समाचार

पत्रकार राजु सुवेदीलाई धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन माग

पत्रकार राजु सुवेदीलाई धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन माग

काठमाडौँ, फागुन १९ गते । समाचार लेखेकै आधारमा पत्रकार राजु सुवेदीलाई भौतिक आक्रमणसम्मको धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघ काठमाडौं शाखाका अनुसार भारतीय नागरिकता बोकेको व्यक्तिलाई नेपाली नागरिकता वितरण गरिएको विषयमा प्रकाशित समाचारको निहुँमा पत्रकार सुवेदीलाई सामाजिक सञ्जाल तथा फोन मार्फत धम्की आएको हो। समाचारप्रति असहमति भए प्रचलित विधिअनुसार उपचार खोज्नुपर्नेमा पत्रकारलाई धम्की दिनु निन्दनीय र प्रेस स्वतन्त्रता माथिको गम्भीर आक्रमण भएको महासंघको ठहर छ। महासंघले धम्की दिने कार्यमा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ। साथै पत्रकारको सुरक्षाको सुनिश्चितता गर्न पनि आग्रह गरिएको छ। महासंघका महासचिव…
Read More
बुद्धछिरिङ मोक्तानको चेतावनीः सुरक्षा र प्रतिरक्षा कमजोर हुँदा राज्यको अस्तित्व संकटमा पर्न सक्छ

बुद्धछिरिङ मोक्तानको चेतावनीः सुरक्षा र प्रतिरक्षा कमजोर हुँदा राज्यको अस्तित्व संकटमा पर्न सक्छ

काठमाडौँ, फागुन १७ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले राष्ट्रिय सुरक्षा र प्रतिरक्षाको कमजोर अवस्थाले मुलुकको अस्तित्वमै गम्भीर खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको विश्लेषणात्मक स्टाटसमा राज्यको अस्तित्व सुरक्षा र प्रतिरक्षामा निर्भर रहने स्पष्ट उल्लेख गरेका छन्। मोक्तानका अनुसार, सुरक्षा आन्तरिक राजनीतिक विषय हो, जसले कानुन–व्यवस्था, आन्तरिक स्थिरता र नागरिक सुरक्षालाई समेट्छ भने प्रतिरक्षा बाह्य भूराजनीतिक चुनौतीसँग सम्बन्धित विषय हो। यी दुईमध्ये कुनै एक कमजोर भएमा राज्य नै संकटमा पर्न सक्ने उनको ठोकुवा छ। प्रतिरक्षाको सवालमा उनले नेपाल दुई ठूला शक्तिहरूको बीचमा रहे पनि स्वतन्त्र र प्रभावकारी प्रतिरक्षा क्षमता विकास गर्न नसकेको…
Read More
मध्यपूर्व युद्धको असर नेपालसम्म: रेमिट्यान्स, आपूर्ति र राजनीतिक स्थिरतामा गम्भीर चुनौती

मध्यपूर्व युद्धको असर नेपालसम्म: रेमिट्यान्स, आपूर्ति र राजनीतिक स्थिरतामा गम्भीर चुनौती

काठमाडौँ, फागुन १६ गते । मध्यपूर्व क्षेत्रमा तीव्र बन्दै गएको युद्धले विश्व राजनीतिलाई मात्र होइन, नेपालजस्ता साना र परनिर्भर मुलुकहरूको भविष्यलाई पनि गम्भीर चुनौती दिएको छ। संयुक्त राज्य अमेरिका र इजरायल द्वारा ईरान माथि गरिएको सैन्य आक्रमण तथा त्यसको प्रत्युत्तरमा भएको प्रतिहमलासँगै औपचारिक रूपमा युद्ध सुरु भएको राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले बताएका छन्। उनका अनुसार, यो युद्धले विश्व अर्थतन्त्रमा अनपेक्षित र दीर्घकालीन प्रभाव पार्ने निश्चित छ, जसको प्रत्यक्ष असर नेपाल जस्ता रेमिट्यान्समा आधारित अर्थतन्त्र भएका मुलुकहरूमा पर्नेछ। विशेषतः मध्यपूर्वका विभिन्न देशहरूमा कार्यरत लाखौँ नेपाली श्रमिकहरूको रोजगारी, आय र सुरक्षामाथि प्रश्न उठ्ने देखिएको छ। मोक्तानले औँल्याएअनुसार युद्धका कारण नेपाली अर्थतन्त्रमा रेमिट्यान्स…
Read More
लोकतन्त्रको नाममा संगठित लुटतन्त्र ? बुद्धछिरिङ मोक्तानको कडा राजनीतिक विश्लेषण

