राप्ती खबर

1163 Posts
देशभर वर्षा र हिमपातको सम्भावना, विपद् प्राधिकरणको सतर्क रहन आग्रह

देशभर वर्षा र हिमपातको सम्भावना, विपद् प्राधिकरणको सतर्क रहन आग्रह

काठमाडौं, कात्तिक १३ गते । आगामी कात्तिक १३ गतेदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार कात्तिक १३ गतेदेखि १४ गतेसम्म देशका पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ। यस अवधिमा पहिरो, बाढी, हिउँका कारण जन जीवन र यातायात प्रभावित हुन सक्ने भएकाले स्थानीय प्रशासन, सुरक्षा निकाय, विपद् व्यवस्थापन समितिहरू र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ। प्राधिकरणका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा वर्षाको प्रभाव…
Read More
३३औँ IGP नियुक्ति नजिकिँदै, एआईजी दानबहादुर कार्की विरुद्ध योजनाबद्ध प्रचार अभियान तीव्र

३३औँ IGP नियुक्ति नजिकिँदै, एआईजी दानबहादुर कार्की विरुद्ध योजनाबद्ध प्रचार अभियान तीव्र

काठमाडौँ, कार्तिक १२ गते । नेपाल प्रहरीको ३३औँ महानिरीक्षक (IGP) नियुक्तिको मिति नजिकिँदै गर्दा बरिष्ठ प्रहरी अधिकारी एआईजी दानबहादुर कार्की विरुद्ध योजनाबद्ध रूपमा षड्यन्त्र र नकारात्मक प्रचार अभियान सुरु भएको खुलासा भएको छ। भदौ २४ गते उपत्यका प्रमुखको जिम्मेवारी सम्हाल्दै संकटको घडीमा दृढ नेतृत्व देखाएका कार्की संगठनभित्र निर्णय क्षमताका कारण “निकास दिने अधिकारी” का रूपमा परिचित छन्। अन्य एआईजीहरूले उक्त जिम्मेवारी लिन अस्वीकार गर्दा पनि उनले चुनौती पूर्ण मोर्चामा सशक्त रूपमा काम गरेका थिए। तर, हाल उनी आफ्नै प्रतिस्पर्धी र केही बिचौलियाहरूको निशानामा परेका छन्। स्रोतका अनुसार बरियता र कार्यसम्पादन दुवैमा अग्रस्थानमा रहेका कार्की ३३औँ IGP का लागि सरकारका दृष्टिमा…
Read More
रामेछापको हलेदे–खिम्ती सडकखण्डमा माइक्रोबस दुर्घटना

रामेछापको हलेदे–खिम्ती सडकखण्डमा माइक्रोबस दुर्घटना

रामेछाप, कात्तिक १२ गते । रामेछापको हलेदे–खिम्ती सडकखण्डमा आज दिउँसो एक माइक्रोबस दुर्घटनामा परेको छ। प्रदेश नम्बर १–०२–००१ज ४४३८ नम्बरको सो माइक्रोबस रिजर्भ यात्रामा रहेको बेला विपरित दिशाबाट आइरहेको सुमोलाई साइड दिने क्रममा सडकबाट अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मानवीय क्षति नभएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
Read More
लबुचेमा हेलिकप्टर दुर्घटना, क्याप्टेन सकुशल

