स्थानीय

मकवानपुरमा अर्को आदेश नआएसम्म निषेधाज्ञा, बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु

मकवानपुरमा अर्को आदेश नआएसम्म निषेधाज्ञा, बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु

मकवानपुर, भदौ २६ गते । मकवानपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाभर निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ। सुरक्षा संवेदनशीलता, जनताको ज्यानमालको सुरक्षा र जनजीवनलाई सामान्य बनाउन जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ। कार्यालयले जारी गरेको सूचनाअनुसार अर्को आदेश नआएसम्म जिल्लाभर बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ। यस अवधिमा मानिसको भीडभाड, सभा, जुलुस तथा जमघट गर्न निषेध गरिएको छ। तर, अत्यावश्यक कार्यका लागि भने बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सीमित आवागमन गर्न सकिने व्यवस्था…
Read More
“संविधानविहीन अवस्थामाझ सामाजिक सञ्जालमा प्रधानमन्त्रीको नाममा तछाडमछाड नगर्नुहोस् : जेन जि युवा लक्ष्मण तामाङको भावुक आग्रह”

“संविधानविहीन अवस्थामाझ सामाजिक सञ्जालमा प्रधानमन्त्रीको नाममा तछाडमछाड नगर्नुहोस् : जेन जि युवा लक्ष्मण तामाङको भावुक आग्रह”

हेटौंडा, भदौ २५ गते । देश अस्थिर र संवैधानिक सङ्कटको अवस्थामा पुगेको सन्दर्भमा जेन जि पुस्ताका लक्ष्मण तामाङले सामाजिक सञ्जालमार्फत निकै भावुक हुँदै आफ्नो भनाइ सार्वजनिक गरेका छन्। उनी रुँदै भने, “साथीहरू मेरो विनम्र अनुरोध छ, अहिले यो देश कानुनविहीन र सरकारविहीन अवस्थामा छ। यस्तो परिस्थितिमा सामाजिक सञ्जालमार्फत कोही बालेन, कोही हर्क साम्पाङ वा कोही कुलमान घिसिङलाई प्रधानमन्त्री भनेर अगाडि नबढौँ। बरु सबै मिलेर अन्तरिम सरकार गठन गरौँ।” उनले चाँडैभन्दा चाँडो अन्तरिम वैकल्पिक सरकार गठन गरी आठ महिनाभित्र चुनाव गराउनुपर्ने आवश्यकता औंल्याए। उनले चेतावनी दिँदै भने, “यदि चाँडो निर्णय गरिएन भने विदेशी शक्तिको चलखेल बढ्न सक्छ र त्यसपछि नेपाल नै…
Read More
“संरचनागत परिवर्तनबिनाको अनुहार फेरबदल व्यर्थ, प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको माग” – पत्रकार महासङ्घ बागमती अध्यक्ष मगर

“संरचनागत परिवर्तनबिनाको अनुहार फेरबदल व्यर्थ, प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको माग” – पत्रकार महासङ्घ बागमती अध्यक्ष मगर

हेटौंडा, भदौ २५ गते । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्णसार मगरले अहिलेको कर्मचारीतन्त्र, न्यायालय र मिश्रित निर्वाचन प्रणाली यथावत रहँदा संसदमा अनुहार परिवर्तन मात्रले केही उपलब्धि नहुने बताएका छन्। उनका अनुसार मुलुकमा वास्तविक परिवर्तनका लागि यी तीनै तहको संरचना परिमार्जन गरी देशलाई प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीमा लैजान अपरिहार्य भएको छ। मगरले शक्तिशाली आयोग गठन गरी २०४६ सालयता सरकार र कर्मचारी नेतृत्वमा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने आवश्यकता औंल्याए। “अब देश युवाले चलाउनुपर्छ, सेनाले हैन। हतारमा कुनै सम्झौता गर्न हुँदैन,” उनले सामाजिक सञ्जालमा हालिएको स्टाटसलाई उद्धृत गर्दै भने। पूर्व राजा ज्ञानेन्द्रले पनि सम्मानका साथ राजगद्दी त्यागेको उदाहरण दिँदै उनले…
Read More
दमनकारी शक्तिको प्रयोग लोकतान्त्रिक मूल्य विपरीत: पत्रकार महासंघ

