राप्ती खबर

1201 Posts
मकवानपुरमा बढ्दो लागू पदार्थ दुर्व्यसन : युवा जोगाउन स्थानीय तहबाटै ठोस हस्तक्षेप आवश्यक

मकवानपुरमा बढ्दो लागू पदार्थ दुर्व्यसन : युवा जोगाउन स्थानीय तहबाटै ठोस हस्तक्षेप आवश्यक

हेटौँड, पुस २३ गते । मकवानपुरसहित देशभर लागू पदार्थ तथा लागू औषधको प्रयोग नेपाली युवा समाजमा डरलाग्दो रूपमा फैलिँदै गएको छ। दिनप्रतिदिन दुर्व्यसनको दायरा बढ्दो क्रममा रहेको छ भने पछिल्लो समय महिला दुर्वसनीको संख्या समेत तीव्र रूपमा वृद्धि हुनु झनै चिन्ताजनक बनेको छ। दैनिक रूपमा युवाहरू कुलतमा फसेको समाचार सार्वजनिक भइरहँदा समाजको मन दुखे पनि राज्य र स्थानीय तहबाट अपेक्षित ठोस कार्य हुन नसकेको गुनासो बढ्दो छ। दुर्व्यसन न्यूनीकरणका नाममा केही प्रयासहरू देखिए पनि ती पर्याप्त छैनन्। पुनःस्थापना केन्द्रहरू सीमित छन् र अधिकांश सशुल्क हुँदा आर्थिक रूपमा कमजोर अभिभावकहरूका लागि आफ्ना सन्तानलाई उपचार र पुनःस्थापनासम्म पुर्‍याउनु कठिन बनेको छ। आफ्नै…
Read More
हेटौँडामा बहुउद्देश्यीय सार्वजनिक खेल मैदान निर्माणको तयारी

हेटौँडामा बहुउद्देश्यीय सार्वजनिक खेल मैदान निर्माणको तयारी

हेटौँड, पुस २३ गते । हेटौँडा उपमहानगरपालिकामा नयाँ सार्वजनिक खेल मैदान निर्माणको प्रक्रिया सुरु भएको छ। हेटौँडा–४ मा अवस्थित भुटनदेवी माध्यमिक विद्यालयको पूर्वी क्षेत्रमा आधुनिक तथा बहुउद्देश्यीय खेल मैदान निर्माण गर्न लागिएको हो। प्रस्तावित मैदानमा फुटबल, भलिबल, क्रिकेट, बास्केट बल लगायत विभिन्न खेल गतिविधि सञ्चालन गरिनेछ भने सार्वजनिक कार्यक्रम, नियमित व्यायाम तथा अन्य सामुदायिक क्रियाकलापका लागि समेत प्रयोग हुने वडा नं. ४ का वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देलले जानकारी दिए। उनका अनुसार हाल मैदानको प्रारम्भिक सरसफाइ कार्य अघि बढाइएको छ। वडा, उपमहानगरपालिका, प्रदेश तथा संघीय सरकारको समन्वय र सहयोगमा सुविधा सम्पन्न खेल मैदान निर्माण गर्ने लक्ष्य…
Read More
रोटर्याक्ट क्लब अफ हेटौडाद्वारा राक्सिराङ पञ्जनी–४ मा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

रोटर्याक्ट क्लब अफ हेटौडाद्वारा राक्सिराङ पञ्जनी–४ मा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

राक्सिराङ, पुस २२ गते । रोटर्याक्ट क्लब अफ हेटौडाको आयोजनामा, रोटरी क्लब अफ हेटौडाको सहयोग तथा NYCA को सहकार्यमा हरेक वर्ष सञ्चालन हुँदै आएको न्यानो कपडा वितरण कार्यक्रम यस वर्ष राक्सिराङ गाउँपालिका–पञ्जनी–४ मा सम्पन्न भएको छ। चिसो मौसममा विपन्न तथा आवश्यकतामा रहेका समुदायलाई न्यानोपन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा फेरि–फेरि प्रयोग गर्न मिल्ने ज्याकेट, टोपी लगायतका न्यानो कपडा वितरण गरिएको थियो। यसै क्रममा सोही स्थानमा अध्ययनरत बालबालिकालाई शैक्षिक क्षेत्रमा सहयोग पुगोस् भन्ने उद्देश्यले कापी, कलम लगायत आवश्यक शैक्षिक सामग्रीहरू समेत वितरण गरिएको छ। बालबालिकाको पठनपाठन र पाठ्यक्रममा केही सुधारात्मक टेवा पुग्ने विश्वासका साथ उक्त शैक्षिक सामग्री प्रदान गरिएको…
Read More
कपिलवस्तुमा स्कुल बस पल्टिँदा ७ विद्यार्थी घाइते, अवस्था सामान्य

