राजनीति

हेटौडामा समाजसेवी कृष्ण देउवाप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

हेटौडामा समाजसेवी कृष्ण देउवाप्रति श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

हेटौंडा,पुस ११ गते । आज हेटौडा ४ कमलडाँडामा समाजसेवी तथा सामाजिक व्यक्तित्व रविन्द्र देउबाको पिता, अधिवक्ता कृष्ण देउवाप्रति हार्दिक श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेकपा पार्टी निकटका व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो। श्रद्धाञ्जली कार्यक्रममा वाटर सी, मोहन सी, पूर्ण सी, राम सी, केशव सी, सानुसी, विजय सी र बिरु माया लगायतका नेताहरू उपस्थित थिए। उक्त कार्यक्रमको सञ्चालन भने पेमा सीले गरेका थिए। कार्यक्रम सौहार्दपूर्ण र भावपूर्ण वातावरणमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ।
Read More
हेटौडामा १३३ औँ माओ जयन्ती कार्यक्रम सम्पन्न, माओवादी नै अबको चुनावको विकल्प पार्टीः जिल्ला इन्चार्ज राम सी

हेटौडामा १३३ औँ माओ जयन्ती कार्यक्रम सम्पन्न, माओवादी नै अबको चुनावको विकल्प पार्टीः जिल्ला इन्चार्ज राम सी

हेटौंडा,पुस ११ गते । हेटौडामा १३३ औँ माओ जयन्ती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। माओ त्सेतुङको १३३ औँ जन्मजयन्तीको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो। कार्यक्रमको सभाअध्यक्षता पेमा सीले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेकपा (माओवादी) का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज राम सीको रहेको थियो। माओ जयन्तीको अवसरमा आयोजित कार्यक्रममा उपस्थित राजनीतिक, सामाजिक तथा विभिन्न क्षेत्रका प्रतिनिधि व्यक्तिहरूले समस्त नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गर्दै आपसी शुभकामना आदानप्रदान गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला इन्चार्ज राम सीले वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्दै अबको निर्वाचनमा विकल्प पार्टीका रूपमा नेकपा (माओवादी…
Read More
गरिबीमै सन्तुष्टि, राष्ट्र परिवर्तनको संकल्प : सुन्दर लामाको भावुक अभिव्यक्ति

गरिबीमै सन्तुष्टि, राष्ट्र परिवर्तनको संकल्प : सुन्दर लामाको भावुक अभिव्यक्ति

हेटौंडा,पुस ११ गते । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले देशको वर्तमान अवस्था, व्यक्तिगत जीवनदर्शन र राष्ट्रप्रतिको प्रतिबद्धता झल्किने भावुक अभिव्यक्ति सार्वजनिक गरेको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गरिबी, नैतिकता, समानता र राष्ट्र परिवर्तनको सपना बारे आफ्नो धारणा सार्वजनिक गरिएको हो। लामाले नेपाल गरिबी र अभावमा रहेको यथार्थ स्वीकार गर्दै आफू पनि त्यही अवस्थाको अनुभूति गरिरहेको उल्लेख गरेको छ। तथापि, गरिबीमै सन्तुष्टि खोज्नु र आम नेपाली जनताको जीवनशैलीसँग आफ्नो जीवनशैली फरक नहोस् भन्ने चाहना उनको स्टाटसमा प्रष्ट देखिन्छ। “हे भगवान, नेपाली साधारण जनताको जीवनशैली र मेरो जीवनशैलीमा कहिल्यै फरक नहोस्,” भन्दै उनले समानता र विभेदरहित समाजको…
Read More
रास्वपाको प्रथम वडा अधिवेशन हेटौंडा–८ मा पौष १२ गते, हरि ढकालको विशेष उपस्थितिमा हुने

रास्वपाको प्रथम वडा अधिवेशन हेटौंडा–८ मा पौष १२ गते, हरि ढकालको विशेष उपस्थितिमा हुने

