Day: २०८३ आश्विन २४, शनिबार २१:५४

लोकाहा खोला पुलको पुरानो भागमा मात्रै आवागमन बन्द, नयाँ पुलबाट सवारी सञ्चालन नियमित

लोकाहा खोला पुलको पुरानो भागमा मात्रै आवागमन बन्द, नयाँ पुलबाट सवारी सञ्चालन नियमित

नवलपुर, असोज २४ गते । नारायणघाट–बुटवल सडक आयोजनाअन्तर्गत प्रगतिनगर र कावासोतीको बीचमा रहेको लोकाहा खोला पुलको पुरानो संरचनामा प्राविधिक समस्या देखिएपछि उक्त पुलबाट सवारी आवागमन बन्द गरिएको छ। तर, सोही स्थानमा निर्माण सम्पन्न भएको नयाँ पुलबाट भने सवारीसाधनको आवागमन नियमित रूपमा सञ्चालन भइरहेको छ। नारायणघाट–बुटवल सडक योजना तथा सडक डिभिजन कार्यालय भरतपुर, चितवनले  सूचनामार्फत लोकाहा खोला क्षेत्रमा सडक पूर्ण रूपमा अवरुद्ध नभएको स्पष्ट पारेको हो। सूचनाअनुसार पुरानो पुलमा केही प्राविधिक समस्या देखिएकाले सुरक्षाका दृष्टिले हाललाई उक्त पुलबाट सवारी आवागमन निषेध गरिएको छ। यद्यपि, नयाँ पुलमा कुनै समस्या नरहेको र त्यहाँबाट सवारीसाधन निर्वाध रूपमा आवतजावत गरिरहेको कार्यालयले जनाएको छ। लोकाहा खोला…
Read More
राष्ट्रिय हित र स्वाधीनताको रक्षाका लागि एमाले बलियो हुनुपर्छ : नवीन सिग्देल

राष्ट्रिय हित र स्वाधीनताको रक्षाका लागि एमाले बलियो हुनुपर्छ : नवीन सिग्देल

हेटौँडा, असोज २४ गते । नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले राष्ट्रिय हित, स्वाधीनताको रक्षा र नेपाली भूमिको संरक्षणका लागि नेकपा एमाले बलियो हुनुपर्ने बताएका छन् । नेकपा एमाले हेटौँडा उपमहानगरपालिका–१७ नम्बर वडा कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि सिग्देलले एमाले सरकारमा रहँदा विदेशी हस्तक्षेप र चलखेलको अन्त्य, राष्ट्रिय स्वाधीनताको रक्षा तथा मिचिएको नेपाली भूमि फिर्ता गर्न पहल भएको दाबी गरे । वर्तमान प्रधानमन्त्रीले गरिमामय संसद्मा नेपालले भारतीय भूमि मिचेको अभिव्यक्ति दिएको भन्दै सिग्देलले त्यसले नेपाली राष्ट्रियता र स्वाधीनतामाथि प्रहार गरेको आरोप लगाए । मुलुकमा महँगी, हत्या–हिंसा र बेथिति बढ्दै जाँदा जनताको दैनिक जीवन कष्टकर…
Read More
मकवानपुरमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका उत्सव गोपालीको उपचारका क्रममा मृत्यु

मकवानपुरमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका उत्सव गोपालीको उपचारका क्रममा मृत्यु

हेटौंडा, असोज २४ गते । मकवानपुरको थाहा नगरपालिका–१ बाराहीचौरमा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा थाहा नगरपालिका–१ बाराहीचौर निवासी अन्दाजी ३० वर्षीय उत्सव गोपाली रहेका छन्। प्राप्त विवरणअनुसार, मिति २०८३ असोज २३ गते साँझ करिब ७ बजे गोपाली आफ्नो घरबाट करिब ५०० मिटर पूर्वतर्फ रहेको सार्वजनिक चौरमा भएको उत्तिसको रुखमा अरिङ्गाल पोल्ने क्रममा अन्दाजी २० फिट तल खसेका थिए। रुखबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर लगिएको थियो। ट्रमा सेन्टरमा उपचारका क्रममा उनको टाउकोमा भित्री चोट लागेको र दुवै कानबाट रगत बगिरहेको पाइएको थियो। अवस्था गम्भीर…
Read More
जलवायु परिवर्तनका असर चित्रमार्फत उजागर गर्दै विद्यार्थी, मकवानपुर महिला उत्थान समाजद्वारा मनहरीमा चित्रकला प्रतियोगिता

जलवायु परिवर्तनका असर चित्रमार्फत उजागर गर्दै विद्यार्थी, मकवानपुर महिला उत्थान समाजद्वारा मनहरीमा चित्रकला प्रतियोगिता

मनहरी, असोज २४ गते । जलवायु परिवर्तनले वातावरण, जनजीवन र समाजमा पारेका प्रभावबारे बालबालिकालाई सचेत बनाउने उद्देश्यले मकवानपुर महिला उत्थान समाजले मनहरीमा विशेष चित्रकला प्रतियोगिता आयोजना गरेको छ। समाजले हिजो मनहरी गाउँपालिका–४, मसिनेस्थित श्री पशुपति माध्यमिक विद्यालयमा आयोजना गरेको प्रतियोगितामा विद्यालयका १४ जना विद्यार्थीले सहभागिता जनाएका थिए। विद्यार्थीहरूले जलवायु परिवर्तनका कारण उत्पन्न वातावरणीय समस्या र त्यसले पारेका असरलाई चित्रमार्फत प्रस्तुत गर्दै आफ्नो सिर्जनात्मक क्षमता प्रदर्शन गरेका थिए। प्रतियोगितामा उत्कृष्ट चित्र बनाउने चार विद्यार्थी छनोट भएका छन्। जसमा राधिका तितुङ प्रथम, क्रिजन उप्रेती द्वितीय, सौरभ अर्याल तृतीय र रोयस पौडेल चौथो भएका छन्। सहभागी विद्यार्थीका चित्रहरूको मूल्याङ्कन विद्यालयका शिक्षक तथा शिक्षिकाले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.