरण दिवस–२०८३ को अवसरमा हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा ‘बोतलसँग फलफूलका बिरुवा साट्ने’ कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण, प्लास्टिकजन्य फोहोर व्यवस्थापन तथा हरियाली प्रवर्द्धनलाई लक्षित गर्दै हेटौंडा उपमहानगरपालिका वडा नं. १८ र वडा नं. ६ मा कार्यक्रम सञ्चालन गरिएको हो। “१० वटा प्लास्टिक बोतल बराबर १ वटा फलफूलको बिरुवा” साट्ने व्यवस्था गरिएको उक्त कार्यक्रममार्फत दुई स्थानबाट गरी ४०० भन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी स्थानीयवासीले प्रयोगपछि फालिएका प्लास्टिकका बोतल संकलन गरी ल्याएका थिए भने त्यसको सट्टामा उन्नत जातका फलफूलका बिरुवा प्राप्त गरेका थिए। टोल…
Read More
जीवनरक्षक औषधिको आपूर्ति र व्यवस्थापन सुधार गर्न सरकार सक्रिय, विभागलाई विस्तृत विवरण पेश गर्न निर्देशन

जीवनरक्षक औषधिको आपूर्ति र व्यवस्थापन सुधार गर्न सरकार सक्रिय, विभागलाई विस्तृत विवरण पेश गर्न निर्देशन

काठमाडौं,जेठ २१ गते। जीवनरक्षक तथा क्यान्सरविरुद्ध प्रयोग हुने औषधिको आपूर्ति र व्यवस्थापनमा देखिएका समस्याका विषयमा औषधी व्यवस्था विभाग र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिबीच बुधबार विस्तृत छलफल भएको छ। छलफलमा विशेषगरी क्यान्सरविरुद्धका औषधि तथा Immunosuppressant समूहका औषधिको उपलब्धता, आपूर्तिसम्बन्धी विभिन्न माध्यमबाट प्राप्त गुनासा तथा त्यसको वास्तविक अवस्थाबारे समीक्षा गरिएको थियो। साथै औषधिको नियमित आपूर्ति सुनिश्चित गर्न आवश्यक उपायहरूबारे पनि विचार–विमर्श भएको जनाइएको छ। बैठकमा औषधि आयात तथा आपूर्तिको अनुमति प्राप्त गरेपछि पनि सम्बन्धित कम्पनी वा आपूर्तिकर्ताले औषधि आपूर्ति नगरेको अवस्थामा अपनाउन सकिने कानुनी तथा प्रशासनिक विकल्पहरूमाथि समेत छलफल भएको थियो। यस्ता अवस्थाको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक कदम चाल्ने विषयमा समेत…
Read More
किङ कोब्राको टोकाइबाट घाइते सर्प उद्धारकर्ता राजेश थापाको स्वास्थ्यमा सुधार, आइसीयूबाट वार्डमा सार्ने तयारी

किङ कोब्राको टोकाइबाट घाइते सर्प उद्धारकर्ता राजेश थापाको स्वास्थ्यमा सुधार, आइसीयूबाट वार्डमा सार्ने तयारी

हेटौंडा,जेठ २० गते। किङ कोब्रोको उद्धार गर्ने क्रममा सर्पदंशको शिकार भएका मकवानपुरका सर्प उद्धारकर्ता राजेश थापा (गरिब) को स्वास्थ्य अवस्थामा सुधार आएको छ। चिकित्सकले उनलाई सघन उपचार कक्ष (आइसीयू) बाट मेडिसिन वार्डमा सार्न सकिने जनाएको हेटौंडा अस्पतालले जनाएको छ। मंगलबार बकैया गाउँपालिका र बागमती गाउँपालिकाको सिमाना क्षेत्रमा फेला परेको किङ कोब्रोको उद्धार गर्ने क्रममा थापालाई सर्पले टोकेको थियो। त्यसपछि उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याई आइसीयूमा राखेर उपचार सुरु गरिएको थियो। अस्पताल स्रोतका अनुसार थापालाई प्रारम्भिक उपचारका क्रममा ४ देखि ५ वटा स्नेक एन्टी भेनम दिइएको थियो। मंगलबार राति करिब १०ः३० बजेदेखि निरन्तर आइसीयूमा राखेर उपचार गरिएकोमा स्वास्थ्य अवस्था…
Read More
कालापानीलगायत सीमा विवादमा सरकार गम्भीर बन्नुपर्ने सामाजिक अभियन्ता विशालराज महतको धारणा

