राप्ती खबर

1194 Posts
भिमफेदीमा चेक जाँचका क्रममा पिकअप गाडीबाट १७२ किलोभन्दा बढी गाँजा बरामद, चालक फरार

भिमफेदीमा चेक जाँचका क्रममा पिकअप गाडीबाट १७२ किलोभन्दा बढी गाँजा बरामद, चालक फरार

हेटौँडा, माघ १८ गते । गएको माघ १६ गते अन्दाजी ७:३० बजे जिल्ला मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैसे स्थित चेकपोइन्ट अगाडि सडकमा सवारी साधन चेक जाँचका क्रममा प्रहरीले ठूलो परिमाणको प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ। आँप चौर तर्फबाट भैसे तर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ४२७० नम्बरको योद्धा पिकअप गाडीलाई रोक्न खोज्दा चालकले गाडी नरोकी हेटौंडा बजार तर्फ भागेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त गाडीको पिछा गरेको थियो। प्रहरी टोलीलाई देख्ना साथ लोकप्रिय मोड नजिक गाडी रोकी चालक फरार भएको र गाडीलाई रित पूर्वक खानतलासी गर्दा पिकअप गाडीको पछाडिको ढालाभित्र लुकाइ छिपाई ल्याइएको अवस्थामा…
Read More
बकैया कला–साहित्यको केन्द्र बन्दै : सातौँ बकैया–कला साहित्य महोत्सव–२०८२ फागुन ५ र ६ मा

बकैया कला–साहित्यको केन्द्र बन्दै : सातौँ बकैया–कला साहित्य महोत्सव–२०८२ फागुन ५ र ६ मा

हेटौँडा, माघ १७ गते । झरना साहित्यिक परिवार मकवानपुरले आफ्नो ३२३ औँ साहित्य शृङ्खला तथा ३३ औँ वार्षिक उत्सवको अवसर पारेर सातौँ बकैया–कला साहित्य महोत्सव–२०८२ आयोजना गर्ने भएको छ । महोत्सवको पूर्वसन्ध्यामा संस्थाले २०८२ माघ १७ गते पुष्पलाल पार्क नजिकै पत्रकार सम्मेलन आयोजना गर्दै कार्यक्रमको विस्तृत जानकारी सार्वजनिक गरेको हो । फागुन ५ र ६ गते महेन्द्र माध्यमिक विद्यालय, बकैया–४, मकवानपुरमा सञ्चालन हुने महोत्सव बकैया गाउँपालिकाको प्रायोजन तथा महेन्द्र माविको सहकार्यमा हुन लागेको हो । पत्रकार सम्मेलनमा झरना साहित्यिक परिवार मकवानपुरकी अध्यक्ष गायत्री रूपाखेती, उपाध्यक्ष कृष्ण घतानी र सचिव नीलहरि ढुङ्गेलको उपस्थिति रहेको थियो । महोत्सवका क्रममा साहित्य, कला र…
Read More
मूलपानीमा प्रहरी–लुटेरा मुठभेड, गोली प्रहारपछि १० जना नियन्त्रणमा

मूलपानीमा प्रहरी–लुटेरा मुठभेड, गोली प्रहारपछि १० जना नियन्त्रणमा

काठमाडौं, माघ १५ गते । काठमाडौंको मूलपानी क्षेत्रमा गएराति प्रहरी र लुटपाटको तयारीमा रहेको एक समूहबीच तनावपूर्ण अवस्था सिर्जना हुँदा प्रहरीले गोली प्रहार गरेको छ। घटनापछि लुटेरा समूहका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार माघ १४ गते बुधबार राति शंकास्पद गतिविधिमा संलग्न समूहलाई घेराबन्दी गर्ने क्रममा स्थिति अचानक बिग्रिएको थियो। प्रहरीले नियन्त्रणमा लिन खोज्दा समूहले प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको डीएसपी कौशल बुढाथोकीले जानकारी दिएको छ। प्रहरीको गोली लागेर विनय तामाङ घाइते भएका छन्। उनको उपचार भइरहेको छ भने घटना स्थलबाट तामाङसहित कुल १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको…
Read More
घरेलु मैदानमै टुट्यो नेपाली महिला टोलीको विश्वकप सपना, स्कटल्याण्डसँग भारी हार

