समाचार

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारि

काठमाडौँ। पत्रकार दिलभूषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कसुरमा पक्राउ पुर्जी जारी भएको छ। साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पाठकले आफ्नो युट्युब च्यानल 'टफ टक विथ दिलभूषण पाठक' मार्फत प्रसारण गरेको एक भिडिओ रिपोर्टका कारण उनीविरुद्ध उजुरी परेको थियो। तीन साताअघि पत्रकार पाठकले आफ्नो युट्युब च्यानलमा 'हिलटन होटल र कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरबारे' एक भिडिओ रिपोर्ट प्रसारण गरेका थिए। उक्त रिपोर्टमा जयवीर देउवाले व्यापारी शाहिल अग्रवाल र दीपक भट्टसँग मिलेर नक्सालस्थित हिल्टन होटल खरिद गरेको दाबी गरिएको थियो। थप रूपमा, उक्त भिडिओमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा सेनेटरी प्याड र…
Read More
विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

विज्ञापनबिनै भुक्तानी: अख्तियारद्वारा २ लाख १२ हजार बिगो मागसहित भ्रष्टाचार मुद्दा दायर

रौतहट। रौतहटको फतुवा विजयपुर नगरपालिकामा विज्ञापन नै प्रकाशन नगरी भुक्तानी लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यो प्रकरणमा नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ मा कृषकहरूका लागि स्प्रे ट्यांकी खरिद गर्दा बोलपत्र आह्वानको सूचना 'जनसवाल राष्ट्रिय दैनिक' र 'तराईं पोष्ट' मा प्रकाशन गरेको दाबी गरेको थियो। तर प्रेस काउन्सिल नेपालको छानबिनमा दुवै पत्रिकामा सूचना प्रकाशन नभएको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको हो। आरोपितहरूमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल नवीनकुमार यादव, तराईं पोष्टका प्रतिनिधि ओमप्रकाश यादव, जनसवाल पब्लिकेशन प्रालि तथा उक्त कम्पनीका सम्पादक…
Read More
सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु

सप्तरीमा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु

सप्तरी। राजविराज, सप्तरी जिल्लामा विपद् जोखिम न्यूनीकरणका लागि स्थानीयस्तरमा स्वयंसेवक तयार गर्ने उद्देश्यले १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम आइतबारदेखि सुरु भएको छ। महादेवा गाउँपालिकाको समन्वयमा सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयले यो तालिम आयोजना गरेको हो। महादेवा गाउँपालिका-५ स्थित गाउँपालिकाको सभाहलमा सुरु भएको यस तालिममा ६ वटा वडाबाट छानिएका ३० जनालाई प्रशिक्षण दिइँदैछ। यो तालिम आगामी असार १३ गते शुक्रबार समापन हुनेछ। तालिमले स्थानीयस्तरमै विपद् स्वयंसेवक उत्पादन गरी विपद्पूर्व तयारी तथा प्रतिकार्यमा समुदायलाई सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। तालिमको उद्घाटन कार्यक्रममा शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक डा. नेत्रबहादुर कार्कीले नेपालको भौगोलिक बनावट…
Read More
जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा

जसपा नेपाल नेवा: राष्ट्रिय समितिले यही जेठ ३१ गते शनिबार प्रथम ऐतिहासिक अधिवेशन गर्ने घोषणा

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको नेवा राष्ट्रिय समितिले यही आउँदो जेठ ३१ गते शनिबार काठमाडौँको गोदावारी नगरपालिका वडा नम्बर ४ ठैब ता:फल्चामा प्रथम ऐतिहासिक अधिवेशन गर्ने भएको छ। नेवा राष्ट्रिय समितिले एक सूचना जारी गर्दै उक्त अधिवेशनबारे जानकारी गराएको हो। नेवार राष्ट्रिय समितिले गर्न थालिएको प्रथम ऐतिहासिक अधिवेशनमा जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको प्रमुख अतिथिता र केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यको उपस्थितिमा उक्त कार्यक्रम गर्न थालिएको बताएको छ। प्रथम ऐतिहासिक अधिवेशन हुने जानकारी विशेषलाई नेवार राष्ट्रिय समितिले प्रतिनिधि उपस्थित गराइदिने बारे एक सूचना जारी गर्दै सम्पूर्ण जसपा नेपालका जनप्रतिनिधिहरू सम्पूर्णलाई विशेष उपस्थिति गराइदिनु हुन पनि सूचना मार्फत अनुरोध गरिएको छ।…
Read More
बेलबारीकी  सुजता घलेद्वारा नमुना बालगृहका बालबालिकालाई सहयोग

