समाचार

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

चितवन,बैशाख १६ गते । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रभित्र रहेका अतिक्रमित वन क्षेत्र खाली गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको छ। निकुञ्ज अन्तर्गतका मध्यवर्ती सामुदायिक वन, कबुलियत वन तथा सडक, खोला र नदी किनार आसपासका वन क्षेत्रमा अनाधिकृत रूपमा अतिक्रमण गरी बसोबास तथा विभिन्न संरचना निर्माण गरिएको पाइएपछि यस्तो कदम चालिएको हो। कार्यालयका अनुसार अतिक्रमण गरेर स्थायी तथा अस्थायी प्रकृतिका घर, टहरा, छाप्रो, पिकनिक स्पोर्ट मञ्च लगायतका संरचना निर्माण गर्नुका साथै खेतीपाती समेत गरिएको भेटिएको छ। यस्ता गतिविधि प्रचलित कानुन विपरीत भएको जनाउँदै निकुञ्जले आफ्नो हक नपुग्ने वन क्षेत्र कब्जा गर्न, रुख काट्न वा वन फडानी गर्न नपाइने…
Read More
सम्पत्ति विवरण सार्वजनिक गर्दै महावीर पुनको चुनौती—‘शंका छ भने छानबिन गर्नुहोस्’

सम्पत्ति विवरण सार्वजनिक गर्दै महावीर पुनको चुनौती—‘शंका छ भने छानबिन गर्नुहोस्’

काठमाडौं,बैशाख १६ गते । महावीर पुनले आफ्नो सम्पूर्ण भौतिक सम्पत्ति विवरण सार्वजनिक गर्दै आफूविरुद्ध उठाइएका आरोपहरूको छानबिन गर्न खुला चुनौती दिएका छन्। प्रतिनिधिसभा सदस्य समेत रहेका वैज्ञानिक पुनले सामाजिक सञ्जाल मार्फत आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै केही व्यक्तिहरूले आफूले राष्ट्रिय आविष्कार केन्द्र स्थापना र पुस्तक बिक्री मार्फत करोडौं रुपैयाँ संकलन गरेको आरोप लगाएको उल्लेख गरेका छन्। उनले यस्ता आरोप लगाउनेहरूलाई आफ्नो विवरण अध्ययन गरी आवश्यक छानबिन गर्न आग्रह गरेका छन्। पुनले उक्त विवरण संघीय संसद सचिवालयलाई बुझाउनुअघि नै सार्वजनिक गरेको जानकारी दिएका छन्। उनले यसअघि शिक्षा मन्त्री हुँदा पनि सोही विवरण बुझाएको तर तत्कालीन सरकारले सार्वजनिक नगरेको उल्लेख गर्दै यसपटक…
Read More
चितवन प्रशासनद्वारा एमआरपी अनिवार्य गर्ने निर्देशन, उल्लंघनमा कारबाही हुने चेतावनी

चितवन प्रशासनद्वारा एमआरपी अनिवार्य गर्ने निर्देशन, उल्लंघनमा कारबाही हुने चेतावनी

चितवन,बैशाख १६ गते । जिल्ला प्रशासन कार्यालय चितवनले बजारमा विक्री वितरण हुने वस्तुहरूमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा उल्लेख गर्न निर्देशन दिएको छ। नेपाल सरकारबाट स्वीकृत सुधार सम्बन्धी १०० कार्यसूची अन्तर्गत बुँदा नम्बर ८३ अनुसार एमआरपी र आयात नियमनसम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन गर्न यो सूचना जारी गरिएको हो। प्रशासनले आयातकर्ता, उद्योगी, विक्रेता तथा सरोकारवाला सबै पक्षलाई अनिवार्य रूपमा तोकिएका मापदण्ड पालना गर्न आग्रह गरेको छ। अनुगमनका क्रममा स्पष्ट लेबल र एमआरपी उल्लेख नभएको वा तोकिएको भन्दा बढी मूल्य लिएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ। सूचनाअनुसार आयातकर्ताहरूले विदेशबाट ल्याइने वस्तुहरूमा भन्सार बिन्दुमै आयातकर्ताको विवरणसहित एमआरपी…
Read More
कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

