समाचार

जेन जि मुभमेन्ट नेपाल: सर्वपक्षीय सरकारको पक्षमा, संघर्ष केवल सत्ता परिवर्तनका लागि होइन

जेन जि मुभमेन्ट नेपाल: सर्वपक्षीय सरकारको पक्षमा, संघर्ष केवल सत्ता परिवर्तनका लागि होइन

काठमाडौँ, पुस ११ गते । जेन जि विद्रोहले उठाएका राजनीतिक तथा सामाजिक माग अझै सम्बोधन नभएको भन्दै जेन जि मुभमेन्ट नेपालले वर्तमान निर्वाचन प्रक्रिया देश र जनताको हित विपरीत हुने चेतावनी दिएको छ। मुभमेन्टका अनुसार समस्याको मूलकारण नछोइ जबरजस्ती चुनावतर्फ अघि बढ्नु सामाजिक द्वन्द्वलाई गहिर्याउने र गृह युद्धको जोखिम निम्त्याउने कदम हो। आज जारी प्रेस वक्तव्यमा, २०८२ भाद्र २३–२४ गते नवोदित पुस्ताले गरेको जेन जि विद्रोहलाई मुभमेन्टले “गहिरो राजनीतिक जागरण”को रूपमा व्याख्या गर्दै, त्यसबाट उठेका माग र चेतनालाई संविधानमै समावेश नगरेसम्म संघर्ष जारी रहने स्पष्ट पारेको छ। प्रवक्ता विजय शाहले वर्तमान सरकारले नैतिक र राजनीतिक वैधता गुमाइसकेको उल्लेख गर्दै तत्काल…
Read More
जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा

जसपा नेपालमा ठूलो धक्का : केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा सयौं नेता–कार्यकर्ताद्वारा सामूहिक राजिनामा

ललितपुर, पुस १० गते । जनता समाजवादी पार्टी (जसपा) नेपालमा आन्तरिक असन्तुष्टि चुलिँदै जाँदा पार्टीले ठूलो झट्का व्यहोर्नु परेको छ। केन्द्रीय सदस्य ज्ञानु लामा र दिलबहादुर तामाङको अगुवाइमा केन्द्रीय, प्रदेश, जिल्ला, नगरपालिका तथा विभिन्न भ्रातृ सङ्गठनमा आवद्ध सयौं नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्। संघीय समाजवादी फोरम स्थापनाकालदेखि निरन्तर पार्टीमा सक्रिय रहँदै आएका उनीहरूले जसपा नेपालको केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा राजिनामा पत्र बुझाउँदै आजको मितिदेखि साधारण सदस्य समेत नरहने घोषणा गरेका हुन्। राजिनामा पत्रमा उल्लेख भएअनुसार २०८२ साल भदौ २३ र २४ गते देखिएको ‘जेन जि आन्दोलन’ले नेपालको राजनीतिक धरातलमा गहिरो प्रश्न उठाएको भए पनि पार्टी नेतृत्वले त्यसको मर्मअनुसार…
Read More
एक वर्षपछि डिजिटल पर्दामा ‘खुश्मा’—युट्युबमा सार्वजनिक

एक वर्षपछि डिजिटल पर्दामा ‘खुश्मा’—युट्युबमा सार्वजनिक

काठमाडौँ, पुस ८ गते । गत वर्ष २०८१ मा हलमा रिलिज भएर दर्शकको मन जितेको सुपरहिट नेपाली फिल्म ‘खुश्मा’ अब युट्युबमार्फत पनि हेर्न सकिने भएको छ। धीरज मगर र उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहेको यो फिल्म मंगलबार केन्द्र मोसन पिक्चर्सको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक गरिएको हो। सशस्त्र द्वन्द्वकालीन परिवेशमा आधारित कथावस्तुले बेपत्ता पारिएका व्यक्तिका परिवारले भोग्नुपरेको पीडा र असहज यथार्थलाई मार्मिक ढंगले प्रस्तुत गर्छ। त्यही पीडाको बीचमा विकसित हुने मुख्य पात्रहरूको प्रेमकथाले फिल्मलाई अझ भावनात्मक बनाएको छ। फिल्मलाई विश्वव्यापी चर्चामा ल्याउन यसको चर्चित गीत "‘रुकुम मैकोट’" ले महत्वपूर्ण भूमिका खेलेको थियो, जसले दर्शक–श्रोतामाझ फिल्मप्रति थप आकर्षण सिर्जना गर्‍यो। ‘खुश्मा’मा…
Read More
चन्द्रपुरको बालचनपुरमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक गम्भीर

चन्द्रपुरको बालचनपुरमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, एक गम्भीर

