स्थानीय

“सच्चा नेता देश र जनताको हितलाई परिवारभन्दा माथि राख्छन् : बज्राचार्य”

“सच्चा नेता देश र जनताको हितलाई परिवारभन्दा माथि राख्छन् : बज्राचार्य”

हेटौंडा, भदौ १३ गते । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यले नेतृत्वमा रहेका व्यक्तिहरूले कुनै पनि परिस्थितिमा निजि स्वार्थलाई प्राथमिकतामा राख्न नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो विचार सार्वजनिक गर्दै उनले सच्चा नेताले आफ्नो र परिवारको हितलाई सधैं देश र जनताको अधिनमा राख्नुपर्ने धारणा व्यक्त गरेका हुन्। बज्राचार्यका अनुसार जिम्मेवारी बहन गर्ने नेताको प्रमुख कर्तव्य देश र जनताको सेवामा समर्पित हुनु हो। उनले भने, “एउटा कर्मठ नेताले पेट पालेर राजनीति गर्दछ, न कि राजनीति गरेर पेट पाल्दछ।” उनको भनाइले व्यक्तिगत स्वार्थ भन्दा पनि सार्वजनिक जिम्मेवारीलाई प्राथमिकतामा दिनुपर्ने विषयमा जोड दिएको देखिन्छ।
Read More
जनता समाजवादी पार्टी ताम्सालिङ राष्ट्रिय समितिको अधिवेशन हेटौंडामा सम्पन्न, जीवन पाख्रिन अध्यक्षमा विजयी

जनता समाजवादी पार्टी ताम्सालिङ राष्ट्रिय समितिको अधिवेशन हेटौंडामा सम्पन्न, जीवन पाख्रिन अध्यक्षमा विजयी

हेटौंडा, भदौ १२ गते । जनता समाजवादी पार्टी नेपालको ताम्सालिङ राष्ट्रिय समितिको अधिवेशन हिजो हेटौंडा–१० स्थित दर्शन पार्टी प्यालेसमा सम्पन्न भएको छ। अधिवेशनले पार्टीको स्थानीय नेतृत्व चयन गर्दै नयाँ कार्यसमिति घोषणा गरेको छ। मकवानपुर जिल्लाबाट अध्यक्ष पदमा दुई उम्मेदवारी परेपछि निर्वाचन मण्डलले लोकतान्त्रिक विधिबाट निर्वाचन प्रक्रियामार्फत प्रतिस्पर्धा गराएको थियो। कुल २७ जना मतदाता रहेकोमा एकजना अनुपस्थित भई २६ मतदातामध्ये बहुमतका आधारमा अध्यक्ष पदमा जीवन पाख्रिन २० मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिस्पर्धी जीवन मान मोक्तान रहेका थिए। अन्य पदमा भने अधिकांश प्रतिनिधि निर्विरोध चयन भएका छन्। उपाध्यक्षमा मानबहादुर तामाङ र सह–उपाध्यक्षमा संगीता मण्डल निर्विरोध निर्वाचित भए। सचिव पदमा…
Read More
जनता समाजवादी पार्टी नेपलको ताम्सालिङ राष्ट्रिय समिति अधिवेशन भदौ ११ गते हेटौंडामा हुने

जनता समाजवादी पार्टी नेपलको ताम्सालिङ राष्ट्रिय समिति अधिवेशन भदौ ११ गते हेटौंडामा हुने

हेटौंडा, भदौ ८ गते । जनता समाजवादी पार्टी, नेपाल अन्तर्गत ताम्सालिङ राष्ट्रिय समितिको अधिवेशन आगामी भदौ ११ गते हेटौंडामा आयोजना हुने भएको छ। उक्त अधिवेशनमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यता सहित पार्टीका अन्य केन्द्रीय नेताहरूको विशेष उपस्थिति रहने जानकारी आयोजकले दिएका छन्। यो अधिवेशन ताम्सालिङ राष्ट्रिय समितिको सांगठनिक सुदृढीकरण, नीति निर्माण तथा भावी कार्यक्रम तय गर्ने दृष्टिले महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
Read More
मकवानपुरमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

मकवानपुरमा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

मकवानपुर, भदौ ८ गते । मकवानपुर प्रहरीले लागुऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। रक्सौलबाट काठमाडौं जाँदै गरेको भारतीय नम्बर प्लेटको सुमो (BR 01 PB 1802) बाट लागूऔषध बरामद गरिएको हो। प्रहरीका अनुसार सवारी साधनको तलासी लिँदा ३९ पोका भित्र लुकाई छिपाई राखिएको फेनेर्गान, नुफिन, डाइजेपाम गरी जम्मा ५,८५० एम्पुल र ट्रामाडोल २४० क्याप्सुल फेला परेको छ। लागुऔषध ओसारपसारमा संलग्न आशंकामा दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ। शंकास्पद सुमो गाडीलाई मकवानपुरको एक स्थानबाट नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूको नाम र ठेगाना सार्वजनिक गरिएको छैन। यस घटनाले भारत–नेपाल सीमावर्ती क्षेत्र हुँदै हुँदै लागुऔषध तस्करीको…
Read More
‘लिपुलेक सन्धि’प्रति संयुक्त विद्यार्थी संगठनको विरोध, भारत–चीन सम्झौता खारेजको माग

