राप्ती खबर

1120 Posts
हेटौडाको गौरीटार स्थित जमिनमा भाँसिएको गाडीको केही पाठपुर्जा भेटिन थाल्यो

हेटौडाको गौरीटार स्थित जमिनमा भाँसिएको गाडीको केही पाठपुर्जा भेटिन थाल्यो

हेटौंडा। मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित गौरीटारमा सडक भासिएर पुरिएको गाडी आज १९ दिनपछि गाडीको पाटपुर्जा भेटिएको छ। गत वैशाख १६ गते माछा बोक्ने बोलेरो गाडी सडक भासिदा उक्त स्थानमा पुरिन पुगेको थियो। आज १९ दिन समयपश्चात् पुरिएको बोलेरो गाडीको पाठपुर्जा भेटेको हो। प्रहरीका अनुसार आज बोलेरो गाडी भासिएको स्थानमा खोजी गरिएको जेसिबीले निकालिएको माटोको भागहरूमा गाडीको केही टुक्राहरू भेटिन थालिएको बताएको छ। जब गाडी भाँसियो त्यो दिनदेखि उक्त स्थानमा भूगर्भविधको विशेष टोलीले खोजीकारी गाडीको गरिरहेको थियो।
Read More
मकवानपुरको भीमफेदी गाउँपालिकामा गाडी दुर्घटना हुँदा १४ जना यात्रु घाइते,३ जनाको अवस्था गम्भीर

मकवानपुरको भीमफेदी गाउँपालिकामा गाडी दुर्घटना हुँदा १४ जना यात्रु घाइते,३ जनाको अवस्था गम्भीर

मकवानपुर। मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका ९ स्थित त्रिभुवन राजपथको छैसट्ठी मोडमा गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। दुर्घटनामा परेका उक्त गाडी चितलाङबाट बाराको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश नम्बर २-०३-००१ ज ०१४७ को गाडी आज बिहान सो स्थानमा दुर्घटना भएको हो। दुर्घटना परेको गाडी सडकबाट करिब २० मिटर तल एउटा सल्लोको रुखमा अड्किँदा पुगेको थियो। दुर्घटनाग्रस्त भएको गाडीमा भने चालक दलसहित १४ जना यात्रीहरू सवार रहेका थिए। घाइते हुनेहरू १४ जनामध्ये तीनजनाको अवस्था गम्भीर रहेको जनाएको छ। प्रहरीका अनुसार गाडी सो स्थानबाट दुर्घटना हुनुको कारण भने ब्रेक फेल भएको अनुमान गरिएको छ। घटना हुने लगत्तै उक्त गाडीमा घाइते भएका सबैलाई…
Read More
बसको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु,क्षतिपूर्तिको माग गर्दै कानेपोखरी–रंगेली सडक अवरुद्ध

बसको ठक्करबाट १० वर्षीया बालिकाको मृत्यु,क्षतिपूर्तिको माग गर्दै कानेपोखरी–रंगेली सडक अवरुद्ध

मोरङ। मोरङको कानेपोखरी गाउँपालिका–४ स्थित कानेपोखरी–रंगेली सडकखण्डमा बसको ठक्करबाट एक १० वर्षीया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले सडक अवरुद्ध गरेका छन्। मंगलबार बिहान सवा ८ बजेतिर कानेपोखरी नजिकै पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको यात्रुबाहक बसले बाटो काट्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि रंगेली अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक बालिकाको परिचय खुलेको छैन भने घटनापछि चालक फरार रहेको बताइएको छ। स्थानीयवासीले पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेका हुन्। उनीहरूले दोषी चालकलाई तत्काल पक्राउ गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेका छन्। प्रदर्शनका कारण सडकमा सवारी सञ्चालन प्रभावित…
Read More
रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्चका शाखा अधिकृत विष्ट एक लाख धरौटीमा रिहा

रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्चका शाखा अधिकृत विष्ट एक लाख धरौटीमा रिहा

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई थुनामा पुर्‍याउने सर्वोच्च अदालतका शाखा अधिकृत महिमान विष्ट एक लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको एकल इजलासले आज उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। प्रहरीले विष्टलाई झूटो सूचना दिएको र लिखतसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउँदै गत वैशाख १७ गते पक्राउ गरी हिरासतमा राखेको थियो। विष्टले स्वेच्छाले चौधरीलाई पक्राउ गर्न भन्दै प्रहरीमा पत्राचार गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको थियो। पक्राउपछि आवश्यक कारबाहीका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको नियन्त्रणमा राखिएको थियो। विष्टले लेखेको पत्रका आधारमा रेशम चौधरी पाँच घण्टा डिल्लीबजार कारागारमा थुनिएका थिए। शाखा अधिकृत विष्टको पत्रकै…
Read More
सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

सुनसरीमा आमामाथि बलात्कारको आरोपमा छोरा पक्राउ

सुनसरी। सुनसरीको बराहक्षेत्र नगरपालिका–६, नेताचोकमा एक युवकले नशाको अवस्थामा आफ्नै आमामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। २५ वर्षीय ती युवकले ३९ वर्षीया आमामाथि जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले उनलाई नियन्त्रणमा लिएको हो। पीडित पक्षका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरी अनुसन्धान अघि बढाइएको छ। प्रहरीका अनुसार घटनास्थलमा पुग्नेबित्तिकै युवकलाई नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक अनुसन्धानपछि घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। हाल घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Read More
तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ

तुलसीपुरमा जुवा खेलिरहेका ९ जना पक्राउ

दाङ। दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्युरोडस्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेको छ। आइतबार भएको उक्त कारबाहीमा प्रहरीले ९ जनालाई नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार मिन बहादुर घर्तीको घरमा जुवा खेलिरहेको सूचना पाएलगत्तै प्रहरी टोली परिचालन गरिएको थियो। सो क्रममा जुवाको खालबाट ४६ हजार ६ सय ४५ रुपैयाँ बरामद भएको छ। पक्राउ पर्नेहरू दाङ र सल्यानका विभिन्न स्थानका रहेका छन्। इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ परेका सबैलाई जिल्ला अदालत दाङबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।
Read More
सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन

सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन

हेटौँडा। हेटौँडा–काठमाडौं छोटो मार्ग अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ स्थित महालक्ष्मी खोलामा शुक्रबार भएको सुमो दुर्घटनामा परी एक भारतीय नागरिकको दुःखद निधन भएको छ। वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज २४२९ नम्बरको टाटा सुमो उकालो चढ्ने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका भारतको बिहार राज्य मोतिहारी जिल्लाका ६० वर्षीय ललन चौधरीको उपचारका क्रममा शनिबार काठमाडौंको नर्भिक अस्पतालमा निधन भएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनामा परी उनको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो। यसैबीच, प्रहरीले सुमो चालक बारा जिल्लाको गढीमाई नगरपालिका–११ का २८ वर्षीय मनोज चौधरीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ।…
Read More
बस्तिपुर जेसिज हाँडिखोलाको तेश्रो बोर्ड बैठक सम्पन्न

बस्तिपुर जेसिज हाँडिखोलाको तेश्रो बोर्ड बैठक सम्पन्न

सौराहा । बस्तिपुर जेसिज हाँडिखोलाको तेश्रो बोर्ड बैठक सम्पन्न भएको छ । चितवनको सौराहामा बसेको बोर्ड १५ को तेश्रो बोर्ड बैठकले विभिन्न महत्त्वपूर्ण निर्णय गरेको छ । शुक्रबार बस्तिपुर जेसिज हाँडिखोलाको आयोजनामा भएको 'जर्नी फर लिडरशिप' तालिम कार्यक्रम भएको स्थान गैरीबारी रिसोर्टमै आज बोर्ड १५ को बैठक बसेको हो । बैठकले अघिल्लो बोर्ड बैठकको माइनुट शुद्धीकरण तथा अनुमोदन गरेको छ । त्यस्तै अन्य कार्यक्रमहरु सन्चालनका लागि आवस्यक तयारी गर्ने निर्णय पनि गरेको छ । बैठकमा नेपाल जेसिज वर्ष २०२१ का राष्ट्रिय कार्यकारी उपाध्यक्ष शिव प्रसाद भुसाल, बस्तिपुर जेसिज हाँडिखोला वर्ष २०२२ का अध्यक्ष तथा वर्ष २०२३ का राष्ट्रिय उपाध्यक्ष सिनेटर…
Read More
बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न

बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित ‘जर्नी फर लिडरशिप’ तालिम सम्पन्न

सौराहा । बस्तिपुर जेसिज हाँडिखोलाद्वारा आयोजित 'जर्नी फर लिडरशिप' तालिम सम्पन्न भएको छ । तालिममा बोर्ड २५ का १८ जना सदस्यहरु उपस्थित भएका छन् । बस्तिपुर जेसिज हाँडिखोलाले आयोजना गरेको 'जर्नी फर लिडरशिप' तालिम चितवनको सौराहा स्थित गैरीबारी रिसोर्टमा भएको हो । शुक्रबार भएको एक दिने तालिममा बस्तिपुर जेसिज हाँडिखोला वर्ष २०२५ बोर्ड २५ का १८ जना सदस्यहरू उपस्थित भएका छन् । तालिमका प्रमुख प्रशिक्षक शिव प्रसाद भुसालले प्रशिक्षण दिँदै आफ्नो व्यक्तित्व र नेतृत्व विकास गर्दै संस्था र समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्न बस्तिपुर जेसिज हाँडिखोलालाई प्रेरित गरेका छन् । साथै उनले जेसिज संस्थाको आधारभूत नीति र विधिका बारेमा स्पष्ट…
Read More
हावाहुरीले च्यापिएर चारको मृत्यु, तीन घाइते

हावाहुरीले च्यापिएर चारको मृत्यु, तीन घाइते

काठमाडौँ। देशका विभिन्न स्थानमा शुक्रबार आएको तीव्र हावाहुरीका कारण रुख ढल्दा च्यापिएर पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पश्चिम नवलपरासीको सुनवलमा प्रतिक्षालयमा ओत लागिरहेका सुनवल ७ निवासी ३० वर्षीया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको रुखले च्यापेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ। सोही घटनामा स्थानीय नरमा परियार, दुर्गा खाम्चा र एकजना परिचय नखुलेका व्यक्ति घाइते भएका छन् र उनीहरुको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ। यसैगरी, कैलालीको घोडाघोडीस्थित सुखडमा राष्ट्रिय माविका प्राचार्य कर्णबहादुर भण्डारी र कपिलवस्तु नगरपालिका– ८ मैनिहवाकी १४ वर्षीया सुखना केवटको पनि हावाहुरीले ढालेको रुखमा च्यापिएर मृत्यु…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.