कालापानीलगायत सीमा विवादमा सरकार गम्भीर बन्नुपर्ने सामाजिक अभियन्ता विशालराज महतको धारणा

हेटौंडा,जेठ २० गते। सेवा, सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रसँग सम्बन्धित सीमा विवादका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डतासँग जोडिएको कालापानीको विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाउनुपर्ने उल्लेख गरेका छन्। उनले सन् १९६२ मा भारत–चीन युद्धपछि कालापानी क्षेत्रमा भारतीय सुरक्षा बलको उपस्थिति कायम रहँदै आएको विषय नेपाली जनमानसमा लामो समयदेखि चासो र चिन्ताको विषय बनेको बताए। नेपालले ऐतिहासिक नक्सा, सन्धि तथा प्रमाणका आधारमा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको स्मरण गराउँदै महतले…
Read More
मनहरीमा डेङ्गु नियन्त्रण अभियान सञ्चालन, लामखुट्टेको बासस्थान नष्ट गर्न समुदायलाई आग्रह

मनहरीमा डेङ्गु नियन्त्रण अभियान सञ्चालन, लामखुट्टेको बासस्थान नष्ट गर्न समुदायलाई आग्रह

मनहरी,जेठ २० गते। मनहरी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा डेङ्गु रोग सम्बन्धी अभिमुखीकरण तथा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ। बुधबार मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित पुष्पलाल स्मृति आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित कार्यक्रममा डेङ्गु रोगको संक्रमण, रोकथाम र नियन्त्रणका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, सञ्चारकर्मी तथा समुदायका विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। अभिमुखीकरणका क्रममा डेङ्गु रोग फैलाउने एडिस जातको लामखुट्टेको जीवनचक्र, संक्रमणका प्रमुख लक्षण तथा रोगबाट बच्ने उपायबारे जानकारी गराइएको थियो। साथै घर तथा समुदाय वरपर पानी जम्ने स्थानहरूको नियमित निरीक्षण गरी लामखुट्टेले फुल पार्ने र वृद्धि हुने वातावरण…
Read More
मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणालीबारे अभिमुखीकरण, समयमै रोग पहिचानमा समुदायको भूमिका महत्वपूर्ण

मनहरीमा समुदायमा आधारित रोग निगरानी प्रणालीबारे अभिमुखीकरण, समयमै रोग पहिचानमा समुदायको भूमिका महत्वपूर्ण

मनहरी,जेठ २० गते। मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित पुष्पलाल स्मृति आधारभूत स्वास्थ्य सेवा केन्द्रमा समुदायमा आधारित रोग निगरानी प्रणाली (Community-Based Surveillance) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बुधबार आयोजित कार्यक्रममा समुदायमा देखिन सक्ने विभिन्न संक्रामक तथा अन्य स्वास्थ्य समस्याहरूको प्रारम्भिक पहिचान, सूचना संकलन तथा सम्बन्धित निकायसम्म समयमै जानकारी पुर्‍याउने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी तथा समुदायका अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। अभिमुखीकरणका क्रममा रोगका प्रारम्भिक संकेत तथा लक्षणहरू पहिचान गरी तत्काल सूचना प्रवाह गर्न समुदायको सक्रिय सहभागिता आवश्यक रहने विषयमा जोड दिइएको थियो। सहभागीहरूलाई महामारी, संक्रामक रोग तथा अन्य स्वास्थ्य जोखिमका घटनाहरूको समयमै जानकारी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.