राप्ती खबर

1120 Posts
पोखराको पीएन क्याम्पसमा शिक्षकद्वारा विद्यार्थीमाथि जातीय दुर्व्यवहारको आरोप,शिक्षक निलम्बित

पोखराको पीएन क्याम्पसमा शिक्षकद्वारा विद्यार्थीमाथि जातीय दुर्व्यवहारको आरोप,शिक्षक निलम्बित

पोखरा। पोखरास्थित पृथ्वीनारायण क्याम्पस (पीएन) का व्यवस्थापन संकायका शिक्षक डा. देविलाल शर्मामाथि विद्यार्थीलाई जातीय दुर्व्यवहार गरेको आरोप लागेको छ। व्यवस्थापन संकायतर्फ एमबिए फाइनान्स विषयको शैक्षिक अवलोकन भ्रमणका क्रममा विद्यार्थी अमन परियारलाई शिक्षक शर्माले जातीय दुर्व्यवहार गरेको बताइएको छ। उक्त घटनालाई लिएर स्वतन्त्र विद्यार्थी युनियन, दलित विद्यार्थी समाज र तराई कानुन विद्यार्थी मञ्चले विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्। विद्यार्थी संगठनहरूले जातीय विभेद गर्ने शिक्षकलाई कडा कारबाहीको माग गरेका छन्। यसैबीच, क्याम्पस प्रशासनले घटनाको छानबिन सुरु गरेको छ। क्याम्पसले डा. शर्मालाई अनुसन्धान विभागको विभागीय प्रमुख पदबाट हटाइसकेको छ। उनी चार दिनअघि मात्रै उक्त पदमा नियुक्त भएका थिए।
Read More
त्रिशूली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता,खोजी जारी

त्रिशूली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता,खोजी जारी

नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित त्रिशूली नदीमा मंगलबार साँझ नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन्। विद्यालयबाट फर्केपछि साँझ ६ बजेतिर नुहाउन गएका ११ वर्षीया बालिका जेनी डंगोल र सदीक्षा राईलाई नदीले बगाएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले जानकारी दिएका छन्। घटनाको सूचना प्राप्त हुनासाथ स्थानीय र सुरक्षाकर्मीको टोलीले बेपत्ता बालिकाको खोजी कार्य तीव्र पारेको छ। एसपी रेग्मीका अनुसार, बालिका बेपत्ता भएलगत्तै खोजी थालिए पनि बुधबार बिहानसम्म उनीहरूको अवस्था अज्ञात छ। यसैबीच, सशस्त्र प्रहरी बलले पनि बेपत्ता बालिकाको खोजीका लागि विपद् व्यवस्थापनमा तालिम प्राप्त सुरक्षा फौज परिचालन गरेको जनाएको छ। नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–७ कचौडे भिरस्थित त्रिशूली नदीमा नुहाउने…
Read More
बिहे घरमा करेन्ट लाग्दा मोरङमा दुई महिलाको मृत्यु

बिहे घरमा करेन्ट लाग्दा मोरङमा दुई महिलाको मृत्यु

मोरङ। विवाह घरमा करेन्ट लाग्दा मोरङमा दुई महिलाको मृत्यु भएको छ । बैशाख ३० गते राति रतुवामाई नगरपालिका– ३ मिर्चा डाँगी टोलकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो। स्थानीय मंगललाल सिंहको छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरुलाई करेन्ट लागेको थियो। प्रहरीका अनुसार बिवाह घर माथि हरियो बाँस गाडेर माइक बाँधिएको थियो । राति करिब ८ बजे आएको हावाहुरीले त्यो बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्कियो । बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका तीन महिलालाई करेन्ट लागेको थियो । जस मध्ये दुई जनाको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी…
Read More
जसपा नेपाल मकवानपुरले केन्द्रीय सदस्यमा निर्वाचित भएका दुई महिलालाई सम्मान गर्यो