लबुचेमा हेलिकप्टर दुर्घटना, क्याप्टेन सकुशल

खुम्बु क्षेत्र, कार्तिक १२ गते । सगरमाथा आधार शिविर नजिकै लबुचे क्षेत्रमा आज बिहान अल्टिट्युड एयरको एक हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टरमा क्याप्टेन मात्रै सवार रहेका र उनी सकुशल रहेको जानकारी प्राप्त भएको छ । खुम्बु क्षेत्रमा जारी भारी हिमपातका कारण फसेका पर्यटकलाई उद्धार गर्न गएको 9N-AMS कलसाइनको उक्त हेलिकप्टर आज बिहान करिब ८ बजे दुर्घटनामा परेको हो । ल्याण्डिङ गर्ने क्रममा हिउँ उड्दा दृश्यता कमजोर भएपछि हेलिकप्टर नियन्त्रणमा लिन खोज्दा जमिनमा जोतिएको बताइएको छ । सौभाग्यवश, दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । क्याप्टेन पूर्ण रूपमा सकुशल रहेका छन् र उनलाई अर्को हेलिकप्टरमार्फत लुक्ला लगिएको लबुचेबाट सृष्टि कुलुङले…
Read More
नगरकोट प्रहरी प्रभागको नवनिर्मित भवन प्रहरी महानिरीक्षक खापुङ्गद्वारा उद्‍घाटन

नगरकोट प्रहरी प्रभागको नवनिर्मित भवन प्रहरी महानिरीक्षक खापुङ्गद्वारा उद्‍घाटन

भक्तपुर, कात्तिक ११ गते । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले मंगलबार भक्तपुरको नगरकोटस्थित प्रहरी प्रभागको नवनिर्मित भवनको औपचारिक रूपमा उद्‍घाटन गरेको छ। उद्‍घाटन कार्यक्रममा आईजीपी खापुङ्गले भवन निर्माणमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गरेका छन्। सो अवसरमा उनले भवनको अवलोकन गर्दै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका थिए। महानिरीक्षक खापुङ्गले नवनिर्मित भवन केवल भौतिक संरचना नभई आम नागरिकको प्रहरी प्रतिको विश्वास र अपेक्षाको प्रतीक रहेको बताएका छन्। उनले भवनले प्रहरी सेवालाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउने विश्वास व्यक्त गर्दै प्रहरी र नागरिक बीचको सम्बन्धलाई थप सुमधुर र सुदृढ बनाउनेमा आशा व्यक्त गरेका छन् । “नेपाल प्रहरी कानून…
Read More
कक्षा ११ को विषय दर्ता फारम बुझाउने म्याद मङ्सिर १० गतेसम्म थप

कक्षा ११ को विषय दर्ता फारम बुझाउने म्याद मङ्सिर १० गतेसम्म थप

भक्तपुर, कार्तिक ११ गते । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी, भक्तपुरले शैक्षिक सत्र २०८२/८३ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको विषय दर्ता फारम बुझाउने म्याद थप गरेको छ। यसअघि प्रकाशित कार्यतालिका अनुसार मिति २०८२ कार्तिक १५ गतेसम्म बिलम्ब शुल्कबिनै प्रति विद्यार्थी रु ४०० र कार्तिक मसान्तसम्म बिलम्ब शुल्कसहित प्रति विद्यार्थी रु ८०० का दरले फारम बुझाउने व्यवस्था गरिएको थियो। तर, कक्षा १० (एसइइ) को पूरक परीक्षाका प्रमाणपत्र विद्यालयमा समयमै उपलब्ध नहुँदा म्याद थप गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। नवीन व्यवस्थाअनुसार अब विद्यार्थीहरूले मिति २०८२ कार्तिक मसान्तसम्म बिलम्ब शुल्कबिनै प्रति विद्यार्थी रु ४००…
Read More
भिमफेदी कारागारबाट फरार बन्दी नारायण कुमालको गैँडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या

भिमफेदी कारागारबाट फरार बन्दी नारायण कुमालको गैँडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या

नवलपरासी, कार्तिक ८ गते । मकवानपुरको भिमफेदी कारागारबाट जेन–जी आन्दोलनका क्रममा फरार भएका २८ वर्षीय नारायण कुमालको पूर्वी नवलपरासीको गैँडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। मृतक कुमाल चितवनको कालिका नगरपालिका–४ पदमपुरका बासिन्दा हुन्। उनी बलात्कार मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय पाएका थिए र सो सजाय भोग्दै आएका बेला आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अधिकारीहरूले जनाएका छन्।
Read More
नवलपुरमा बिरामी गैंडा मृत फेला, यो सिजनमा पाँचौं गैंडाको मृत्यु

