राप्ती खबर

1197 Posts
हेटौडामा बालश्रम उन्मूलनका लागि प्रदेशस्तरीय प्रतिबद्धता, बाल संरक्षण प्रणाली सुदृढीकरणमा जोड

हेटौडामा बालश्रम उन्मूलनका लागि प्रदेशस्तरीय प्रतिबद्धता, बाल संरक्षण प्रणाली सुदृढीकरणमा जोड

हेटौडा, पुस ३० गते । बालश्रम तथा निकृष्ट प्रकारको बालश्रम उन्मूलनलाई प्रभावकारी बनाउन बाल संरक्षण प्रणाली सुदृढीकरण र दिगो व्यवस्थापनसम्बन्धी प्रदेशस्तरीय कार्यक्रम हेटौडामा सम्पन्न भएको छ। राष्ट्रिय बाल अधिकार परिषद र सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमले बालश्रम निवारणका लागि सरोकारवाला निकायबीच साझा बुझाइ र सहकार्यलाई मजबुत बनाउने उद्देश्य लिएको थियो। कार्यक्रम सामाजिक विकास मन्त्रालयका सचिव खुबिराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो। प्रमुख अतिथिका रूपमा सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादे सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णराज शाही, अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) का कन्ट्री डाइरेक्टर नुमान ओज्कान, शिक्षा निर्देशनालयका महानिर्देशक गोपाल कडेल,…
Read More
लागूऔषध सेवन गरेर सवारी चलाउने ११ चालक फेला, हेटौंडा–कुलेखानी–काठमाडौं रूटमा कडा चेकजाँच

लागूऔषध सेवन गरेर सवारी चलाउने ११ चालक फेला, हेटौंडा–कुलेखानी–काठमाडौं रूटमा कडा चेकजाँच

हेटौंडा, पुस २९ गते । हेटौंडा–कुलेखानी–काठमाडौं सडक खण्डमा चल्ने केही सवारी चालकले लागूऔषध सेवन गरी सवारी साधन चलाइरहेको गम्भीर तथ्य सार्वजनिक भएको छ। मंगलबार भीमफेदी अस्पतालका चिकित्सक प्रविण पाठकको नेतृत्वमा गरिएको पिसाब परीक्षणमा १ सय ११ जना चालक मध्ये ११ जनाले लागूऔषध सेवन गरेको पुष्टि भएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला जनस्वास्थ्य कार्यालय हेटौंडा र सवारी यान्त्रिक परीक्षण कार्यालय हेटौंडाको संयुक्त अनुगमन तथा चेकजाँचका क्रममा उक्त तथ्य बाहिर आएको हो। इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक सन्त श्रेष्ठका अनुसार लागूऔषध सेवन गर्ने ११ जना चालक मध्ये ९ जना सार्वजनिक यातायातका चालक रहेका छन्। तीमध्ये…
Read More
जेनजी आन्दोलन र भदौको प्रदर्शनमाथि मानव अधिकार आयोगको चासो, रवि किरण हमाललाई छलफलमा बोलायो

जेनजी आन्दोलन र भदौको प्रदर्शनमाथि मानव अधिकार आयोगको चासो, रवि किरण हमाललाई छलफलमा बोलायो

काठमाडौं, पुस २९ गते । भदौ २३ र २४ गते सम्पन्न प्रदर्शनका क्रममा भएको मानवीय तथा भौतिक क्षतिको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले औपचारिक अनुसन्धानलाई तीव्रता दिएको छ। सोही सिलसिलामा आयोगले जेनजी आन्दोलनका अगुवा रवि किरण हमाललाई छलफलका लागि बोलाएको छ। आयोगले माननीय सदस्य डा. लीलि थापाको संयोजकत्वमा गठन गरिएको अनुसन्धान समितिमार्फत घटनाको समग्र अध्ययन गरिरहेको जनाएको छ। आयोगले हमाललाई २०८२ भदौ ३० गते बिहान ११ बजे पुल्चोकस्थित हरिहर भवनमा रहेको केन्द्रीय कार्यालयमा उपस्थित भई छलफलमा सहभागी हुन पत्राचार गरेको हो। आयोगका अनुसार छलफलमा प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचार अवस्था, राहत तथा क्षतिपूर्तिको प्रक्रिया, साथै राज्य पक्ष र सरोकारवाला निकायहरूले…
Read More
पुराना नेताहरू र नयाँ पुस्ताबीचको निर्णायक भिडन्त