जसपा नेपाल मकवानपुरले केन्द्रीय सदस्यमा निर्वाचित भएका दुई महिलालाई सम्मान गर्यो

हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपाल मकवानपुरले प्रथम राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका दुईजना जिल्ला नेत्री महिला साथीहरूलाई बधाई तथा सम्मान गरेको छ। समाजवादी महिला सङ्घको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएका दुई जिल्ला नेत्री महिला साथीहरुलाई आफ्नो पार्टी कार्यालयमा राखेर बधाई तथा सम्मान कार्यक्रम गरेको हो। समाजवादी महिला सङ्घको प्रथम राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरूमा जसपा नेपाल मकवानपुरको उपाध्यक्ष पदमा रहेकी गीता कार्की र जिल्ला भातृ संगठन समाजवादी महिला सङ्घका अध्यक्षमा रहेकी सुशीला घलान निर्वाचित भएको हो। उनीहरू दुवैजना गएको वैशाख २७ र २८ गते जनकपुरधाममा भएको समाजवादी महिला सङ्घको प्रथम राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।…
Read More
धरानमा अध्ययन/अनुसन्धान गर्न आउनुअघि मेयरको अनुमति अनिवार्य लिनुपर्ने

धरानमा अध्ययन/अनुसन्धान गर्न आउनुअघि मेयरको अनुमति अनिवार्य लिनुपर्ने

धरान। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा अध्ययन, अनुसन्धान वा अन्य कुनै पनि कामका लागि आउँदा आफ्नो अनुमति अनिवार्य लिनुपर्ने उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक कडा चेतावनी जारी गर्दै यस्तो निर्देशन दिएका हुन्। मेयर साम्पाङले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, "जुनसुकै निकाय, जत्रो सुकै निकाय किन नहोस्, धरानमा अनुसन्धान, अध्ययन या कुनै किसिमको सोधपुछ गर्न आउनुअघि मेरो (नगरप्रमुखको) अनुमति अनिवार्य लिनुहोला ! अन्यथा, अपमानित बन्नुपर्ला !" मेयरको यो अभिव्यक्तिले धरानमा अब कुनै पनि संघसंस्था वा निकायले कुनै पनि प्रकारको अध्ययन वा अनुसन्धान गर्न आउनुअघि अनिवार्य रूपमा नगर प्रमुखको अनुमति लिनुपर्ने देखिएको छ। अन्यथा, मेयर साम्पाङले त्यस्ता व्यक्ति…
Read More
उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

उदयपुरमा दृष्टिविहीन विद्यार्थीलाई ब्रेल शैक्षिक सामग्री सहयोग

गाईघाट,उदयपुर। नेपाल नेत्रज्योती संघ, मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरले चौदण्डीगढी नगरपालिका-५ स्थित आधारभूत विद्यालय सिवाई बेल्हाको स्रोत कक्षामा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूलाई ब्रेल लिपीका शैक्षिक सामग्री सहयोग गरेको छ। कक्षा १ देखि ९ सम्म अध्ययन गर्ने १० जना विद्यार्थीलाई एक वर्षसम्म पुग्ने ब्रेल लिपीका सामग्रीहरू प्रदान गरिएको हो। मंगलबार विद्यालयमा आयोजित एक कार्यक्रममा मदन भण्डारी आँखा अस्पताल गाईघाट उदयपुरका अध्यक्ष भागवत राउतले विद्यालयका प्रधानाध्यापक भास्कर चौधरीलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए। सहयोग सामग्रीमा ब्रेल लेख्न प्रयोग हुने स्टाइलस, सिलेट र ब्रेल पेपर रहेका छन्। विद्यालयका प्रधानाध्यापक भास्कर चौधरीले नेपाल नेत्रज्योती संघको यो सहयोगले दृष्टिविहीन विद्यार्थीहरूको अध्ययनमा ठूलो मद्दत पुग्ने बताए।…
Read More
जनताको करबाट पारिश्रमिक लिन उपयुक्त नलागेको भन्दै जनमत पार्टीकी सांसद गुरुङद्वारा राजीनामा

जनताको करबाट पारिश्रमिक लिन उपयुक्त नलागेको भन्दै जनमत पार्टीकी सांसद गुरुङद्वारा राजीनामा

