२०८२ पुष १, मंगलवार २०:२१
२०८२ पुष १, मंगलवार २०:२१
काठमाडौं, पुस १ गते । नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकको प्रमुख आतिथ्यतामा कार्यसम्पादन तथा मूल्याङ्कन ढाँचा कार्यान्वयन सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूलाई मार्गनिर्देशन गर्ने तथा सो अनुरूप कार्यालय र कार्यालय प्रमुखहरूको कार्य–प्रभावकारिता र कार्यदक्षता अनुगमन एवं मूल्याङ्कन गर्ने उद्देश्यले प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालय नीति निर्माण समितिको मंसिर २५ गतेको बैठकबाट पारित कार्यसम्पादन र मूल्याङ्कन ढाँचा सम्बन्धमा उक्त अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक बिकले यो प्रणालीले वस्तुनिष्ठ मूल्याङ्कनको आधार तयार गर्ने र…