पुराना नेताहरू र नयाँ पुस्ताबीचको निर्णायक भिडन्त

सुर्खेत, पुस २८ गते । प्रतिनिधिसभा निर्वाचन क्षेत्र सुर्खेत–१ यसपटक असाधारण राजनीतिक रोमाञ्चको केन्द्र बिन्दु बन्ने देखिन्छ। यहाँ नेपाली कांग्रेसका कार्यवाहक उपसभापति पूर्णबहादुर खड्का, नेकपा एमालेका धुर्वबहादुर शाही, नेपाली कम्युनिस्ट पार्टीका जितबहादुर राना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य रवि किरण हमाल आमनेसामने चुनावी मैदानमा उत्रिएका छन्। देशकै स्थापित दलका शीर्ष नेता देखि ‘जेनजी आन्दोलन’ मार्फत नयाँ पुस्ता प्रतिनिधित्वको प्रतीक बनेका रवि किरण हमालसम्मको उपस्थितिले सुर्खेत–१ निर्वाचनलाई अझै रोचक बनाएको छ। राजनीतिक पृष्ठभूमिको दृष्टिले पनि यो क्षेत्र ऐतिहासिक महत्व राख्दछ। बहुदलीय प्रजातन्त्र पुनर्स्थापना भएदेखि कांग्रेस र एमालेले यहाँ वर्चस्व जमाउँदै आएका थिए। २०६४ सालको निर्वाचनमा समेत माओवादीले यहाँ…
Read More
मनहरीमा डिजिटल युगका युवा तयार पार्ने तीनदिने अभिमुखीकरण सुरु

मनहरीमा डिजिटल युगका युवा तयार पार्ने तीनदिने अभिमुखीकरण सुरु

मनहरी गाउँपालिका, पुस २८ गते । मकवानपुरको मनहरी गाउँपालिका–६ मा डिजिटल मिडिया, प्रविधि र युवा नेतृत्व विकासलाई केन्द्रमा राखिएको तीनदिने अभिमुखीकरण कार्यक्रम आजबाट सुरु भएको छ। २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रम युवालाई जिम्मेवार डिजिटल नागरिक बनाउने लक्ष्यसहित आयोजना गरिएको हो। सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सुरु भएको कार्यक्रम सुनाचुरी सामुदायिक वन उपभोक्ता समूह मनहरी–६ को सहकार्यमा नमस्ते मनहरी मिडिया प्रा.लि. मनहरी, मकवानपुरद्वारा आयोजना गरिएको हो। कार्यक्रमको उद्घाटन नमस्ते मनहरी मिडिया प्रा.लिका अध्यक्ष जयराम मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहमा मनहरी सब–डिभिजन वन कार्यालयका वन अधिकृत देवेन्द्र गोले, समूहका सचिव रमेश कार्की, प्रमुख अतिथि युवराज थपलिया…
Read More
थिङ थेमे प्रथम राष्ट्रिय भेला सम्पन्न, मिङमार थिङ अध्यक्षमा सर्वसम्मत चयन

थिङ थेमे प्रथम राष्ट्रिय भेला सम्पन्न, मिङमार थिङ अध्यक्षमा सर्वसम्मत चयन

काठमाडौं, पुस २८ गते । काठमाडौंमा दुई दिने थिङ थेमे (परिवार) प्रथम राष्ट्रिय भेला भव्य रूपमा सम्पन्न भएको छ। “एकै कुल, एउटै पहिचान–थिङ थेमे” भन्ने मूल नारासहित आयोजना गरिएको उक्त भेलाले थिङ समुदायको एकता, पहिचान र संगठनात्मक सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। भेलाले नयाँ कार्यसमिति समेत चयन गरेको छ। सर्वसम्मत निर्णयअनुसार मिङमार थिङ अध्यक्षमा चयन भएका छन्। मिङमार थिङको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा अमृत थिङ, उपाध्यक्षमा कमलबहादुर थिङ, काजीमान थिङ र शान्ति थिङ चयन भएका छन्। त्यसैगरी महासचिवमा राजकुमार थिङ चयन भएका छन्। भेलाको अवसरमा थिङ समुदायका विभिन्न…
Read More
हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा, स्वच्छ पिउने पानीप्रति उपमहानगरको प्रतिबद्धता दोहोरियो

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा, स्वच्छ पिउने पानीप्रति उपमहानगरको प्रतिबद्धता दोहोरियो