चन्द्रपुर, पुस ७ गते । हिजो साँझ रौतहटको चन्द्रपुर नगरपालिका–अन्तर्गत बालचनपुरमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट जिल्ला गढीमाई नगरपालिका–४ सुन्दरपुर निवासी बिसुनदयाल साहका छोरा अन्दाजी ५० वर्षीय प्रमोद साह कानु रहेको पहिचान खुलेको छ। उक्त मोटरसाइकलको पछाडि सवार सोही स्थानका ६५ वर्षीय जोगेन्द्र हजारा पासवानको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते पासवानको वीरगञ्जस्थित न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगापुरका प्रमुख डीएसपी रुपा लाबुङले जानकारी दिए। प्रहरीका अनुसार दुर्घटनामा संलग्न दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ भने घटनासम्बन्धी थप अनुसन्धान कार्य भइरहेको छ।
Read More
जेन–जीको चौराहा राजनीति: अर्जुन शाही नेतृत्वले सहकार्य कि आन्दोलन भन्ने निर्णय छिट्टै सार्वजनिक गर्ने

जेन–जीको चौराहा राजनीति: अर्जुन शाही नेतृत्वले सहकार्य कि आन्दोलन भन्ने निर्णय छिट्टै सार्वजनिक गर्ने

काठमाडौं, पुस ७ गते । नेपालको समसामयिक राजनीतिमा फेरि एकपटक युवा नेतृत्व निर्णायक भूमिकामा उभिएको छ। अन्तरिम सरकार गठन प्रक्रियाका सह–संयोजक अर्जुन शाही नेतृत्वको जेन–जी रिभोलुशन टिमले वर्तमान सरकारसँगको सहकार्यलाई निरन्तरता दिने कि देशव्यापी निर्णायक आन्दोलनतर्फ जाने भन्ने विषयमा केही दिनभित्र औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी गरेको छ। जेन–जी रिभोलुशनले देशभर करिब ४ लाख सक्रिय सदस्य संगठित गरिसकेको दाबी गर्दै आएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, यस्तो संगठनात्मक विस्तारले जेन–जीलाई केवल असन्तुष्ट युवाको आवाज नभई एक सशक्त राजनीतिक दबाब समूहका रूपमा स्थापित गरेको छ। संवाददेखि दबाबसम्म ! विद्यार्थी नेतृत्वबाट सुरु भएको जेन–जी रिभोलुशनले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र संरचनात्मक राजनीतिक सुधारलाई…
Read More
सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध संयुक्त जेनजी आन्दोलन घोषणा, पौष ७ गतेदेखि माइतीघरमा संघर्ष सुरु

सुशीला कार्की नेतृत्वको सरकारविरुद्ध संयुक्त जेनजी आन्दोलन घोषणा, पौष ७ गतेदेखि माइतीघरमा संघर्ष सुरु

काठमाडौँ, पुस ६ गते । सुशीला कार्की नेतृत्वको वर्तमान सरकार अपदस्त गर्दै सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखनको मागसहित संयुक्त जेनजी आन्दोलन औपचारिक रूपमा घोषणा गरिएको छ। आन्दोलन आगामी पौष ७ गते काठमाडौँको माइतीघर मण्डलाबाट सुरु हुने जनाइएको छ। आन्दोलनको नेतृत्व संरचनाअनुसार मिराज ढुङ्गाना संयोजक चयन भएका छन् भने आन्दोलनको कमान्डरको जिम्मेवारी सुनिल सिंह ठकुरीलाई दिइएको छ। यस्तै, विजय शाह, जितेन्द्र प्रताप सिंह, विकेस शाह, अजय सोडारी र प्रकाश रावल सहसंयोजक रहेका छन्। आन्दोलनका आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारी प्रवक्ता बीरजङ विश्वकर्मा र प्रकाश शर्मालाई तोकिएको छ। संयुक्त जेनजी आन्दोलनको औपचारिक घोषणा पौष ६ गते काठमाडौँस्थित भोजन गृहमा आयोजित कार्यक्रममा…
Read More
सीमा सुरक्षामा सक्रियता देखाएपछि सञ्चारकर्मीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक खतिवडा सम्मानित

सीमा सुरक्षामा सक्रियता देखाएपछि सञ्चारकर्मीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक खतिवडा सम्मानित

विराटनगर, पुस ६ गते ।सीमा सुरक्षामा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै विराटनगरमा क्रियाशील सञ्चारकर्मीहरूले सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडालाई सम्मान गरेका छन्। प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, रानीमा कार्यरत खतिवडाले सीमा क्षेत्रको सुरक्षा सुदृढीकरण, अवैध गतिविधि नियन्त्रण तथा चोरी–पैठारी न्यूनीकरणमा पुर्‍याएको योगदानको कदर गर्दै विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो। कार्यक्रमका संयोजक सत्यनारायण शर्माका अनुसार सशस्त्र प्रहरी बल नेपालको मूल उद्देश्यअनुसार सीमामा प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्न, विभिन्न विकृति–विसंगति नियन्त्रण गर्न तथा आम नागरिकमा शान्ति–सुरक्षाको अनुभूति दिलाउन खतिवडाको भूमिका प्रभावकारी र प्रेरणादायी रहेको छ। आफ्नो पदीय दायित्व जिम्मेवारीपूर्वक निर्वाह गर्दै उनले जनविश्वास जित्न सफल भएको शर्माले…
Read More
दृष्टिविहीन युवाहरूका लागि ‘AI साक्षरता’ कार्यक्रम सम्पन्न