हेटौंडा,पुस ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को प्रथम वडा अधिवेशन भोलि पौष १२ गते हुने भएको छ। अधिवेशनमा पार्टीका पूर्व माननीय तथा केन्द्रीय सचिवालय सदस्य हरि ढकालको विशेष उपस्थिति रहने आयोजकले जनाएको छ। बिहान ११ बजे सुरु हुने अधिवेशन हेटौंडा–८ स्थित एम ग्यालरी पार्टी भेन्यू, कालिका मन्दिर तल आयोजना गरिनेछ। वडा तहमा संगठन सुदृढीकरण, नेतृत्व चयन तथा आगामी राजनीतिक कार्यदिशा तय गर्ने उद्देश्यले अधिवेशन आयोजना गरिएको बताइएको छ। आयोजक समितिले पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय बासिन्दालाई कार्यक्रममा उपस्थित भई अधिवेशनलाई सफल बनाउन हार्दिक अपिल गरेको छ। अधिवेशनले स्थानीय तहमा रास्वपाको संगठनात्मक गतिविधिलाई…
Read More
गठबन्धन अपवित्र र स्वार्थले भरिएको शब्द हो: श्रम संस्कृति पार्टीका नेता सुन्दर लामा

गठबन्धन अपवित्र र स्वार्थले भरिएको शब्द हो: श्रम संस्कृति पार्टीका नेता सुन्दर लामा

हेटौंडा,पुस ११ गते । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले वर्तमान राजनीतिक गठबन्धनलाई कडा शब्दमा आलोचना गरेका छन्। उनले गठबन्धन भन्ने शब्दलाई नै “अपवित्र र स्वार्थले भरिएको राजनीतिक नाम”को संज्ञा दिएका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेको स्टाटसमा लामा लेख्छन्, “वास्तवमा गठबन्धन भन्नु ठगहरू मिलेर देश लुट्ने सहमति हो। तिमी पनि काले, म पनि काले—मिलेर भाले खाऔँ भन्ने प्रवृत्तिको परिणाम आज देशले भोगिरहेको अवस्था हो।” उनले विगतका राजनीतिक घटनाबाट पाठ सिक्न नेपाली जनतालाई आग्रह गर्दै यही कारणले देश आज संकटपूर्ण अवस्थामा पुगेको दाबी गरेका छन्। अब देश लुट्ने ठग र भ्रष्टाचारीलाई राम्रोसँग चिन्ने समय आएको भन्दै…
Read More
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा

जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा

ललितपुर, पुस १० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालमा आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा पार्टीले ठूलो झट्का व्यहोर्नु परेको छ। केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा केन्द्रीय, प्रदेश, जिल्ला, नगरपालिका तथा विभिन्न भ्रातृ सङ्गठनमा आवद्ध सयौं नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। संघीय समाजवादी फोरम स्थापनाकालदेखि निरन्तर पार्टीमा सक्रिय रहँदै आएका उनीहरूले जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा राजिनामा पत्र बुझाउँदै आजको मितिदेखि साधारण सदस्य समेत नरहने घोषणा गरेका हुन्। राजिनामा पत्रमा उल्लेख भएअनुसार २०८२ साल भदौ २३ र २४ गते देखिएको ‘जेन जि आन्दोलन’ले नेपालको राजनीतिक धरातलमा गहिरो प्रश्न उठाएको भए पनि पार्टी नेतृत्वले त्यसको मर्मअनुसार…
Read More
स्वतन्त्रको खोजी दलमै टुंगिन्छ, विकल्प एमाले नै पुष्टि भएको छ : वडाध्यक्ष सिग्देल

स्वतन्त्रको खोजी दलमै टुंगिन्छ, विकल्प एमाले नै पुष्टि भएको छ : वडाध्यक्ष सिग्देल

हेटौंडा, पुस १० गते । हेटौडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष तथा नेकपा एमालेका नेता एवं केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले स्वतन्त्रको नाममा राजनीति गर्नेहरू अन्ततः दलमै फर्कन बाध्य हुने धारणा व्यक्त गरेको छ । आफ्नो सामाजिक सञ्जालमा स्टाटस सार्वजनिक गर्दै सिग्देलले दलको विकल्प दल नै हुने तथ्य हालको राजनीतिक गतिविधिले पुष्टि गरिसकेको बताएको हो । उनका अनुसार दल नयाँ वा पुरानो भन्ने विषयभन्दा पनि दर्शन, नीति–कार्यक्रम, नेतृत्वको क्षमता र कार्यशैली नै निर्णायक हुने गर्दछ । देशमा विशेष परिस्थितिपछि देखिएको व्यापक राजनीतिक क्रियाकलाप, जनप्रदर्शन तथा महाधिवेशनहरूमा देखिएको जनसहभागिताले नेकपा एमाले नै अब्बल विकल्पका रूपमा स्थापित भएको उनको भनाइ…
Read More
संघको चुनाव नजिकिँदै जाँदा आर्थिक चलखेल हुन सक्ने भन्दै आम नागरिकलाई चनाखो रहन सुन्दर लामाको आग्रह

