राप्ती खबर

1194 Posts
पूर्वी एसियामा रहेका नेपालीको सुरक्षाका लागि तत्काल उद्धार योजना बनाउन विशाल राज महतको माग

पूर्वी एसियामा रहेका नेपालीको सुरक्षाका लागि तत्काल उद्धार योजना बनाउन विशाल राज महतको माग

हेटौँडा, फागुन १७ गते । पूर्वी एसियाका विभिन्न देशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई लक्षित गर्दै उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। राजदूतावासको सूचनाअनुसार सुरक्षित स्थानमा रहन, स्थानीय निकायको निर्देशन पालना गर्न र अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह गरिएको हो। यसै सन्दर्भमा सेवा, सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले नेपाल सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा पूर्वी एसियामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूको अद्यावधिक विवरण संकलन गरी सुरक्षित स्थानान्तरण तथा उद्धार योजना तयार गर्न सरकारसँग माग गरेका छन्। महतका अनुसार भारत, चीन लगायत मित्र राष्ट्रहरूसँग समन्वय गरी…
Read More
मकवानपुर–१ मा नेकपाको प्रभाव बढ्दो, माझी बस्तीमै देखियो दल परिवर्तनको लहर

मकवानपुर–१ मा नेकपाको प्रभाव बढ्दो, माझी बस्तीमै देखियो दल परिवर्तनको लहर

हेटौँडा, फागुन १६ गते । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा चुनावी माहोल क्रमशः नेपाली कम्युनिस्ट पार्टीको पक्षमा ढल्कँदै गएको देखिएको छ। निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरी नेकपामा प्रवेश गर्ने स्थानीयको संख्या उल्लेखनीय रूपमा बढेको पार्टीले जनाएको छ। विशेषगरी मकवानपुर–१ अन्तर्गत बागमती गाउँपालिका–५ बगेरीको माझी बस्तीमा देखिएको दल परिवर्तनले चुनावी चर्चा थप तातेको छ। शुक्रबार आयोजित चुनावी सभामा प्रतिनिधिसभा सदस्य उम्मेदवार विजय गौतम तथा पार्टीका केन्द्रीय सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए। यसै क्रममा बागमती गाउँपालिका–६ कायरमा आयोजित भेटघाट तथा चुनावी सभामा स्थानीयवासीले उम्मेदवार गौतमप्रति खुला समर्थन जनाए। त्यस्तै, वडा नम्बर–८…
Read More
क्रिकेटको उत्सवसँगै यात्राको रोमाञ्च—Guru Travels को T20 विश्वकप खेल पर्यटन टुर सफल

क्रिकेटको उत्सवसँगै यात्राको रोमाञ्च—Guru Travels को T20 विश्वकप खेल पर्यटन टुर सफल

काठमाडौं, फागुन १२ गते । खेल, संस्कृति र यात्रालाई एउटै अनुभवमा बाँध्दै Guru Travels Ltd ले आयोजना गरेको खेल पर्यटन टुर उल्लेखनीय सफलताका साथ सम्पन्न भएको छ । विश्वव्यापी चर्चित प्रतियोगिता ICC Men’s T20 World Cup लाई केन्द्रमा राखेर सञ्चालन गरिएको उक्त टुरमा देशभरका करिब १५० जना क्रिकेटप्रेमी, विद्यार्थी, परिवार र कर्पोरेट समूहका सहभागी भए । समूह चरणका खेलहरू सम्पन्न भइसके पनि बाँकी खेलका लागि सुनिश्चित म्याच टिकट, प्याकेज तथा आवश्यक व्यवस्थाहरू अझै उपलब्ध रहेको कम्पनीले जनाएको छ । खेल अवलोकन मात्र नभई यात्रालाई पनि अर्थपूर्ण बनाउने उद्देश्यसहित तयार गरिएको यो टुरले सहभागीहरूलाई अन्तर्राष्ट्रिय खेल वातावरणसँग प्रत्यक्ष जोड्यो । खेल…
Read More
सवारी सरुवा सहमतिमा घुस लिएको आरोपमा हेटौंडाका दुई जना अख्तियारको नियन्त्रणमा