दृष्टिविहीन युवाहरूका लागि ‘AI साक्षरता’ कार्यक्रम सम्पन्न

​काठमाडौँ, पुस ५ गते । प्रविधिको बढ्दो प्रयोगसँगै दृष्टिविहीन युवाहरूलाई आधुनिक प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले काठमाडौँको सुकेधारास्थित युनिभर्सल क्याफेमा एकदिने 'AI साक्षरता' कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। ​प्लान इन्टरनेशनलको आर्थिक सहयोग तथा युवालय र नेत्रहीन युवा सङ्घ नेपाल उपत्यका शाखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो। नेत्रहीन युवा सङ्घ नेपाल उपत्यका शाखाकी अध्यक्ष एवं प्लान इन्टरनेशनलको 'युथ एड्भाइजरी परिषद्' सदस्य रोशनी अधिकारीले प्रस्तुत गरेको प्रस्ताव (Proposal) स्वीकृत भएसँगै यो विशेष कार्यक्रम सञ्चालनमा आएको हो। ​परिवर्तित विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग गरी शैक्षिक तथा पेशागत कार्यहरूलाई सहज बनाउन र यसका सम्भावित नकारात्मक असरहरूबाट बच्ने बारे कार्यक्रम केन्द्रित थियो। ब्राह्मण,…
Read More
३० भन्दा बढी जेन जि समूह एकजुट, सरकारविरुद्ध संयुक्त आन्दोलनको औपचारिक घोषणा

३० भन्दा बढी जेन जि समूह एकजुट, सरकारविरुद्ध संयुक्त आन्दोलनको औपचारिक घोषणा

काठमाडौँ, पुस ५ गते । छरिएर सक्रिय रहेका जेन जि समूहहरूलाई एउटै मोर्चामा ल्याउँदै ३० भन्दा बढी समूहले संयुक्त रूपमा सरकारविरुद्ध संघर्ष अघि बढाउने घोषणा गरेका छन्। ललितपुरको झम्सिखेलमा २०८२ साल पौष ५ गते सम्पन्न संयुक्त बैठकबाट ‘संयुक्त जेन जि आन्दोलन समिति’ गठन गर्दै आन्दोलनलाई संस्थागत रूप दिइएको हो। बैठकमा देशका विभिन्न जिल्लाबाट आएका १०० भन्दा बढी जेन जि अभियन्ता, आन्दोलनका क्रममा घाइते भएका युवा तथा शहीद परिवारका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले आन्दोलनलाई अझ सशक्त र प्रभावकारी बनाउने उद्देश्यले कार्यकारी समिति विस्तार गर्ने निर्णय गरेका छन्। सो क्रममा मिरज ढुंगाना, अजय सोडारी, सुनिल सिंह, विजय शाह र सुरेन्द्र…
Read More
संवैधानिक संकटको निकास सर्वपक्षीय सरकार र नयाँ संविधानबाट मात्रै सम्भव : जेन जि अगुवा

संवैधानिक संकटको निकास सर्वपक्षीय सरकार र नयाँ संविधानबाट मात्रै सम्भव : जेन जि अगुवा

काठमाडौं, पुस ४ गते । देश गहिरिँदो संवैधानिक र राजनीतिक संकटतर्फ धकेलिँदै गएको भन्दै त्यसको एकमात्र निकास सर्वपक्षीय सरकार गठन र संविधान पुनर्लेखन भएको जेन जि अगुवाहरूले निष्कर्ष निकालेका छन्। नेपाल कानुन समाज र जेन जि समूहहरूको संयुक्त आयोजनामा राजधानीमा भएको कार्यक्रममा बोल्दै जेन जि अगुवा रविकिरण हमालले अहिलेको संरचनाभित्र गरिने चुनाव र सतही सुधारहरूले समस्याको समाधान नगर्ने स्पष्ट पारे। उनले सरकारले फागुन २१ गतेका लागि घोषणा गरेको निर्वाचन संकट समाधानको उपाय नभई देशलाई अझ जटिल अवस्थातर्फ लैजाने चेतावनी दिए। “पुरानै सोच, पुरानै पात्र र पुरानै संरचनाबाट समाधान खोज्नु आत्मघाती हुनेछ,” हमालले भने। कार्यक्रमका वक्ताहरूले भाद्र २३ र २४ गते…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.