Breaking News 1

युवा नेतृत्व विकासका लागि काठमाडौँमा ‘युथ लर्निङ ल्याब फेलोसिप’ सुरु

युवा नेतृत्व विकासका लागि काठमाडौँमा ‘युथ लर्निङ ल्याब फेलोसिप’ सुरु

काठमाडौँ, चैत १ गते । युवाहरूलाई सामाजिक मुद्दाहरूमा गहन छलफल र नेतृत्व विकास गराउने उद्देश्यले काठमाडौँको क्रिस्टल होटलमा आजदेखि ‘युथ लर्निङ ल्याब फेलोसिप’ कार्यक्रम सुरु भएको छ। युवालयको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको सह-आयोजनामा सुरु भएको यो फेलोसिप आजदेखि तीन दिनसम्म सञ्चालन हुनेछ। विशेषगरी प्लस टु र स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरिएको यस कार्यक्रममा सातै प्रदेशबाट १५ जना युवाहरूको समावेशी सहभागिता रहेको छ। परम्परागत पाठ्यक्रमभन्दा बाहिर गएर युवाहरूलाई सामाजिक विषयवस्तु माथि छलफल गराउने र निष्कर्षमा पुर्‍याउने वातावरण सिर्जना गर्नु यस कार्यक्रमको मुख्य ध्येय हो। तीन दिनको सघन सत्रपछि सहभागी युवाहरूले आफ्ना कार्यक्रमहरूको योजना बनाउने र त्यसको कार्यान्वयन गर्ने जिम्मेवारी लिनेछन्।…
Read More
ग्यास र इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेप्रति महानगर कडा, निगरानी बढाइयो

ग्यास र इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेप्रति महानगर कडा, निगरानी बढाइयो

काठमाडौँ, फागुन ३० गते । काठमाडौं महानगरपालिकाले खाना पकाउने एलपी ग्यास तथा सवारी साधनका लागि प्रयोग हुने इन्धनमा कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने गतिविधिमाथि निगरानी कडा बनाएको छ। हाल ग्यास र इन्धन हुँदाहुँदै पनि “अभाव भयो” भन्ने गलत सूचना फैलाएर उपभोक्तालाई उपलब्ध नगराउने तथा बढी मूल्य असुल्ने गुनासो बढ्न थालेपछि महानगरले निगरानी संयन्त्र सक्रिय बनाएको जनाएको छ। महानगरको प्रशासन विभागका प्रमुख महेश काफ्लेले ग्यास छैन भन्ने झुटो सूचना प्रवाह गरेर मूल्य वृद्धि गराउने र सर्वसाधारणको जनजीवनमा समस्या सिर्जना गर्नेहरूमाथि कडा कारबाही गरिने बताएका छन्। उनका अनुसार नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ९१० रुपैयाँ…
Read More
हेटौँडा–१९ नेवारपानीमा ट्रेलर र ट्रक ठोक्किँदा चालकको मृत्यु

हेटौँडा–१९ नेवारपानीमा ट्रेलर र ट्रक ठोक्किँदा चालकको मृत्यु

हेटौँडा, फागुन २९ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रेलर र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार बिहान करिब ६ बजेर १० मिनेटतिर हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ४ ख ९९२३ नम्बरको ट्रेलर र चितवनबाट वीरगञ्जतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख ०३९८ नम्बरको खाली ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा ट्रेलर चालक सर्लाहीको बरहथवा नगरपालिका–१५ पिपराभिट्टा घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्दै आएका ३८ वर्षीय गोबिन्द चौधरी गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनी स्टेरिङमा च्यापिएको अवस्थामा फेला परेका थिए। घटनास्थलबाट उद्धार गरी उपचारका लागि हेटौँडास्थित चुरेहिल अस्पताल…
Read More
बस्तीपुर जेसीज मनहरीको १६ औँ स्थापना दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन

