Breaking News 2

गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व चयन, रोशन गोले अध्यक्षमा निर्वाचित

गोले तामाङ वंश उत्थान समाज मकवानपुरको नयाँ नेतृत्व चयन, रोशन गोले अध्यक्षमा निर्वाचित

हेटौंडा,बैशाख २६ गते । गोले तामाङ वंश उत्थान समाज मकवानपुर को तेस्रो अधिवेशन शनिबार हेटौंडामा सम्पन्न भएको छ । अधिवेशनले रोशन गोलेको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा कृष्ण बहादुर गोले र दिनेश गोले चयन भएका छन् भने सचिवको जिम्मेवारी रमा गोले थोकरले पाएकी छन् । यस्तै, सदस्यहरूमा तारा बहादुर गोले, काजीमान गोले, काहिली माया गोले, गंगा बहादुर गोले, कान्छामान गोले, वीर बहादुर गोले, सिताराम गोले, विवेक गोले, विरेन्द्र गोले, प्रकाश गोले, औतार सिं गोले, सुधारजित गोले र मान बहादुर गोले चयन भएका छन् । अधिवेशनको पहिलो सत्र कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष मीन प्रसाद…
Read More
चित्लाङ एफसी लाई आठौँ बागमती गोल्डकपको उपाधि, फाइनलमा बागमती युथ क्लबमाथि ४–० को शानदार जित

चित्लाङ एफसी लाई आठौँ बागमती गोल्डकपको उपाधि, फाइनलमा बागमती युथ क्लबमाथि ४–० को शानदार जित

झुरझुरे,बैशाख २६ गते । आठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चित्लाङ एफसीले जितेको छ । शनिवार सहिद स्मृति रंगशाला झुरझुरे खेलमैदानमा सम्पन्न फाइनल खेलमा सर्लाहीको बागमती युथ क्लब लाई ४–० गोल अन्तरले पराजित गर्दै चित्लाङले उपाधि हात पारेको हो । खेलको सुरुवातदेखि नै आक्रामक बनेको चित्लाङका लागि एरोन थापाले दोस्रो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि विदेशी खेलाडी सोलोमन किङले १७औँ र ४८औँ मिनेटमा दुई गोल थपे । चित्लाङका लागि अर्को गोल समीर तामाङले ७७औँ मिनेटमा गरेका थिए । उत्कृष्ट प्रदर्शन गरेका समीर तामाङ प्लेयर अफ दि म्याच घोषित भए । उपाधिसँगै चित्लाङ एफसीले नगद १० लाख…
Read More
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको १३औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरण र जनपक्षीय मुद्दामा केन्द्रित

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको १३औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरण र जनपक्षीय मुद्दामा केन्द्रित

हेटौंडा,बैशाख २६ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरको १३औँ पूर्ण बैठक हेटौंडा–११ सिमलटारमा सम्पन्न भएको छ । बैठकले संगठन सुदृढीकरणदेखि समसामयिक राजनीतिक विषयसम्म विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरेको जनाएको छ । बैठकलाई सम्बोधन तथा प्रशिक्षण दिँदै नारायणी–मधेस प्रदेश इन्चार्ज अनिल सीले हाल बालेन शाह नेतृत्वको सरकारले सुकुम्बासी तथा अव्यवस्थित बस्ती हटाउने नाममा चालेका कदमप्रति ध्यानाकर्षण गराएका छन् । उनले वैकल्पिक व्यवस्थापन नगरी बस्ती हटाउने कार्य जनविरोधी हुने बताएका छन् । उनले अव्यवस्थित बस्तीका नागरिकलाई उचित व्यवस्थापन र पुनःस्थापनाको सुनिश्चितता गरिनुपर्नेमा जोड दिँदै राज्यले जनताको आधारभूत अधिकारमाथि हस्तक्षेप गर्न नहुने धारणा राखे । त्यस्तै उनले आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै…
Read More
भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग भएको आरोप

भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा छानबिनको माग, लगानीकर्ताको रकम दुरुपयोग भएको आरोप