नवलपुरमा बिरामी गैंडा मृत फेला, यो सिजनमा पाँचौं गैंडाको मृत्यु

नवलपुर, कार्तिक ८ गते । नवलपुरको देवचुली–१७ स्थित आँपको बगैंचामा करिब ३० देखि ३२ वर्ष उमेरकी पोथी गैंडा मृत अवस्थामा फेला परेकी छन्। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापाका अनुसार उक्त गैंडा केही समयदेखि बिरामी थिइन् र नियमित उपचार भइरहेको थियो। उपचारका क्रममा नै उनको मृत्यु भएको अनुमान गरिएको छ। निकुञ्जका अनुसार घटनास्थलमा गैंडाको खाग र खुर सुरक्षित अवस्थामा भेटिएको छ। यो सिजनमा मात्र चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच गैंडाको मृत्यु भइसकेको निकुञ्जले जनाएको छ। हाल निकुञ्जमा ६ सय ९४ वटा एकसिंगे गैंडा रहेका छन्।
Read More
काठमाडौं महानगरले छठ पर्वका लागि आठ स्थानमा विशेष व्यवस्था

काठमाडौं महानगरले छठ पर्वका लागि आठ स्थानमा विशेष व्यवस्था

काठमाडौँ, कार्तिक ८ गते । काठमाडौं महानगरपालिकाले यस वर्षको छठ पर्व भव्यरूपमा मनाउन उपत्यकाका विभिन्न आठ स्थानमा विशेष व्यवस्था गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले कमलपोखरी, गौरीघाट, बोक्सिदह, तीनकुने दोभान, टंकेश्वर, बल्खुस्थित कुमारी क्लब अगाडि, कुलेश्वर भलिवल ग्राउण्ड र रामघाटलाई छठ पर्व मनाउने प्रमुख स्थलका रूपमा तयारी गरिएको जानकारी दिएको छ। उनका अनुसार यी स्थलहरूमा केही दिनदेखि सरसफाइ अभियान चलाइँदै आएको छ। पाण्डेले भक्तजनलाई छठ घाटका वरिपरि सवारी साधन पार्किङ नगर्न र कुनै समस्या परे महानगरसँग सम्पर्क गर्न आग्रह गरे। साथै, तोकिएका स्थानहरूमा श्रद्धालुहरूबाट कुनै शुल्क असुल्न नपाइने स्पष्ट पारेका छन्। छठ पर्वका क्रममा…
Read More
माइतीघरमा अनुमति बिना प्रदर्शन गर्न पुगेका ‘जेनजी युनाइटेड’का ७६ सदस्य पक्राउ

माइतीघरमा अनुमति बिना प्रदर्शन गर्न पुगेका ‘जेनजी युनाइटेड’का ७६ सदस्य पक्राउ

काठमाडौँ, कार्तिक ८ गते । राजधानीको माइतीघरमा स्थानीय प्रशासनको अनुमति नलिई प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेडका ७६ जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। आज बिहानदेखि माइतीघर मण्डलमा भेला भएका प्रदर्शनकारीलाई जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले नियन्त्रणमा लिएर सोधपुछका लागि पक्राउ गरेको हो। प्रहरीले जनाएका अनुसार, प्रशासनको अनुमति विना प्रदर्शन गर्न खोजिएको र अन्य समूहसँग सम्भावित मुठभेडको आशंका रहेकाले सुरक्षाका दृष्टिले उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामध्ये ३६ जना महिला र ४० जना पुरुष रहेका छन्। जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले स्वतन्त्र रूपमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेपनि अनुमति नपाएको बताएको छ। प्रहरीका अनुसार, सोधपुछपछि परिस्थितिअनुसार थप निर्णय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.