२०८२ माघ ११, आईतवार २०:०९
२०८२ माघ ११, आईतवार २०:०९
हेटौंडा, माघ ११ गते । निर्वाचन क्षेत्र नं. १ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार इन्जिनियर सुरेन्द्र लामा (योञ्जन) ले स्थानीय समस्यालाई केन्द्रमा राख्दै आफ्नो निर्वाचन अभियानलाई तीव्र बनाएका छन्। गाउँ–बस्तीमै पुगेर स्थानीय वासीसँग प्रत्यक्ष संवाद गरिरहेका लामा दीर्घकालीन समाधान सहित समृद्धिको बाटो खोल्ने प्रतिबद्धता सहित मैदानमा उत्रिएका छन्। अभियानका क्रममा उनले बागमती–२ लगायतका क्षेत्रहरूमा रहेको कमजोर सडक सञ्जाल, पुलको अभाव र वर्षायाममा दोहोरिने बाढी समस्यालाई गम्भीर चुनौतीका रूपमा औँल्याए। उनका अनुसार यी समस्याले न केवल आवागमनमा अवरोध सिर्जना गरेको छ, स्थानीयको कृषि, रोजगारी र दैनिक जनजीवन नै प्रभावित बनाएको छ। स्थानीयवासीले बागमती–२ क्षेत्रमा पुल र व्यवस्थित सडक नहुँदा यातायात असहज…