Breaking News 2

मेडिकल व्यवसायी दुर्गा प्रसाई वीरगंजबाट पक्राउ

मेडिकल व्यवसायी दुर्गा प्रसाई वीरगंजबाट पक्राउ

वीरगंज,जेठ ४ गते। मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाई लाई प्रहरीले वीरगंजबाट पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार प्रसाईलाई वीरगंजस्थित दियालो होटलबाट मंगलबार पक्राउ गरिएको हो। उनलाई “माथिको आदेश” भन्दै नियन्त्रणमा लिइएको बताइएको छ। यद्यपि, कुन आरोप वा कसुरमा पक्राउ गरिएको हो भन्ने विषयमा आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन। प्रसाई सोमबार सिमरा विमानस्थल हुँदै वीरगंज पुगेका थिए। वीरगंजमा आयोजना हुने कार्यक्रममा सहभागी हुन उनी त्यहाँ पुगेका हुन्। कार्यक्रममा सहभागी हुनुअघि उनले विमानस्थलमै सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सरकार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूमाथि आलोचनात्मक टिप्पणी गरेका थिए। प्रहरीले पक्राउबारे…
Read More
ढकमक्क फुलेका फूलले झन् चम्कियो हेटौंडा, सडक किनार बने आकर्षणको केन्द्र

ढकमक्क फुलेका फूलले झन् चम्कियो हेटौंडा, सडक किनार बने आकर्षणको केन्द्र

हेटौँडा, जेठ ४ गते। हेटौंडा उपमहानगरपालिका अन्तर्गतका विभिन्न सडक क्षेत्रमा ढकमक्क फुलेका फूलहरूले यतिबेला शहरको सौन्दर्यलाई थप आकर्षक बनाएका छन्। सडक छेउ, डिभाइडर तथा सार्वजनिक स्थलमा रोपिएका रंगीचंगी फूलहरूले हरित शहरको पहिचान बोकेको हेटौंडालाई ‘फूलैफूलको शहर’ का रूपमा थप परिचित गराइरहेका छन्। हेटौंडा बजार क्षेत्रको मुख्य व्यापारिक केन्द्र कान्तिराजपथदेखि उपमहानगरभित्रका विभिन्न सडक, पार्क तथा सार्वजनिक स्थानमा फुलेका फूलहरूले स्थानीयवासीसँगै आन्तरिक तथा बाह्य पर्यटकको ध्यान आकर्षित गरिरहेका छन्। व्यवस्थित रूपमा सजाइएका फूल तथा हरियालीले शहरलाई स्वच्छ, शान्त र मनमोहक बनाएको छ। कान्तिराजपथस्थित डिभाइडर, भैरवरोड, हुप्राचौर, कमानेलगायत क्षेत्रका सडक किनार तथा सार्वजनिक स्थानमा विभिन्न प्रजातिका मौसमी फूलहरू ढकमक्क फुलेका देख्न सकिन्छ। उपमहानगरपालिकाले…
Read More
हेटौंडा–४ मा डुबान समस्या समाधानतर्फ उन्मुख : आलोचनाभन्दा काम हेर्न वडाध्यक्ष सिग्देलको आग्रह

हेटौंडा–४ मा डुबान समस्या समाधानतर्फ उन्मुख : आलोचनाभन्दा काम हेर्न वडाध्यक्ष सिग्देलको आग्रह

हेटौडा,जेठ ३ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले वडा क्षेत्रमा देखिएका डुबान तथा पानी जम्ने समस्यालाई क्रमशः समाधान गर्दै लगिएको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै सिग्देलले आफूहरू स्थानीय नेतृत्वमा आउनुअघि नै धेरै स्थानमा पानी जम्ने, सडक डुबान हुने तथा खोलाजस्तो अवस्था रहेको उल्लेख गरेका छन्। उनले गर्दोही क्षेत्रको सडक पहिले खोलो र पोखरीजस्तै रहेको, गिरीटोल डुबानको समस्यामा परेको तथा ब्रम्हदिक अगाडि, दाजुभाइ अगाडि र पारिजातपथ क्षेत्रमा समेत वर्षायाममा पानी बग्ने समस्या रहेको स्मरण गराउँदै अहिले तीमध्ये धेरै समस्या समाधान गरिएको दाबी गरेका छन्। सिग्देलले…
Read More
हेटौंडामा विद्यालय बन्दप्रति वडाध्यक्ष सिग्देलको असन्तुष्टि : “विद्यालय नखुल्दा स्थानीय तहले अनुगमन र कारवाही गर्नुपर्छ”