बस्तीपुर जेसीज मनहरीको १६ औँ स्थापना दिवसमा अन्तरक्रिया तथा दीप प्रज्वलन

बस्तिपुर, फागुन २८ गते । बस्तीपुर जेसीज मनहरीले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा अन्तरक्रिया तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरी मनाएको छ। सन् २०११ मा हेटौंडा जेसीजको मातृत्वमा स्थापना भएको बस्तीपुर जेसीज मनहरीले यस वर्ष १६ औँ वसन्त पार गरेको हो। स्वर्गीय गणेश प्रसाद भेटवालको अध्यक्षतामा स्थापना भएको यस शाखालाई हाल वर्ष २०२६ का अध्यक्ष जेसी सुरज बर्तौलाले नेतृत्व गर्दै अगाडि बढाइरहेका छन्। स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा निर्मल बहुमुखी क्याम्पसका प्रमुख तथा बस्तीपुर जेसीज मनहरी वर्ष २०२६ का बोर्ड सल्लाहकार सुभाष चन्द्र कँडेलको प्रमुख आतिथ्यता रहेको थियो। जेसी सुशील सापकोटाको संयोजकत्वमा सम्पन्न कार्यक्रममा शाखा अध्यक्ष जेसी सुरज बर्तौलाको…
Read More
मनहरी–२ मा नसर्ने रोगको समुदायस्तरिय स्क्रिनिङ्ग, ८५ जनाको स्वास्थ्य परीक्षण

मनहरी–२ मा नसर्ने रोगको समुदायस्तरिय स्क्रिनिङ्ग, ८५ जनाको स्वास्थ्य परीक्षण

मनहरी, फागुन २७ गते । मकवानपुरको मनहरी गाउँपालिका–२ बुद्धचोकमा नसर्ने रोग पहिचानका लागि समुदाय स्तरमा स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ। मनहरी गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित स्वास्थ्य परीक्षण अभियान अन्तर्गत बुधबार उक्त क्षेत्रमा स्क्रिनिङ्ग कार्यक्रम गरिएको हो। स्क्रिनिङ्ग सेवा मनहरी–२ तिन्तलेस्थित सहिद हिरा स्मृति आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेव पर्मिला दङ्गालको नेतृत्वमा सञ्चालन गरिएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रममा ३० वर्षभन्दा माथिका नागरिकहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। स्वास्थ्य परीक्षण अन्तर्गत मधुमेह, उच्च रक्तचाप, मिर्गौला सम्बन्धी समस्या, तौल तथा उचाइको अनुपात जाँच लगायतका परीक्षण गरिएको थियो। बुधबार सम्पन्न अभियानमा झुल्यान, तिन्तले, घट्टेपाखा, दोभान, गोगनघारी, मेलटोल, भुन्द्रुङ्खोला र टाँडी क्षेत्रका करिब ८५…
Read More
निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सञ्चारकर्मीलाई तटस्थ र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन सञ्चारकर्मीलाई तटस्थ र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह

हेटौँडा, फागुन १६ गते । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र मर्यादित वातावरणमा सम्पन्न गराउन सञ्चार क्षेत्रको भूमिका निर्णायक हुने बताइएको छ। यस सन्दर्भमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आम-सञ्चारकर्मी तथा सञ्चार माध्यमहरूलाई जिम्मेवार र तटस्थ भूमिका निर्वाह गर्न आग्रह गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा जनतालाई सु-सूचित गर्ने क्रममा सूचनाको संवेदनशीलता मनन गर्दै कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा नलागी सत्य–तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न जोड दिइएको छ। साथै, महासंघले प्रेस काउन्सिल नेपाल र महासंघद्वारा जारी पत्रकार आचार-संहिता तथा निर्वाचन आयोगको निर्वाचन आचार-संहिताको पूर्ण पालना गर्न अनुरोध गरेको…
Read More
काठमाडौँ,झापा र चितवनमा नेत्रहीन युवा संघको नेतृत्व अभियान: नीति निर्माणको निर्णायक तहमा अपाङ्गता भएका युवालाई पुर्‍याउने लक्ष्य

काठमाडौँ,झापा र चितवनमा नेत्रहीन युवा संघको नेतृत्व अभियान: नीति निर्माणको निर्णायक तहमा अपाङ्गता भएका युवालाई पुर्‍याउने लक्ष्य

काठमाडौँ, फागुन ६ गते । नेत्रहीन युवा संघ नेपालका देशभर रहेका १० वटा शाखाहरूमध्ये 'फन्डेड फर यूथ लिडरसिप' परियोजनाका लागि छनोट भएका तीन जिल्लामा नेतृत्व विकास कार्यक्रमले तीव्रता पाएको छ। काठमाडौँ, झापा र चितवन शाखालाई लक्षित गरी सञ्चालित यस विशेष परियोजना अन्तर्गत अहिले काठमाडौँमा तीन दिने प्रशिक्षण सुरु भएको छ। ​नेत्रहीन युवा संघ नेपाल, उपत्यका शाखाको आयोजनामा सुरु भएको यस कार्यक्रमले अपाङ्गता भएका युवाहरूलाई राज्यको नीति निर्माण र कार्यान्वयनको तहमा पुर्‍याउँदै आफ्ना हक र अधिकारका लागि आफैँ आवाज उठाउन सक्षम बनाउने दीर्घकालीन लक्ष्य राखेको छ। यस प्रशिक्षणमा विभिन्न प्रकृतिका अपाङ्गता भएका १९ जना युवाहरूको सक्रिय सहभागिता रहेको छ। सहभागीहरूमध्ये १०…
Read More
फास्टफुड राजनीति कि राज्य–निर्माण? बुद्धछिरिङ मोक्तानको गम्भीर प्रश्न

