Breaking News 2

मनकामना दुग्ध सहकारी र दाना उद्योगमा अनियमितताको आरोप, छानबिनपछि सत्य सार्वजनिक गरिने

मनकामना दुग्ध सहकारी र दाना उद्योगमा अनियमितताको आरोप, छानबिनपछि सत्य सार्वजनिक गरिने

गढी गाउँपालिका,बैशाख ५ गते । गढी गाउँपालिका–३ मा सञ्चालित मनकामना दुग्ध सहकारी संस्था र सम्बन्धित दाना उद्योगमा अनियमितता भएको गम्भीर सूचना सार्वजनिक भएको छ। सेवा सहयोग र आवाज संस्थाका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त विषय उठान गर्दै छानबिनपछि वास्तविकता सार्वजनिक गर्ने बताएका छन्। महतले जनताको पसिना र विश्वासमाथि खेलबाड भएको आशंका व्यक्त गर्दै, दोषी जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। उनले तथ्य, प्रमाण र जिम्मेवार पक्षको पहिचानसहित छिट्टै विस्तृत विवरण सार्वजनिक गरिने जानकारी दिएका छन्। उनका अनुसार, यदि अनियमितता पुष्टि भएमा संलग्न व्यक्तिहरूलाई कानुनी कठघरामा उभ्याउन अन्तिमसम्म लड्ने…
Read More
प्रदेश संरचना खारेज कि सुधार? गृहमन्त्रीको अभिव्यक्तिले चर्कियो बहस

प्रदेश संरचना खारेज कि सुधार? गृहमन्त्रीको अभिव्यक्तिले चर्कियो बहस

काठमाडौं,बैशाख ५ गते । गृहमन्त्री सुदन गुरुङले हालै व्यक्त गरेको “प्रदेश संरचना खारेज गरी ‘छोटे राजा’ प्रवृत्ति अन्त्य गर्नुपर्ने” भनाइले राजनीतिक तथा सार्वजनिक वृत्तमा तीव्र बहस सुरु भएको छ। संघीय व्यवस्थाको मूल आधार मानिएको प्रदेश संरचनामाथि उठेको यो प्रश्नले यसको प्रभावकारिता, उद्देश्य र भविष्यबारे गहिरो विमर्श आवश्यक बनाएको छ। एक पक्षका अनुसार, प्रदेश संरचना अपेक्षित रूपमा परिणाममुखी हुन सकेको छैन। सेवा प्रवाहमा ढिलाइ, प्रशासनिक दोहोरोपन, स्रोत–साधनको असमान वितरण र बढ्दो आर्थिक बोझ जस्ता समस्याले यसको कार्यक्षमतामाथि प्रश्न उठाइएका छन्। कतिपय प्रदेशमा नेतृत्व तहमा शक्ति केन्द्रीकरण बढ्दै गएको भन्दै “छोटे राजा” प्रवृत्ति मौलाउँदै गएको आरोप समेत लागिरहेको छ। यसै आधारमा, संरचना…
Read More
सर्वोदयको कन्टेन्ट क्रिएसन सम्बन्धी १० दिने तालिम सम्पन्न

सर्वोदयको कन्टेन्ट क्रिएसन सम्बन्धी १० दिने तालिम सम्पन्न

काठमाडौं,बैशाख ५ गते । काठमाडौँ समावेशी अक्षर र अनुसन्धान संस्था सर्वोदयको आयोजनामा दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालित १० दिने 'अनलाइन कन्टेन्ट क्रिएसन' तालिम भव्य रूपमा सम्पन्न भएको छ। महालक्ष्मी विकास बैंक लिमिटेडको आर्थिक सहयोगमा चैत्र २६ गतेदेखि वैशाख ४ गतेसम्म सञ्चालन भएको यस कार्यक्रममा सहभागीहरूले अडियो एडिटिङ, विज्ञापन निर्माण, युट्युब च्यानल व्यवस्थापन, गुगल डक्स, एक्सेल र डिजिटल कन्टेन्टमार्फत अनलाइन आयआर्जन गर्ने विभिन्न प्राविधिक सीपहरू सिक्ने अवसर पाएका थिए। ​समापन सत्रमा बोल्दै संस्थाका कोषाध्यक्ष सौगात वाग्लेले वि.सं. २०७५ देखि दृष्टिविहीन व्यक्तिहरूको शैक्षिक र प्राविधिक विकासमा क्रियाशील रहेको संस्थाले पछिल्लो समय उद्यमशीलतासँग जोड्न अचार बनाउने, सिलाई बुनाई र कम्प्युटर तालिम जस्ता…
Read More
कच्चापदार्थ र ढुवानी खर्च बढ्दा प्रशोधित पानी उद्योग संकटमा, मूल्य समायोजन अपरिहार्य