‘लिपुलेक सन्धि’प्रति संयुक्त विद्यार्थी संगठनको विरोध, भारत–चीन सम्झौता खारेजको माग

हेटौंडा,भदौ ५ । गते हालै भारत र चीनबीच लिपुलेक नाका खोल्ने सहमति भएपछि नेपालका विभिन्न विद्यार्थी संगठनहरू आक्रोशित भएका छन्। संयुक्त रूपमा ११ विद्यार्थी संगठनले एकजुट हुँदै एक प्रेस वक्तव्य जारी गर्दै उक्त सम्झौताप्रति गम्भीर आपत्ति जनाएका छन्। विद्यार्थी संगठनहरूले भारतीय विदेशमन्त्री एस. जयशंकर र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको वार्तालाई नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि आँच पुर्‍याउने कुटनीतिक अपराध भनेका छन्। वक्तव्यमा भनिएको छ कि लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूभाग नेपालकै भूभाग हो र त्यहाँ भारत वा चीनसँग कुनै सम्झौता गर्नु नेपालको सार्वभौमिकताको उल्लंघन हो। विद्यार्थी संगठनहरूले तत्काल उक्त सम्झौता खारेज गर्न भारत र चीनलाई आग्रह गरेका छन्। तिनीहरूले…
Read More
मकवानपुर बहुमुखी क्याम्पसमा तिज विशेष सांस्कृतिक कार्यक्रम आउँदो भदौ ८ गते

मकवानपुर बहुमुखी क्याम्पसमा तिज विशेष सांस्कृतिक कार्यक्रम आउँदो भदौ ८ गते

हेटौंडा, भदौ ५ गते । स्वतन्त्र विद्यार्थी यूनियन, मकवानपुर बहुमुखी क्याम्पसद्वारा महिलाहरूको महान पर्व हरितालिका तिजको अवसरमा एक विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ। कार्यक्रम २०८२ साल भदौ ८ गते आइतबारका दिन बिहान ८:०० बजे मकवानपुर बहुमुखी क्याम्पसको प्रांगणमा हुने जानकारी दिएको छ। “सम्पूर्ण विद्यार्थीहरू एकजुट होऔँ” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको यस कार्यक्रममा तिज सम्बन्धी गीत, नृत्य, तथा अन्य सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेछ।
Read More
आफू निर्वाचित क्षेत्रमा गएर मुख्यमन्त्री बानियाँले भने: तपाईहरुकाे भाेटकाे सम्मान गर्दै जनमुखी काम गर्छु

आफू निर्वाचित क्षेत्रमा गएर मुख्यमन्त्री बानियाँले भने: तपाईहरुकाे भाेटकाे सम्मान गर्दै जनमुखी काम गर्छु

मनहरी, भदौ ५ । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनताकाे भाेटकाे सम्मान गर्दै जनमुखी काम गर्ने प्रतिवद्धता जनाएका छन् । प्रदेश मुख्यमन्त्री नियुक्त भएपछि पहिलाे पटक आफू निर्वाचित क्षेत्रमा आयाेजित ओैपचारिक कार्यक्रममा सहभागी बानियाँले गरिबमुखी, जनमुखी, आयमुखी र न्यायमुखी काम गरी प्रदेशकाे समग्र विकासमा काम गर्ने अठाेट व्यक्त गरेका हुन् । मुख्यमन्त्रीकाे निर्वाचन क्षेत्र मकवानपुर क्षेत्र नम्बर २ (ख) स्थित मनहरी गाउँपालिकाले बुधबार आयाेजना गरेकाे मुख्यमन्त्रीकाे स्वागत तथा तीज विशेष सांस्कृतिक कार्यक्रममा बाेल्दै बानियाँले आफ्नाे निर्वाचन क्षेत्रका जनताकाे भावना र मर्मलाईसमेत मध्येनजर गर्दै निष्पक्ष ढंगबाट जिम्मेवारी पूरा गर्ने बताए । 'मलाई प्रदेशसभा सदस्य निर्वाचित गराउन मनहरीका जनताले पनि ठुलाे याेगदान…
Read More
३१ औँ तामाङ प्रसारण दिवसमा बागमती प्रदेश सरकारद्वारा पत्रकारिता पुरस्कार कोष स्थापनाको घोषणा