लोकतन्त्रको नाममा संगठित लुटतन्त्र ? बुद्धछिरिङ मोक्तानको कडा राजनीतिक विश्लेषण

काठमाडौँ, फागुन १५ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले नेपालको समकालीन राजनीतिमाथि गम्भीर प्रश्न उठाउँदै लोकतन्त्रको नाममा भइरहेको शक्ति दुरुपयोग अब धेरै समय लुक्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरिएको आफ्नो स्टाटसमा उनले लोकतन्त्रलाई जनताको अधिकार सुनिश्चित गर्ने माध्यमभन्दा पनि सीमित समूहले शक्ति र सम्पत्ति आर्जन गर्ने साधन बनाइँदै लगिएको आरोप लगाएका छन् । उनका अनुसार राजनीतिक घोटालामार्फत सत्ता हात पार्ने र त्यसैलाई व्यक्तिगत लाभको साधन बनाउने प्रवृत्तिले देशलाई संस्थागत रूपमा कमजोर बनाइरहेको छ । अझ खतरनाक पक्ष के छ भने, यस्ता अभ्यासलाई संरचनागत रूपमा सुरक्षित गरिँदा त्यसविरुद्ध उठ्ने आलोचनात्मक आवाज दबाउने प्रयास भइरहेको छ । मोक्तानले…
Read More
पश्चिमी मिडिया ‘न त पूर्ण सत्य, न पूर्ण शत्रु’ — कथानकको लडाइँमा सचेत हुन बुद्धछिरिङ मोक्तानको आग्रह

पश्चिमी मिडिया ‘न त पूर्ण सत्य, न पूर्ण शत्रु’ — कथानकको लडाइँमा सचेत हुन बुद्धछिरिङ मोक्तानको आग्रह

काठमाडौँ, फागुन १५ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले पश्चिमी मिडियाको प्रभाव, प्रोपग्याण्डा र अन्तर्राष्ट्रिय राजनीतिमा यसको प्रयोगलाई लिएर सन्तुलित दृष्टिकोण आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको स्टाटसमा उनले मिडियालाई न त पूर्ण शत्रु ठान्नुपर्ने, न त पूर्ण सत्यको एकमात्र स्रोत मान्नुपर्ने धारणा राखेका छन्। उनका अनुसार BBC जस्ता अन्तर्राष्ट्रिय मिडियाले आफूलाई स्वतन्त्र र निष्पक्ष भने पनि त्यसको समाचार फ्रेमिङमा पश्चिमी उदारवादी मूल्य र कहिलेकाहीँ बेलायती विदेश नीतिको प्रभाव देखिन सक्ने आलोचना हुँदै आएको छ। तर यस्तो आरोप BBC मात्र नभई धेरै अन्तर्राष्ट्रिय मिडियामाथि लाग्ने गरेको उनको भनाइ छ। मोक्तानले ऐतिहासिक सन्दर्भ प्रस्तुत गर्दै सिंगापुरका पूर्वप्रधानमन्त्री Lee…
Read More
निर्वाचनका बेला सामाजिक सञ्जाल दुरुपयोग नगर्न पत्रकारलाई प्रेस काउन्सिल नेपालको अपिल

निर्वाचनका बेला सामाजिक सञ्जाल दुरुपयोग नगर्न पत्रकारलाई प्रेस काउन्सिल नेपालको अपिल

काठमाडौँ, फागुन १२ गते । प्रेस काउन्सिल नेपालले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा पत्रकार तथा सञ्चारकर्मीलाई पेशागत मर्यादामा रही कर्तव्य पालन गर्न आग्रह गरेको छ। काउन्सिलले कतिपय पत्रकार तथा सञ्चारकर्मीले सामाजिक सञ्जालमार्फत कुनै दल विशेष वा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्ने, मत दिन आह्वान गर्ने तथा विपक्षमा नकारात्मक टिप्पणी र दुष्प्रचार गर्ने सामग्री निरन्तर प्रसारण गरेको पाइएको जनाएको छ। २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी सामाजिक सञ्जालमा देखिएको यस्ता गतिविधिप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको हो। पत्रकार आचारसंहिता २०७३ को दफा १४ अनुसार पत्रकार तथा सञ्चार माध्यमले प्रयोग गर्ने सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको प्रकृति अध्ययन र अनुगमन…
Read More
रास्वपा जस्ता राजनीतिक समूहमाथि प्रतिबन्ध आवश्यक, नत्र मुलुकको सार्वभौमिकता संकटमा पर्छ : बुद्धछिरिङ मोक्तान

रास्वपा जस्ता राजनीतिक समूहमाथि प्रतिबन्ध आवश्यक, नत्र मुलुकको सार्वभौमिकता संकटमा पर्छ : बुद्धछिरिङ मोक्तान