कच्चापदार्थ र ढुवानी खर्च बढ्दा प्रशोधित पानी उद्योग संकटमा, मूल्य समायोजन अपरिहार्य

काठमाडौं,बैशाख ५ गते । नेपालमा प्रशोधित पिउने पानी उद्योग गम्भीर आर्थिक दबाबमा परेको छ। ६२० भन्दा बढी उद्योग मार्फत ३० हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएको र १६ अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको यो क्षेत्रले हाल कच्चा पदार्थको मूल्य वृद्धि, ढुवानी खर्चमा वृद्धि तथा अन्तर्राष्ट्रिय परिस्थितिको प्रभावका कारण चुनौतीपूर्ण अवस्था सामना गरिरहेको नेपाल पानी उद्योग महासङ्घले जनाएको छ। महासङ्घका अनुसार उद्योगमा प्रयोग हुने बोटल, क्याप, र्यापिङ्ग सामग्री, जार लगायत कच्चा पदार्थहरूको मूल्य ४० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। त्यस्तै डिजेल तथा पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेखनीय रूपमा बढेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता, विशेषगरी इरान–इजरायल…
Read More
रास्वपा मकवानपुरमा चुलिँदो कलह: “नयाँ राजनीति” को वाचा कि पुरानै प्रवृत्तिको पुनरावृत्ति?

रास्वपा मकवानपुरमा चुलिँदो कलह: “नयाँ राजनीति” को वाचा कि पुरानै प्रवृत्तिको पुनरावृत्ति?

हेटौडा,बैशाख ५ गते । मकवानपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको पछिल्लो विवाद केवल संगठनात्मक असमझदारी होइन, यो “नयाँ राजनीति” को दाबी बोकेको पार्टीको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गर्ने घटनाक्रमका रूपमा उभिएको छ। प्रतिनिधिसभाका दुबै क्षेत्र जितेर उत्साहित बनेको रास्वपा अहिले आफ्नै आन्तरिक द्वन्द्व, शक्ति संघर्ष र नेतृत्व शैलीका कारण संकटग्रस्त देखिन्छ। जिल्लाका कार्यबाहक सभापति समेत रहेका सांसद प्रकाश गौतममाथि कार्यकर्ताहरूले लगाएको “दोहोरो चरित्र” को आरोप सामान्य राजनीतिक टिप्पणी मात्र होइन; यसले पार्टीभित्र बढ्दो अविश्वास र असन्तुष्टिको गहिराइ संकेत गर्छ। चुनावी सफलतापछि नेतृत्वमा आएको भनिएको घमण्ड, पक्षपातपूर्ण व्यवहार र असहमतिप्रति असहिष्णुता—यी सबै आरोपहरू यदि सत्यतथ्यमा आधारित छन् भने, यसले रास्वपाको…
Read More
हेटौंडा–१८ भक्तिचोकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ४ जना घाइते

हेटौंडा–१८ भक्तिचोकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, ४ जना घाइते

हेटौँडा, वैशाख ४ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ भक्तिचोकस्थित धरान–चतरा सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडाबाट फुर्केचौरतर्फ जाँदै गरेको ना ३९ प ३७५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको बा.प्र.०३–००५ प ७२१९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा अन्त बहादुर बि.सी., राजु थिङ, सुर्यमणी खतिवडा र प्रशान्त वाइबा घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल पठाइएको थियो। उपचारकै क्रममा अन्दाजी ३५/३६ वर्षका एक पुरुषको आज दिउँसो करिब १:३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको छ।…
Read More
मकवानपुरमा ६५० भन्दा बढी राहदानी अलपत्र, सेवाग्राहीलाई छिटो बुझ्न प्रशासनको आग्रह

मकवानपुरमा ६५० भन्दा बढी राहदानी अलपत्र, सेवाग्राहीलाई छिटो बुझ्न प्रशासनको आग्रह

हेटौडा,बैशाख ४ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राहदानीका लागि आवेदन दिएका सेवाग्राहीमध्ये मिति २०८२ चैत २० गतेसम्म आवेदन दिने व्यक्तिहरूको राहदानी तयार भइसकेको जनाएको छ। कार्यालयका अनुसार तयार भएका राहदानीमध्ये हालसम्म ६५० भन्दा बढी राहदानी सम्बन्धित व्यक्तिहरूले लिन नआएको पाइएको छ। कार्यालयले राहदानी तयार भइसकेका सेवाग्राहीलाई आफूहरूले आवेदनका क्रममा उपलब्ध गराएको फोन नम्बरमार्फत सम्पर्क गरी राहदानी बुझ्ने तरिका स्पष्ट गर्न आग्रह गरेको छ। सेवाग्राहीले कार्यालयमै उपस्थित भई राहदानी बुझ्ने वा हुलाकमार्फत घरमै पठाइदिने विकल्पबारे जानकारी दिन सक्नेछन्। राहदानी समयमै नलिँदा सेवाग्राहीलाई असुविधा हुन सक्ने भएकाले यथाशीघ्र सम्पर्क गरी राहदानी बुझ्न प्रशासनले अनुरोध गरेको छ। साथै, राहदानीसम्बन्धी थप जानकारी लिन…
Read More
निजगढमा दृष्टिविहीन क्रिकेट प्रशिक्षण सम्पन्न