हेटौंडा,बैशाख २६ गते । हर्क सम्पाङ समक्ष सेवा सहयोग र आवाजमा हामी (SSAH), ले भीमफेदी–कुलेखानी सुरुङमार्ग परियोजनामा भएको भनिएको गम्भीर अनियमितता, आर्थिक अपारदर्शिता तथा सम्भावित ठगीप्रति ध्यानाकर्षण गराउँदै उच्चस्तरीय छानबिनको माग गरेको छ। संस्थाका अध्यक्ष विशालराज महतद्वारा जारी ध्यानाकर्षण पत्रमा नेपाल पूर्वाधार विकास कम्पनीमार्फत सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा अघि बढाइएको उक्त परियोजनाले आर्थिक समृद्धि र आकर्षक प्रतिफलको सपना देखाएर देश तथा विदेशमा रहेका नेपाली नागरिकबाट करिब ३४ करोड रुपैयाँ संकलन गरेको उल्लेख गरिएको छ। पत्रमा स्थानीय बासिन्दाले गाईबाख्रा बेचेर, ऋण काटेर तथा जग्गा समेत बिक्री गरेर परियोजनामा लगानी गरेको दाबी गरिएको छ। तर दशकौं बितिसक्दा पनि सुरुङमार्ग निर्माणको ठोस प्रगति…
Read More
सरकारी विज्ञापनमा विभेद नगर्न आइएफजेको नेपाल सरकारलाई आग्रह

सरकारी विज्ञापनमा विभेद नगर्न आइएफजेको नेपाल सरकारलाई आग्रह

काठमाडौं,बैशाख २५ गते । नेपाल पत्रकार महासङ्घ तथा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ एसिया प्रशान्त क्षेत्रद्वारा प्रस्तुत प्रस्तावलाई फ्रान्सको पेरिस मा सम्पन्न आइएफजे विश्व सम्मेलनले संकल्पका रूपमा पारित गर्दै नेपाल सरकारले सरकारी विज्ञापनसम्बन्धी विभेदकारी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ। मे ४ देखि ७, २०२६ सम्म सम्पन्न आइएफजे विश्व सम्मेलनले नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८२ चैत १८ गते जारी गरेको “सबै तहका सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र उपलब्ध गराउने” निर्देशनप्रति गम्भीर चिन्ता व्यक्त गरेको हो। सम्मेलनले उक्त निर्णयले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सम्पादकीय स्वतन्त्रता, सूचनाको हक र पत्रकारिताको स्वायत्ततामा प्रतिकूल असर पार्ने निष्कर्ष निकालेको छ। सम्मेलनले सरकारी विज्ञापन…
Read More
बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरे कानुनी कारबाही हुने : जिल्ला प्रशासन कार्यालय चितवन

बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरे कानुनी कारबाही हुने : जिल्ला प्रशासन कार्यालय चितवन

चितवन,बैशाख २५ गते । जिल्ला प्रशासन कार्यालय चितवनले बालबालिकालाई राजनीतिक प्रयोजनमा प्रयोग नगर्न सबै राजनीतिक दल, संघ-संस्था तथा सरोकारवालालाई आग्रह गरेको छ। कार्यालयद्वारा जारी सूचनामा गृहमन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको पत्रलाई आधार मान्दै बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न गराउने कार्य कानुनविपरीत रहेको उल्लेख गरिएको छ। बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ (२) (छ) अनुसार बालबालिकालाई राजनीतिक प्रयोजनका लागि संगठित गर्ने, हड्ताल, बन्द, चक्काजाम, धर्ना वा जुलुसमा प्रयोग गर्ने कार्यलाई बालबालिका विरुद्धको कसुर मानिने व्यवस्था रहेको प्रशासनले जनाएको छ। यस्ता गतिविधि रोकथाम गर्न तथा कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन हिजो वैशाख २४ गते…
Read More
हर्कराज राई (हर्क साम्पाङ)को आपत्ति : “संवैधानिक परिषद् अध्यादेश र प्रधान न्यायाधीश नियुक्ति विधिविपरीत”

हर्कराज राई (हर्क साम्पाङ)को आपत्ति : “संवैधानिक परिषद् अध्यादेश र प्रधान न्यायाधीश नियुक्ति विधिविपरीत”

काठमाडौं,बैशाख २५ गते । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सरकारले संवैधानिक प्रक्रिया मिच्दै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेको तथा प्रधान न्यायाधीश नियुक्तिमा वरियताको क्रम उल्लङ्घन गरेको भन्दै घोर आपत्ति जनाएका छन्। अध्यक्ष राईले संसदलाई छल्दै राष्ट्र प्रमुखमाथि दबाब सिर्जना गरेर अध्यादेश जारी गराउनु लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्थाविपरीत भएको बताएका छन्। उनले गलत प्रक्रियाबाट गरिएको कुनै पनि निर्णयलाई सही मान्न नसकिने स्पष्ट पारे। उनले प्रधान न्यायाधीश नियुक्तिको विषयमा पनि सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्। वरियतामा चौथो स्थानमा रहेका व्यक्तिलाई प्रधान न्यायाधीश नियुक्त गर्नु सरकारको अर्को ठूलो गल्ती भएको उनको आरोप छ। यस्तो कदमले न्यायालयको स्वतन्त्रता र…
Read More
आज साँझ ६ देखि ९ बजेसम्म स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली सेवा अवरुद्ध हुने