कपिलवस्तुमा स्कुल बस पल्टिँदा ७ विद्यार्थी घाइते, अवस्था सामान्य

कपिलवस्तु, पुस २१ गते । कपिलवस्तुमा स्कुल बस दुर्घटना हुँदा ७ जना विद्यार्थी घाइते भएका छन्। दुर्घटना आज बिहान करिब ९:१० बजे कपिलवस्तु जिल्लाको मायादेबी गाउँपालिका–३ बर्सौलीस्थित फुलिका–बर्सौली भित्री सडकखण्डमा भएको हो। फुलिकाबाट बगदीतर्फ आउँदै गरेको लु १ क ५७२२ नम्बरको सनलाइट इङ्लिस बोर्डिङ स्कुल, सुद्धोधन गाउँपालिका–१ बगदीको विद्यार्थी बोकेको स्कुल बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी ७ जना विद्यार्थी घाइते भएका छन्। घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बस तीव्र गतिमा (ओभर स्पिड) चलाइएकै कारण दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान…
Read More
भीमफेदी–कुलेखानी सडकमा सुमो खस्यो, ६ जनाको ज्यान गयो

भीमफेदी–कुलेखानी सडकमा सुमो खस्यो, ६ जनाको ज्यान गयो

भीमफेदी, पुस २० गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा भएको सुमो दुर्घटनाले ठूलो मानवीय क्षति पुर्‍याएको छ। दुर्घटनामा घाइते भएका ९ जनामध्ये उपचारका क्रममा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पुष्टि गरेको छ। आइतबार साँझ करिब ५ः३० बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको हो। दुर्घटनापछि स्थानीय बासिन्दा, प्रहरी तथा उद्धार टोलीले घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याएका थिए। तर गम्भीर घाइतेमध्ये ६ जनाले उपचारकै क्रममा ज्यान गुमाएका हुन्। बाँकी घाइतेहरूको अवस्था र उपचारबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले…
Read More
बंगलादेशी लिगमा दीपाको दमदार प्रवेश, डेब्यु खेलमै चार गोलको वर्षा

बंगलादेशी लिगमा दीपाको दमदार प्रवेश, डेब्यु खेलमै चार गोलको वर्षा

काठमाडौं, पुस २० गते । नेपाली महिला फुटबलकी उदाउँदो स्टार दीपा शाहीले बंगलादेशको महिला फुटबल लिगमा आफूलाई प्रभावशाली ढंगले प्रस्तुत गरेकी छन्। राजशाही स्टार्स एफसीबाट लिग डेब्यु गरेकी दीपाले पहिलो खेलमै चार गोल गर्दै दर्शक र फुटबल पण्डितको ध्यान तानेकी हुन्। शनिबार सम्पन्न खेलमा राजशाही स्टार्सले नसरिन स्पोर्ट्स एकेडेमीमाथि १२–० को विशाल जित निकाल्यो। उक्त जितमा दीपा नै केन्द्रमा रहिन्। खेलको १६औँ मिनेटमै गोल खाता खोल्दै टोलीलाई अग्रता दिलाएकी उनले ५८औँ र ८०औँ मिनेटमा लगातार गोल गर्दै ह्याट्रिक पूरा गरिन्। त्यसपछि खेलको ८४औँ मिनेटमा व्यक्तिगत चौथो गोल थप्दै आफ्नो डेब्यु खेललाई अविस्मरणीय बनाइन्। चार गोलसहितको सानदार प्रदर्शनपछि दीपा ‘प्लेयर अफ…
Read More
ट्राफिक प्रहरी घाइते बनाइ फरार चालक चितवनबाट पक्राउ

ट्राफिक प्रहरी घाइते बनाइ फरार चालक चितवनबाट पक्राउ

हेटौंडा, पुस १९ गते । डिउटीमा खटिएका ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार भएका कार चालकलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। पुस १७ गते साँझ करिब ७:४५ बजे हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको टोलीले सवारी चेकजाँच गरिरहेको थियो। सोही क्रममा नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको एक कारलाई प्रहरीले रोकेको थियो। ब्रेतलाइजर मेसिनमार्फत मादक पदार्थ सेवन (मा.प.से.) परीक्षण गर्ने क्रममा चालकले अचानक कारको सिसा बन्द गरी गाडी अघि बढाए। यस क्रममा डिउटीमा खटिएका एक प्रहरी जवान करिब १० मिटर घिस्रिँदै घाइते भएका थिए। घटनापछि चालक कारसहित फरार भएका थिए। घटनापछि खोजी कार्यलाई तीव्र बनाएको प्रहरीले फरार चालकलाई चितवनबाट नियन्त्रणमा लिएको…
Read More
पत्रकारको सुरक्षालाई प्राथमिकता दिनुपर्छ: सामाजिक सुरक्षा कोषमा सबै पत्रकार जोड्ने सरकारको प्रतिबद्धता

