राप्ती खबर

1163 Posts
प्रहरी महानिरीक्षक खापुङ्गद्वारा कावासोतीस्थित नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन

प्रहरी महानिरीक्षक खापुङ्गद्वारा कावासोतीस्थित नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन

नवलपुर, कावासोती, कार्तिक २ गते । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले आइतबार एक विशेष समारोह बीच कावासोती स्थित नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा आईजीपी खापुङ्गले पेट्रोल पम्प र भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण पनि गरेका छन् । सो अवसरमा उनले नेपाल प्रहरीले समाजमा शान्ति–सुरक्षा कायम राख्न हरेक समुदाय र क्षेत्रसँग सहकार्य गर्दै आएको बताएका छन् । उनका अनुसार नवनिर्मित प्रहरी पेट्रोल पम्पले प्रहरी कर्मचारी र स्थानीय नागरिकलाई गुणस्तरीय इन्धन उपलब्ध गराउने मात्र नभई प्रहरी र नागरिक बीचको समन्वय, सहकार्य र विश्वास सुदृढ गर्न मद्दत गर्नेछ। आईजीपी खापुङ्गले नेपाल प्रहरी…
Read More
भर्खरै भेटिएको रोलेक्स घडीबारे डा. महावीर पुनको रमाइलाे प्रतिक्रिया : ‘झोलामा राखेर बचिएछ’

भर्खरै भेटिएको रोलेक्स घडीबारे डा. महावीर पुनको रमाइलाे प्रतिक्रिया : ‘झोलामा राखेर बचिएछ’

काठमाडौँ, कार्तिक २ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत एउटा रमाइलो स्टाटस सार्वजनिक गर्दै आफूलाई ताप्लेजुङ भ्रमणका क्रममा प्राप्त भएको रोलेक्स घडीबारे हास्यात्मक प्रतिक्रिया दिएका छन्। उनका अनुसार अस्ती ताप्लेजुङ जिल्लामा किताब बिक्रीका क्रममा सुकेटारका एक वृद्ध दम्पतिले फुङलिङ बजारमा आफूलाई जबरजस्ती रोलेक्स घडी दिएका थिए। “मैले लिन नमान्दा पनि उहाँहरूले दिनुभयो, मैले लगाएको भए बरबादै हुने रहेछ, धन्न झोलामा राखेर बचिएछ,” उनले लेखेका छन्। डा. पुनले तीन वर्षअघि युकेमा बस्ने एक साथीले पनि आफूलाई रोलेक्स घडी दिएको तर त्यो घडी फेसबुकमै राखेर बेचिदिएको प्रसंग पनि स्मरण गरेका छन्। स्टाटसको अन्त्यमा उनले…
Read More
प्रहरी नायव निरीक्षक गोकर्ण बहादुर थापालाई दर्ज्यानी चिन्ह सुशोभन

प्रहरी नायव निरीक्षक गोकर्ण बहादुर थापालाई दर्ज्यानी चिन्ह सुशोभन

हेटौंडा, कार्तिक २ गते । नेपाल प्रहरी प्रधान कार्यालयको २४ गतेको निर्णय अनुसार जनपद समूह तर्फका प्रहरी सहायक निरीक्षक गोकर्ण बहादुर थापाको प्रहरी नायव निरीक्षकमा बढुवा भएसँगै दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहराले थापालाई दर्ज्यानी चिन्ह अर्पण गर्दै थप जिम्मेवारी र उत्तरदायित्वका साथ कार्य सम्पादन गर्न निर्देशन दिएका छन् । कार्यक्रममा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक तथा अन्य दर्जाका प्रहरी कर्मचारीहरूको समेत उपस्थित रहेको थियो।
Read More
मन्त्री डा. महावीर पुनको पहलमा त्रिभुवन विश्वविद्यालय परिसरमा सुन्दर पार्क निर्माण अभियान सुरु

मन्त्री डा. महावीर पुनको पहलमा त्रिभुवन विश्वविद्यालय परिसरमा सुन्दर पार्क निर्माण अभियान सुरु

काठमाडौँ, कार्तिक १ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री वैज्ञानिक डा. महावीर पुनले त्रिभुवन विश्वविद्यालय (टिभी) किर्तिपुर परिसरभित्र सुन्दर पार्क निर्माणको अभियान सुरु गरेका छन्। मन्त्री भएको दोस्रो दिनमै उनले करिब ३५० रोपनी क्षेत्रफलमा फैलिएको झाडी फाँडेर सुन्दर पार्क बनाउने आह्वान गरेका थिए। डा. पुनका अनुसार हालसम्म श्रमदानमार्फत विभिन्न स्थानबाट आएका श्रमदाताहरुले झाडीको करिब ४० प्रतिशत भाग फडानी गरी सकेका छन्। अभियान अन्तर्गत निरन्तर श्रमदान भइरहेकाले पार्क निर्माणको प्रारम्भिक चरणले गति लिएको बताइएको छ। “झाडी फाँडी सकेपछि सुन्दर पार्क बनाउन चाहिने पैसाको व्यवस्था गर्न उपाय खोज्दैछौं। पैसा निकाल्ने उपाय हुने जो सुकैले पनि नहिच्कीच्याई भन्नु होला,” मन्त्री पुनले आफ्नो…
Read More
रगत परीक्षणबाट ५० भन्दा बढी प्रकारका क्यान्सर पहिचान सम्भव, प्रारम्भिक चरणमै उपचारको सम्भावना बलियो

