Breaking News 2

त्रिभुवन राजपथ क्षेत्रमा सडक सीमा अतिक्रमण हटाइँदै, जोखिमयुक्त भवन खाली गर्न सडक डिभिजन हेटौडाको आग्रह

त्रिभुवन राजपथ क्षेत्रमा सडक सीमा अतिक्रमण हटाइँदै, जोखिमयुक्त भवन खाली गर्न सडक डिभिजन हेटौडाको आग्रह

हेटौंडा,असार २ गते। सडक डिभिजन कार्यालय हेटौंडाले त्रिभुवन राजपथ अन्तर्गत शिरशिया मितेरी पुलदेखि बहुअरी गण्डक चोकसम्मको सडक क्षेत्रमा रहेका संरचना हटाउन तथा जोखिमयुक्त भवन खाली गर्न अत्यन्त जरुरी सूचना जारी गरेको छ। डिभिजनले सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५–२५ मिटर क्षेत्रलाई सडक सीमा कायम गर्दै संरक्षण कार्य २०८३ वैशाख ६ गतेदेखि सुरु गरेको जनाएको छ। सो कार्यका क्रममा केही भवन तथा संरचना क्षतिग्रस्त बने पनि त्यहाँ हालसम्म बसोबास तथा व्यापार व्यवसाय सञ्चालन भइरहेको पाइएको भन्दै कार्यालयले चिन्ता व्यक्त गरेको छ। डिभिजन प्रमुखद्वारा जारी सूचनामा जोखिमयुक्त भवनहरूमा बसोबास नगर्न र व्यापार व्यवसाय सञ्चालन नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ। सूचनाको अवज्ञा गरी कुनै…
Read More
सेलो गायक बिरु घलानको नयाँ गीत ‘धोकेबाज पापिनी’ सार्वजनिक, दर्शकबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा

सेलो गायक बिरु घलानको नयाँ गीत ‘धोकेबाज पापिनी’ सार्वजनिक, दर्शकबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा

हेटौंडा,असार २ गते। मकवानपुरका चर्चित सेलो गायक बिरु घलानले आफ्नो नयाँ सेलो गीत ‘धोकेबाज पापिनी’ सार्वजनिक गरेका छन्। अस्ति मात्र आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले सेलो संगीतप्रेमी दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। सेलो सांगीतिक यात्राबाट आफ्नो संगीत करियरको सुरुवात गरेका गायक घलानका गीतहरूलाई दर्शक तथा श्रोताहरूले विगतदेखि नै अत्यधिक माया र साथ दिँदै आएका छन्। सोही माया र सद्भावलाई आत्मसात गर्दै उनले समयानुकूल फरक–फरक शैलीका सांगीतिक कोसेलीहरू दर्शकमाझ प्रस्तुत गर्दै आएका छन्। घलानका अनुसार उनले हालसम्म करिब १३ वटा सेलो गीत सार्वजनिक गरिसकेका छन्। यसपटक ‘धोकेबाज पापिनी’ बोलको गीतमार्फत दर्शकमाझ आएका घलानले यस…
Read More
“बोतल देऊँ, बिरुवा लिऊँ” अभियान मार्फत १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

“बोतल देऊँ, बिरुवा लिऊँ” अभियान मार्फत १५० भन्दा बढी फलफूलका बिरुवा वितरण

हेटौंडा,जेठ ३१ गते। वातावरण संरक्षण, प्लास्टिकजन्य फोहोर न्यूनीकरण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको “बोतल देऊँ, बिरुवा लिऊँ” अभियान अन्तर्गत हेटौंडा–७ मा १५० भन्दा बढी फलफूलका बिरुवा वितरण गरिएको छ। टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा–७ र श्रीनिवास टोल विकास संस्था हेटौंडा–७ को समन्वयमा सञ्चालित कार्यक्रम श्रीनिवास टोल विकास संस्थाको परिसरमा सम्पन्न भएको हो। टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष दामोदर गौतम प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा टोल विकास…
Read More
निर्माण भएको दुई वर्ष नपुग्दै देवकोट स्वास्थ्य केन्द्र बन्द, स्थानीय आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित

निर्माण भएको दुई वर्ष नपुग्दै देवकोट स्वास्थ्य केन्द्र बन्द, स्थानीय आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित

