राप्ती खबर

1121 Posts
राजनीतिक दलहरू असफल, अब सर्वपक्षीय सरकार र नयाँ संविधानबिना विकल्प छैन– रवि किरण

राजनीतिक दलहरू असफल, अब सर्वपक्षीय सरकार र नयाँ संविधानबिना विकल्प छैन– रवि किरण

काठमाडौं, मंसिर १० गते । देश गम्भीर राजनीतिक अनिश्चिततामा फसेको दाबी गर्दै जेन जि पुस्ताका अगुवा रवि किरण हमालले सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनलाई अहिलेको मुख्य राजनीतिक समाधानका रूपमा अघि सारेका छन्। बीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिलेको सत्ता समायोजन “कु प्रकृयाको परिणाम” भएको आरोप लगाए। किरणका अनुसार अस्थिरता, अविश्वास र शासकीय अक्षमता बढ्दै जाँदा युवापुस्ताले भाद्र २३–२४ मा उठाएको विद्रोहलाई सत्ता पक्षले बुझ्ने कि नबुझेर झनै भड्काउने भन्ने प्रश्न अहिले निर्णायक बनेको छ। “विद्रोहलाई कमजोर पार्ने, अपमानजनक तरिकाले लत्याउने कुनै पनि प्रयास युवापुस्ताले सहनेछैन,” उनले चेतावनी दिए। सुशीला कार्की र ओमप्रकाश अर्याल नेतृत्वको समूहले “राज्यविहिनताको…
Read More
बागमती प्रदेश प्रमुखसमक्ष जनजाति आयोगको प्रतिवेदन, कार्यान्वयनको अभावप्रति गम्भीर चिन्ता

बागमती प्रदेश प्रमुखसमक्ष जनजाति आयोगको प्रतिवेदन, कार्यान्वयनको अभावप्रति गम्भीर चिन्ता

हेटौडा, मंसिर १० गते । नेपाल आदिवासी जनजाति आयोगले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन बुधबार बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष पेस गरेको छ। आयोगका सदस्य सूर्यबहादुर गुरुङले एक औपचारिक कार्यक्रममार्फत प्रतिवेदन हस्तान्तरण गर्दै प्रदेश तहमा प्रतिवेदनप्रति देखिएको दुर्लक्ष्यताप्रति गम्भीरता व्यक्त गरे। प्रतिवेदन बुझाउने क्रममा सदस्य गुरुङले विगतका वर्षहरूमा समेत प्रतिवेदन बुझाइँदै आए पनि प्रदेश स्तरमा एकपटक पनि गहन छलफल नहुनु राज्य व्यवस्थाको उदासीनताकै प्रमाण भएको टिप्पणी गरे। भाषा सम्बन्धी कानुन बनेपनि कार्यान्वयनमा भइरहेको ढिलाइ र लोपोन्मुख जातिहरूको अवस्थाबारे उनले ‘तत्काल ध्यान दिनुपर्ने’ आवश्यकता औंल्याए। उनका अनुसार आयोगले राष्ट्रपतिसमक्ष गरेका महत्वपूर्ण सिफारिसमध्ये ९० प्रतिशतभन्दा बढी अझै कार्यान्वयनको प्रतीक्षामा…
Read More
कीर्तिपुरमा काठमाडौं गोर्खाज चम्कियो, लुम्बिनी लायन्स २२ रनले पराजित

कीर्तिपुरमा काठमाडौं गोर्खाज चम्कियो, लुम्बिनी लायन्स २२ रनले पराजित

काठमाडौं, मंसिर ९ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले मंगलबार लुम्बिनी लायन्सविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै २२ रनको जित हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा गोर्खाजले आक्रमक खेल प्रदर्शन गर्दै लिग तालिकामा आफ्नो पकड झनै मजबुत बनायो। टस हारेर पहिले ब्याटिङ गर्न बाध्य भएको काठमाडौंले २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रनको प्रतिस्पर्धात्मक योगफल तयार गर्‍यो। कप्तान करण केसीले संयमित तर प्रभावशाली खेल्दै अविजित ३४ रन जोडे। आकाशको ३२ रन र सन्तोष यादवको २६ रनले टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याउन मद्दत गर्‍यो। जवाफमा उतरेको लुम्बिनी लायन्सले रनको पछि लागेको यात्रा सुचारु राख्न सकेन।…
Read More
एकैदिन सुन महँगियो, तोलामा पाँच हजार बढी– चाँदीको मूल्य पनि उक्लियो