रगत परीक्षणबाट ५० भन्दा बढी प्रकारका क्यान्सर पहिचान सम्भव, प्रारम्भिक चरणमै उपचारको सम्भावना बलियो

हेटौंडा, कार्तिक १ गते । क्यान्सर पत्ता लगाउने नयाँ रगत परीक्षणले चिकित्सकीय जगतमा नयाँ आशा जगाएको छ। अमेरिका र क्यानडामा गरिएको अध्ययनले यो परीक्षणले ५० भन्दा बढी प्रकारका क्यान्सर पहिचान गर्न सक्ने देखाएको हो। विशेषगरी ती क्यान्सरमध्ये करिब तीन–चौथाईका लागि अहिले कुनै नियमित स्क्रिनिङ कार्यक्रम नहुँदा यस परीक्षणलाई ठूलो उपलब्धि मानिएको छ। अध्ययनका अनुसार, उक्त परीक्षणले आधाभन्दा बढी क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाएको छ, जसको उपचार तुलनात्मक रूपमा सजिलो र पूर्ण रूपमा सम्भव हुने बताइन्छ। यो नवीन परीक्षण अमेरिकी औषधि कम्पनी ग्रेल (Grail) ले विकास गरेको हो। यसले ट्युमरबाट अलग भएका र रगतमा परिसंचरण गरिरहेका क्यान्सरयुक्त डीएनएका स–साना अंशहरू पहिचान…
Read More
७०औं प्रहरी दिवसमा आईजीपी खापुङको सन्देश : ‘नागरिक सुरक्षामा कुनै पनि चुनौती सामना गर्न तयार छ नेपाल प्रहरी’

७०औं प्रहरी दिवसमा आईजीपी खापुङको सन्देश : ‘नागरिक सुरक्षामा कुनै पनि चुनौती सामना गर्न तयार छ नेपाल प्रहरी’

काठमाडौँ, अशोज ३१ गते । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले ७०औं प्रहरी दिवस, २०८२ का अवसरमा संगठनका सकल दर्जाका प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी, प्रहरी परिवार तथा अमर प्रहरीका परिवारजनप्रति शुभकामना व्यक्त गरेका छन्। सन्देशमार्फत आईजीपी खापुङले प्रहरी दिवसको अवसरमा व्यक्तिगत तथा व्यावसायिक सफलता, पारिवारिक सुख–समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै संगठनका अमर तथा वीर प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले भाद्र २३ र २४ गतेका अप्रिय घटनापश्चात उत्पन्न कठिन परिस्थितिमा पनि प्रहरी संगठनले नागरिक सुरक्षाको जिम्मेवारी डटेर पूरा गर्नुपर्ने उल्लेख गर्दै कुनै घटनाबाट हतोत्साहित नहुन निर्देशन दिएका छन्। आईजीपी खापुङले तोड़फोड़ र आगजनीबाट क्षतिग्रस्त भएका…
Read More
काठमाडौँ र कास्कीमा ३०४ वटा मोटरसाइकल नियन्त्रणमा: स्वरूप परिवर्तन र ध्वनी प्रदूषणमा संलग्नहरू विरुद्ध कडा कारवाही

काठमाडौँ र कास्कीमा ३०४ वटा मोटरसाइकल नियन्त्रणमा: स्वरूप परिवर्तन र ध्वनी प्रदूषणमा संलग्नहरू विरुद्ध कडा कारवाही

काठमाडौँ, अशोज ३० गते । मोटरसाइकलमा अनधिकृत रूपमा स्वरूप परिवर्तन गरी तीव्र आवाज निकाल्ने, समाजमा ध्वनी प्रदूषण फैलाउने र शान्ति–सुरक्षामा असर पार्ने गतिविधिमा संलग्न सवारी साधन माथि ट्राफिक प्रहरीद्वारा कडा निगरानी सुरु गरिएको छ। नेपाल प्रहरीको सामाजिक सञ्जालमा प्रकाशित सूचनाअनुसार, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानहरूबाट २०० वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। यस्तै, जिल्ला प्रहरी कार्यालय कास्कीले पनि यस्तै प्रकृतिका १०४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार ती मोटरसाइकलहरूले इन्जिन, साइलेंसर, हेडलाइट, र अन्य पार्टपुर्जा फेरेर स्वरूप परिवर्तन गरेका थिए, जसले सवारी नियम उल्लङ्घन मात्र होइन, सार्वजनिक शान्ति र सुव्यवस्थामा समेत असर पारेको पाइएको छ। नेपाल…
Read More
मनहरीमा हर्क साम्पाङ नेतृत्वको अ रेभुलेसन श्रम संस्कृति पार्टीको संगठन विस्तार, पवन कुमार मोक्तान संयोजक चयन

