२०८२ फाल्गुन १६, शनिबार २२:३१
२०८२ फाल्गुन १६, शनिबार २२:३१
काठमाडौँ, फागुन १६ गते । मध्यपूर्व क्षेत्रमा तीव्र बन्दै गएको युद्धले विश्व राजनीतिलाई मात्र होइन, नेपालजस्ता साना र परनिर्भर मुलुकहरूको भविष्यलाई पनि गम्भीर चुनौती दिएको छ। संयुक्त राज्य अमेरिका र इजरायल द्वारा ईरान माथि गरिएको सैन्य आक्रमण तथा त्यसको प्रत्युत्तरमा भएको प्रतिहमलासँगै औपचारिक रूपमा युद्ध सुरु भएको राजनीतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले बताएका छन्। उनका अनुसार, यो युद्धले विश्व अर्थतन्त्रमा अनपेक्षित र दीर्घकालीन प्रभाव पार्ने निश्चित छ, जसको प्रत्यक्ष असर नेपाल जस्ता रेमिट्यान्समा आधारित अर्थतन्त्र भएका मुलुकहरूमा पर्नेछ। विशेषतः मध्यपूर्वका विभिन्न देशहरूमा कार्यरत लाखौँ नेपाली श्रमिकहरूको रोजगारी, आय र सुरक्षामाथि प्रश्न उठ्ने देखिएको छ। मोक्तानले औँल्याएअनुसार युद्धका कारण नेपाली अर्थतन्त्रमा रेमिट्यान्स…