बेलबारीकी सुजता घलेद्वारा नमुना बालगृहका बालबालिकालाई सहयोग

उर्लाबारी। समाजसेवाको उदाहरण प्रस्तुत गर्दै बेलबारी नगरपालिका वडा नं १ निवासी सहयोगी मनकी धनी सुजता घले तथा उनको परिवारले उर्लाबारी–७ स्थित नमुना बालगृहमा आश्रित अभिभावकविहीन बालबालिकालाई सहयोग गरेको छ । बिहीबार आयोजित विशेष कार्यक्रममार्फत बालगृहको संरक्षणमा रहेका ६८ जना बालबालिकालाई एक छाक खाना खुवाउनुका साथै आवश्यक लत्ताकपडा, चाउचाउ, बिस्कुट, जुस, खेलौना, टुथपेस्ट, ब्रस, मिठाई तथा स्टेशनरी सामग्री वितरण गरिएको थियो। कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत किशोर–किशोरीहरुलाई प्रोत्साहनस्वरूप प्रति व्यक्ति १५ सय रुपैयाँका दरले नगद पाकेट खर्च समेत प्रदान गरिएको छ। सहयोग कार्यक्रममा पुष्पा घले, मनमाया गुरुङ, दिपा गुरुङ, तिर्थकुमारी गुरुङ, आइसा श्रेष्ठ, किशोर गुरुङ, राजु घले, रन्जित कार्की,…
Read More
उर्लाबारीका किसानलाई आधुनिक हलो वितरण

उर्लाबारीका किसानलाई आधुनिक हलो वितरण

उर्लाबारी। खासै प्रयोगमा नआएको तर उपयोगी ‘कृषि हलो’ उर्लाबारी ७ का दीपक भण्डारीको अवधारणा हो । बाँदर धपाउने यन्त्र बनाएर काफी चर्चा बटुलेका उनै भण्डारीद्वारा निर्मित फरक खालको कृषि हलो उर्लाबारी नगरपालिकाले प्रबद्र्धन गरेपछि उहाँ दंग हुनुहुन्छ । चाइनिज टेक्नोलोजी’ फ्लो गरेर यस्तो हलो बानाइएको उहाँको कथन छ । अग्लो वा होचा जस्ता मानिसलेपनि सहजै जोत्न सक्ने, इन्धन नलाग्ने, शारीरिक उर्जापनि खासै खर्चिनु नपर्ने हलोको विशेषता रहेको भण्डारी बताउनुहुन्छ । ७ नम्बर वडाकै आश्रम टोलमा कृषि औजार र उपकरणहरु निर्माण गरी दिपक सप्लायर्स फर्म संचालनमा छ । उहाँले नगरपालिकाका मेयर गंगाप्रसाद खरेललाई आफ्ना उत्पादनका विशेषता अवगत गराएपछि नगरपालिकाले प्रोत्साहन गरेको…
Read More
रतुवामाईका गृहिणीलाई  ३० दिने ब्युटी पार्लर  तालिम

रतुवामाईका गृहिणीलाई ३० दिने ब्युटी पार्लर तालिम

रतुवामाई। सोनाली मल्टीप्रपोज एण्ड ड्राइभिङ स्कूल प्रा.लि. बिराटनगरको आयोजना तथा रतुवामाई नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ३० दिने ब्युटी पार्लर तालिम सम्पन्न भएको छ। नगरका गृहिणीहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले संचालन भएको ३० दिने ब्युटी पार्लर तालीम शुक्रबार सम्पन्न भएको हो । रतुवामाई नगरपालिका–७ सिजुवास्थित वडा कार्यालयको सभा हलमा शुक्रबार एक कार्यक्रमबीच तालिममा सहभागी ३० जना गृहिणी महिलाहरूलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि तथा रतुवामाई नगरपालिकाका नगर प्रमुख नागेश्वर प्रसाद सिंहले तालिम समापन समारोहलाई सम्बोधन गर्दै नगरभित्र कुनै पनि व्यक्ति बेरोजगार नहोउन् भन्ने उद्देश्यले नगरपालिकाले यस्ता सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको बताए। उनले थपे, “नगरवासीलाई सीप प्रदान गरेर…
Read More
जलवायु परिवर्तन र विपद् व्यवस्थापन तालिम सुरु, अपाङ्गता भएका युवा सशक्तिकरणमा केन्द्रित

