राप्ती खबर

1197 Posts
रास्वपाबाट चुनाव लड्ने भएपछि मन्त्री खरेलद्वारा राजीनामा

रास्वपाबाट चुनाव लड्ने भएपछि मन्त्री खरेलद्वारा राजीनामा

काठमाडौँ, माघ ५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्री पदबाट राजीनामा दिएका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने निश्चित भएपछि उनले आज साँझ विशेष पत्रकार सम्मेलनमार्फत राजीनामाको घोषणा गरेका हुन्। मन्त्री खरेलले बुझाएको उक्त राजीनामा प्रधानमन्त्री सुशीला कार्कीले स्वीकृत गरिसकेकी छिन्। ​आउँदो माघ ६ गते प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्ने भएकाले उनले आजै पद त्याग गरेको जनाइएको छ। यसअघि खेलकुद मन्त्री बब्लु गुप्ताले पनि निर्वाचनकै तयारीका लागि राजीनामा दिइसकेका छन्। उम्मेदवारी दर्ता अघि नै मन्त्री पदबाट बाहिरिएर खरेल निर्वाचनको चुनावी मैदानमा होमिएका हुन्।
Read More
कोहलीको शतक पनि निष्फल, भारतीय मैदानमै न्युजिल्यान्डले रच्यो ओडीआई इतिहास

कोहलीको शतक पनि निष्फल, भारतीय मैदानमै न्युजिल्यान्डले रच्यो ओडीआई इतिहास

काठमाडौं, माघ ५ गते । भारतीय भूमिमा न्युजिल्यान्डले अन्ततः त्यो सफलता हात पारेको छ, जुन वर्षौंदेखि कल्पनामा सीमित थियो। हिजो सम्पन्न तेस्रो तथा निर्णायक एकदिवसीय खेलमा भारतलाई ४१ रनले पराजित गर्दै न्युजिल्यान्डले तीन खेलको शृंखला २–१ ले जित्यो र भारतमा पहिलोपटक ओडीआई सिरिज आफ्नो नाममा लेखायो। टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले सुरुदेखि नै आक्रामक खेल देखायो। ड्यारिल मिचेल र ग्लेन फिलिप्सको ब्याटबाट निस्किएको आतिशी रनवर्षाले भारतीय बलिङ आक्रमणलाई दबाबमा पार्‍यो। मिचेलले १३१ बलमा १५ चौका र ३ छक्कासहित १३७ रन जोडे भने फिलिप्सले ८८ बलमै १०६ रनको विस्फोटक शतक पूरा गरे। उनीहरूको उत्कृष्ट साझेदारीको बलमा न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट…
Read More
धरानका मेयर हर्क सम्पाङले दिए राजीनामा, प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

धरानका मेयर हर्क सम्पाङले दिए राजीनामा, प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा

धरान, माघ ४ गते । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘हर्क सम्पाङ’ ले आफ्नो पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। आज धरान उपमहानगरपालिकाकै कार्यालयमा आयोजित विशेष कार्यक्रममार्फत उनले मेयर पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्। राजीनामा पत्र उपमेयर अइन्द्रविक्रम बेघा लाई हस्तान्तरण गर्दै सम्पाङले आउँदै गरेको फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरीबाट उम्मेदवारी दिने तयारीका कारण आफूले मेयर पदबाट अलग हुनुपरेको स्पष्ट पारे। पत्रकार सम्मेलनमार्फत उनले आफू स्वयं निर्वाचनमा सहभागी हुने भएपछि एउटै व्यक्तिले दुईवटा जिम्मेवारी सम्हाल्न नमिल्ने अवस्था आएको र त्यसैले समयमै राजीनामा दिनु परेको बताए। राजीनामा बुझाउने क्रममा सम्पाङले आफ्नो कार्यकालमा जिम्मेवारीपूर्वक काम गर्ने क्रममा बोलिवचन वा…
Read More
उद्घाटन खेलमै नेपाललाई धक्का, थाइल्याण्डसँग महिला टी–२० विश्वकप छनोटमा ८ विकेटको हार

उद्घाटन खेलमै नेपाललाई धक्का, थाइल्याण्डसँग महिला टी–२० विश्वकप छनोटमा ८ विकेटको हार

