राप्ती खबर

1197 Posts
आजदेखि भारत–न्युजिल्यान्डको एकदिवसीय शृङ्खला, बडोदरामा पहिलो भिडन्त

आजदेखि भारत–न्युजिल्यान्डको एकदिवसीय शृङ्खला, बडोदरामा पहिलो भिडन्त

बडोदरा (एजेन्सी) , पुस २७ गते। विश्व क्रिकेटका दुई सशक्त टोली भारत र न्युजिल्यान्डबीचको बहुप्रतिक्षित एकदिवसीय (ओडिआई) क्रिकेट शृङ्खला आजबाट भारतमा सुरु हुँदैछ। शृङ्खलाको पहिलो खेल आज दिउँसो १:४५ बजे (नेपाली समय) बडोदरामा खेलाइनेछ। घरेलु मैदानको फाइदा उठाउने लक्ष्यसहित भारत मैदान उत्रँदैछ भने भ्रमणकारी न्युजिल्यान्ड पनि चुनौतीपूर्ण प्रदर्शनको तयारीमा छ। भारतीय टोलीको कप्तानी युवा ब्याट्सम्यान शुभमन गिलले गरिरहेका छन् भने न्युजिल्यान्डको नेतृत्व माइकल ब्रेसवेलले सम्हालेका छन्। दुवै टोली पछिल्ला प्रदर्शनका आधारमा सन्तुलित देखिएकाले शृङ्खला प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। विशेषगरी भारतको बलियो ब्याटिङ लाइनअप र न्युजिल्यान्डको अनुशासित बलिङ आक्रमणबीचको टक्कर दर्शकका लागि आकर्षणको केन्द्र बन्नेछ। एकदिवसीय शृङ्खला सकिएपछि यी दुई…
Read More
पृथ्वी जयन्तीमा काठमाडौँमा एकताको भव्य झलक, भद्रकालीदेखि सिंहदरबारसम्म परेड

पृथ्वी जयन्तीमा काठमाडौँमा एकताको भव्य झलक, भद्रकालीदेखि सिंहदरबारसम्म परेड

काठमाडौँ, पुस २६ गते । काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौँमा भव्य एकता परेड आयोजना हुने भएको छ। पौष २७ गते बिहान ११ बजे भद्रकालीबाट सुरु भई सिंहदरबारसम्म पुग्ने उक्त परेडले राष्ट्रिय एकताको सशक्त सन्देश प्रवाह गर्ने आयोजकको विश्वास छ। राष्ट्रिय ऐक्यबद्धतालाई केन्द्रमा राखेर आयोजना गरिने परेडमा हजारौँ नेपालीहरूको स्वस्फूर्त सहभागिता रहने अपेक्षा गरिएको छ। सहभागी हुन कुनै औपचारिक प्रक्रिया आवश्यक नपर्ने बताउँदै आयोजकले सबैलाई स्वतःस्फूर्त रूपमा उपस्थित हुन आह्वान गरेका छन्। परेडमा सहभागीहरूले आ–आफ्नो भेषभूषा, संस्कृति र पहिचान झल्किने प्रस्तुति दिन आग्रह गरिएको छ। विविध जाति, भाषा र संस्कृतिको प्रतिनिधित्व मार्फत नेपाली समाजको बहु-सांस्कृतिक स्वरूप…
Read More
अब सिम स्वामित्व अद्यावधिक घरमै बसेर: नेपाल टेलिकमको अनलाइन केवाईसी सेवा सुरु

अब सिम स्वामित्व अद्यावधिक घरमै बसेर: नेपाल टेलिकमको अनलाइन केवाईसी सेवा सुरु

काठमाडौं, पुस २६ गते । नेपाल टेलिकमले प्रिपेड मोबाइल सेवाका प्रयोगकर्तालाई लक्षित गर्दै सिम कार्डको स्वामित्व आफ्नै नाममा अद्यावधिक गर्न मिल्ने अनलाइन केवाईसी सेवा सञ्चालनमा ल्याएको छ। लामो समयदेखि अरूको नाममा दर्ता भएका सिम प्रयोग गर्दै आएका वा व्यक्तिगत विवरण सच्याउन बाँकी रहेका ग्राहकलाई सहजता प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको टेलिकमले जनाएको छ। नयाँ व्यवस्थाअनुसार अब सिमको स्वामित्व परिवर्तन वा विवरण अद्यावधिकका लागि टेलिकमको कार्यालय धाउनुपर्ने झन्झट हटेको छ। ग्राहकले टेलिकमको आधिकारिक वेबसाइट corporate.ntc.net.np मा गएर अनलाइन फारम भरेर घरबाटै प्रक्रिया पूरा गर्न सक्नेछन्। अनलाइन केवाईसी अद्यावधिक वा सिम स्वामित्व दाबी गर्न केही आवश्यक कागजात अनिवार्य गरिएको छ।…
Read More
गौरमा गुञ्जियो हिन्दू जागरणको स्वर, ‘धार्मिक द्वेष स्वीकार्य छैन’ भन्दै शान्तिपूर्ण र्‍याली