हेटौंडामा विद्यालय बन्दप्रति वडाध्यक्ष सिग्देलको असन्तुष्टि : “विद्यालय नखुल्दा स्थानीय तहले अनुगमन र कारवाही गर्नुपर्छ”

हेटौडा,जेठ ३ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले विद्यालय तथा शैक्षिक संस्था बन्द हुँदा विद्यार्थी, अभिभावक र समाजले थप समस्या भोग्नुपरेको बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत धारणा सार्वजनिक गर्दै उनले विद्यालय नखुल्ने र पठनपाठन प्रभावित हुने अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। सिग्देलले स्थानीय तहले विद्यालय सञ्चालनको विषयमा प्रभावकारी अनुगमन गर्नुपर्ने र विद्यालय नखुल्दा आवश्यक कारवाहीको प्रक्रिया अघि बढाउनुपर्ने धारणा राखेका छन्। उनले शिक्षक पढाउन तयार रहेको, अभिभावक विद्यार्थीलाई विद्यालय पठाउन इच्छुक रहेको तथा विद्यार्थी पनि अध्ययन गर्न तयार रहेको उल्लेख गर्दै यस्तो अवस्थामा विद्यालय बन्द हुनु दुःखद…
Read More
शिवम् सिमेन्ट उद्योगको प्रदूषणले जनजीवन प्रभावित : स्थानीयको माग– ‘अब छलफल होइन, ठोस समाधान चाहियो’

शिवम् सिमेन्ट उद्योगको प्रदूषणले जनजीवन प्रभावित : स्थानीयको माग– ‘अब छलफल होइन, ठोस समाधान चाहियो’

हेटौडा,जेठ ३ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ स्थित हटियामा रहेको शिवम् सिमेन्ट उद्योगबाट निस्किने धुलो, धुँवा तथा प्रदूषण नियन्त्रणका विषयमा स्थानीयवासीले अब छलफलभन्दा पनि ठोस समाधान आवश्यक रहेको बताएका छन्। आइतबार ‘सेवा, सहयोग र आवाजमा हामी’ संस्थाले आयोजना गरेको “शिवम् सिमेन्ट उद्योगबाट उत्पन्न धुलो प्रदूषण, वातावरणीय असर, स्थानीय बासिन्दाको स्वास्थ्य, कृषि तथा जनजीवनमा परेको प्रभावका सम्बन्धमा जनताको प्रश्न, सम्बन्धित निकायको उत्तर” विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी स्थानीयहरूले उद्योगका कारण आफूहरू वर्षौंदेखि प्रभावित हुँदै आएको गुनासो गरेका हुन्। कार्यक्रममा हेटौंडा–१६ र १७ का स्थानीयवासीहरूले उद्योगबाट निस्किने धुलो, धुँवा तथा फोहोर सामग्रीको उचित व्यवस्थापन कसरी भइरहेको छ भन्नेबारे प्रश्न उठाएका थिए।…
Read More
उज्यालो नेपाल पार्टी मकवानपुरद्वारा हेटौंडा–१२ मा ११ सदस्यीय स्थायी वडा समिति गठन

उज्यालो नेपाल पार्टी मकवानपुरद्वारा हेटौंडा–१२ मा ११ सदस्यीय स्थायी वडा समिति गठन

हेटौडा,जेठ ३ गते । आज हेटौंडा उपमहानगरपालिका वडा नं. १२ मा उज्यालो नेपाल पार्टी मकवानपुरको आयोजनामा ११ सदस्यीय स्थायी वडा समिति गठन कार्यक्रम सम्पन्न भएको छ। अगम सिंह रुम्बाको अध्यक्षतामा गठित उक्त वडा समिति विशेष कार्यक्रमका बीच घोषणा गरिएको हो। कार्यक्रममा पार्टीका मकवानपुर संरक्षक ओम घलानको प्रमुख आतिथ्यता रहेको थियो भने जिल्ला तथा नगर तहका विभिन्न पदाधिकारीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले स्थानीय तहमा पार्टी संगठनलाई थप सुदृढ बनाउँदै जनताका समस्या समाधान र विकास निर्माणका कार्यमा सक्रिय रूपमा लाग्नुपर्ने धारणा व्यक्त गरेका थिए। साथै नवगठित समितिले वडा स्तरमा संगठन विस्तार तथा जनसेवालाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको…
Read More
हेटौंडा–१३ मा हाईमास्ट लाइट जडान, उज्यालो र सुरक्षित सहर निर्माणतर्फ अर्को कदम