जलवायु परिवर्तन र विपद् व्यवस्थापन तालिम सुरु, अपाङ्गता भएका युवा सशक्तिकरणमा केन्द्रित

काठमाडौँ। अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा क्रियाशील संस्था ब्लाइन्ड युथ एसोसिएसन नेपाल (बायन) ले युनेस्कोको सहयोगमा काठमाडौँमा तीन दिने जलवायु परिवर्तन र विपद् व्यवस्थापन सम्बन्धी तालिम आजदेखि सुरु गरेको छ। यस तालिममा बहिरा, दृष्टिविहीन र शारीरिक अपाङ्गता भएका गरी कुल १५ जना सहभागीहरुको सहभागिता रहेकोछ। बायनका निर्देशक निर श्रेष्ठले अन्तर्वार्तामार्फत छनोट गरिएका १५ जना सहभागीहरूलाई तीन दिनको तालिमपछि समुदायमा जलवायु परिवर्तन र विपद् व्यवस्थापनबारे चेतना फैलाउने र पैरवी गर्ने कार्यमा अग्रसर गराइने बताउनुभयो। तालिमको सहजीकरण जलवायु परिवर्तन र विपद् व्यवस्थापनका क्षेत्रमा लामो समय काम गरेर अनुभव सँगाल्नु भएका अभियान्ता नवीन दाहालले गरिरहनु भएको छ। यो कार्यक्रम ठमेलस्थित मनाङ होटलमा आइतबारसम्म सञ्चालन…
Read More
ज्यालादारी मजदुर तथा कर्मचारीको सामाजिक सुरक्षाको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र

ज्यालादारी मजदुर तथा कर्मचारीको सामाजिक सुरक्षाको माग गर्दै नगर प्रमुखलाई ज्ञापनपत्र

उर्लाबारी। औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक वर्गको सामाजिक सुरक्षाको माग गर्दै नेकपा एमाले उर्लाबारी नगर कमिटीले मंगलबार उर्लाबारी नगर प्रमुख गंगा प्रसाद खरेललाई ज्ञापनपत्र बुझाएको छ। उर्लाबारी नगरपालिकाको सभा हलमा आयोजित कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य भुपाल जिमी र एमाले नगर अध्यक्ष निरोज तिम्सिनाले संयुक्त रूपमा उक्त ज्ञापनपत्र नगर प्रमुख खरेललाई बुझाएका हुन्। ज्ञापनपत्रमा विभिन्न निजी कम्पनीहरूमा करार र ज्यालादारी सेवामा कार्यरत मजदुर तथा कर्मचारीहरूलाई संविधानको धारा ३४, धारा ४३, र धारा ५७ को उपधारा ५ तथा स्थानीय सरकार सञ्चालन ऐनको दफा ११ को उपदफा ४(३) अनुसार सामाजिक सुरक्षा योजना लागू गर्न माग गरिएको छ। उक्त व्यवस्थाहरूले श्रमिकको जीवनस्तर…
Read More
सार्वजनिक यातायातको हडतालविरुद्ध सर्वोच्चमा रिट,बुधबार तोकियो पेसी

सार्वजनिक यातायातको हडतालविरुद्ध सर्वोच्चमा रिट,बुधबार तोकियो पेसी

काठमाडौँ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको आह्वानमा सार्वजनिक यातायातमा जारी हडतालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । अधिवक्ता विवेक पोखरेलले मङ्गलबार गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महासङ्घसमेतलाई विपक्षी बनाई उक्त रिट दायर गरेका हुन् । रिटमाथि बुधबार पेसी तोकिएको छ । सार्वजनिक यातायातलाई अत्यावश्यक सेवा क्षेत्र मानिएकाले त्यसमा हडताल गर्न नपाउने कानुनी प्रावधान हुँदाहुँदै सेवा बन्द गरिनु संविधान विपरीत भएको रिट निवेदकको जिकिर छ । रिटमा तत्काल सार्वजनिक यातायात सुचारु गर्न अन्तरिम आदेशको माग गरिएको छ । जेठ १९ गतेदेखि देशभर सार्वजनिक यातायात ठप्प पारिँदा विद्यार्थी, बिरामी, कर्मचारी, शिक्षकलगायत हजारौँ नागरिकको आवतजावतमा गम्भीर असर परेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.