स्थानीय

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

भीमफेदी गाउँपालिकाद्वारा ११६ अनौपचारिक श्रमिक र स्वास्थ्य स्वयंसेविका सामाजिक सुरक्षा कोषमा आवद्ध

भीमफेदी गाउँपालि,बैशाख १७ गते । मकवानपुरको भीमफेदी गाउँपालिकाले अनौपचारिक क्षेत्रका श्रमिक तथा सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई सामाजिक सुरक्षा योजनामा आवद्ध गराउने अभियानलाई तीव्रता दिएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरिएको ३० लाख रुपैयाँ बजेट मार्फत ११६ जनालाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराएको हो। यस कार्यक्रमअन्तर्गत ४७ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका र ७९ जना अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेटिएको गाउँपालिकाले जनाएको छ। बिहीबार आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले कोषमा आवद्ध भएका श्रमिकलाई परिचय पत्र वितरण गरेका थिए। हालसम्म गाउँपालिकाले ३ सय ११ जना असंगठित क्षेत्रका मजदुरलाई योगदानमा…
Read More
हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

हेटौडामा ड्राइभिङ लाइसेन्स ट्रायल प्रणाली सुधारको माग, पारदर्शिता र सेवाग्राही अधिकार सुनिश्चित गर्न ध्यानाकर्षण पत्र

हेटौडा,बैशाख १६ गते । हेटौडास्थित यातायात व्यवस्था कार्यालयमा सञ्चालन हुँदै आएको सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को प्रयोगात्मक परीक्षा प्रणालीप्रति असन्तुष्टि जनाउँदै सामाजिक संस्था “सेवा सहयोग र आवाजमा हामी (SSAH)” ले श्रम, रोजगार तथा यातायात मन्त्रालयसमक्ष ध्यानाकर्षण पत्र पेश गरेको छ। संस्थाका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महत नेतृत्वको टोलीले आज उक्त पत्र बुझाउँदै ट्रायल परीक्षामा पारदर्शिता अभाव, सेवाग्राहीलाई अनावश्यक झन्झट र केही व्यवस्थाहरू अन्यायपूर्ण रहेको उल्लेख गरेको छ। पत्रमा विशेषगरी ट्रायल परीक्षा स्थलमा जडान गरिएका सिसी क्यामेराको फुटेज कर्मचारीमै सीमित हुनु र सेवाग्राहीलाई हेर्न शुल्क लिनु पर्ने व्यवस्था प्रति आपत्ति जनाइएको छ। नेपालको संविधानको धारा २७ तथा सूचनाको हक सम्बन्धी…
Read More
इन्द्रसरोवर गाउँपालिका ५ मा उज्यालो नेपाल पार्टीको संगठन विस्तार, ३९ सदस्यीय समिति गठन

इन्द्रसरोवर गाउँपालिका ५ मा उज्यालो नेपाल पार्टीको संगठन विस्तार, ३९ सदस्यीय समिति गठन

चखेल,बैशाख १५ गते । इन्द्रसरोवर गाउँपालिका–५ चखेलमा उज्यालो नेपाल पार्टीले आफ्नो संगठन विस्तारलाई तीव्रता दिएको छ। आज आयोजित कार्यक्रममा ३९ सदस्यीय नयाँ समिति गठन गरिएको हो। एलोन वाइबाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पार्टीको स्थानीय संगठनलाई सुदृढ बनाउने उद्देश्यले समिति विस्तार गरिएको बताइएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टीका केन्द्रीय उपमहासचिव जितराम वाइबा उपस्थित रहेका थिए। त्यसैगरी, प्रदेश अध्यक्ष प्रविन बल, जिल्ला अध्यक्ष सुरेन्द्र लामा लगायत अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले संगठन विस्तारसँगै जनताको आवाजलाई अझ प्रभावकारी रूपमा उठाउने र पार्टीलाई तल्लो तहसम्म सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। उत्साहजनक सहभागितासहित कार्यक्रम सफलतापूर्वक सम्पन्न…
Read More
“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

“सुन्ने होइन, गर्ने समयः आफ्नै घरबाट सुरु होस् जवाफदेहिता” — सामाजिक अभियन्ता विशालराज महतको खबरदारी