संघको चुनाव नजिकिँदै जाँदा आर्थिक चलखेल हुन सक्ने भन्दै आम नागरिकलाई चनाखो रहन सुन्दर लामाको आग्रह

हेटौंडा, पुस १० गते । देशभर संघको चुनावको तयारी तीव्र बन्दै गएको बेला सम्भावित आर्थिक चलखेल र भोट किनबेचप्रति सचेत रहन श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले आम नागरिकलाई आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस सार्वजनिक गर्दै लामाले अहिले विभिन्न राजनीतिक दलको नाममा अवसरवाद हावी हुँदै आर्थिक चलखेलमार्फत मत प्रभावित पार्ने प्रयास हुन सक्ने खतरा औँल्याएका हुन । उनले यस्तो गतिविधि देखिए वा त्यसबारे सूचना प्राप्त भएमा सार्वजनिक गर्न सबैसँग अनुरोध गरेको छ । लामाले भ्रष्टाचारलाई राष्ट्रको शत्रुको संज्ञा दिँदै यस्ता गतिविधि देख्दा पनि मौन बस्नु राष्ट्रघाती कार्य हुने उल्लेख गरे्को छ । अबको…
Read More
सहकारी ठगी प्रकरणमा रबिको संलग्नता देखिएको दाबी गर्दै माओवादी नेता राम सीको कडा आलोचना

सहकारी ठगी प्रकरणमा रबिको संलग्नता देखिएको दाबी गर्दै माओवादी नेता राम सीको कडा आलोचना

हेटौंडा, पुस ५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मकवानपुरका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम सीले सहकारीमा जनताको पैसा हिनामिना गरिएको प्रकरणमा रबिको संलग्नता रहेको दाबी गर्दै कडा आलोचना गरेका छन्। सामाजिक सञ्जालमा स्टाटस सार्वजनिक गर्दै नेता राम सीले सहकारी ठगी प्रकरणमा रबिको हात रहेको कुरा धरौटी बिगो दुई करोड ७४ लाख रुपैयाँले स्पष्ट देखाउने बताएका छन्। उनले रबि अझै पनि अदालतको अनुसन्धानको दायराभित्र नै रहेको उल्लेख गर्दै जेलबाट छुट्नु रबिको व्यक्तिगत जीवनका लागि सुखद भए पनि आम जनताका लागि दुःखद पक्ष भएको टिप्पणी गरेका छन्। उनले सहकारी ठगको पछाडि लाग्ने मानिसहरूको कमी नरहेको उल्लेख गर्दै देश र…
Read More
“हिसाब मिलाउन बाँकी छ, न्याय पाउन बाँकी छ” — रिहाइपछि रवि लामिछानेको सन्देश

“हिसाब मिलाउन बाँकी छ, न्याय पाउन बाँकी छ” — रिहाइपछि रवि लामिछानेको सन्देश

भैरहवा, पुस ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू अझै न्यायको लडाइँमै रहेको बताएका छन्। भैरहवास्थित जिल्ला कारागारबाट रिहा भएपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूले भोगेको अन्यायभन्दा देशमाथि भइरहेको अन्याय धेरै गम्भीर रहेको उल्लेख गरे। लामिछानेले अहिले विस्तृत रूपमा बोल्ने समय नआएको जनाउँदै हिसाब–किताब गर्न अझै धेरै कुरा बाँकी रहेको बताए। “न्यायको यो लडाइँ मेरो मात्र होइन, यो देशको न्यायका लागि हो,” उनले भने, “ममाथि भएको अन्याय त केही पनि होइन, देशमाथि गरिएको अन्यायको हिसाब गर्न बाँकी छ। त्यो हिसाब मिलेपछि म अलि लामो बोल्नेछु।” काठमाडौंबाट हवाईजहाजमार्फत भैरहवा पुग्ने तयारी भए पनि खराब मौसमका…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.