हेटौँडा, पुस २८ गते । हेटौंडा उपमहानगरपालिकाले स्वच्छ, गुणस्तरीय र सफा पिउने पानी उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई थप मजबुत बनाएको छ। संघीय सरकारअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा निर्माण गरिएको अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा आएको हो। उपमहानगरपालिका प्रमुख मिना लामाले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै स्वच्छ पिउने पानीप्रति उपमहानगरपालिकाको प्रतिबद्धता निरन्तर रहेको उल्लेख गरेको छ। उनका अनुसार नयाँ प्रयोगशालाले पानीको गुणस्तर नियमित र वैज्ञानिक रूपमा परीक्षण गर्न सहज बनाउनेछ, जसले नागरिकको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। मेयर लामाले सबै नागरिकलाई स्वच्छ र सफा पानी प्रयोगप्रति सचेत हुन आग्रह गर्दै गुणस्तरीय पानी सुनिश्चित गर्न…
Read More
१८ महिनापछि त्रिशूलीमा खसेको बसको अवशेष फेला

१८ महिनापछि त्रिशूलीमा खसेको बसको अवशेष फेला

मुग्लिन–नारायणगढ, पुस २७ गते। मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा १८ महिनाअघि त्रिशूली नदीमा खसेका दुई बसमध्ये एक बसको अवशेष आज फेला परेको छ। भरतपुर महानगरपालिका–२९ सिमलताल पारीपट्टी, तनहुँको आँबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारमा बालुवामा गढिएको अवस्थामा बसको ड्राइभरतर्फको चक्का र केही टिनका भाग भेटिएको हो। इलाका प्रहरी कार्यालय आँबुखैरेनी, तनहुँका प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार नदी किनारमा भेटिएका अवशेषहरू घटनास्थलमै खसेको बसकै भएको पुष्टि भएको छ। अवशेष फेला परेपछि थप खोज तथा अनुसन्धानका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
Read More
सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित, ढुक्क भएर बालबालिका भर्ना गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित, ढुक्क भएर बालबालिका भर्ना गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

हेटौंडा, पुस २७ गते। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा नेकपा एमालेका नेता एवं केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले वडाभित्र रहेका सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गरिएको बताउँदै अभिभावकलाई आफ्ना बालबालिका ढुक्क भएर सामुदायिक विद्यालयमै भर्ना गर्न आग्रह गरेको छ। कर्रा टोल विकास संस्थाको ८ औँ साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष सिग्देलले शिक्षा विकासका लागि जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति तथा विद्यालय प्रशासन एकजुट भएर लागिरहेको बताए। उनका अनुसार वडाभित्रका सामुदायिक विद्यालयहरूले बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म सुविधा सम्पन्न वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन्। वडा अध्यक्ष सिग्देलले विद्यालयको भौतिक पूर्वाधार, आधुनिक प्रयोगशाला, स्तरीय…
Read More
कमलनगर जेसीजको नेतृत्व देवराज भण्डारीलाई, नयाँ कार्यसमिति निर्वाचित

कमलनगर जेसीजको नेतृत्व देवराज भण्डारीलाई, नयाँ कार्यसमिति निर्वाचित

झापा, पुस २७ गते। झापाको कमल गाउँपालिकामा सक्रिय कमलनगर जेसीजले ११औँ साधारणसभा सम्पन्न गर्दै वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ। साधारणसभाबाट देवराज भण्डारी (महेश) अध्यक्ष पदमा निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि विद्या सापकोटा (मिलन), देवराज भण्डारी (महेश) र लोकबहादुर खड्काबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक निर्वाचनपछि भण्डारीले अध्यक्षको जिम्मेवारी पाएका हुन्। नयाँ कार्यसमितिअनुसार कार्यकारिणी उपाध्यक्षमा कमल कटुवाल र प्रभात मण्डल चयन भएका छन् भने उपाध्यक्षहरूमा विशाल कार्की, ऐश्वर्य चौहान, भिमकुमारी बस्नेत (रञ्जना) र शम्भु निरौला निर्वाचित भएका छन्। त्यसैगरी तालिम निर्देशकमा मिलन पौडेल, जनसम्पर्क अधिकारीमा डिजा घिमिरे र प्रकरण निर्देशकमा भूमिका चापागाईं निर्वाचित भएका छन्। वर्ष २०२६…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.