निजगढमा दृष्टिविहीन क्रिकेट प्रशिक्षण सम्पन्न

​निजगढ,बैशाख ३ गते । नेत्रहीन क्रिकेट संघ मधेस प्रदेशको आयोजनामा निजगढ-६ स्थित क्रिकेट मैदानमा सञ्चालित दृष्टिविहीन क्रिकेट प्रशिक्षण तथा प्रतियोगितात्मक कार्यक्रमको आज समापन गरिएको छ। वैशाख १ गतेदेखि सुरु भएको उक्त कार्यक्रमको निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यतामा औपचारिक समापन गरिएको हो। ​समापन समारोहमा नगर उप-प्रमुख सोममाया थिङ्ग, वडा अध्यक्ष बिसन सापकोटा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिलबहादुर लामा र इलाका प्रहरी कार्यालय निजगढका प्रमुख जीवन लामिछाने लगायतको उपस्थिति थियो। ​संघका अध्यक्ष महेश साहका अनुसार वैशाख ५ देखि ८ गतेसम्म आयोजना हुने प्रदेश स्तरीय प्रतियोगितामा मधेस प्रदेशलाई उपाधि दिलाउने लक्ष्यका साथ यो प्रशिक्षण दिइएको हो। कार्यक्रममा युवा क्लबका…
Read More
मकवानपुरमा फोनमार्फत ज्यान मार्ने धम्कीको आरोप, सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन

मकवानपुरमा फोनमार्फत ज्यान मार्ने धम्कीको आरोप, सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन

हेटौडा,बैशाख ३ गते । मकवानपुर जिल्लामा फोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै एक व्यक्तिले जिल्ला प्रहरी कार्यालयमा निवेदन दर्ता गराएका छन्। हेटौडा उपमहानगरपालिका–६ रामनगर निवासी ४४ वर्षीय नरहरी चौलागाईंले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन पेश गर्दै आफ्नो जिउधनको सुरक्षाको माग गरेका हुन्। निवेदनअनुसार हेटौडा–५ भैरव रोड निवासी अन्दाजी ४० वर्षीय टाका राज थापा (सुरेश)ले वैशाख २ गते साँझ करिब ६:१८ बजे फोनमार्फत सम्पर्क गरी अश्लील शब्द प्रयोग गर्दै झुटा आरोप र लाञ्छना लगाउनुका साथै ज्यान मार्ने धम्की दिएको आरोप लगाइएको छ। चौलागाईंले उक्त घटनाको प्रमाणस्वरूप भ्वाइस रेकर्ड सुरक्षित राखेको र आवश्यक पर्दा पेश गर्ने बताएका छन्। साथै, आफू मात्र…
Read More
हेटौडा–१३ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, तोकिएको मितिमा रकम बुझ्न आग्रह

हेटौडा–१३ मा सामाजिक सुरक्षा भत्ता वितरण सुरु, तोकिएको मितिमा रकम बुझ्न आग्रह

हेटौडा,बैशाख ३ गते । हेटौडा उपमहानगरपालिका–१३ नम्बर वडा कार्यालयले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकअन्तर्गतको सामाजिक सुरक्षा भत्ता लाभग्राहीहरूको खातामा जम्मा भइसकेको जानकारी दिएको छ। वडा कार्यालयले सूचना जारी गर्दै सम्बन्धित लाभग्राहीहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई भत्ता रकम बुझ्न आग्रह गरेको हो। सूचनाअनुसार, लाभग्राहीहरूले आफ्नो सक्कल नागरिकता र सामाजिक सुरक्षा भत्ता परिचयपत्र साथमा ल्याउनुपर्नेछ। भत्ता वितरण प्रोग्रेसिभ फाइनान्स लिमिटेड पदमपोखरी शाखामार्फत गरिनेछ। वडा कार्यालयले विभिन्न टोल विकास संस्थाअनुसार भत्ता वितरणको समय तालिका समेत सार्वजनिक गरेको छ। वैशाख ४ गते बिहान ९ बजेदेखि ३ बजेसम्म सृजनशील, समृद्धि, सिम्पानी, मुस्कान, सिरानटोल, समाजसेवी, शान्ति, टुटेपानी र पवित्रा टोलका लाभग्राहीहरूले भत्ता…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.