२०८२ बैशाख ३०, मंगलवार १२:१३
२०८२ बैशाख ३०, मंगलवार १२:१३
काठमाडौँ। भारत र पाकिस्तानबीचको तनाव मत्थर भएसँगै एक हप्ताअघि स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) शनिबार, मे १७ देखि पुनः सुरु हुने भएको छ। दुई देशबीच युद्धविरामको मध्यस्थता भएपछि क्रिकेटप्रेमीहरूले फेरि एकपटक आईपीएलको रोमाञ्चक खेलहरू हेर्न पाउने भएका छन्। आयोजक कमिटीका अनुसार, रोकिएको लिगको पहिलो खेल पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच हुनेछ। यसअघि दुई टोलीबीचको खेल अनिश्चितकालका लागि स्थगित गरिएको थियो। अब यो खेलले लिगको माहोललाई फेरि तताउने अपेक्षा गरिएको छ। लिगको फाइनल खेल जुन ३ मा हुनेछ। क्रिकेट विश्लेषकहरूका अनुसार, युद्धविरामले खेलाडी र दर्शकहरूलाई राहत मिलेको छ र अब सबैको ध्यान खेलमा केन्द्रित हुनेछ। एक हप्ताको अवरोधपछि आईपीएल फेरि…