Breaking News 2

यातायात कार्यालयमा स्टिङ अपरेसन,करिब एक दर्जन बिचौलिया पक्राउ

यातायात कार्यालयमा स्टिङ अपरेसन,करिब एक दर्जन बिचौलिया पक्राउ

बितामोड। नेपाल प्रहरीले शुक्रबार बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय,मेची मा स्टिङ अपरेसन गर्दै करिब एक दर्जन बिचौलियालाई नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार कार्यालय समयमै गरिएको अपरेसनमा २ जना महिला सहित करिब १२ जना बिचौलिया पक्राउ परेका छन्। बिचौलियाका कारण कर तिर्न गएका सेवाग्राही ठगिएको गुनासो बढेपछि प्रहरीले निगरानी बढाउँदै ईलाका प्रहरी कार्यालय, अनारमनी को समन्वयमा स्टिङ अपरेसन गरेको हो।पक्राउ परेकालाई हाल अनारमनी प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ।
Read More
उर्लाबारी नगरपालिका हङकङ परिवारद्वारा क्यान्सर पीडित टेकबहादुर लिम्बुलाई आर्थिक सहयोग

उर्लाबारी नगरपालिका हङकङ परिवारद्वारा क्यान्सर पीडित टेकबहादुर लिम्बुलाई आर्थिक सहयोग

मोरङ। सेम्बुटोल निवासी क्यान्सर रोगबाट पीडित टेकबहादुर लिम्बुलाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ। उर्लाबारी नगरपालिका हङकङ परिवारको तर्फबाट लिम्बुलाई नगद रु. ४५ हजार ५ सय सहयोग गरिएको हो। हङकङबाट पठाइएको सो रकम वडा नं. ९ का अध्यक्ष नरबहादुर मोक्तान, हङकङ परिवारका सदस्य सन्तोष श्रेष्ठ (डेबिट) र सुजन सेन्दाङले लिम्बुलाई हस्तान्तरण गरे। उक्त रकम सस्थाका अध्यक्ष शाङ्गेनाहाङ तुम्बाहाम्फेको नेतृत्वमा पठाईको हो। ३७ वर्षीय लिम्बुलाई सहयोग हस्तान्तरण कार्यक्रमका अवसरमा स्थानीय समाजसेवी सानु तामाङ, भोटेपुल गाउँ टोलका अध्यक्ष दिनेश थापा मगर, खोपिडाँडा टोल विकास सदस्य कृष्ण तामाङ,हेम बस्नेत लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो। उपचार खर्चकै लागि हालसम्म झण्डै १७ लाख रुपैयाँ खर्च…
Read More
सञ्चार क्लब नेपालको भवन निर्माण प्रारम्भ,संस्थापक अध्यक्ष खतिवडाबाट शिलान्यास

सञ्चार क्लब नेपालको भवन निर्माण प्रारम्भ,संस्थापक अध्यक्ष खतिवडाबाट शिलान्यास

उर्लाबारी। पूर्वोत्तर मोरङका सञ्चारकर्मीहरूको साझा संस्था सञ्चार क्लब नेपाल, उर्लाबारीको आफ्नै भवन निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। क्लबका संस्थापक अध्यक्ष दुर्गा प्रसाद खतिवडाले बुधबार एक विशेष समारोहका बीच भवनको शिलान्यास गरेका हुन। उर्लाबारी–६ मा निर्माणाधीन बसपार्कको उत्तरतर्फ रहेको ६ कठ्ठा जग्गामा उक्त भवन निर्माण सुरु गरिएको हो । उर्लाबारीका समाजसेवी अमृत तामाङ, ज्ञानु बास्कोटा र जंगबहादुर कार्कीले क्लबलाई उक्त जग्गा निःशुल्क उपलब्ध गराएका हुन। भवन निर्माणका लागि चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयबाट १० लाख रुपैयाँ र सामाजिक विकास मन्त्रालयबाट ७ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। क्लबका वर्तमान अध्यक्ष कुमार खड्काका अनुसार,यस वर्षदेखि…
Read More
जाजरकोटमा एकै दिन दुईपटकसम्म भूकम्पको धक्का

जाजरकोटमा एकै दिन दुईपटकसम्म भूकम्पको धक्का

आज राति ८ बजेर ७ मिनेट जाँदा जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाई ५.२ म्याग्निच्युडको भूकम्प गाएको छ। शुक्रबार बेलुकी एकैपटक भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। थप विवरण आउन बाँकी छ।
Read More
अबको ३ दिन देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना,बाली काट्ने कार्यमा सजगता अपनाउन अनुरोध

अबको ३ दिन देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना,बाली काट्ने कार्यमा सजगता अपनाउन अनुरोध