एकैदिन सुन महँगियो, तोलामा पाँच हजार बढी– चाँदीको मूल्य पनि उक्लियो

काठमाडौं, मंसिर ९ गते । नेपालको सुनचाँदी बजारमा आज एकैदिन उल्लेखनीय मूल्यवृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य आज तोलामा ५,२०० रुपैयाँले बढीएको छ। मूल्यवृद्धिपछि छापावाला सुनको कारोबार मूल्य तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको छ। हिजो मात्रै सुन तोलाको २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। चाँदी आज ८५ रुपैयाँले बढेर तोलाको ३,२०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। हिजो चाँदीको मूल्य तोलाको ३,११५ रुपैयाँ थियो। धातु बजारमा यस्तो तीव्र मूल्य वृद्धि वैश्विक आर्थिक अनिश्चितता र अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढावसँग मेल खाने प्रकारको रहेको व्यवसायीहरूको…
Read More
मकवानपुरमा माओवादीद्वारा पुनर्गठन दिवस र जनमुक्ति सेना स्थापना दिवस उत्साहपूर्वक सम्पन्न

मकवानपुरमा माओवादीद्वारा पुनर्गठन दिवस र जनमुक्ति सेना स्थापना दिवस उत्साहपूर्वक सम्पन्न

मकवानपुर, मंसिर ९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरले आज १२औँ पार्टी पुनर्गठन दिवसका अवसरमा हेटौंडा–११, थानाभर्‍याङमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। पार्टी पुनर्गठन दिवससँगै २५औँ जनमुक्ति सेना स्थापना दिवसको संयुक्त अवसरमा आयोजित कार्यक्रममा नेता–कार्यकर्ता तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रह्यो। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज राम सीले पुनर्गठन दिवसले पार्टीलाई जनताको पक्षमा झनै दृढतापूर्वक अघि बढ्न प्रेरणा दिएको बताए। उनले पुनर्गठनपछिका १२ वर्ष भित्र पार्टीले भ्रष्टाचार, वेथिती र अनियमितताविरुद्ध निरन्तर खबरदारी गर्दै आएको उल्लेख गर्दै, अब आगामी निर्वाचन मोर्चामार्फत जनताको आवाज सत्ता र नीतिनिर्माण तहसम्म पु¥याउन सबैको साथ आवश्यक रहेको आग्रह गरे।…
Read More
मानवियताको उज्यालो: जस्मिनको सफल बोनम्यारो ट्रान्सप्लान्टमा भोजराज थापाको अनमोल साथ

मानवियताको उज्यालो: जस्मिनको सफल बोनम्यारो ट्रान्सप्लान्टमा भोजराज थापाको अनमोल साथ

काठमाडौं, मंसिर ८ गते । जीवन र मृत्युको कठोर संघर्षमा रहेकी जस्मिनले अन्ततः नयाँ जीवन पाएकी छिन्। भारतमा गरिएको उनको बोनम्यारो ट्रान्सप्लान्ट सफल भएको जानकारी सार्वजनिक हुँदै गर्दा, यो यात्रा सम्भव बनाउन पर्दापछाडि रहेर खटिएका संचारकर्मी भोजराज थापाको योगदान विशेषगरी चर्चामा आएको छ। जस्मिनको उपचारका लागि आकस्मिक सहयोग आवश्यक परेपछि थापाले दुई दिनमै १ करोड रुपैयाँभन्दा बढी रकम जुटाइदिए। आर्थिक सङ्कलनमा मात्र सीमित नभई, उनी स्वयं भारतको अस्पतालसम्म पुगेर उपचार प्रक्रियामा प्रत्यक्ष समन्वय र साथ दिए। परिवारका सदस्यहरूका अनुसार, थापाको मानवतापूर्ण सक्रियता, सर्वसाधारणको उदार हात र चिकित्सकहरूको समर्पित उपचारकै कारण जस्मिनको स्वास्थ्यमा आज उल्लेखनीय सुधार देखिएको छ। सफल ट्रान्सप्लान्टपछि जस्मिनको…
Read More
सुशीला कार्की नेतृत्वको सरकार ‘वैधताविहीन’: जेन जि मुभमेन्टको कडा आरोप