काठमाडौँ, फागुन १२ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वा सोही प्रकृतिका राजनीतिक समूहहरूलाई निषेध गर्नु अनिवार्य रहेको बताएका छन्। उनले लोकतन्त्रको नाममा घोटालावाजी र राज्यको अस्तित्व माथि खतरा निम्त्याउने समूहलाई छुट दिँदा दीर्घकालीन रूपमा राष्ट्रकै सार्वभौमिकतामा असर पर्ने चेतावनी दिएका हुन्। आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको स्टाटसमा मोक्तानले विश्वका लोकतान्त्रिक मुलुकहरूमा समेत लोकतान्त्रिक मूल्य–मान्यताविरुद्ध उभिने दल तथा समूहहरूमाथि कडा प्रतिबन्ध लगाइएको उदाहरण प्रस्तुत गरेका छन्। उनका अनुसार जर्मनी तथा युरोप का विभिन्न मुलुकहरूले नाजी पार्टी र कम्युनिष्ट पार्टीहरू माथि प्रतिबन्ध लगाएको इतिहास छ। त्यस्तै, थाईल्याण्ड, सिङ्गापुर, बंगलादेश र पाकिस्तान जस्ता मुलुकहरूले पनि लोकतान्त्रिक…
Read More
चितवनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदाता शिक्षा तथा नमुना मतदान कार्यक्रम सम्पन्न

चितवनमा अपाङ्गता भएका व्यक्तिहरुका लागि मतदाता शिक्षा तथा नमुना मतदान कार्यक्रम सम्पन्न

भरतपुर, फागुन १२ गते । निर्वाचन प्रक्रियालाई समावेशी र पहुँचयुक्त बनाउने उद्देश्यका साथ चितवनमा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष ‘मतदाता शिक्षा तथा नमुना मतदान’ कार्यक्रम सम्पन्न भएको छ। नेत्रहीन युवा संघ नेपाल चितवन शाखाको आयोजना र जिल्ला निर्वाचन कार्यालय चितवनको प्राविधिक सहयोगमा मंगलबार भरतपुरमा उक्त कार्यक्रम सम्पन्न भएको हो। ​कार्यक्रमको उद्घाटन गर्दै नेत्रहीन युवा संघ नेपाल चितवन शाखाका अध्यक्ष किरण पन्तले निर्वाचनको महत्त्व, नागरिकको मताधिकार र समावेशी लोकतन्त्रमा अपाङ्गता भएका व्यक्तिको भूमिकाबारे प्रकाश पार्दै प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको भिन्नता र यसमा सहभागी हुनुपर्ने आवश्यकताका विषयमा सहभागीहरूलाई जानकारी दिएका थिए। यस्तै, नेत्रहीन युवा संघ नेपालका प्रमुख सल्लाहकार कलाधर भण्डारीले मतदान…
Read More
राष्ट्रिय स्वतन्त्र पार्टी: नयाँ आशा कि योजनाबद्ध राजनीतिक प्रयोग? — बुद्धछिरिङ मोक्तान

राष्ट्रिय स्वतन्त्र पार्टी: नयाँ आशा कि योजनाबद्ध राजनीतिक प्रयोग? — बुद्धछिरिङ मोक्तान

काठमाडौँ, फागुन १२ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले राष्ट्रिय राजनीति र वैचारिक दिशाबारे गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको आफ्नो स्टाटसमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई केवल “नयाँ आशा”को नाममा प्रस्तुत गरिएको राजनीतिक प्रयोग हो कि योजना बद्ध राजनीतिक घोटाला (Scam) हो भन्ने प्रश्न उठाएका हुन्। मोक्तानले इतिहासले देखाइसकेको उदाहरण उल्लेख गर्दै “समाजवाद” भन्ने आदर्श व्यवहारमा धेरै ठाउँमा सत्ताकेन्द्रित संरचना र राजनीतिक घोटालामा रूपान्तरण भएको तर्क गरेका छन्। उनका अनुसार मार्क्सवाद, लेनिनवाद र माओवादजस्ता विचारधाराका प्रयोगहरू अन्ततः सत्ता केन्द्रित व्यवस्थामै सीमित हुन पुगे। उनले अर्कोतर्फ ऐतिहासिक र सभ्यतागत राज्यदृष्टिका विकल्पहरूमध्ये उदारवाद सापेक्ष रूपमा सफल राज्यदृष्टि सावित…
Read More
“दल होइन, व्यक्तिको मूल्यांकन गरौँ : सचेत मतदाता नै साँचो विकल्प” – विशाल राज महत

“दल होइन, व्यक्तिको मूल्यांकन गरौँ : सचेत मतदाता नै साँचो विकल्प” – विशाल राज महत

हेटौँडा, फागुन १० गते । सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले अब राजनीतिक दलको नाम र नारामा होइन, व्यक्तिको विचार, व्यवहार र नैतिकताका आधारमा निर्णय गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो धारणा व्यक्त गर्दै उनले नेपाली जनताले पटक–पटक दल र चिन्ह परिवर्तन गरे पनि अवस्था नफेरिएकोप्रति प्रश्न उठाएका छन्। उनका अनुसार यसको मुख्य कारण दललाई प्राथमिकतामा राख्नु र व्यक्तिको वास्तविक कर्म, इतिहास र सार्वजनिक आचरणको मूल्यांकन नगर्नु हो। “हामीले नारामा विश्वास गर्यौँ, तर व्यवहार जाँच्न सकेनौँ,” उनले उल्लेख गर्दै पुराना दलमा अनुहार फेरिए पनि सोच नफेरिएको र नयाँ दलहरू पनि स्पष्ट सामाजिक योगदानबिना…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.