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले अबको तीन दिन देशका विभिन्न भूभागमा पानी पर्ने सम्भावना रहेको जनाएको छ। यो अवधिमा मुसुरो, गहुँ लगायतका बाली नकाट्न मौसमविद हरिप्रसाद दाहाल द्वारा जारी सूचनामा भनिएको छ। मौसमविद दाहालले आफ्नो स्थानीय क्षेत्रमा मौसमको अवस्था कस्तो रहने भन्ने बारेमा जानकारीको लागि जल तथा मौसम विज्ञान विभागको वेबसाइट https://www.dhm.gov.np वा सामाजिक सञ्जाल हेर्न र ११५५ मा फोन गरेर सोध्नपनि जारी सूचनामा अनुरोध गरिएको छ।
Read More
लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौँ। उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ। रूपन्देही जिल्ला अदालतको आदेशलाई बदर गर्दै उच्च अदालतले थुना पठाउने आदेश गरेको हो। जिल्ला अदालतले दिएको आदेश विरुद्ध उनीहरूले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए। न्यायाधीश द्वय रमेश ढकाल र स्वीकृत पराजुलीको संयुक्त इजलासले रास्वपाका सभापति लामिछानेलाई जिल्ला अदालत रूपन्देहीको आदेशलाई बदर गर्दै थुना पठाउने आदेश जारी गरेको हो।
Read More
रिहाइको माग गर्दै सचेत नागरिक समूहद्वारा हेटौंडामा चक्काजाम

रिहाइको माग गर्दै सचेत नागरिक समूहद्वारा हेटौंडामा चक्काजाम

हेटौंडा । सचेत नागरिक समूहले जिल्ला प्रहरी कार्यलय मकवानपुरको हिरासतमा रहेका ६ जना युवाहरूको रिहाइको माग गर्दै नाराबाजी गरेको छ । जिल्ला प्रहरी कार्यलय र हेटौंडा अस्पतालको अगाडि रहेको महेन्द्र राजमार्ग जाम गरि आन्दोलनकारीले टाएर बालेर चक्काजाम गरेका हुन् । सरकारी अस्पताल हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्न पाइँदैन भन्दै हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियान समितिले विगत चैत्र ३१ गते हेटौंडा अस्पतालमा झुम्ड्याएको मदन भण्डारीको ठाउँमा हेटौंडा अस्पतालको बोर्ड राखिएको थियो । उक्त कार्यमा सहभागी भएको भन्दै जिल्ला प्रहरी कार्यलयले ६ जना युवाहरूलाई हिरासतमा राखी आज म्याद थप गरिएको छ । छलफल गरि छोडिदिन्छौँ भन्ने बहानामा बोलाएर…
Read More
काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पुनःफर्के कार्यालयमा

काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गुरागाईं पुनःफर्के कार्यालयमा

काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईं पुनः कार्यालयमा हाजिर हुन पुगेका छन्। बिहीबार उनलाई रोक्न महानगर प्रहरी समेत खटाइए पनि उनी कार्यालयमा हाजिर हुन फर्केका हुन्। नगर प्रहरीले नगरप्रहरी परिचालन गरेर गेटमै रोक्न खोजेपनि कर्मचारीहरूले रोक्न नदिइ उनलाई कार्यालय प्रवेश गराएका हुन्। काठमाडौं महानगरले विभिन्न विवाद देखाउँदै गत पुस ७ गतेदेखि गुरागाईंलाई कार्यालयबाट हटाएको थियो।
Read More
घर अगाडी खेल्दै गरेको ७ बर्षकी बालिका अपहरण

घर अगाडी खेल्दै गरेको ७ बर्षकी बालिका अपहरण

इटहरी। सुनसरीको कोशी गाउँपालिकाबाट ७ वर्षीया वालिकाको अपहरण भएको छ । कोशी गाउँपालिका वडा नं ७, मुसहरी टोलमा बस्ने कुशेश्वर सदाको ७ वर्षीया छोरी इशु सदाको अपहरण भएको हो । हिजो (बुधवार) दिउँसो १ः४० बजे इशु घर अगाडि खेल्दै गर्दा अपरिचित व्यक्तिले सिटी सफारीमा अपहरण गरेर लगेको थियो। वालिका अपहरणमा परेको हल्ला भए लगतै वडा नं ७ का वडाध्यक्षले प्रहरी चौकी हरिपुरलाई खबर गरेका थिए । सूचना प्राप्त हुने साथ प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोलीले इशुको घरमा पुगेर सोधपुछ गर्दा, अपहरण गर्ने व्यक्तिको बारेमा कसैलाई थाहा नभएको पाइएको थियो। तत्काल जिल्ला प्रहरी कार्यालय सुनसरीले सिसिटिभी फुटेजको विश्लेषण गरेर र…
Read More
कुकुरले टोकेर घाइते भएका पुरुषको मृत्यु

कुकुरले टोकेर घाइते भएका पुरुषको मृत्यु

मोरङ। मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले टोकेर घाइते भएका १ जना पुरुषको मृत्यु भएको छ। बेवारिसे कुकुरले टोकेर घाइते भएका मोरङको मिक्लाजुङ गाउँपालिका–६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगरको मृत्यु भएको हो। स्थानीयका अनुसार मगर केही समययता भाउन्ने क्षेत्रमै बस्दै आएका थिए। बाटो हिँड्दै गर्दा बिहीबार बिहान ९ बजेतिर उनलाई कुकुरले टोकेको थियो। दायाँ खुट्टाको पिँडुलामा टोकेर मगरलाई गम्भीर घाइते बनाएपछि घटनास्थलबाट कुकुर भागेको बेलबारी–१० का वडाध्यक्ष गंगाबहादुर याक्खाले जानकारी दिए। कुकुरले टोकेपछि मगर रक्ताम्य भएर सडकमा ढलेका थिए। वडाध्यक्ष याक्खाका अनुसार सडकमा लडिरहेको अवस्थामा उद्धार गरेर उपचारका लागि नगर अस्पताल बेलबारी लगिएको थियो । त्यहाँ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.