सवारी सरुवा सहमतिमा घुस लिएको आरोपमा हेटौंडाका दुई जना अख्तियारको नियन्त्रणमा

हेटौँडा, फागुन १२ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले सवारी सरुवा सहमतिका नाममा सेवाग्राहीसँग अतिरिक्त रकम असुलिएको आरोपमा यातायात व्यवस्था सेवा कार्यालय, हेटौंडाका एक अधिकृत र एक लेखापढी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ। आयोगका अनुसार कार्यालयमा कार्यरत छैटौं तहका अधिकृत अमृत भेटुवाल र बिचौलियाको भूमिका निर्वाह गरेको आरोप लागेका खगेन्द्र पौडेललाई उजुरीका आधारमा खटिएको टोलीले पक्राउ गरेको हो। सेवाग्राहीबाट सवारी सरुवा सहमतिका लागि थप रकम मागिएको सूचनापछि गरिएको कारबाहीमा पौडेलले ११ हजार ५ सय रुपैयाँ लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ। आयोगका अनुसार दुवै जनालाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो। घटनास्थलबाट तीन थान मोबाइल सेटसमेत बरामद गरिएको…
Read More
रास्वपाका पूर्व नेताहरू कांग्रेसमा समाहित

रास्वपाका पूर्व नेताहरू कांग्रेसमा समाहित

हेटौँडा, फागुन ११ गते । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका पूर्वसभापति भरत पराजुलीले नेपाली कांग्रेस प्रवेश गरेका छन्। सोमबार बिहान गगन कुमार थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा आयोजित कार्यक्रममा पराजुलीलाई टीका, माला र खादा लगाएर पार्टीमा औपचारिक रूपमा स्वागत गरेका हुन्। कांग्रेस प्रवेशसँगै मकवानपुरको राजनीतिक समीकरणमा नयाँ तरंग देखिएको छ। पराजुलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुर क्षेत्र नम्बर–२ का चुनावी संयोजक निराजन बर्तौलाले पनि कांग्रेसमै फर्किने निर्णय गरेका छन्। नवप्रवेशी नेताहरूले कांग्रेसको विचार, संगठन र भविष्यको राजनीतिक यात्रामा विश्वास व्यक्त गर्दै सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। कांग्रेस नेतृत्वले उनीहरूको प्रवेशले स्थानीय तहमा पार्टी संगठन थप सुदृढ हुने अपेक्षा गरेको…
Read More
जेनजी आन्दोलनको सपना जोगाउन चुनावी संघर्ष : काठमाडौँ–१ बाट अर्जुन शाहीको उम्मेदवारी घोषणा

जेनजी आन्दोलनको सपना जोगाउन चुनावी संघर्ष : काठमाडौँ–१ बाट अर्जुन शाहीको उम्मेदवारी घोषणा

काठमाडौँ, फागुन १० गते । जेनजी आन्दोलनको म्यान्डेटमाथि गम्भीर कुठाराघात भएको आरोप लगाउँदै आन्दोलनका प्रमुख योजनाकार तथा अन्तरिम सरकार गठनका लागि गठित वार्ता समितिका सह–संयोजक अर्जुन शाहीले काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट जुत्ता चुनाव चिन्ह सहित चुनावी मैदानमा उत्रिने औपचारिक घोषणा गरेको छ। राज्य सत्ताले आन्दोलनको मर्म र सहिदहरूको बलिदानलाई उपेक्षा गर्दै जनआन्दोलनबाट आएको म्यान्डेटलाई बेवास्ता गरेको ठहर गर्दै, “सपनालाई मारिन नदिन आफू बाध्य भएर चुनावमा उत्रिएको” शाहीको स्पष्ट भनाइ छ। उनका अनुसार, जेनजी आन्दोलनले अन्तिम क्षणसम्म पनि संयम, संवाद र सहमतिलाई प्राथमिकता दिँदै मुलुकलाई राजनीतिक निकासतर्फ लैजान प्रयास गरेको थियो। आन्दोलनको केन्द्रीय धारणा ‘निकासपछि मात्र चुनाव’ रहेको उल्लेख…
Read More
४३८ किलो ४३ ग्राम गाँजा सहित दुई जना पक्राउ

४३८ किलो ४३ ग्राम गाँजा सहित दुई जना पक्राउ

काठमाडौँ, फागुन ६ गते । मकवानपुर प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। हिजो राति करिब १२ः३० बजे प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा भीमफेदी गाउँपालिका–२ चुनिया स्थित त्रिभुवन राजपथ नजिकको भित्री सडक खण्डमा एक बोलेरो गाडी र एक मोटरसाइकललाई रोकी जाँच गरेको थियो। जाँचका क्रममा लु.१ च. २१५२ नम्बरको बोलेरो गाडी चालक मकवानपुर कैलाश गाउँपालिका–१० निवासी अन्दाजी २७ वर्षका राम बहादुर मोक्तान र बा.प्र.०३–००५ प.४५७६ नम्बरको मोटरसाइकल चालक सोही स्थानका अन्दाजी १९ वर्षका अनिल थिङ शंकास्पद देखिएपछि सवारी साधनसहित खानतलासी गरिएको थियो। खानतलासीका क्रममा बोलेरो गाडीको पछाडिको ढालाभित्र लुकाई–छिपाई राखिएको अवस्थामा…
Read More
गुरु ट्राभल्स र क्लासिक टेकबीच व्यवसायिक सहकार्य, कर्मचारी र सरोकारवालालाई विशेष छुट