गौरमा गुञ्जियो हिन्दू जागरणको स्वर, ‘धार्मिक द्वेष स्वीकार्य छैन’ भन्दै शान्तिपूर्ण र्‍याली

रौतहट, पुस २५ गते । पछिल्ला दिनहरूमा केही स्थानमा सुनिएको “हिन्दू भगाऊ, देश बचाऊ” नारा प्रति असहमति जनाउँदै रौतहटको सदरमुकाम गौरमा शुक्रबार हिन्दू जागरण र्‍याली सम्पन्न भएको छ। धार्मिक सहिष्णुता र आपसी सम्मानको सन्देश बोकेको उक्त प्रदर्शन शान्तिपूर्ण रूपमा आयोजना गरिएको हो। गौरस्थित राइस मिलको प्राङ्गणबाट दिउँसो १२ बजे सुरु भएको र्‍यालीमा हिन्दू समाजका हजारौँ नागरिक सहभागी भए। बाजागाजा, सवारी साधन र पैदल मार्चसहित अघि बढेको र्‍याली ट्रान्सफर चौक, भन्सार हुँदै बीपी चौक घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो। र्‍यालीका सहभागीहरूले धार्मिक आस्था, संस्कृति र परम्परामाथि आक्रमण अस्वीकार्य भएको स्पष्ट पार्दै नेपाल बहुसांस्कृतिक तथा बहुधार्मिक देश भएकाले सबै समुदायले एकअर्काको…
Read More
निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु

निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजारभन्दा बढी म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु

काठमाडौं, पुस २४ गते । आगामी प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरीले ठुलो सङ्ख्यामा म्यादी प्रहरी भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागका अनुसार देशभरबाट कुल १ लाख ३३ हजार ९८० जनाका लागि दरखास्त आह्वान गरिएको हो। इच्छुक नेपाली नागरिकहरूले पुस २५ गतेदेखि माघ १ गतेसम्म आवेदन दिन सक्नेछन्। सार्वजनिक बिदाका दिनसमेत बिहान १० बजेदेखि साँझ ५ बजेसम्म फाराम बुझाउने व्यवस्था गरिएको छ। दरखास्तहरू सबै जिल्ला प्रहरी कार्यालय तथा काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला प्रहरी परिसरबाट सङ्कलन गरिनेछ। भर्नाका लागि उम्मेदवार १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको, सामान्य लेखपढ गर्न…
Read More
हेटौंडा–१४ मा पहिलोपटक सोनाम ल्होछार र सांस्कृतिक मेला, तामाङ संस्कृतिको उत्सव माघ २४ देखि

हेटौंडा–१४ मा पहिलोपटक सोनाम ल्होछार र सांस्कृतिक मेला, तामाङ संस्कृतिको उत्सव माघ २४ देखि

हेटौडा, पुस २३ गते । तामाङ समुदायको उल्लेख्य बसोबास रहेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१४ मा यस वर्ष पहिलो पटक सोनाम ल्होछार तथा सांस्कृतिक प्रवर्द्धन मेला आयोजना हुने भएको छ। माघ २४ गतेदेखि सुरु हुने मेला करिब एक हप्तासम्म सञ्चालन हुने बताइएको छ। वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत वडा अध्यक्ष दिपक खड्काले वडाको इतिहासमै पहिलो पटक सोनाम ल्होछारसँगै सांस्कृतिक मेला हुन लागेको जानकारी गराएका हुन्। उनका अनुसार मेलाको तयारीलाई व्यवस्थित बनाउन आयोजक समिति गठन भइसकेको छ र विभिन्न पक्षसँग समन्वय गर्दै तयारी अघि बढाइएको छ। तामाङ समुदायको मौलिक संस्कृति, भेषभूषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने…
Read More
मकवानपुरमा बढ्दो लागू पदार्थ दुर्व्यसन : युवा जोगाउन स्थानीय तहबाटै ठोस हस्तक्षेप आवश्यक

मकवानपुरमा बढ्दो लागू पदार्थ दुर्व्यसन : युवा जोगाउन स्थानीय तहबाटै ठोस हस्तक्षेप आवश्यक