३१ औँ तामाङ प्रसारण दिवसमा बागमती प्रदेश सरकारद्वारा पत्रकारिता पुरस्कार कोष स्थापनाको घोषणा

हेटौंडा, भदौ ४। तामाङ पत्रकार संघ बागमती प्रदेश समिति तथा मकवानपुर जिल्ला समितिको संयुक्त आयोजनामा ३१ औँ तामाङ प्रसारण दिवस भव्य रूपमा मनाइएको छ। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको सहकार्यमा आयोजित कार्यक्रममा पत्रकारिता क्षेत्रका उल्लेखनीय योगदानकर्तालाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो। कार्यक्रम हेटौंडामा सम्पन्न भएको थियो, जसमा प्रमुख अतिथिको रूपमा बागमती प्रदेशका मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानियाको विशेष उपस्थिति रहेको थियो। उनले आफ्नो मन्तव्यको क्रममा दिवंगत पिता स्व. क्षेमबहादुर बानिया र दाजु स्व. राजकुमार बानियाको स्मृतिमा “बागमती प्रदेश स्तरीय तामाङ पत्रकारिता पुरस्कार कोष” स्थापनाका लागि व्यक्तिगत तर्फबाट नगद रू. २ लाखको चेक तामाङ पत्रकार संघ बागमती प्रदेश समिति…
Read More
मध्यवर्ती क्षेत्र खारेजीको माग गर्दै हस्ताक्षर संकलन अभियान जारी, १७० जनाको सहभागिता

मध्यवर्ती क्षेत्र खारेजीको माग गर्दै हस्ताक्षर संकलन अभियान जारी, १७० जनाको सहभागिता

हेटौंडा, भदौ ३। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बस्ती संघर्ष समितिले हेटौंडा उपमहानगरपालिका–१३ मा रहेको सक्रिय टोल विकास संस्थामा पनि आज हस्ताक्षर संकलन गरिएको छ। "मध्यवर्ती क्षेत्र खारेज गरौं" भन्ने मूल नाराका साथ अगाडि बढाइएको यो अभियान अन्तर्गत आजको दिन पनि उल्लेखनीय सहभागिता देखिएको छ। टोल विकास संस्थाकी अध्यक्ष माया थिङको नेतृत्वमा सम्पन्न भएको कार्यक्रमबाट करिब १७० जना स्थानीयबासिन्दाहरूको हस्ताक्षर संकलन गर्न समिति सफल भएको छ। संघर्ष समितिले विगत केही दिनदेखि स्थानीय जनताको भावनालाई प्राथमिकतामा राख्दै हस्ताक्षर संकलन अभियानलाई तीव्रता दिँदै आएको छ। सहभागीहरूले सरकारी रूपमा मध्यवर्ती क्षेत्र घोषणा गरिएको भू–भागमा रहेको बस्तीको अव्यवस्थित अवस्थालाई सम्बोधन गर्दै त्यस क्षेत्रलाई खारेज गर्न…
Read More
हेटौंडा–१ का वडाध्यक्षद्वारा जग्गा सिफारिसमा अनियमितता? अख्तियारले माग्यो कागजात

हेटौंडा–१ का वडाध्यक्षद्वारा जग्गा सिफारिसमा अनियमितता? अख्तियारले माग्यो कागजात

हेटौंडा,भदौ ३ । हेटौंडा उपमहानगरपालिका–१ का वडाध्यक्ष सबिन न्यौपानेले आफ्नो पदको दुरुपयोग गर्दै नियतपूर्वक जग्गा सिफारिस गरेको आरोप सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औपचारिक अनुसन्धान प्रक्रिया अघि बढाएको छ। आयोगको केन्द्रीय कार्यालयस्थित स्क्रिनिङ समितिको निर्देशनमा हेटौंडा कार्यालयले अनुसन्धान सुरु गरेको हो। वडाध्यक्ष न्यौपानेले काठमाडौँ निवासी मनोज राणाका आमा, स्वर्गीय विजय राणाको नाममा रहेको जग्गालाई रैती लिखितका आधारमा तेस्रो पक्षलाई बिक्री गर्न सिफारिस गरेको आरोप छ। स्क्रिनिङ समितिको निर्देशन अनुसार हेटौंडा स्थित अख्तियारको कार्यालयले अब सम्बन्धित कार्यालयहरूसँग आवश्यक कागजात माग गरी अध्ययन प्रारम्भ गर्ने जनाएको छ। सूचनाका अनुसार, वडाध्यक्ष न्यौपानेले २०८० साल चैत १५ गते एकैदिन १८ जनाको नाममा मालपोत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.