मनहरीमा हर्क साम्पाङ नेतृत्वको अ रेभुलेसन श्रम संस्कृति पार्टीको संगठन विस्तार, पवन कुमार मोक्तान संयोजक चयन

मकवानपुर, मनहरी, अशोज ३० गते । हर्क साम्पाङ नेतृत्वको अ रेभुलेसन श्रम संस्कृति पार्टीले मनहरी गाउँपालिकामा आफ्नो संगठन विस्तार गरेको छ। आज नै संगठनले पवन कुमार मोक्तानको संयोजकत्वमा ११ सदस्यीय संगठन बिस्तार गरिएको पार्टीले जनाएको छ। नवगठित संयोजक पवन कुमार मोक्तानले कार्यक्रममा देशलाई विकासको बाटोमा अघि बढाउन अबको विकल्प हर्क साम्पाङ र श्रम आधारित अभियान नै भएको बताएका छन्। उनले भने, “यदि सिङ्गो देश निर्माण गर्नुछ भने माटोसँग खेल्न सक्नुपर्छ। श्रम अभियान अबको विकल्प देशको निर्धारण हो।” कार्यक्रममा उपस्थित पार्टीका केन्द्रीय संस्थापक सदस्य सुन्दर लामाले संयोजक मोक्तानलाई बधाई दिँदै आगामी कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे। उनले भने, “देशको…
Read More
माइतीघरमा दीप प्रज्वलन गर्दै बन्धक विपिन जोशीप्रति श्रद्धाञ्जली, यसै साता नेपाल आइपुग्ने शव

माइतीघरमा दीप प्रज्वलन गर्दै बन्धक विपिन जोशीप्रति श्रद्धाञ्जली, यसै साता नेपाल आइपुग्ने शव

काठमाडौं, अशोज २९ । हमासले दुई वर्षअघि इजरेलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको समाचार सार्वजनिक भएको दुई दिनपछि काठमाडौंको माइतीघर मण्डलामा बुधबार साँझ दीप प्रज्वलन गरी उनलाई श्रद्धाञ्जली अर्पण गरिएको छ। कार्यक्रममा उनका सहपाठी, मित्र, परिवारका सदस्य तथा सर्वसाधारण सहभागी भएर जोशीको सम्झनामा दीप बाल्दै शोक व्यक्त गरेका थिए। उपस्थितहरूले जोशीको आत्माको चिरशान्तिको कामना गर्दै निर्दोष नागरिकमाथि भएको आक्रमण र हिंसाको विरोध जनाएका थिए। विपिन जोशी २०२३ अक्टोबरमा इजरेलमा अध्ययनका लागि गएका बेला हमासको आक्रमणपछि बेपत्ता भएका थिए। पछिल्लो हप्तामा इजरेली पक्षले उनी मृत फेला परेको पुष्टि गरेको थियो। जोशीको शव यसै साता नेपाल आइपुग्ने अपेक्षा…
Read More
नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय, ओमानविरुद्ध सुपर सिक्सको आठौँ खेल अल अमेरातमा जारी

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय, ओमानविरुद्ध सुपर सिक्सको आठौँ खेल अल अमेरातमा जारी

अल अमेरात, ओमान, अशोज २९ गते । आइसिसी क्रिकेट प्रतियोगिताको सुपर सिक्स चरणअन्तर्गत आठौँ खेलमा नेपाल र ओमानबीचको रोमाञ्चक भिडन्त अल अमेरातमा भइरहेको छ। खेलमा नेपालले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेलको नेतृत्वमा कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, लोकेश बम, मोहम्मद आदिल आलम, गुलशन झा, सोमपाल कामी, नन्दन यादव र सन्दीप लामिछाने रहेका छन्। ओमानले पनि बलियो टोली मैदानमा उतारेको छ। कप्तान जतिन्दर सिंहको कप्तानीमा आमिर कलिम, मोहम्मद नदिम, हम्माद मिर्जा, विनायक शुक्ला (विकेटकिपर), जितेन रामानन्दी, नदिम खान, आर्यन बिष्ट, सुफियान महमुद, शाह फैसल र शकिल अहमद…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.