दाङ। लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले आज आफ्नो पदबाट राजीनामा दिएकी छन्। सीके राउत नेतृत्वको जनमत पार्टीकी समानुपातिक सांसद गीता गुरुङले जनताले तिरेको करबाट प्राप्त हुने पारिश्रमिक लिन आफूलाई उपयुक्त नलागेको भन्दै सभामुखलाई सम्बोधन गरी राजीनामा पत्र बुझाएकी हुन्। उनले राजीनामा पत्रमा राष्ट्र, देश र जनताभन्दा माथि कोही नहुने उल्लेख गर्दै जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नलागेकोले पदबाट राजीनामा दिएको उल्लेख गरेकी छन्। उनले पत्रमा लेखेकी छन्, "मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आश गरिबसेका मेरा स्वाभिमानी जनता आमाबुबा,दाजुभाइ दिदीबहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई आभास भइरहेको छ।" उनले देश र जनताको पीर मर्का आफूले राम्ररी…
Read More
उर्लाबारीको मेचि चश्मा घर: विश्वासिलो आँखा जाँच सेवा प्रदान गर्दै

उर्लाबारीको मेचि चश्मा घर: विश्वासिलो आँखा जाँच सेवा प्रदान गर्दै

उर्लाबारी। उर्लाबारी चोकस्थित मेचि चश्मा घर तथा आई क्लिनीकले आँखासम्बन्धी गुणस्तरिय जाँच सेवा प्रदान गर्दै सेवाग्राहीको विश्वास जित्दै गएको छ। विशेषगरी हरेक शुक्रबार प्रदान गरिने निःशुल्क आँखा जाँच सेवाले समुदायमा राम्रो प्रभाव पारेको छ। वि.सं. २०७७ सालदेखि सञ्चालनमा आएको सो आई क्लिनिकलाई कमल गाउँपालिका–२ सुनाराका २६ वर्षीय अफथाल्मिक टेक्निसियन मनिष सुवेदीले सञ्चालन गर्दै आएका छन्। उनकाअनुसार उक्त चश्मा घरमा हरेक दिन ३० देखि ३५ जना सेवाग्राहीले आँखासम्बन्धी जाँच तथा परामर्श लिने गरेका छन्। सो चश्मा घरमा हरेक दिन डा. संगिता यादवद्वारा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विशेषज्ञ सेवा प्रदान गरिन्छ। अत्याधुनिक प्रविधियुक्त उपकरणको प्रयोग हुने उक्त चश्मा घरमा आँखाको…
Read More
प्रेसर कुकर पड्कँदा ४५ वर्षीया महिला गम्भीर घाइते

प्रेसर कुकर पड्कँदा ४५ वर्षीया महिला गम्भीर घाइते

इटहरी। सुनसरीको रामधुनी नगरपालिका ४ रामपुरामा खाना पकाउने क्रममा प्रेसर कुकर पड्कँदा ४५ वर्षीया एक महिला गम्भीर घाइते भएकी छन्। हिजो (सोमबार) बेलुकी करिब ६ः४० बजे घरमै खाना पकाउने क्रममा कुकर पड्कँदा बिमला भट्टराईको अनुहार र बायाँ हातमा गम्भीर चोट लागेको हो। घाइते भट्टराईलाई बेलुकी ९ः४० बजे उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको थियो। त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ। भट्टराईको अवस्था हाल मध्यम रहेको र विराटनगको ग्रिनक्रस अस्पतालको आईसीयू वार्डमा भर्ना गरिएको बताइएको छ। घाइते भट्टराईको उपचारमा उनका श्रीमान् कृष्ण भट्टराई संलग्न छन्। घटनाको जानकारी पाएलगतै प्रहरी चौकी…
Read More
दलित समुदायलाई लक्षित दुई दिने कानूनी साक्षरता तालिम सम्पन्न

दलित समुदायलाई लक्षित दुई दिने कानूनी साक्षरता तालिम सम्पन्न

मोरङ। दलित समुदायको हकहित सुनिश्चित गर्ने उद्देश्यले आयोजित दुईदिने कानूनी साक्षरता तालिम सोमबार सम्पन्न भएको छ। दिब्यज्योति मिडिया प्रालिको आयोजनामा तथा उर्लाबारी नगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा सञ्चालित तालिम उर्लाबारी–३ स्थित दुर्गा मन्दिरको सभा हलमा सम्पन्न भएको हो। कार्यक्रम दिब्यज्योति मिडिया प्रालिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति मोरङका सदस्य मित्र प्रसाद ढकालको उपस्थिति रहेको थियो। समापन कार्यक्रममा वडा नं. ६ की वडा सदस्य कृष्ण कुमारी विक, अधिकारकर्मी सम्झना मोते, बिमला सुन्दास, सञ्चारकर्मी दिलिप पोखरेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै वडा सदस्य कृष्ण कुमारी विकले दलित समुदायको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.