हेटौंडा–१३ मा हाईमास्ट लाइट जडान, उज्यालो र सुरक्षित सहर निर्माणतर्फ अर्को कदम

हेटौडा,जेठ ३ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ मा आधुनिक प्रविधियुक्त हाईमास्ट लाइट जडान गरिएको छ। उक्त बत्तीको उद्घाटन वडा अध्यक्ष पेम्बा लामाले नारियल फोरेर विधिवत् रूपमा शुभारम्भ गरेका हुन्। स्थानीय तहको पहल र हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा जडान गरिएको हाईमास्ट लाइट सञ्चालनमा आएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। आधुनिक प्रविधिअनुसारको उज्यालो व्यवस्थाले वडाको सौन्दर्य बढ्नुका साथै सुरक्षा व्यवस्थामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। हेटौंडा उपमहानगरपालिकाले नगरलाई “उज्यालो, सुरक्षित र सुन्दर सहर” का रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न स्थानमा विशेष प्राथमिकताका साथ यस्ता बत्ती जडान गर्दै आएको जनाएको छ। खासगरी रातिको समयमा हुन सक्ने सम्भावित अपराधिक गतिविधि…
Read More
प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै धम्की दिने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाइयो

प्रधानमन्त्री कार्यालयको नाम दुरुपयोग गर्दै धम्की दिने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाइयो

काठमाडौं,जेठ २ गते । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आफ्नो कार्यालयको नाम दुरुपयोग गर्दै दैलेखको दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई धम्की दिने व्यक्ति विरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ। कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रकाश खड्काको नाममा परिचित एक व्यक्तिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नाम जोडेर वडा सचिव भण्डारीलाई फोन मार्फत अभद्र व्यवहार तथा धाकधम्की दिएको अडियो सार्वजनिक भएपछि सरकारको गम्भीर ध्यानाकर्षण भएको हो। विज्ञप्तिमा कानुन र स्थापित प्रशासनिक प्रक्रिया अनुसार जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि पदीय मर्यादा विपरीत अमर्यादित शब्द प्रयोग गर्दै त्रास सिर्जना गर्ने गतिविधि निन्दनीय र अक्षम्य रहेको उल्लेख गरिएको छ। घटना सार्वजनिक हुनासाथ प्रधानमन्त्री…
Read More
नेपालको शानदार पुनरागमन : अमेरिकामाथि ९ विकेटको फराकिलो विजय, कुशलको विस्फोटक शतक

नेपालको शानदार पुनरागमन : अमेरिकामाथि ९ विकेटको फराकिलो विजय, कुशलको विस्फोटक शतक

काठमाडौं,जेठ २ गते । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी शृंखलामा नेपालले अमेरिकामाथि प्रभावशाली विजय हासिल गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको हो। अमेरिकाले दिएको १९५ रनको लक्ष्य नेपालले केवल १ विकेट गुमाएर ३६ दशमलव ४ ओभरमै पूरा गर्‍यो। नेपालको सहज जितमा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले उत्कृष्ट शतकीय पारी खेले। उनले ११८ बलमा १२० रन बनाउने क्रममा आकर्षक चौका र छक्का प्रहार गरे। कुशललाई अर्का प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले मजबुत साथ दिए। दुवैले पहिलो विकेटका लागि १४५ रनको महत्वपूर्ण साझेदारी गर्दै…
Read More
थाहा नगरका आलु किसान निराश : लागतभन्दा कम मूल्यमा आलु बेच्न बाध्य

थाहा नगरका आलु किसान निराश : लागतभन्दा कम मूल्यमा आलु बेच्न बाध्य

थाहा नगरपालिका,जेठ २ गते । नेपाल कृषिप्रधान देशका रूपमा परिचित भए पनि कृषकहरूले उत्पादन गरेको कृषिजन्य सामग्रीको उचित मूल्य पाउन नसकेको गुनासो वर्षौंदेखि दोहोरिँदै आएको छ। कृषिमा आफ्नो श्रम, समय र पसिना बगाएका किसानहरू राज्यबाट अपेक्षित संरक्षण र बजार व्यवस्थापन नपाउँदा मारमा परिरहेका छन्। यही समस्या अहिले मकवानपुर जिल्लाको थाहा नगरपालिकामा पनि देखिएको छ। थाहा नगरपालिका अन्तर्गतका दामन, पालुङ, बज्रबाराही र चित्लाङ क्षेत्रका अधिकांश किसानहरूले उत्पादन गरेको आलुले उचित बजार मूल्य नपाउँदा किसानहरू निराश बनेका छन्। स्थानीय किसानहरूका अनुसार यस वर्ष उत्पादन भएको आलुको मूल्य अत्यन्तै न्यून रहेको छ। व्यापारीहरू खेतमै पुगेर सेतो आलु प्रतिकेजी १० रुपैयाँ र रातो आलु…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.