कोहलीको ९ हजार रनको कीर्तिमानसँगै आरसीबीको शानदार जित, दिल्ली ९ विकेटले पराजित

दिल्ली,बैशाख १५ गते । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले दिल्ली क्यापिटल्समाथि एकतर्फी प्रदर्शन गर्दै ९ विकेटको सहज जित निकालेको छ। यस जितसँगै आरसीबी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले अत्यन्तै कमजोर सुरुवात गर्‍यो। प्रारम्भिक ओभरमै लगातार विकेट गुमाउँदै एक समय ८ रनमै ६ विकेट गुमाएको दिल्ली अन्ततः ७५ रनमै समेटियो। टोलीलाई केही सम्हाल्ने प्रयास अभिषेक पोरलले ३० रन र डेभिड मिलरले १९ रन बनाएर गरे पनि त्यो पर्याप्त हुन सकेन। आरसीबीका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। जोस ह्याजलवुडले घातक बलिङ गर्दै ४ विकेट लिए भने भुवनेश्वर…
Read More
माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”

माइतीघर घटनामा निष्पक्ष छानबिनको माग, “पीडितमाथि दमन अस्वीकार्य”

काठमाडौं,बैशाख १४ गते । काठमाडौंको माइतीघर क्षेत्रमा भएको घटनाप्रति नेकपा (एमाले) का सचिव महेश बस्नेतले गम्भीर आपत्ति जनाएका छन्। सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै उनले साइबर अपराधविरुद्ध उजुरी दिन साइबर ब्युरो जाने क्रममा आफ्ना परिवारका सदस्यहरू दुर्व्यवहारको सिकार भएको बताएका छन्। उनका अनुसार, माइतीघर क्षेत्रमा केही व्यक्तिहरूले महिलामाथि गालीगलौज गर्नुका साथै हातपातसमेत गरेका थिए। सो क्रममा आफ्नी श्रीमतीसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। बस्नेतले घटनालाई केही सञ्चार माध्यमहरूले भ्रामक रूपमा प्रस्तुत गरेको आरोप लगाउँदै यसले पीडितको चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन्। माइतीघर मण्डला जस्तो सार्वजनिक स्थललाई कसैलाई बदनाम गर्ने थलोका रूपमा प्रयोग…
Read More
संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी सुझाव, थप राय दिन मन्त्रालयको आह्वान

संघीय निजामती सेवा विधेयकको मस्यौदामा ३,५०० भन्दा बढी सुझाव, थप राय दिन मन्त्रालयको आह्वान

काठमाडौं,बैशाख १४ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय शासन प्रणालीलाई थप सुदृढ र संस्थागत बनाउने उद्देश्यसहित तयार पारिरहेको संघीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामा व्यापक चासो देखिएको छ। मन्त्रालयले उक्त मस्यौदा २०८३ साल वैशाख ११ गते आफ्नो आधिकारिक वेबसाइट मार्फत सार्वजनिक गरेको थियो। मस्यौदा सार्वजनिक भएयता हालसम्म ३,५०० भन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भएको मन्त्रालयले जनाएको छ। सरोकारवाला निकाय, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकबाट प्राप्त सुझावसँगै विभिन्न सामाजिक सञ्जालमा व्यक्त प्रतिक्रिया समेत संकलन गरी विश्लेषण गर्ने काम भइरहेको छ। विधेयकलाई अझ प्रभावकारी र व्यवहारिक बनाउन प्राप्त सुझावहरूको व्यवस्थित अध्ययन तथा विश्लेषण गर्न प्रशासन सुधार महाशाखा…
Read More
एआई र खोजमूलक पत्रकारिता अपनाउनुपर्नेमा जोड, महिला पत्रकारलाई प्रविधिमैत्री बनाउने पहल

एआई र खोजमूलक पत्रकारिता अपनाउनुपर्नेमा जोड, महिला पत्रकारलाई प्रविधिमैत्री बनाउने पहल

धुलिखेल,बैशाख १३ गते । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले परम्परागत पत्रकारिता मात्रको भरमा प्रतिस्पर्धी मिडिया क्षेत्रमा टिकिरहन कठिन बन्दै गएको बताएका छन्। उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अत्याधुनिक प्रविधिको प्रयोग गर्दै खोजमूलक पत्रकारितामा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याए। बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको समन्वयमा धुलिखेलमा सम्पन्न दुई दिने ‘खोजमूलक पत्रकारिता तथा एआईको प्रयोग’ सम्बन्धी अभिमुखीकरण कार्यक्रमको समापन सत्रमा बोल्दै अध्यक्ष मगरले यस्तो धारणा राखेका हुन्। उनले एआईको प्रयोगले पत्रकारितालाई थप प्रभावकारी, तथ्यपरक र समयानुकूल बनाउन सक्ने उल्लेख गर्दै विशेषगरी महिला पत्रकारहरूलाई प्रविधिमैत्री बनाउने र सामाजिक विकाससँग सम्बन्धित विषयहरू गहिराइबाट…
Read More
एक्काइस दृष्टिविहीन बने मुद्रित पुस्तक पढ्न सक्षम