फास्टफुड राजनीति कि राज्य–निर्माण? बुद्धछिरिङ मोक्तानको गम्भीर प्रश्न

काठमाडौँ, फागुन ४ गते । राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले वर्तमान राजनीतिक दलहरूको चुनावी घोषणापत्र र प्रतिवद्धतामाथि गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको स्टाटसमा उनले राजनीतिक दललाई फास्टफुड स्टलसँग तुलना गर्दै राज्य–निर्माणको मूल प्रश्न ओझेलमा परेको टिप्पणी गरेका हुन्। मोक्तानले लेखेका छन्—राजनीतिक दल फास्टफुड स्टल होइनन्, जहाँ एक भोटको बदलामा के–के पाइन्छ भन्ने हिसाबले राजनीति गरिन्छ। उनका अनुसार राजनीतिक दलहरूको सबैभन्दा ठूलो दायित्व ‘राजनीति’ र ‘अर्थतन्त्र’को सन्तुलन हो, जसलाई उनले “राजनीतिक–अर्थशास्त्र”को संज्ञा दिएका छन्। उनले राजनीतिक आधार नै कमजोर भएको अवस्थामा ‘केक, कोक, पिज्जा र बर्गर’ जस्ता लोकप्रिय नाराले अर्थतन्त्र चल्न नसक्ने तर्क गरेका छन्। साथै, “राजनीति…
Read More
हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

हेटौंडामा शिवम सिमेन्टको धुलो–धुवाँबारे वार्ता हुने सहमति, स्थानीयको आन्दोलन हाललाई स्थगित

हेटौँडा, फागुन १ गते । हेटौंडामा अवस्थित शिवम सिमेन्ट उद्योगबाट वर्षौंदेखि फैलिँदै आएको धुलो–धुवाँका कारण स्थानीय बस्तीमा गम्भीर स्वास्थ्य जोखिम बढेको भन्दै स्थानीयवासी शान्तिपूर्ण आन्दोलनमा जाने तयारीमा थिए। तर बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले सरोकारवाला पक्षबीच वार्ताको वातावरण मिलाइदिने पहल गरेपछि आन्दोलन हाललाई स्थगित गरिएको छ। उद्योग प्रतिनिधि राजेन्द्र शर्माले समस्या समाधानका लागि तत्काल वार्ता गर्न तयार रहेको प्रतिबद्धता जनाएसँगै फागुन ४ गते स्थानीयको उपस्थितिमा छलफल गर्ने सहमति भएको हो। सेवा, सहयोग र आवाजमा सक्रिय अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको स्टाटसमा हाललाई आन्दोलन स्थगित गरिए पनि समस्या समाधानको स्पष्ट बाटो नखुलेसम्म निरन्तर दबाब…
Read More
“भाषण होइन, परिणाम देखाउने नेतृत्व चाहिन्छ” : लवशेर विष्ट

“भाषण होइन, परिणाम देखाउने नेतृत्व चाहिन्छ” : लवशेर विष्ट

हेटौँडा, माघ २० गते । मकवानपुर–२ नम्बर निर्वाचन क्षेत्रका उम्मेदवार तथा नेपाली कम्युनिस्ट पार्टीका नेता लवशेर विष्टले आफू नाराभन्दा काममा विश्वास गर्ने नेता भएको स्पष्ट पारेका छन्। नेकपा कैलाश गाउँपालिका कमिटीद्वारा मंगलबार कालिकाटारमा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले जनताका अपेक्षा पूरा गर्नु आफ्नो प्रमुख दायित्व भएको बताए। “म बोलेर लोकप्रियता खोज्ने नेता होइन, काम गरेर भरोसा जित्न चाहन्छु,” विष्टले भने, “जनजीविका, रोजगारी, विकास र सुशासन मेरो प्राथमिक एजेन्डा हो।” उनले पार्टीप्रति जनविश्वास थप मजबुत बनाउन सबै तहका नेता–कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। बैठकमा आगामी निर्वाचनको रणनीति, संगठन सुदृढीकरण र जनतासँगको सम्बन्ध अझ बलियो बनाउने विषयमा व्यापक छलफल गरिएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.