२०८२ पुष ४, शुक्रबार १७:१७
२०८२ पुष ४, शुक्रबार १७:१७
काठमाडौँ, पुस ४ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय लेखा आयोगको प्रथम पूर्ण बैठक पार्टीको केन्द्रीय मुख्यालय च्यासलमा सम्पन्न भएको छ। केन्द्रीय लेखा आयोगका अध्यक्ष प्रा. डा. क. पुष्प कंडेलको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष क. घनेन्द्र घिमिरेसहित आयोगका केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकको सञ्चालन सचिव क. ईश्वरीप्रसाद खरेलले गरेका थिए। बैठकले पार्टीको लेखा, आर्थिक अनुशासन तथा व्यवस्थापनसम्बन्धी विषयमा विविध महत्वपूर्ण निर्णयहरू गरेको छ। आयोगले एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव तथा सदस्यहरूलाई निर्वाचित गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ। साथै लेखा आयोगका निवर्तमान पदाधिकारी तथा सदस्यप्रति सम्मानसहित धन्यवाद ज्ञापन गरिएको…