सुशीला कार्की नेतृत्वको सरकार ‘वैधताविहीन’: जेन जि मुभमेन्टको कडा आरोप

काठमाडौँ, मंसिर ८ गते । जेन जि मुभमेन्ट नेपालले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमाथि गम्भीर आरोपहरू लगाउँदै यसको राजनीतिक तथा संवैधानिक वैधता नै समाप्त भइसकेको दाबी गरेको छ। सोमबार सार्वजनिक गरिएको विस्तृत प्रेस वक्तव्यमार्फत आन्दोलनले सरकारभित्र जालझेल, भ्रष्टाचार र सत्ताको दुरुपयोग “व्यवस्थित रूपमा संस्थागत भइसकेको” आरोप लगाएको हो। वक्तव्यअनुसार ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौता देशको हितविपरीत रहेर ४३ करोड रुपैयाँ बराबरको नोक्सानी हुनेगरी अड्कलबाजीपूर्ण रूपमा अघि बढाइएको उल्लेख छ। त्यस्तै, अर्थमन्त्री रामेश्वर खनालमाथि डोल्मा नामक कम्पनीलाई दिएको भनिएको “अवैध कर छुट” मार्फत आर्थिक अनुशासन तोडिएको आरोप राखिएको छ। मुभमेन्टले सरकारका अन्य अंगहरूमा पनि शक्ति दुरुपयोग भएको दाबी गरेको…
Read More
बस्तिपुर जेसिज मनहरीद्वारा जेसिज सप्ताह–२०२५ सफलतापूर्वक सम्पन्न

बस्तिपुर जेसिज मनहरीद्वारा जेसिज सप्ताह–२०२५ सफलतापूर्वक सम्पन्न

बस्तिपुर, मनहरी, मंसिर ८ गते । बस्तिपुर जेसिज मनहरीले पाँचदिने जेसिज सप्ताह–२०२५ विविध कार्यक्रमसहित सम्पन्न गरेको छ। मंसिर २ गते सुरु भएको सप्ताह व्यापी पहल मंसिर ६ गते औपचारिक समापनसँगै सम्पन्न भयो। यस वर्ष जेसि सन्तोष उप्रेतीको नेतृत्वमा सञ्चालन भएको जेसिज सप्ताहको सुरुआत मकवानपुर–चितवन सिमाना लोथरमा डिजिटल सूचना बोर्ड स्थापना गरेर गरिएको थियो। उद्घाटनकै दिन मनहरी–६ स्थित जनजाति उत्थान प्राविमा खेलकुद सामग्री वितरण गरी स्थानीय विद्यार्थीहरूलाई प्रोत्साहन प्रदान गरिएको थियो। मंसिर ३ गते भिमफेदी गाउँपालिकामा आयोजित आँखा शिविर तथा अपरेशन सेवा सप्ताहको एक प्रमुख सामाजिक सेवा बनेको छ। यसमार्फत धेरै स्थानीयले प्रत्यक्ष लाभ पाए। त्यसपछि मंसिर ४ गते हेटौंडा–१९ क्याम्पडाँडामा…
Read More
विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा ‘रातो मसी’ प्रहार, जेन–जि युवाको सांगीतिक विरोध

विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा ‘रातो मसी’ प्रहार, जेन–जि युवाको सांगीतिक विरोध

मोरङ, मंसिर ७ गते । मोरङको विराटनगरमा एमाले नेता महेश बस्नेत सवार गाडीमा जेन–जि समूहका युवाहरूले रातो मसी प्रहार गरेका छन्। युवा संघ कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरीतर्फ जाँदै गर्दा एयरपोर्ट सडकखण्डमा लुकेर बसेका युवाहरुले दगुर्दै बस्नेत सवार गाडीमाथि बेलुनमार्फत रातो रंग फ्याँकेका हुन्। प्रहरी भ्यान पछिपछि चलिरहेको क्रममा अचानक सडकछेउबाट युवाहरूले ‘मसी प्रहार’ गरेपछि बस्नेत चढेको गाडी केहीबेर रोकिन बाध्य भएको प्रत्यक्षदर्शीले बताए। घटना पछि प्रहरीले विराटनगर–२ का १९ वर्षीय आर्जित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ। घटना भएपछि समेत दुुवै युवाले बस्नेतविरुद्ध नाराबाजी गरेको भिडियो सामाजिक सञ्जालमा…
Read More
खोलामा करेन्ट लगाएर माछा मार्दै गर्दा पुरुषको मृत्यु

खोलामा करेन्ट लगाएर माछा मार्दै गर्दा पुरुषको मृत्यु

झापा, मंसिर ६ गते । गौरादह नगरपालिका–६ आरतीनगरका ५० वर्षीय रामकुमार ताजपुरियाको खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार गौरादह–६ र गौरीगञ्ज गाउँपालिका–६ को सिमानामा पर्ने रामचन्द्रे खोलामा विद्युत् प्रवाहमार्फत माछा मार्ने प्रयास गर्दा ताजपुरिया अचानक करेन्टको चपेटामा परेका थिए। करेन्ट लागेपछि उनी घटनास्थलमै ढलेका थिए। घटनाबारे उनकी पत्नी फूलकुमारीले स्थानीयबासीलगायत प्रहरीलाई तत्काल खबर गरेकी थिइन्। प्रहरी पुगेपछि घटनास्थलको मुचुल्का उठाई आवश्यक अनुसन्धान थालिएको जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.