घरेलु मैदानमै टुट्यो नेपाली महिला टोलीको विश्वकप सपना, स्कटल्याण्डसँग भारी हार

काठमाडौँ, माघ १२ गते । घरेलु दर्शकको ठूलो समर्थनका बीच आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेलिरहेको नेपाली महिला क्रिकेट टोलीको यात्रा समूह चरणमै टुंगिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न निर्णायक खेलमा स्कटल्याण्डसँग पराजित भएसँगै नेपाल अघिल्लो चरणमा पुग्न असफल भएको हो। १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याटरहरू स्कटल्याण्डको सशक्त बलिङअगाडि निरीह बने। नियमित अन्तरालमा विकेट गुमाउँदै गएको नेपाल पूरै ६८ रनमै अलआउट हुन पुग्यो, जसले हारको अन्तरलाई अझै ठूलो बनायो। ब्याटिङतर्फ रोमा थापा र विन्दु रावलले समान १४–१४ रन जोड्दै शीर्ष स्कोरर बने भने रुविना क्षेत्रीले १० रन बनाइन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा पुग्न नसक्नु…
Read More
१० ओभरमै लक्ष्य ध्वस्त: अभिषेक शर्माको आँधीमा न्यूजिल्यान्ड निरीह

१० ओभरमै लक्ष्य ध्वस्त: अभिषेक शर्माको आँधीमा न्यूजिल्यान्ड निरीह

नयाँ दिल्ली, माघ १२ गते । भारतीय क्रिकेट टोलीले न्यूजिल्यान्ड विरुद्धको तेस्रो टी–२० खेलमा दर्शकलाई चकित पार्ने प्रदर्शन गर्दै ८ विकेटको दबदबा पूर्ण जित निकालेको छ। १५४ रनको लक्ष्य भारतले अझै ६० बल बाँकी छँदै मात्र १० ओभरमै पूरा गर्‍यो। यो ऐतिहासिक जितको केन्द्रमा रहे युवा ओपनर अभिषेक शर्मा, जसले आक्रामक शैलीमा ६८ रन बनाउँदै टी–२० इतिहासकै दोस्रो छिटो अर्धशतक प्रहार गरे। सन् २००७ मा युवराज सिंहले १२ बलमै बनाएको अर्धशतकपछि अभिषेकको इनिङ भारतीय क्रिकेटमा विशेष रूपमा अंकित भएको छ। भारतले खेलको सुरुवातदेखि नै आक्रमणको संकेत दिँदै ३.१ ओभरमै टोलीको ५० रन पूरा गर्‍यो, जुन अर्को कीर्तिमान हो। कप्तान सूर्यकुमार…
Read More
प्रतिनिधि सभा निर्वाचन अनुगमनको लागि संयुक्त केन्द्र स्थापना, स्वतन्त्र र निष्पक्ष निर्वाचनको तयारी

प्रतिनिधि सभा निर्वाचन अनुगमनको लागि संयुक्त केन्द्र स्थापना, स्वतन्त्र र निष्पक्ष निर्वाचनको तयारी

काठमाडौँ, माघ ११ गते । यहि आउदो फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रभावकारी अनुगमनका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) स्थापना गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज आयोगमा सञ्चालन केन्द्रको औपचारिक उद्घाटन गरेका हुन। उद्घाटन कार्यक्रममा आयोगका आयुक्त सगुन शम्शेर ज.व.रा, सचिव कृष्ण बहादुर राउत सहित सरोकारवाला पदाधिकारीहरू पनि उपस्थित थिए। संयुक्त निर्वाचन सञ्चालन केन्द्र सचिवको संयोजकत्वमा सञ्चालन हुनेछ र यसमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल लगायतका सुरक्षा निकायका उच्च पदस्थ अधिकारीहरू सहभागी हुनेछन्। केन्द्रले जिल्ला तथा प्रदेश निर्वाचन कार्यालयमार्फत सम्प्रेषित सबै गतिविधि, सूचना र समस्या…
Read More
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

काठमाडौँ, माघ ११ गते । आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी सहमति भएको छ। दुवै पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा सम्पन्न सहमतिअनुसार विभिन्न निर्वाचन क्षेत्रहरूमा आपसी तालमेल गरी उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको हो। सहमति अनुसार पश्चिम रुकुमबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार श्री जनार्दन शर्मा र पूर्वी रुकुमबाट उम्मेदवार श्री सन्दीप पुनको पक्षमा एमालेले आँखा चिन्हमा मतदान गर्नेछ। त्यसैगरी कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा एमालेका उम्मेदवारहरूको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीले मतदान गर्ने सहमति भएको छ। सहमतिको प्रभावकारी कार्यान्वयनका लागि दुवै पार्टीले…
Read More
सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिएको आरोपमा साइबर ब्युरोको अनुसन्धान, देवीप्रसाद संग्रौलाद्वारा क्षमायाचना

