Breaking News 1

यातायात बीमामा देखिएका चुनौती समाधान गर्न विराटनगरमा सरोकारवालाबीच अन्तरक्रिया

यातायात बीमामा देखिएका चुनौती समाधान गर्न विराटनगरमा सरोकारवालाबीच अन्तरक्रिया

विराटनगर, चैत १२ गते । विराटनगरमा कोशी प्रदेशको यातायात क्षेत्रमा बीमा सम्बन्धी नीति, समस्या र समाधानका उपायबारे केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले आयोजना गरेको हो। कार्यक्रममा हाल लागू भइरहेका बीमा नीतिहरू, मोटर बीमाको अवस्था तथा अनिवार्य तेस्रो पक्ष मोटर बीमाको कार्यान्वयनबारे विस्तृत छलफल गरिएको थियो। साथै, बीमा दाबी प्रक्रियामा देखिएका जटिलता र सुधारका सम्भावनाबारे सरोकारवालाबीच गहन विचार आदान–प्रदान भएको थियो। कार्यक्रमको सञ्चालन सहायक निर्देशक सचिन राईले गरेका थिए। छलफलका क्रममा प्राधिकरण, प्रदेश सरकार, प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था कार्यालय तथा बीमा कम्पनीहरूबीच समन्वय थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको थियो। सहभागीहरूले बीमा…
Read More
उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङको स्पष्टिकरण: “मन्त्री बन्ने कुनै छलफल भएको छैन”

उज्यालो पार्टीका अध्यक्ष कुलमान घिसिङको स्पष्टिकरण: “मन्त्री बन्ने कुनै छलफल भएको छैन”

काठमाडौँ, चैत ११ गते । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आफू नयाँ बन्न लागेको सरकारमा सहभागी हुने भन्ने विषयमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा फैलिएको चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। घिसिङले आफ्नो सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै नेपालको संविधानअनुसार गैर–सांसद व्यक्ति मन्त्री बन्न नसक्ने उल्लेख गरेका छन्। उनले जनताबाट प्राप्त जनादेशविपरीत कुनै वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पना समेत गर्न नसकिने बताएका छन्। उनका अनुसार हालसम्म सरकारमा सहभागिताबारे कसैसँग कुनै पनि प्रकारको छलफल नभएको स्पष्ट छ। “हामी चुनावी परिणामलाई सम्मान गर्दै त्यसबाट पाठ सिक्ने र उज्यालो नेपाल पार्टीलाई थप सुदृढ बनाउने अभियानमा केन्द्रित छौं,” उनले भनेका छन्। घिसिङले…
Read More
झापामा अपाङ्ग वृद्ध आमामाथि छोराबाट कुटपिट, दुई वर्षदेखि दोहोरिँदै आएको आरोप

झापामा अपाङ्ग वृद्ध आमामाथि छोराबाट कुटपिट, दुई वर्षदेखि दोहोरिँदै आएको आरोप

झापा, चैत १० गते । भद्रपुर नगरपालिका–८ मा करिब ७५–८० वर्षकी एक अपाङ्ग वृद्ध आमामाथि आफ्नै छोराले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। बैसाखीको सहारामा हिँड्न बाध्य ती वृद्धामाथि लामो समयदेखि दुर्व्यवहार हुँदै आएको स्थानीयवासीले बताएका छन्। स्थानीयका अनुसार यो घटना एकपटक मात्र नभई करिब दुई वर्षदेखि निरन्तर दोहोरिँदै आएको हो। पछिल्लो घटनाका क्रममा कुटपिट भइरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर घटनास्थलमा पुगेका प्रहरीले “घरायसी मामला” भन्दै कुनै ठोस कारबाही नगरी फर्किएको आरोप लगाइएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ती वृद्ध आमाले आफ्नै छोराले कुटपिट गरेको स्पष्ट रूपमा बताएको सुन्न सकिन्छ। उक्त घटनाले स्थानीय समुदायमा आक्रोश बढाएको…
Read More
हेटौडा–१३ का टोल विकास संस्थालाई वार्षिक भेला गर्न निर्देशन, नगरे अनुदान रोकिने चेतावनी

हेटौडा–१३ का टोल विकास संस्थालाई वार्षिक भेला गर्न निर्देशन, नगरे अनुदान रोकिने चेतावनी