काठमाडौं, माघ ४ गते । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट क्रिकेटको उद्घाटन खेलमा नेपालले अपेक्षित सुरुवात गर्न सकेन। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र जोड्न सक्यो। नेपालको इनिङ्स सम्हाल्ने क्रममा बिन्दु रावलले ५६ बल खेल्दै ४४ रनको महत्वपूर्ण योगदान दिइन्। अन्त्यतिर सम्झना खड्काले आक्रामक ब्याटिङ गर्दै ११ बलमै २६ रन जोडेर दर्शकको ध्यान खिचिन्। यस्तै, कप्तान रुबिना क्षेत्रीले १७ रन र पूजा महतोले १२ रन बनाइन्। थाइल्याण्डका बलरहरूमध्ये थिपात्चा पुथावङले ३ तथा ओन्निता कामचोम्पुले २ विकेट…
Read More
पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको शान्तिपूर्ण निर्वाचनमा केन्द्रित निर्देशन

पदोन्नतिपछि १० प्रहरी वरिष्ठ उपरीक्षकलाई दर्ज्यानी चिन्ह, आईजीपीको शान्तिपूर्ण निर्वाचनमा केन्द्रित निर्देशन

काठमाडौं, माघ २ गते । नेपाल सरकार गृहमन्त्रीस्तरको २०८२ माघ २ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले उनीहरूलाई दर्ज्यानी चिन्ह लगाइदिएको हो। दर्ज्यानी चिन्ह सुशोभित हुने प्रहरी वरिष्ठ उपरीक्षकहरूमा राम प्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषि राम कंडेल, सुरेश प्रसाद काफ्ले, श्याम सिंह चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदम बहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवास चन्द्र वोहरा रहनुभएको छ। समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले पदोन्नति प्राप्त अधिकृतहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।…
Read More
हेटौंडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिताको उत्साहपूर्ण सुरुआत

हेटौंडामा नगरस्तरीय छात्र भलिवल प्रतियोगिताको उत्साहपूर्ण सुरुआत

हेटौंडा, माघ २ गते । हेटौंडा । शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकतामा राख्ने उद्देश्यसहित तेस्रो वडास्तरीय खेलकुद महोत्सव–२०८२ अन्तर्गत नगरस्तरीय छात्र भलिवल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, हेटौंडा–४ को परिसरमा आयोजना गरिएको प्रतियोगिताको नगर प्रमुख मीना कुमारी लामाले औपचारिक उद्घाटन गरेको हो। हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडाको आयोजनामा, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को संयोजन तथा आधुनिक राष्ट्रिय माविको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगितामा नगरभित्रका १४ वटा विद्यालयका छात्र टिमहरूले सहभागिता जनाएका छन्। प्रतियोगिता संयोजक राजाराम पोखरेलका अनुसार माघ २ र ३ गतेसम्म चल्ने यस भलिवल प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना विकास गर्नुका साथै शारीरिक र मानसिक…
Read More
रमेश परियारप्रति नेकपा (माओवादी) मकवानपुरद्वारा श्रद्धाञ्जली, परिवारजनमा समवेदना

रमेश परियारप्रति नेकपा (माओवादी) मकवानपुरद्वारा श्रद्धाञ्जली, परिवारजनमा समवेदना

हेटौंडा, माघ २ गते । हेटौंडा–१, जरुवाटोल निवासी रमेश परियारको असामयिक निधनप्रति नेकपा (माओवादी) मकवानपुरले श्रद्धाञ्जली अर्पण गरेको छ । साथै पार्टीले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । लामो समयदेखि पार्टी संगठनमा आवद्ध रहँदै विभिन्न राजनीतिक तथा सामाजिक कार्यक्रमहरूमा सक्रिय भूमिका खेल्दै आएका परियार नेकपा (माओवादी) हेटौंडा–१ की सेक्रेटरी शुक्रमाया वाइबाका जीवनसाथी हुन् । सुगर र प्रेसरलगायत विभिन्न रोगबाट ग्रस्त भई लामो समयदेखि उपचाररत परियारको मिति २०८२ साल पौष २० गते निधन भएको हो । मिति २०२३ जेठ ५ गते जन्मिएका परियारको अल्पायुमै भएको निधनले परिवार, आफन्त र पार्टी पंक्तिलाई स्तब्ध बनाएको छ । समाज र देशका लागि…
Read More
निर्वाचन आयोगको निर्णय: नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन थापालाई, देउवा पक्ष चिन्ह विहीन