हेटौंडा,बैशाख १५ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित जनप्रतिनिधिहरू यतिबेला “जनताको मुद्दा सुन्ने” अभियानअन्तर्गत सार्वजनिक सुनुवाइमा व्यस्त देखिएका छन्। सामाजिक सञ्जालहरूमा पनि “माननीयको निर्देशन अनुसार…” भन्ने भावनाले भरिएका पोस्टहरू व्यापक रूपमा साझा भइरहेका छन्। यसले जनप्रतिनिधिहरूप्रति अपेक्षा र आशा दुवै बढाएको देखिन्छ। तर यही सन्दर्भमा सामाजिक अभियन्ता तथा “सेवा सहयोग र आवाज” अभियानका अध्यक्ष विशालराज महतले कडा खबरदारी गरेका छन्। उनले आफ्नो फेसबुक स्टाटसमार्फत सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति प्रश्न उठाउँदै यसलाई “सुनुवाइ कि अभिनय?” भन्ने रूपमा टिप्पणी गरेका छन्। महतका अनुसार जनताको मुद्दा सुन्नु अघि राजनीतिक दलहरूले आफ्नै पार्टीभित्रको अनुशासन, नैतिकता र उत्तरदायित्व सुनिश्चित गर्नुपर्छ। उनले आफ्नै पार्टीका स्थानीय…
Read More
हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

हेटौंडाको सिद्धार्थ माविमा १३ महिनादेखि समिति विहीनता: लापरबाहीको रहस्य खुलासा, तत्काल गठनको माग

हेटौंडा.बैशाख १५ गते । हेटौंडा उपमहानगरपालिका–२ अन्तर्गत रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा १३ महिनादेखि व्यवस्थापन समिति गठन नभएको विषय सार्वजनिक भएको छ। सेवा सहयोग र आवाजमा नेपालका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे गम्भीर प्रश्न उठाउँदै लापरबाहीको रहस्य उजागर गरेका छन्। उनका अनुसार २०८१ साल वैशाख १५ गते विद्यालय व्यवस्थापन समिति विघटन भएयता अहिलेसम्म नयाँ समिति गठन हुन सकेको छैन। विद्यालय जस्तो संवेदनशील संस्थालाई लामो समयसम्म नेतृत्वविहीन बनाइ राख्नु केवल प्रशासनिक कमजोरी मात्र नभई शैक्षिक प्रणालीमाथिको प्रत्यक्ष अन्याय भएको उनले बताएका छन्। महतले राजनीतिक भागबन्डा नमिल्दा समिति गठन प्रक्रिया अवरुद्ध हुनु अत्यन्तै अस्वीकार्य भएको उल्लेख गरेका…
Read More
हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास हुन्छ, तर पहल बिना सम्भव छैन”

हेटौडा–४ का वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “करबाट विकास हुन्छ, तर पहल बिना सम्भव छैन”

हेटौँडा,बैशाख १४ गते । हेटौडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले पछिल्लो समय विकास निर्माण र जनअपेक्षाबारे सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका छन्। उनले जनप्रतिनिधिलाई विकासका विषयमा गरिने आलोचना र व्यङ्ग्यप्रति असन्तुष्टि जनाउँदै वास्तविकता बुझ्न आग्रह गरेका छन्। सिग्देलले विकास कार्य केवल भाषण र आलोचनाले मात्र सम्भव नहुने उल्लेख गर्दै वर्तमान परिस्थितिले जनप्रतिनिधिलाई विभिन्न चुनौतीहरूबीच काम गर्न बाध्य बनाएको बताए। उनले कतिपयले विकासलाई जनप्रतिनिधिको व्यक्तिगत खर्चबाट भएको जस्तो टिप्पणी गर्ने गरेकोप्रति आपत्ति जनाउँदै विकास राज्यको कोष र जनताले तिरेको करबाट हुने भए पनि त्यसका लागि जनप्रतिनिधिको पहल, प्रयास र निरन्तर सक्रियता अत्यावश्यक हुने स्पष्ट…
Read More
हेटौँडा सहकारी घटनामा गम्भीर प्रश्न: निष्पक्ष छानबिन र सत्य सार्वजनिक गर्न माग

हेटौँडा सहकारी घटनामा गम्भीर प्रश्न: निष्पक्ष छानबिन र सत्य सार्वजनिक गर्न माग

हेटौँडा,बैशाख १४ गते । हेटौँडा बचत तथा ऋण सहकारीसँग जोडिएको पछिल्लो घटनाले स्थानीय स्तरमा गम्भीर चिन्ता र बहस सिर्जना गरेको छ। सहकारीसँग सम्बन्धित एक महिला आफ्नै कोठामा गम्भीर अवस्थामा भेटिएपछि घटनालाई सामान्य रूपमा लिन नसकिने भन्दै विभिन्न सरोकारवालाहरूले निष्पक्ष छानबिनको माग गरेका छन्। यसै विषयमा सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको धारणा अहिले चर्चाको केन्द्र बनेको छ। उनले घटनालाई “सामान्य होइन” भन्दै यस पछाडि रहेको मानसिक दबाब, हेरास्मेन्ट वा अन्य कारणहरूको गहिरो अध्ययन हुनुपर्ने आवश्यकता औंल्याएका छन्। महतले सहकारी संस्थाको समग्र गतिविधि, विशेषगरी वित्तीय हिसाब–किताबसम्बन्धी विषयमा पनि निष्पक्ष…
Read More
डेरी उद्योगको ढिलाइमा प्रशासन कडा: किसानको बक्यौता नतिरे कानुनी कारबाहीको चेतावनी