हेटौँडा, चैत १० गते । हेटौडा उपमहानगरपालिका–१३ नम्बर वडा कार्यालयले आफ्नो क्षेत्रभित्र रहेका सबै टोल विकास संस्थाहरूलाई यथाशीघ्र वार्षिक भेला तथा अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ। वडा कार्यालयले जारी गरेको सूचनाअनुसार पदमपोखरी क्षेत्रका २६ वटै टोल विकास संस्थामध्ये हालसम्म वार्षिक भेला तथा अधिवेशन गर्न बाँकी रहेका संस्थाहरूलाई समयानुकूल रूपमा प्रक्रिया पूरा गर्न आग्रह गरिएको हो। वडाध्यक्ष पेम्बा लामाका अनुसार टोल विकास संस्थाहरूको नियमितता, पारदर्शिता तथा सक्रियता कायम राख्न यस्तो निर्देशन जारी गरिएको हो। उनले तोकिएको समयभित्र भेला अधिवेशन सम्पन्न नगर्ने संस्थाहरूलाई राज्यबाट प्राप्त हुने अनुदान, विकास बजेट तथा अन्य सेवा–सुविधाबाट वञ्चित गरिने स्पष्ट पारे। वडा कार्यालयले स्थानीय विकास तथा…
Read More
भुटनदेवी मावि अन्तर्राष्ट्रिय गुणस्तरमा उक्लने तयारीमा, आईएसओ प्रमाणीकरणका लागि सम्झौता

भुटनदेवी मावि अन्तर्राष्ट्रिय गुणस्तरमा उक्लने तयारीमा, आईएसओ प्रमाणीकरणका लागि सम्झौता

हेटौँडा, चैत ८ गते । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयले आफ्नो भौतिक संरचना र शैक्षिक गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा उक्लाउने अभियान सुरु गरेको छ। यसका लागि विद्यालयले ग्लोबल क्वालिटी काउन्सिल, नेपालसँग आईएसओ प्रमाणीकरणतर्फ अघि बढ्ने सम्झौता गरेको छ। आइतबार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन सिग्देल, प्रधानाध्यापक सूर्यप्रसाद घिमिरे तथा काउन्सिलका प्रतिनिधि सुदीप शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौतापछि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ तथा विद्यालय अनुगमन समितिका सदस्यहरूलाई अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड र सूचकबारे अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरिएको विद्यालयले जनाएको छ। प्रधानाध्यापक घिमिरेका अनुसार विद्यालयलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्थामा रूपान्तरण गर्ने लक्ष्यसहित विभिन्न चरणका कार्यक्रम अघि बढाइएको छ।…
Read More
उज्यालो नेपाल पार्टीद्वारा केन्द्रीय सचिवालय गठन, कुलमान घिसिङ अध्यक्ष चयन

उज्यालो नेपाल पार्टीद्वारा केन्द्रीय सचिवालय गठन, कुलमान घिसिङ अध्यक्ष चयन

काठमाडौं, चैत ७ गते । उज्यालो नेपाल पार्टीले आफ्नो संगठनलाई थप सुदृढ, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यका साथ केन्द्रीय सचिवालय गठन गरेको छ। पार्टीले नवगठित सचिवालय मार्फत संगठन विस्तार र नीतिगत कामलाई तीव्रता दिने जनाएको छ। नवगठित केन्द्रीय सचिवालयको अध्यक्षमा कुलमान घिसिङ चयन भएका छन् भने वरिष्ठ नेतामा अनुप कुमार उपाध्याय रहेका छन्। त्यस्तै, उपाध्यक्षमा प्रा. डा. महेन्द्र लावति, महासचिवमा धर्म बहादुर चौधरी चयन भएका छन्। सचिव पदमा रामेश्वर श्रेष्ठ, सुमि मोक्तान, जितराम लामा र केदार खड्का चयन भएका छन् भने कोषाध्यक्षमा भगवती कक्षपति नियुक्त भएका छन्। यस्तै, पार्टीको प्रवक्तामा श्री गुरुङ चयन हुँदा सचिवालय सदस्यमा राजेन्द्र अवस्थी र मुख्य…
Read More
हेटौंडामा उल्लासपूर्ण रूपमा मनाइयो इद, मस्जिदहरूमा नमाज र शुभकामना आदानप्रदान

हेटौंडामा उल्लासपूर्ण रूपमा मनाइयो इद, मस्जिदहरूमा नमाज र शुभकामना आदानप्रदान

हेटौँडा, चैत ७ गते । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद-उल-फितर (इद) हेटौंडासहित देशभर शनिबार हर्षोल्लासका साथ मनाइएको छ। पवित्र रमजान महिनाभर रोजा (उपवास) बसेपछि मुस्लिम समुदायले इद पर्व धूमधामका साथ मनाएका हुन्। हेटौंडा–४ स्थित जामे मस्जिद मा बिहानैदेखि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। बिहान साढे ७ बजे विशेष नमाज अदा गरेपछि उपस्थितहरूबीच अँगालो हाल्दै “इद मुबारक” भन्दै शुभकामना आदानप्रदान गरिएको मस्जिद समितिले जनाएको छ। इदको अवसरमा हेटौंडासँगै काठमाडौं लगायत तराईका जिल्ला—बारा, पर्सा, रौतहट, बाँके र कपिलवस्तु मा पनि ठूलो संख्यामा मुस्लिम समुदाय भेला भई सामूहिक नमाज अदा गरेका छन्। हेटौंडास्थित मस्जिदमा मात्रै करिब ५ सयभन्दा बढी श्रद्धालु सहभागी भएको जनाइएको…
Read More
हेटौंडा–२ र ५ बीचको खोल्सो फोहोरले पुरिँदै, बस्तीमा जोखिम बढ्दै