एक्काइस दृष्टिविहीन बने मुद्रित पुस्तक पढ्न सक्षम

​भक्तपुर,बैशाख ११ गते । ​दृष्टिविहीन पाठकका लागि चुनौतीको रूपमा रहेको मुद्रित पुस्तक एक्काइस जना दृष्टिविहीनहरू पहुँचयुक्त ढङ्गले पढ्न सक्ने भएका छन्। ​सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको आर्थिक सहयोग तथा अपाङ्गता भएका महिलाहरूको नेतृत्वमा सञ्चालित संस्था एक्सेस प्लानेटको आयोजनामा चार दिनसम्म सञ्चालित कार्यक्रममा सहभागी दृष्टिविहीनहरूले मुद्रित पुस्तक मोबाइल फोनमार्फत स्क्यान गरेर पढ्न सक्ने हुनुका साथसाथै संस्थाले सञ्चालनमा ल्याएको समावेशी पुस्तकालय नामक वेबसाइट मार्फत सहज रुपमा पुस्तक पढ्न सिकेका छन्। चार दिनसम्म चलेको कार्यक्रमको सहजकर्ताको रूपमा सञ्जय अर्याल रहेका थिए। ​कार्यक्रमको अन्तिम दिन समापन समारोहमा बोल्दै आयोजक संस्थाकी सचिव शान्ता पाण्डेले स्वागत मन्तव्य राख्दै संस्थाले अपाङ्गता भएका महिला तथा बालबालिकाहरूको शिक्षा, सूचनामा…
Read More
सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

सार्वजनिक खरिद प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

काठमाडौं,बैशाख ११ गते । सार्वजनिक खरिद प्रणाली (पीपीएमओ) ह्याक गरी ठेक्का विवरण हेरफेर गरिएको प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सो प्रकरणमा अनुसन्धानका क्रममा पाण्डेलाई नियन्त्रणमा लिएको हो। ब्युरोका एआईजी मनोज केसीले पाण्डेलाई पक्राउ गरिएको पुष्टि गरेका छन्। यसअघि पनि उक्त प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरिसकेको थियो। अनुसन्धानलाई थप गहिरो बनाउँदै सीआईबीले घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा प्रमाण संकलनलाई तीव्र पारेको जनाएको छ। सरकारी ठेक्का सम्बन्धी संवेदनशील प्रणाली नै ह्याक गरी विवरण परिवर्तन गरिएको घटनाले सार्वजनिक खरिद प्रक्रियाको पारदर्शिता र सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। यस प्रकरणमा संलग्न सबैलाई…
Read More
खोला किनारका बस्ती सुरक्षित स्थानान्तरण गरिने: प्रधानमन्त्री बालेन्द्र शाह

खोला किनारका बस्ती सुरक्षित स्थानान्तरण गरिने: प्रधानमन्त्री बालेन्द्र शाह

काठमाडौँ, बैशाख ११ गते । खोला किनारमा जोखिमपूर्ण अवस्थामा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी सरकारले अघि बढाएको जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत यस विषयमा धारणा सार्वजनिक गर्दै वर्षौँदेखि दोहोरिँदै आएको बाढीजन्य जोखिमलाई अब अन्त्य गर्नुपर्ने बताएका हुन्। उनले हरेक वर्ष बाढीका कारण काठमाडौँका नदी किनारमा बसोबास गर्ने हजारौँ नागरिकले ज्यान जोगाउन मात्र सफल हुँदै सम्पूर्ण सम्पत्ति छाडेर भाग्नुपर्ने अवस्था रहेको उल्लेख गरेका छन्। यस्तो अवस्था दोहोरिन नदिन अब सुरक्षित बसोबासको व्यवस्था अनिवार्य भएको उनले बताएका छन्। प्रधानमन्त्री शाहले नागरिकको जीवनसँग खेलबाड गर्दै जोखिमपूर्ण स्थानमा बस्न बाध्य पार्ने अवस्थालाई निरन्तरता दिन नसकिने स्पष्ट पारे।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.