आज साँझ ६ देखि ९ बजेसम्म स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली सेवा अवरुद्ध हुने

हेटौंडा,बैशाख २५ गते । स्वास्थ्य बीमा बोर्डले आज शुक्रबार साँझ केही समयका लागि स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणालीको सेवा अवरुद्ध हुने जनाएको छ। बोर्डद्वारा जारी सूचनाअनुसार राष्ट्रिय सूचना प्रविधि केन्द्रमा सञ्चालनमा रहेको एकीकृत डाटा व्यवस्थापन केन्द्रको सरोवर (सर्भर) रिप्लेस गर्नुपर्ने भएकाले आज साँझ ६ बजेदेखि राति ९ बजेसम्म सेवा अवरुद्ध हुने भएको हो। यस अवधिमा बिमा व्यवस्थापन सूचना प्रणाली अन्तर्गतका सेवा सञ्चालन हुन नसक्ने बोर्डले जनाएको छ। सेवा अवरुद्ध हुँदा सेवाग्राहीहरूलाई पर्न जाने असुविधाप्रति बोर्डले क्षमायाचना समेत गरेको छ। त्यस्तै, बोर्डले सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई उक्त समयअगावै आवश्यक दाबी प्रक्रिया अनिवार्य रूपमा सम्पन्न गरिसक्न अनुरोध गरेको छ।
Read More
विशालराज महतले उठाए हेटौंडा अस्पतालको जीर्ण सडकको विषय : “बिरामीले उपचारभन्दा बढी सडकको पीडा भोगिरहेका छन्”

विशालराज महतले उठाए हेटौंडा अस्पतालको जीर्ण सडकको विषय : “बिरामीले उपचारभन्दा बढी सडकको पीडा भोगिरहेका छन्”

हेटौंडा,बैशाख २५ गते । हेटौंडा अस्पतालमा उपचारका लागि दैनिक करिब १५ सयको हाराहारीमा बिरामी विभिन्न जिल्लाबाट आउने गरेका छन् । इमर्जेन्सी, सर्जरी, अपरेसन तथा डेलिभरीजस्ता संवेदनशील सेवा सञ्चालन भइरहेको अस्पतालसम्म पुग्ने मुख्य सडक वर्षौंदेखि खाल्डाखुल्डी र अस्तव्यस्त अवस्थामा रहेको भन्दै स्थानीयवासी तथा सेवाग्राहीले गुनासो गर्दै आएका छन् । यसै विषयलाई लिएर सामाजिक अभियान्ता तथा “सेवा सहयोग र आवाज” अभियानका अध्यक्ष विशालराज महतले सामाजिक सञ्जाल फेसबुक मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनले अस्पताल पुग्ने सडकको दयनीय अवस्थाका कारण बिरामीहरूले उपचारका क्रममा मात्रै नभई उपचारपछि फर्किने बेलासमेत थप पीडा र जोखिम भोग्नुपरेको उल्लेख गरेका छन् । महतले आफ्नो फेसबुक स्टाटस…
Read More
हुप्राचौरमा जेष्ठ नागरिकमैत्री मिलन केन्द्र बनाउने बहस : विकास, वातावरण र सार्वजनिक उपयोगिताबीच सन्तुलन खोज्नुपर्ने आवाज

हुप्राचौरमा जेष्ठ नागरिकमैत्री मिलन केन्द्र बनाउने बहस : विकास, वातावरण र सार्वजनिक उपयोगिताबीच सन्तुलन खोज्नुपर्ने आवाज

हेटौडा, वैशाख २४ गते। हुप्राचौर क्षेत्रमा जेष्ठ नागरिकहरूका लागि मिलन केन्द्र निर्माण गर्ने विषय यतिबेला स्थानीय स्तरमा बहसको विषय बनेको छ। सामाजिक अभियान्ता तथा सेवा सहयोग र आवाजका अध्यक्ष विशालराज महत ले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणा पछि यस विषयले थप चर्चा पाएको हो। महतले विकासका नाममा “विरोधका लागि विरोध” गर्न नहुने उल्लेख गर्दै आवश्यकता, भविष्य र विकासबीच सन्तुलन कायम गरिनुपर्ने बताएका छन्। उनका अनुसार विकास व्यवहारिक, वातावरणमैत्री र कलात्मक हुनुपर्छ भन्ने आवाज स्वाभाविक हो। उनले विशेषगरी जेष्ठ नागरिकहरूका लागि मनका कुरा साटासाट गर्ने, अनुभव बाँड्ने तथा आत्मीयता साट्ने सार्वजनिक स्थलको आवश्यकता बढ्दै गएको उल्लेख गरेका छन्। यस्ता स्थलहरूले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.