हेटौंडा–२ र ५ बीचको खोल्सो फोहोरले पुरिँदै, बस्तीमा जोखिम बढ्दै

हेटौँडा, चैत ७ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ र ५ बीच बग्ने खोल्सो हाल फोहोर, माटो तथा अव्यवस्थित संरचनाका कारण क्रमशः पुरिँदै गएको पाइएको छ। खोल्सो साँघुरिँदै जाँदा आसपासका बस्तीहरूमा पुनः बाढी तथा डुबानको जोखिम बढ्ने चिन्ता स्थानीयवासीहरूले व्यक्त गरेका छन्। स्थानीयका अनुसार केही स्थानमा जग्गा संरक्षणको नाममा गरिएको संरचनाले खोल्सोको प्राकृतिक बहाव क्षेत्र घटाएको देखिन्छ। यसले भविष्यमा पानीको निकास अवरुद्ध भई थप समस्या निम्त्याउन सक्ने उनीहरूको भनाइ छ। यद्यपि सम्बन्धित जग्गाधनीहरूले आफ्नो निर्माण कार्य नक्सा अनुरुप नै भएको दाबी गरेका छन्। तर, स्थानीयहरूले राजकुलो तथा खोल्सो सम्बन्धी मापदण्ड पालना भएको वा नभएकोबारे स्पष्ट अनुगमन आवश्यक रहेको बताएका…
Read More
WhatsApp ह्याक गरी ठगी बढ्दै: सतर्क रहन साइबर ब्युरोको आग्रह

WhatsApp ह्याक गरी ठगी बढ्दै: सतर्क रहन साइबर ब्युरोको आग्रह

काठमाडौं, चैत्र ५ गते । नेपाल प्रहरी साइबर ब्युरोले पछिल्लो समय WhatsApp ह्याक गरी साथीभाइ तथा आफन्तहरूसँग पैसा मागेर ठगी गर्ने घटनामा वृद्धि भएको भन्दै आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। साइबर ब्युरोका अनुसार ह्याकरहरूले प्रयोगकर्ताको WhatsApp नियन्त्रणमा लिएपछि “म समस्या परेँ, तुरुन्त पैसा पठाइदिनुहोस्” वा “बैंक एपमा समस्या आयो, QR कोडमार्फत रकम पठाइदिनुहोस्” भन्ने जस्ता सन्देश पठाएर ठगी गर्ने गरेका छन्। यस्ता घटनाबाट बच्न ब्युरोले केही महत्वपूर्ण सावधानी अपनाउन आग्रह गरेको छ। शंकास्पद सन्देशहरूमा तत्काल विश्वास नगर्न, सम्बन्धित व्यक्तिलाई सिधै फोन गरेर पुष्टि गर्न, अपरिचित लिंक, कोड वा फाइल क्लिक नगर्न तथा डाउनलोड नगर्न सुझाव दिइएको छ। त्यस्तै,…
Read More
चैत्र २१ मा मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ साधारण सभा, कृषि प्रदर्शनी पनि आयोजना हुँदै

चैत्र २१ मा मकवानपुर उद्योग वाणिज्य संघको ५९औँ साधारण सभा, कृषि प्रदर्शनी पनि आयोजना हुँदै

हेटौँडा, चैत ५ गते । मकवानपुर उद्योग वाणिज्य संघले आफ्नो ५९औँ वार्षिक साधारण सभा आगामी चैत्र २१ गते शनिबार आयोजना गर्ने भएको छ। फागुन १५ गते बसेको संघको कार्यसमिति बैठकले हेटौंडास्थित पल्पसा हलमा साधारण सभा गर्ने निर्णय गरेको हो। संघका अध्यक्ष प्रमोद सिंह रानाभाटका अनुसार साधारण सभाको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बहादुर बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ। त्यसैगरी, संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विशिष्ट अतिथिको रूपमा सहभागी हुने कार्यक्रम तय गरिएको छ। महासचिव प्रतिमा श्रेष्ठले साधारण सभामा संघको विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरिने तयारी भइरहेको जानकारी दिए। यसैबीच, मकवानपुर उद्योग वाणिज्य संघको कृषि प्रवर्द्धन समितिको आयोजनामा बागमती प्रदेशस्तरीय…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.