दमनकारी शक्तिको प्रयोग लोकतान्त्रिक मूल्य विपरीत: पत्रकार महासंघ

हेटौंडा, भदौ २४ गते । भ्रष्टाचार विरुद्ध, सुशासन र पारदर्शिताको मागसहित सोमबार राजधानीमा भएको शान्तिपूर्ण जेनजी सडक प्रदर्शनमा राज्यपक्षबाट गरिएको गोली प्रहारमा परी १९ जनाको मृत्यु भएको छ भने तीन सयभन्दा बढी घाइते भएका छन्। नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले घटनाको घोर भत्र्सना गर्दै पत्रकार र नागरिकमाथि भएको दमन अस्वीकार्य भएको जनाएको छ। प्रदर्शनको समाचार संकलनका क्रममा पत्रकारहरू घाइते भएका छन् भने थाहा खबर कार्यालयमा तोडफोड भएको छ। चितवनमा पत्रकारलाई नियन्त्रणमा लिने, अपशब्द प्रयोग गर्ने र भिडियो मेटाउने जस्ता घटनाप्रति पनि महासंघले आपत्ति जनाएको छ। पत्रकार महासंघले पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्दै शान्तिपूर्ण प्रदर्शनमाथि दमन गर्नु लोकतान्त्रिक…
Read More
जसपा नेपाल बागमती प्रदेशको प्रथम एकता अधिवेशन हेटौंडामा, उद्घाटन उपेन्द्र यादवबाट

जसपा नेपाल बागमती प्रदेशको प्रथम एकता अधिवेशन हेटौंडामा, उद्घाटन उपेन्द्र यादवबाट

हेटौंडा, भदौ २४ गते । जनता समाजवादी पार्टी (जसपा) नेपाल, बागमती प्रदेशले आफ्नो प्रथम एकताको ऐतिहासिक अधिवेशन यही भाद्र २८ र २९ गते आयोजना गर्ने भएको छ। अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री माननीय उपेन्द्र यादवद्वारा हुने भएको छ। बागमती प्रदेश जसपाका कार्यवाहक अध्यक्ष जीवन लामा जीवले जानकारी दिएअनुसार अधिवेशन हेटौंडा–४ स्थित न्यु संगम पार्टी प्यालेस, पशुपति मन्दिर अगाडि हुनेछ। अधिवेशनमा बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका प्रतिनिधिहरू सहभागी हुने र पार्टी संगठनलाई थप सबल बनाउन रणनीतिक योजना तय गरिने जसपा नेपालले जनाएको छ।
Read More
“तानाशाही सरकारविरुद्ध निर्णायक आन्दोलनको आवश्यकता छ : सामाजिक अभियन्ता विशाल राज महत”

“तानाशाही सरकारविरुद्ध निर्णायक आन्दोलनको आवश्यकता छ : सामाजिक अभियन्ता विशाल राज महत”

हेटौंडा, भदौ २४ गते । मकवानपुरका सामाजिक अभियन्ता विशाल राज महतले हालै सामाजिक सञ्जालमार्फत जारी गरेको आफ्नो भनाइमा सरकारको हिंसात्मक रवैयाप्रति आक्रोश पोख्दै निर्णायक आन्दोलनको आवश्यकता रहेको बताएका छन्। उनले भने, “यो बर्बरताको पराकाष्ट हो, चुप लागेर बस्ने अवस्था छैन। सामान्य मानिसले समेत यस्तो गर्दैन। यी मानसिक रोगीहरूको उपचार अब गर्नुपर्छ। यो मुद्दा सबै नेपालीको साझा मुद्दा हो, यसको विरुद्ध बोलिन्छ।”  महतका अनुसार मौन रहनुले अन्यायलाई बलियो बनाउँछ भने बोल्न सक्दा परिवर्तन सम्भव हुन्छ। उनले तानाशाही सरकारलाई मुर्दाबाद भन्दै नागरिकलाई सचेत हुन आह्वान गरेका छन्। त्यस्तै, रेडियो भरोसासँगको विशेष कुराकानीमा उनले गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा आवश्यक रहेको उल्लेख गर्दै…
Read More
मेयर मिनाकुमारी लामाको अभिव्यक्तिप्रति मधेसी युवाहरूको गम्भीर आपत्ति, माफी माग्न माग

मेयर मिनाकुमारी लामाको अभिव्यक्तिप्रति मधेसी युवाहरूको गम्भीर आपत्ति, माफी माग्न माग

हेटौंडा, भदौ २३ गते । हेटौडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले आजको नयाँ पुस्ताद्वारा गरिएको लक्षित आन्दोलनबारे राखेको अभिव्यक्तिप्रति मधेसी युवाहरूले गम्भीर आपत्ति जनाएका छन्। मधेसी युवाहरू माथि राखिएको विभेदपूर्ण भनाइ अस्वीकार्य भएको भन्दै तत्काल फिर्ता लिन माग गरिएको छ। साथै, उक्त अभिव्यक्ति मार्फत मधेसी विद्यार्थीहरूको सम्मानमा आघात पुगेको भन्दै सार्वजनिक रूपमा माफी माग्न आग्रह गरिएको छ। युवाहरूले भनेका छन्, “स्थानीय तहका जनप्रतिनिधिबाट यस किसिमको विभेदपूर्ण र गैरजिम्मेवार अभिव्यक्ति आउनु दुखद र निन्दनीय छ। यो व्यवहारले सामाजिक सद्भाव र सहअस्तित्वमा ठेस पुर्याएको छ।” साथै, उनीहरूले भविष्यमा कुनै पनि जिम्मेवार पदमा रहेका व्यक्तिहरूले विभेदकारी विचार प्रकट नगरी सहिष्णुता, समानता र सहअस्तित्वलाई मजबुत…
Read More
सरकारको दमन र अन्यायविरुद्ध आक्रोशित, अनेरास्ववियु आदर्श बि.क्याम्पस कमिटी सामूहिक राजीनामा