निर्वाचन आयोगको निर्णय: नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगन थापालाई, देउवा पक्ष चिन्ह विहीन

काठमाडौं, माघ २ गते । निर्वाचन आयोगले गगनकुमार थापाको नेतृत्वमा रहेको नेपाली कांग्रेसलाई आधिकारिकता प्रदान गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई वैधानिक ठहर गर्दै पार्टीको चुनाव चिन्ह ‘रुख’ र चारतारे झण्डाको अधिकारसमेत सुम्पिएको हो। राजधानीको भृकुटीमण्डपमा पुष २७ देखि ३० सम्म सम्पन्न विशेष महाधिवेशनमा बहुमत महाधिवेशन प्रतिनिधिको उपस्थितिमा गगन थापा सभापतिमा निर्वाचित भएका थिए। सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय सहित थापा निर्वाचन आयोग पुगेका थिए। आयोगले पेश भएका सम्पूर्ण कागजात अध्ययन गरेपछि थापा नेतृत्वको समितिलाई आधिकारिक मान्यता दिएको जनाएको छ। यस निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरू…
Read More
नेपालमा पहिलोपटक महिला टी–२० विश्वकप ग्लोबल छनोट, प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट

नेपालमा पहिलोपटक महिला टी–२० विश्वकप ग्लोबल छनोट, प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट

काठमाडौं, माघ २ गते । नेपालको क्रिकेट इतिहासमा नयाँ अध्याय थपिँदै छ। पहिलोपटक नेपालमै आयोजना हुन लागेको आईसीसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता को प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स टेलिभिजन ले गर्ने भएको छ। आउँदो आइतबारदेखि सुरु हुने यो प्रतियोगिता नेपाली महिला क्रिकेटका लागि मात्र होइन, समग्र नेपाली खेलकुदकै लागि ऐतिहासिक अवसर मानिएको छ। विश्वका १० राष्ट्र सहभागी हुने यस छनोट प्रतियोगितालाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी (पीएनजी), नामिबिया र अमेरिका रहेका छन्। त्यसैगरी समूह ‘बी’ मा आयोजक नेपालसँगै स्कटल्यान्ड, थाइल्यान्ड, जिम्बावे र नेदरल्यान्ड्स छन्। नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक ग्लोबल छनोट…
Read More
सहकारी ठगीका मुख्य अभियुक्तलाई बचाउने प्रयास आपत्तिजनक : जेन जि मुभमेन्ट

सहकारी ठगीका मुख्य अभियुक्तलाई बचाउने प्रयास आपत्तिजनक : जेन जि मुभमेन्ट

काठमाडौं, माघ १ गते । काठमाडौँ — जेन जि मुभमेन्ट नेपालले सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै तीव्र आपत्ति जनाएको छ। मुभमेन्टले शक्तिको दुरुपयोग गर्दै गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई कानुनी संरक्षण गरिएको घटनालाई सुशासन र न्याय प्रणाली माथिको ठाडो आक्रमणको रूपमा व्याख्या गरेको छ। जेन जि मुभमेन्टका अनुसार महान्याया धिवक्ताबाटै गैरकानुनी हस्तक्षेप गरी १६–१७ वर्षका किशोरीहरूलाई बेहोस बनाई डिम्ब बिक्री जस्तो जघन्य अपराधमा संलग्न गिरोहलाई जोगाउने प्रयास भएपछि तत्काल बर्खास्तीको माग गरिएको थियो। यस्ता घटनाले राज्य संयन्त्र अपराधीको पक्षमा उभिएको स्पष्ट संकेत दिएको मुभमेन्टको ठहर छ। मुभमेन्टले स्मरण गराएको छ कि सुशासन र कानुनी राज्य…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.