देवकोट,जेठ ३१ गते। मनहरी गाउँपालिका–८ देवकोटमा निर्माण गरिएको स्वास्थ्य केन्द्र सञ्चालनमा आएको दुई वर्ष पनि नपुग्दै सेवा ठप्प भएको छ। स्थानीय नागरिकलाई गाउँमै आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको उक्त स्वास्थ्य केन्द्र विगत करिब एक वर्षदेखि बन्द अवस्थामा रहेको स्थानीयवासीले बताएका छन्। स्थानीयका अनुसार स्वास्थ्य केन्द्र निर्माण सम्पन्न भएपछि केही समय नियमित रूपमा सञ्चालनमा आएको थियो। तर गत वर्षको जेठ महिनादेखि स्वास्थ्यकर्मीको व्यवस्था हुन नसक्दा र सेवा सञ्चालनमा निरन्तरता नआउँदा स्वास्थ्य केन्द्र पूर्ण रूपमा बन्द भएको हो। स्वास्थ्य केन्द्र बन्द भएपछि सामान्य बिरामी समेत उपचार तथा औषधिका लागि टाढाका स्वास्थ्य संस्थामा जान बाध्य भएका छन्। आकस्मिक अवस्थामा आवश्यक…
Read More
हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढी नागरिक लाभान्वित

हेटौंडा–४ मा बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ६ सयभन्दा बढी नागरिक लाभान्वित

हेटौंडा,जेठ ३० गते। हेटौंडा उपमहानगरपालिका वडा नं. ४ कार्यालयको आयोजनामा सञ्चालन गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। नेपाल हृदयरोग निवारण प्रतिष्ठानको सह–आयोजना, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विशेष सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको व्यवस्थापनमा शिविर सञ्चालन गरिएको हो। नेपाल हृदयरोग निवारण प्रतिष्ठान मकवानपुरका वरिष्ठ उपाध्यक्ष ध्रुव भुजेलको अध्यक्षतामा आयोजित कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा प्रदेशसभा सदस्य एकालाल श्रेष्ठ, हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार भीमसागर गुरागाईं तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाका अध्यक्ष ध्रुव प्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो।…
Read More
युनिटी पीडितलाई न्याय दिलाउन जनप्रतिनिधि सक्रिय हुनुपर्नेमा विशालराज महतको जोड

युनिटी पीडितलाई न्याय दिलाउन जनप्रतिनिधि सक्रिय हुनुपर्नेमा विशालराज महतको जोड

हेटौंडा,जेठ २३ गते। सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले युनिटी काण्डका पीडितहरूको न्याय र रकम फिर्तासम्बन्धी विषयमा जनप्रतिनिधि तथा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले जनताले परिवर्तनको अपेक्षासहित नयाँ राजनीतिक शक्तिलाई दिएको विश्वासलाई व्यवहारमा प्रमाणित गर्नुपर्ने बताएका छन्। उनले सत्ता प्राप्त गर्नु मात्र पर्याप्त नभई जनताका समस्या समाधान गर्नु नै जनप्रतिनिधिको मुख्य दायित्व भएको उल्लेख गरेका छन्। महतले युनिटी काण्डबाट प्रभावित धेरै नागरिक अझै पनि आफ्नो बचत तथा लगानी फिर्ताको प्रतीक्षामा रहेको उल्लेख गर्दै पीडितहरूको समस्याप्रति सम्बन्धित निकाय र जनप्रतिनिधिहरूको पर्याप्त ध्यान नपुगेको टिप्पणी गरेका छन्। मकवानपुरसहित विभिन्न…
Read More
इतिहासबाट सिकेर राष्ट्रिय हित जोगाउनुपर्नेमा विशालराज महतको जोड

इतिहासबाट सिकेर राष्ट्रिय हित जोगाउनुपर्नेमा विशालराज महतको जोड

हेटौंडा,जेठ २३ गते। सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले नेपालको राष्ट्रिय हित, सार्वभौमसत्ता र भूराजनीतिक संवेदनशीलताप्रति सजग रहनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले इतिहासका विभिन्न घटनाबाट शिक्षा लिएर वर्तमान परिस्थितिको मूल्याङ्कन गर्न आवश्यक रहेको उल्लेख गरेका छन्। उनले कुनै पनि शक्तिशाली राष्ट्रले आफ्नो राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने भएकाले नेपालजस्तो भूराजनीतिक रूपमा महत्वपूर्ण देशले राष्ट्रिय स्वार्थको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। महतले सिक्किम भारतमा विलय भएको घटना तथा बङ्गलादेश निर्माणमा भारतको भूमिकाजस्ता ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै आन्तरिक राजनीतिक अस्थिरता, विभाजन र राष्ट्रिय हितभन्दा माथि व्यक्तिगत तथा दलगत स्वार्थ हावी हुँदा…
Read More
वातावरण संरक्षणमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्था सम्मानित, विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार

