२०८२ मंसिर २१, आईतवार १९:०४
२०८२ मंसिर २१, आईतवार १९:०४
हेटौँडा, मंसिर २१ गते । सामाजिक अभियन्ता विशालराज महतले हेटौंडा सडक विस्तार प्रकरणमा सरकार र राजनीतिक दलहरू दोहोरो भूमिका खेल्दै जनतालाई भ्रमित पार्दै आएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा स्टाटस सार्वजनिक गर्दै महतले जनताका पक्षमा बोल्नुपर्ने दलहरूले कहिले बाइपास त कहिले सडक विस्तारको पक्षमा उभिंदै आफ्नै स्वार्थअनुसार निर्णय बदल्दै आएको दाबी गरेका छन्। उनका अनुसार सुरुदेखि नै ‘मानव बस्ती’ घोषणा गर्दै सडक विस्तार रोक्नेभन्दा उचित क्षतिपूर्ति दिने माग राखिएको भए न त अहिलेको विवाद हुँन्थ्यो न त नागरिक पीडित बन्नुपर्ने थियो। महतले सार्वजनिक सडक ऐनअनुसार ‘क वर्ग’ अन्तर्गतका राजमार्गहरू ३१ मिटर चौडाइमा विकास गर्नुपर्ने प्रावधान स्पष्ट रहे पनि क्षतिपूर्ति हकसम्बन्धी…