पत्रकारको सुरक्षालाई प्राथमिकता दिनुपर्छ: सामाजिक सुरक्षा कोषमा सबै पत्रकार जोड्ने सरकारको प्रतिबद्धता

चितवन, पुस १९ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशभर कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नु अनिवार्य भएको बताएका छन्। नेपाल पत्रकार महासङ्घ चितवन शाखाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पत्रकारको पेशागत सुरक्षा र स्थायित्व सरकारको प्राथमिकतामा रहेको स्पष्ट पारे। मन्त्री खरेलका अनुसार सरकारले हाल सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा समेट्ने प्रक्रिया सुरु गरिसकेको छ। “यसलाई क्रमशः सबै पत्रकारसम्म विस्तार गर्न आवश्यक छ,” उनले भने। पत्रकार महासङ्घको कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा आएको अनुभूति हुने उल्लेख गर्दै उनले चितवन शाखा अन्य शाखाको तुलनामा व्यवस्थित र सक्रिय रहेको प्रशंसा गरे। उनले पत्रकारका दीर्घकालीन समस्या समाधानका लागि…
Read More
असफल शासनको विकल्प जेन–जी नेतृत्वः अर्जुन शाही

असफल शासनको विकल्प जेन–जी नेतृत्वः अर्जुन शाही

काठमाडौं, पुस १९ गते । जेन–जी क्रान्तिका प्रमुख अगुवा तथा अन्तरिम सरकार गठन प्रक्रियाका सह–संयोजक अर्जुन शाहीले वर्तमान सरकार भ्रष्ट, असफल र जनउत्तरदायी हुन नसकेको आरोप लगाउँदै त्यसको विकल्प जेन–जी नेतृत्वमा नयाँ सरकार गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार जेन–जी आन्दोलनसँग गरिएको प्रतिबद्धता र सार्वजनिक बाचा सरकारले पूरा गर्न सकेको छैन। बरु सरकारलाई जवाफदेही बनाउन खोज्दा राज्यसत्ताको दुरुपयोग गर्दै राजनीतिक प्रतिशोधका आधारमा झुट्टा मुद्दा लगाएर आवाज दबाउने प्रयास भइरहेको छ। शाहीले भने, “जेन–जी आन्दोलन सुशासन, पारदर्शिता र युवाको नेतृत्व स्थापित गर्ने स्पष्ट उद्देश्यका साथ अघि बढेको हो। तर पुरानो सोचमा अडिएको सरकारले प्रतिबद्धता कार्यान्वयन गर्नु त परै जाओस्, प्रश्न…
Read More
अर्जुन शाहीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण, युवाआन्दोलनले उठायो संवैधानिक सवाल

अर्जुन शाहीको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण, युवाआन्दोलनले उठायो संवैधानिक सवाल

काठमाडौं, पुस १९ गते । जेन–जी आन्दोलनका अगुवा तथा अन्तरिम सरकार निर्माण प्रक्रियाका सह–संयोजक अर्जुन शाहीको पक्राउ गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण भएको दाबी गर्दै आज सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण (Habeas Corpus) को निवेदन दायर गरिँदैछ। शाहीलाई तथ्यहीन र मनगढन्ते मुद्दा लगाएर पक्राउ गरिएको भन्दै उनका समर्थक, कानुन व्यवसायी तथा नागरिक अधिकारकर्मीहरू आक्रोशित छन्। उनीहरूको भनाइमा लोकतन्त्र, सुशासन र युवाको नेतृत्व स्थापित गर्ने अभियानमा सक्रिय भूमिकामा रहेका शाहीलाई कानुनी प्रक्रिया र संविधानको मर्मविपरीत हिरासतमा राखिएको हो। कानुनविद्हरूले यो गिरफ्तारीले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार र निष्पक्ष न्यायको हकमा गम्भीर चोट पुगेको बताएका छन्। उनीहरू सर्वोच्च अदालतबाट तत्काल…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.