वातावरण संरक्षणमा योगदान पुर्‍याउने व्यक्ति तथा संस्था सम्मानित, विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार

हेटौंडा,जेठ २३ गते। विश्व वातावरण दिवस–२०८३ को अवसरमा “समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने नारासहित हेटौंडामा सञ्चालन गरिएको सप्ताहव्यापी कार्यक्रम हिजो सम्मान, पुरस्कार वितरण तथा समापन समारोहसहित सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाको आयोजनामा सम्पन्न कार्यक्रम समितिका अध्यक्ष ध्रुवप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो। कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ प्रमुख अतिथि रहेका थिए। समारोहमा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा हेटौंडा उपमहानगरपालिकाका पूर्व नगरप्रमुख डोरमणी पौडेल, वन तथा वातावरण मन्त्री भरतकुमार केसी, प्रदेशसभा सदस्य एकलाल श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितकुमार घलान, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलगायत विभिन्न राजनीतिक दल,…
Read More
बागमती प्रदेशका उत्कृष्ट ३२ चालक तथा सहचालक सम्मानित, मकवानपुरका सर्वाधिक पुरस्कृत

बागमती प्रदेशका उत्कृष्ट ३२ चालक तथा सहचालक सम्मानित, मकवानपुरका सर्वाधिक पुरस्कृत

चितवन,जेठ २२ गते। बागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायात क्षेत्रमा दीर्घकालीन, अनुशासित, जिम्मेवार र दुर्घटनारहित सेवा प्रदान गर्दै आएका उत्कृष्ट चालक तथा सहचालकलाई सम्मान गरेको छ। शुक्रबार चितवनको भरतपुर महानगरपालिका–१ स्थित चितवन उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाका १६ जना चालक र १६ जना सहचालक गरी ३२ जनालाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो। पुरानो नारायणी यातायात व्यवसायी संघ मकवानपुरको समन्वयमा आयोजित कार्यक्रममा उत्कृष्ट चालकलाई जनही २० हजार रुपैयाँ तथा सहचालकलाई जनही १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। सम्मानित हुनेमध्ये सबैभन्दा धेरै मकवानपुर जिल्लाका चालक तथा सहचालक…
Read More
लागूऔषध नियन्त्रणमा बहुपक्षीय सहकार्यको आवश्यकता : वडाध्यक्ष सिग्देल

लागूऔषध नियन्त्रणमा बहुपक्षीय सहकार्यको आवश्यकता : वडाध्यक्ष सिग्देल

हेटौँडा,जेठ २२ गते। लागूऔषध दुर्व्यसन तथा त्यसबाट सिर्जित सामाजिक र स्वास्थ्यजन्य समस्यालाई न्यूनीकरण गर्न स्थानीय सरकार, समुदाय, स्वास्थ्य संस्था, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको औँल्याइएको छ। हेटौंडा उपमहानगरपालिका–४ मा सञ्चालित सिआन पुनर्स्थापन केन्द्र अन्तर्गतको महिला क्षति न्यूनीकरण परियोजना (Female DIC) ले शुक्रबार वडा कार्यालयमा लागूऔषध न्यूनीकरण तथा क्षति न्यूनीकरण कार्यक्रम सुदृढीकरणका लागि ध्यानाकर्षण पत्र बुझाएको छ। ध्यानाकर्षण पत्र बुझ्दै वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलले लागूऔषध समस्या वडा विशेषको मात्र नभई राजधानी सहरको साझा चुनौती भएको बताए। उनका अनुसार वडा नं. ४ मा स्थायी र अस्थायी गरी करिब २५ हजारभन्दा बढी जनसङ्ख्याको प्रत्यक्ष आवागमन हुने…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.