२०८२ फाल्गुन ५, मंगलवार २२:४४
२०८२ फाल्गुन ५, मंगलवार २२:४४
काठमाडौँ, फागुन ५ गते । नेपाल पत्रकार महासंघले यही फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आमसञ्चारमाध्यम र पत्रकारहरूलाई पत्रकारिताको सिद्धान्त तथा पत्रकार आचारसंहिताको कडाइका साथ पालना गर्न आग्रह गरेको छ। महासंघले निर्वाचनको समयमा मिथ्या सूचना, अप्रमाणित समाचार र अनुमानमा आधारित सामग्रीले मतदातालाई प्रभावित पार्न सक्ने जोखिम रहने उल्लेख गर्दै यस्ता गतिविधिप्रति गम्भीर चासो व्यक्त गरेको छ। विज्ञप्तिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै स्वस्थ, स्वतन्त्र, धाँधलीरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न हुने वातावरण निर्माणमा सञ्चारमाध्यम र पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने स्पष्ट पारिएको छ। निर्वाचन नजिकिँदै जाँदा केही अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा युट्युबमार्फत प्रवाहित सामग्रीमा पत्रकार आचारसंहिता र…