२०८२ कार्तिक २१, शुक्रबार १२:२७
२०८२ कार्तिक २१, शुक्रबार १२:२७
मकवानपुर, कात्तिक २१ गते । मकवानपुर जिल्लाको उत्तरी भेगका विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजाको खेती प्रहरीले फडानी गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल नं. १४ गण हेटौडा मकवानपुरबाट संयुक्त रूपमा खटिएको १०२ जनाको टोलीले यहि असोज १७ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको विशेष अभियान मार्फत उक्त फडानी गरेको हो। प्रहरीका अनुसार राक्सीराङ गाउँपालिका अन्तर्गतका चिसापानी, बेल्टार, टेम्टा, गोरेटार, देबुटार, कैलाश गाउँपालिकाका सातकन्या, खैरेनी, लागु, जोइटी तथा भिमफेदी गाउँपालिकाका भदौरे, ज्यार्बु लगायतका विभिन्न वडाहरूमा गरी करिब ३० बिगाहा १० कठ्ठा क्षेत्रफलमा लगाइएका गाँजाका बोट र बेर्ना फडानी गरी नष्ट गरिएको हो। प्रहरीले गाँजाको खेती नियन्त्रणमा…