सामाजिक सञ्जालमा भड्काउ अभिव्यक्ति दिएको आरोपमा साइबर ब्युरोको अनुसन्धान, देवीप्रसाद संग्रौलाद्वारा क्षमायाचना

काठमाडौँ, माघ ११ गते । सामाजिक सञ्जालमार्फत बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी सार्वजनिक नैतिकता र शिष्टाचार विपरीत अभिव्यक्ति दिएको आरोपमा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत साइबर ब्युरोले एक व्यक्तिमाथि अनुसन्धान अघि बढाएको छ। साइबर ब्युरोका अनुसार जिल्ला झापा अर्जुनधारा नगरपालिका–११ घर भई हाल नागरिक बचाउ महाअभियान नेपालका ऋणी एसोसिएसनका केन्द्रीय संयोजक रहेका ४४ वर्षीय देवीप्रसाद संग्रौलाले विभिन्न सामाजिक सञ्जाल र ‘अर्थसरोकार’ युट्युब च्यानल मार्फत बैंकका कर्मचारीहरू माथि कुटपिट तथा भण्डारखाल जस्ता घटनालाई उक्साउने खालका अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिले समाजमा भ्रम सिर्जना गरेको भन्दै साइबर ब्युरोले संग्रौलालाई उपस्थित गराई प्रारम्भिक सोधपुछ गरेको जनाएको छ। सोधपुछका क्रममा उनले कानुनको उल्लङ्घन…
Read More
ज्ञानदीपको रजत जयन्तीमा खेलकुदको उत्साह, आन्तरिक प्रतियोगिता सुरु

ज्ञानदीपको रजत जयन्तीमा खेलकुदको उत्साह, आन्तरिक प्रतियोगिता सुरु

हेटौंडा, माघ ११ गते । ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तथा ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयको २५ औँ स्थापना दिवसको अवसरमा आन्तरिक प्रतिस्पर्धात्मक खेलकुद कार्यक्रम भव्य रूपमा सुरु भएको छ। रजत जयन्तीलाई स्मरणीय बनाउने उद्देश्यसहित आयोजित खेलकुद कार्यक्रमको उद्घाटनसँगै कक्षा ८ र ९ का विद्यार्थीबीच कक्षागत प्रतियोगिताहरू सम्पन्न भएका छन्। उद्घाटन दिनमै विभिन्न दौड तथा सटपुट प्रतियोगितामा विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाउँदै आफ्नो खेलकुद प्रतिभा प्रदर्शन गरेका थिए। १००×४ छात्र रिले दौडमा युनिक घलान, समृत सापकोटा, आङ्तेन मोक्तान र आदर्श श्रेष्ठको टिम प्रथम बनेको छ भने ४०० मिटर र १०० मिटर दौडतर्फ कक्षा ८ र ९ का छात्र–छात्राले उत्कृष्ट प्रदर्शन गर्दै…
Read More
नगरस्तरीय छात्र भलिबलमा ज्ञानाेदयको रोमाञ्चक जित, उपाधि हात पार्‍यो

नगरस्तरीय छात्र भलिबलमा ज्ञानाेदयको रोमाञ्चक जित, उपाधि हात पार्‍यो

हेटौंडा, माघ ११ गते ।ज्ञानदीप बहुद्देश्यीय सहकारी संस्था लिमिटेड तथा ज्ञानदीप शिक्षा निकेतन मा.विको २५औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको ‘ज्ञानदीप रजत महोत्सव–२०८२’ अन्तर्गत नगरस्तरीय छात्र भलिबल प्रतियोगिता हिजो माघ १० गते सम्पन्न भएको छ। खेलकुद तथा अतिरिक्त क्रियाकलाप उपसमितिका संयोजक विश्व नारायण श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष ऋषिराम पोखरेल, पूर्वअध्यक्ष जिधराज ढकाल, उपाध्यक्ष राजेश घिमिरे, सचिव डा. लीलानाथ ढुङ्गेल, कोषाध्यक्ष मोहनप्रसाद न्यौपाने, विव्यस अध्यक्ष रमिला सापकोटा, सञ्चालक समिति सदस्य डा. निमेष निखिल, पिटिए अध्यक्ष प्रकाश बानियालगायतको उपस्थिति रहेको थियो। प्रतियोगिताअन्तर्गत सेमिफाइनल खेलमा ज्योति मावि, हेटौँडा–१८ ले सनसाइन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.