सरकारको दमन र अन्यायविरुद्ध आक्रोशित, अनेरास्ववियु आदर्श बि.क्याम्पस कमिटी सामूहिक राजीनामा

हेटौँडा, भदौ २३ गते । अनेरास्ववियु ग्रामीण आदर्श बि.क्याम्पस कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्। उनले जारी गरेको प्रेस विज्ञप्तिमा सरकारद्वारा विद्यार्थी र जनतामाथि गरिएको दमन, अत्याचार र अन्यायको घोर विरोध गर्दै विद्यार्थीहरूको पक्षमा उभिनुपर्ने संगठनलाई समेत दमनको मतियार बनाउन खोजिएको वर्तमान परिस्थितिमा मौन बस्न नसकिने स्पष्ट गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “हामी युवाहरू कुनै पार्टी, पद वा कुर्सीकाका दास होइनौँ। हाम्रो वफादारी सधैं विद्यार्थीको अधिकार, जनताको न्याय र देशको भविष्यसँग मात्र हुनेछ।” आजदेखि कार्यसमिति अन्तर्गत अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव र कोषाध्यक्षसहित सम्पूर्ण सदस्यहरूले सामान्य सदस्यता समेत नराख्ने गरी सामूहिक रूपमा राजीनामा दिएको जानकारी गराइएको हो। अध्यक्ष…
Read More
हेटौँडामा भदौ २३ गते (भोलि) युवाद्वारा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शन हुने

हेटौँडामा भदौ २३ गते (भोलि) युवाद्वारा सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध प्रदर्शन हुने

हेटौँडा, भदौ २२ गते । हेटौँडा उपमहानगरपालिका परिसरबाट भदौ २३ गते अर्थात भोलि सोमबार बिहान १०:०० बजे युवा पुस्ताले सामाजिक सञ्जाल प्रतिबन्ध र बढ्दो भ्रष्टाचारविरुद्ध विशाल प्रदर्शन गर्ने भएका छन्। "Gen Z Led Mass Protest in Nepal" नाम दिइएको उक्त प्रदर्शन पूर्णत: शान्तिपूर्ण र गैरराजनीतिक रहने आयोजकहरूले जनाएका छन्। उनीहरूले कुनै राजनीतिक दलसँग सम्बन्ध नराखी केवल राष्ट्रिय झण्डा बोकेर सहभागी हुन आग्रह गरेका छन्। प्रदर्शन हेटौँडा उपमहानगरपालिका परिसरबाट सुरु भई सानो पोखरा, बुद्धचोक हुँदै उपमहानगर रोडसम्म हुने कार्यक्रम तय गरिएको छ। मुख्य मागहरूमा भ्रष्टाचार अन्त्य, प्रशासनिक दुरुपयोगको विरुद्ध जनचेतना अभिवृद्धि, जवाफदेही र पारदर्शिता सुनिश्चित गर्ने लगायतका विषयहरू रहेका छन्। "भ्रष्टाचारविरुद्धको…
Read More
मकवानपुरमा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ हस्ताक्षर अभियान तीव्र

मकवानपुरमा ‘मध्यवर्ती क्षेत्र खारेज गरौं’ हस्ताक्षर अभियान तीव्र

मकवानपुर, २०८२ भदौ १८ । ‘सम्पूर्ण उपभोक्ताहरू सहभागी हौं, मध्यवर्ती क्षेत्र खारेज गरौं’ भन्ने मूल नाराका साथ मकवानपुर जिल्लामा भूमिहीन सुकुम्बासी अव्यवस्थित बस्ती सङ्घर्ष समितिद्वारा हस्ताक्षर अभियान तीव्र रुपमा सञ्चालन भइरहेको छ। समितिका अध्यक्ष क्षेत्रबहादुर मोक्तानका अनुसार हेटौडा उपमहानगरपालिका तथा मकवानपुरका विभिन्न गाउँपालिकाका साविक वडाहरूमा पुगेर स्थानीयवासीहरूको हस्ताक्षर सङ्कलन जारी छ। हालसम्म मनहरी गाउँपालिकाका साविक वडा नं १, ४, ५, ६ र ७ मा अभियान सम्पन्न भइसकेको छ भने बाँकी वडामा पनि शीघ्रै अभियान सम्पन्न गर्ने तयारी गरिएको छ। यस क्रममा समितिले प्रत्येक वडास्थित बासिन्दालाई अभियानमा सहभागी गराउँदै मनोबल उच्च बनाइरहेको बताइएको छ। समितिले यही भदौ २३ गतेसम्म सम्पूर्ण साविक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.