हेटौँड, पुस २३ गते । मकवानपुरसहित देशभर लागू पदार्थ तथा लागू औषधको प्रयोग नेपाली युवा समाजमा डरलाग्दो रूपमा फैलिँदै गएको छ। दिनप्रतिदिन दुर्व्यसनको दायरा बढ्दो क्रममा रहेको छ भने पछिल्लो समय महिला दुर्वसनीको संख्या समेत तीव्र रूपमा वृद्धि हुनु झनै चिन्ताजनक बनेको छ। दैनिक रूपमा युवाहरू कुलतमा फसेको समाचार सार्वजनिक भइरहँदा समाजको मन दुखे पनि राज्य र स्थानीय तहबाट अपेक्षित ठोस कार्य हुन नसकेको गुनासो बढ्दो छ। दुर्व्यसन न्यूनीकरणका नाममा केही प्रयासहरू देखिए पनि ती पर्याप्त छैनन्। पुनःस्थापना केन्द्रहरू सीमित छन् र अधिकांश सशुल्क हुँदा आर्थिक रूपमा कमजोर अभिभावकहरूका लागि आफ्ना सन्तानलाई उपचार र पुनःस्थापनासम्म पुर्‍याउनु कठिन बनेको छ। आफ्नै…
Read More
हेटौँडामा बहुउद्देश्यीय सार्वजनिक खेल मैदान निर्माणको तयारी

हेटौँडामा बहुउद्देश्यीय सार्वजनिक खेल मैदान निर्माणको तयारी

हेटौँड, पुस २३ गते । हेटौँडा उपमहानगरपालिकामा नयाँ सार्वजनिक खेल मैदान निर्माणको प्रक्रिया सुरु भएको छ। हेटौँडा–४ मा अवस्थित भुटनदेवी माध्यमिक विद्यालयको पूर्वी क्षेत्रमा आधुनिक तथा बहुउद्देश्यीय खेल मैदान निर्माण गर्न लागिएको हो। प्रस्तावित मैदानमा फुटबल, भलिबल, क्रिकेट, बास्केट बल लगायत विभिन्न खेल गतिविधि सञ्चालन गरिनेछ भने सार्वजनिक कार्यक्रम, नियमित व्यायाम तथा अन्य सामुदायिक क्रियाकलापका लागि समेत प्रयोग हुने वडा नं. ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले जानकारी दिए। उनका अनुसार हाल मैदानको प्रारम्भिक सरसफाइ कार्य अघि बढाइएको छ। वडा, उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारको समन्वय र सहयोगमा सुविधा सम्पन्न खेल मैदान निर्माण गर्ने लक्ष्य…
Read More
रोटर्याक्ट क्लब अफ हेटौडाद्वारा राक्सिराङ पञ्जनी–४ मा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

रोटर्याक्ट क्लब अफ हेटौडाद्वारा राक्सिराङ पञ्जनी–४ मा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

राक्सिराङ, पुस २२ गते । रोटर्याक्ट क्लब अफ हेटौडाको आयोजनामा, रोटरी क्लब अफ हेटौडाको सहयोग तथा NYCA को सहकार्यमा हरेक वर्ष सञ्चालन हुँदै आएको न्यानो कपडा वितरण कार्यक्रम यस वर्ष राक्सिराङ गाउँपालिका–पञ्जनी–४ मा सम्पन्न भएको छ। चिसो मौसममा विपन्न तथा आवश्यकतामा रहेका समुदायलाई न्यानोपन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा फेरि–फेरि प्रयोग गर्न मिल्ने ज्याकेट, टोपी लगायतका न्यानो कपडा वितरण गरिएको थियो। यसै क्रममा सोही स्थानमा अध्ययनरत बालबालिकालाई शैक्षिक क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यले कापी, कलम लगायत आवश्यक शैक्षिक सामग्रीहरू समेत वितरण गरिएको छ। बालबालिकाको पठनपाठन र पाठ्यक्रममा केही सुधारात्मक टेवा पुग्ने विश्वासका साथ उक्त शैक्षिक सामग्री प्रदान गरिएको…
Read More
कपिलवस्तुमा स्कुल बस पल्टिँदा ७ विद्यार्थी घाइते, अवस्था सामान्य

कपिलवस्तुमा स्कुल बस पल्टिँदा ७ विद्यार्थी घाइते, अवस्था सामान्य

कपिलवस्तु, पुस २१ गते । कपिलवस्तुमा स्कुल बस दुर्घटना हुँदा ७ जना विद्यार्थी घाइते भएका छन्। दुर्घटना आज बिहान करिब ९:१० बजे कपिलवस्तु जिल्लाको मायादेबी गाउँपालिका–३ बर्सौलीस्थित फुलिका–बर्सौली भित्री सडकखण्डमा भएको हो। फुलिकाबाट बगदीतर्फ आउँदै गरेको लु १ क ५७२२ नम्बरको सनलाइट इङ्लिस बोर्डिङ स्कुल, सुद्धोधन गाउँपालिका–१ बगदीको विद्यार्थी बोकेको स्कुल बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ७ जना विद्यार्थी घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बस तीव्र गतिमा (ओभर स्पिड) चलाइएकै कारण दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.