२०८२ भाद्र २८, शनिबार १४:५०
२०८२ भाद्र २८, शनिबार १४:५०
काठमाडौं, भदौ २८ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकको विषम परिस्थितिमा आवश्यकताको सिद्धान्त (Doctrine of necessity) का आधारमा प्रधानमन्त्री पदमा नियुक्त भएकी सुशिला कार्कीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै यादवले संघीयता, लोकतन्त्र र गणतन्त्र लगायतका उपलब्धिहरूको रक्षा गर्नुका साथै संविधानवाद र विधिको शासन कायम गर्न प्रधानमन्त्री कार्कीको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन्। उनले आर्थिक, सामाजिक र राजनीतिक रूपमा बहिष्करणमा परेका सीमान्तकृत समुदायहरूले अब न्याय पाउने आशा व्यक्त गर्दै मुलुकमा व्याप्त अराजकता, भ्रष्टाचार र अव्यवस्था अन्त्य गरी सुशासन कायम गर्ने अपेक्षा जनाएका छन्। यादवले…