गुरु ट्राभल्स र क्लासिक टेकबीच व्यवसायिक सहकार्य, कर्मचारी र सरोकारवालालाई विशेष छुट

काठमाडौँ, फागुन ६ गते । नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी गुरु ट्राभल्स लिमिटेड र सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा स्थापित इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रा.लि. बीच व्यवसायिक सहकार्यका लागि समझदारीपत्र (MOU) मा हस्ताक्षर सम्पन्न भएको छ। समझदारीपत्रमा क्लासिक टेक प्रा.लि.का चिफ बिजनेस डेभलपमेन्ट अफिसर रोब्जत भट्टराई र गुरु ट्राभल्स लिमिटेडका चिफ अपरेटिङ अफिसर (COO) अनिल धरेलले हस्ताक्षर गरेका हुन्। उक्त समझदारी आज आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो। सम्झौताअनुसार दुवै संस्थाका कर्मचारी तथा सरोकारवालाहरूले विशेष छुट र सुविधा पाउने व्यवस्था गरिएको छ। यसअन्तर्गत गुरु ट्राभल्सले क्लासिक टेकका कर्मचारी तथा सरोकारवालालाई अन्तर्राष्ट्रिय ट्राभल प्याकेजमा अधिकतम रु. १०,००० सम्म छुट,…
Read More
मकवानपुरको इन्द्रसरोवरमा केमिकल बोकेको ट्रक दुर्घटना, चालक सुरक्षित

मकवानपुरको इन्द्रसरोवरमा केमिकल बोकेको ट्रक दुर्घटना, चालक सुरक्षित

हेटौँडा, फागुन ६ गते । बुधबार बिहान करिब ५ बजे मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतासे स्थित हेटौँडा–भिमफेदी–काठमाडौँ सडकखण्डमा केमिकल बोकेको ट्रक दुर्घटनामा परेको छ। बिरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र–०३–००२ ख ४२९२ नम्बरको ट्रक गति अनियन्त्रित भई सडकको बाँया साइडबाट करिब ५–७ मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा ट्रक पूर्ण रूपमा क्षति भएको छ भने चालक काठमाडौँ महानगरपालिका–१ निवासी २६ वर्षीय किरण चौधरीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनापछि सडकमा केही समय सवारी आवागमन प्रभावित भए पनि हाल अवस्था सामान्य बन्दै गएको बताइएको छ।
Read More
“सही उम्मेदवार पहिचान नगरेसम्म परिवर्तन सम्भव छैन” — विशालराज महत

“सही उम्मेदवार पहिचान नगरेसम्म परिवर्तन सम्भव छैन” — विशालराज महत

हेटौँडा, फागुन ५ गते । रेडियो भरोसा युट्युब च्यानलद्वारा सञ्चालन गरिएको निर्वाचन विशेष संवाद कार्यक्रममा अतिथि रूपमा सहभागी सेवा सहयोग आवाज हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले निर्वाचन जनजागरण अभियान समय सान्दर्भिक र फरक प्रकृतिको रहेको बताएका छन्। कार्यक्रममा बोल्दै महतले जनजागरण अभियानप्रति स्थानीय जनताबाट मिश्रित प्रतिक्रिया प्राप्त भएको जानकारी गराए। कतिपय स्थानीयले अभियानलाई सकारात्मक र आवश्यक मानेको उल्लेख गर्दै उनले भने, “केही नागरिकले यो अभियान एकदमै राम्रो छ भन्ने प्रतिबद्धता व्यक्त गरेका छन् भने केहीले यसबाट ठोस परिणाम नआउने शंका पनि गरेका छन्।” यस सन्दर्भमा उनले अघिल्ला निर्वाचनहरूमा जनताले जिताएर पठाएका प्रतिनिधिहरूले घोषणापत्रअनुसार काम नगरेको गुनासो बारम्बार दोहोरिएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.