डेरी उद्योगको ढिलाइमा प्रशासन कडा: किसानको बक्यौता नतिरे कानुनी कारबाहीको चेतावनी

हेटौँडा,बैशाख १४ गते । जिल्ला प्रशासन कार्यालयका प्रमुख वसन्त अधिकारीले डेरी उद्योगहरूलाई किसानहरूको बाँकी भुक्तानी तत्काल गर्न कडा निर्देशन दिएका छन्। लामो समयदेखि भुक्तानी रोकिएको गुनासो बढ्दै गएपछि प्रशासनले हस्तक्षेप गर्दै चाँडो रकम नतिरे कानुनी कारबाही अगाडि बढाउने चेतावनी दिएको हो। विशेषगरी साना किसानहरू दैनिक २–३ लिटर दूध बेचेर जीविको पार्जन गरिरहेका अवस्थामा उनीहरूको आय नै प्रभावित भएको छ। तर, डेरी उद्योगहरूले भने महिनौँदेखि भुक्तानी रोकेर किसानलाई थप समस्यामा पारेका छन्। प्रशासनका अनुसार गायत्री डेरी र शुभ डेरीले मात्रै करिब ११ करोड रुपैयाँ बराबरको रकम अझै तिर्न बाँकी रहेको छ। यसैबीच, सहकारी संघले असार मसान्तसम्म कम्तीमा ६५ प्रतिशत बक्यौता भुक्तानी…
Read More
हेटौंडाका वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “भाद्र २३–२४ का घटनामा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरियोस्”

हेटौंडाका वडाध्यक्ष नवीन सिग्देलको आक्रोश: “भाद्र २३–२४ का घटनामा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गरियोस्”

हेटौंडा, वैशाख १३ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले हालैका विवादित घटनाहरूलाई लिएर कडा प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको स्टाटसमार्फत सुकुम्बासी बस्ती हटाउने क्रममा भएको प्रहरी हस्तक्षेप, भाद्र २३ र २४ गतेका घटनाहरू, तथा त्यसक्रममा भएको हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका हुन्। सिग्देलले राज्यका निकायहरू—प्रहरी प्रशासनदेखि सर्वोच्च तहका सरकारी संरचनासम्म—घटनाका बेला निष्क्रिय रहेको आरोप लगाएका छन्। उनले प्रश्न उठाउँदै भनेका छन् कि किन निर्दोष महिला तथा बालबालिकालाई लक्षित गरी बल प्रयोग गरियो र त्यसको जिम्मेवारी कसले लिने हो भन्ने स्पष्ट हुनुपर्ने आवश्यकता औंल्याए। उनले भाद्र…
Read More
हेटौँडा सहकारी प्रकरण: व्यवस्थापकको रहस्यमय अवस्था पछि १ अर्ब कारोबारमाथि छानबिनको माग

हेटौँडा सहकारी प्रकरण: व्यवस्थापकको रहस्यमय अवस्था पछि १ अर्ब कारोबारमाथि छानबिनको माग

हेटौँडा,बैशाख १३ गते । हेटौँडा बचत तथा ऋण सहकारी संस्थासँग सम्बन्धित पछिल्लो घटनाले स्थानीय तहमा गम्भीर चासो र आशंका उत्पन्न गरेको छ। सहकारीका कायममुकायम व्यवस्थापक आफ्नै कोठाभित्र गम्भीर बिरामी अवस्थामा फेला परेपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको घटनाले सहकारीको समग्र गतिविधिमाथि प्रश्न उठाएको हो। स्थानीय स्रोतहरूका अनुसार करिब १ अर्ब रुपैयाँ बराबरको कारोबार रहेको उक्त सहकारी संस्थामा विगत केही समयदेखि अनियमित गतिविधिहरू भइरहेको आशंका गरिएको छ। पदाधिकारीहरूलाई अस्वभाविक सेवा–सुविधा प्रदान गरिएको, बिना धितो ऋण वितरण गरिएको, ब्याज मिनाहा गरिएको तथा कतिपय अवस्थामा ऋण नै मिनाहा गरिएको जस्ता विषयहरू बाहिर आएका छन्। उक्त सहकारीमा करिब ७ हजारभन्दा बढी शेयर सदस्यहरूको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.