Breaking News 2

विवेक खोलेर मतदान गर्न विशाल राज महतको हार्दिक अपिल

विवेक खोलेर मतदान गर्न विशाल राज महतको हार्दिक अपिल

हेटौंडा, माघ १६ गते । सामाजिक अभियन्ता तथा अध्यक्ष विशाल राज महतले आसन्न निर्वाचनलाई लक्षित गर्दै विवेकपूर्ण मतदान गर्न आम नागरिकसँग हार्दिक अपिल गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत एक सशक्त सन्देश सार्वजनिक गर्दै मतलाई हल्का रूपमा नलिन आग्रह गरेका हुन्। महतले आफ्नो सन्देशमा भनेका छन्, “मत केवल कागजमा हालिने छाप होइन, यो देश र हाम्रो भविष्यमा गरिने हस्ताक्षर हो।” उनले मुलुकमा पटक–पटक राजनीतिक परिवर्तन, व्यवस्था र नारा फेरिए पनि जनताको दैनिकी, पीडा र अपेक्षामा अपेक्षित सुधार हुन नसकेको यथार्थ औंल्याएका छन्। उनका अनुसार यो गुनासो भावनामा आधारित मात्र नभई जनताको प्रत्यक्ष अनुभवबाट आएको निष्कर्ष हो। व्यक्ति असल वा खराब हुने…
Read More
प्रेस सेन्टर नेपाल मकवानपुरको २२औँ स्थापना दिवस सम्पन्न, वैचारिक दृढता र पत्रकारिताको दायरा विस्तार गर्न जोड

प्रेस सेन्टर नेपाल मकवानपुरको २२औँ स्थापना दिवस सम्पन्न, वैचारिक दृढता र पत्रकारिताको दायरा विस्तार गर्न जोड

हेटौंडा, माघ १५ गते । प्रेस सेन्टर नेपाल मकवानपुरले आफ्नो २२औँ स्थापना दिवसको अवसर पारेर शुभकामना कार्यक्रम सम्पन्न गरेको छ। हेटौंडा उपमहानगरपालिका–५ स्थित नेपाल कम्युनिस्ट पार्टीको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी नेतृत्व, प्रेस सेन्टरका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री कुमारी मोक्तानले प्रेस सेन्टर नेपाल मकवानपुरले स्थापना दिवस लक्षित कार्यक्रम आयोजना गर्नु सकारात्मक र प्रशंसनीय कार्य भएको बताइन्। उनले संगठनले आफ्नो कार्यक्षेत्रलाई सानो दायराबाट अझ ठूलो दायरामा विस्तार गर्दै पत्रकारिताको क्षमता र दक्षता अभिवृद्धि गर्नुपर्नेमा जोड दिइन्। मकवानपुर जिल्ला बागमती प्रदेश अन्तर्गत संगठनात्मक दृष्टिले…
Read More
“कलियुगमा फटाहा जितेजस्तो देखिए पनि मूल्य समाजले तिर्छ” – सामाजिक अभियन्ता विशाल राज महत

“कलियुगमा फटाहा जितेजस्तो देखिए पनि मूल्य समाजले तिर्छ” – सामाजिक अभियन्ता विशाल राज महत

हेटौंडा, माघ १५ गते । सेवा, सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले कलियुगको सामाजिक यथार्थप्रति गम्भीर चिन्ता व्यक्त गर्दै फटाहा, चालाक र स्वार्थी प्रवृत्तिहरूले अस्थायी रूपमा जितेजस्तो देखिए पनि त्यसको मूल्य सम्पूर्ण समाजले तिर्नुपर्ने बताएका छन्। आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको स्टाटसमा उनले धर्मग्रन्थमा उल्लेखित चार युगमध्ये कलियुगलाई अन्तिम युगका रूपमा व्याख्या गर्दै यस युगमा धर्म कमजोर हुने र सत्यभन्दा चालाकी हाबी हुने उल्लेख गरेका छन्। उनका अनुसार सत्य, धैर्य र न्यायको मार्गमा हिँड्नेहरू प्रायः एक्लिन्छन् भने मीठा बोली, सजिला वाचा र खोक्रा आश्वासन दिनेहरू भीडको समर्थन पाउन सफल हुन्छन्। महत्वपूर्ण सन्देशका रूपमा उनले एउटा…
Read More
बुद्धचोक–पिपलबोट क्षेत्रमा यात्रु तानातानको अव्यवस्था, दुर्घटनाको जोखिम बढ्दै : विशाल राज महत

बुद्धचोक–पिपलबोट क्षेत्रमा यात्रु तानातानको अव्यवस्था, दुर्घटनाको जोखिम बढ्दै : विशाल राज महत

हेटौंडा, माघ १५ गते । हेटौंडा उपमहानगरपालिकाअन्तर्गत बुद्धचोकदेखि पिपलबोट हनुमान मन्दिरसम्मको सडक खण्डमा सार्वजनिक सवारी व्यवस्थापनमा गम्भीर अव्यवस्था देखिएको छ। विशेषगरी हेटौंडा–काठमाडौँ लक्षित अटो, मयुरी र मोटरसाइकलमा आएका यात्रुलाई “कता जाने ? गाडी यता” भन्दै युवाहरूले तानातान गर्ने दृश्य दैनिक देखिन थालेपछि दुर्घटनाको जोखिम बढ्दै गएको छ। यस अवस्थाप्रति हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष तथा सामाजिक अभियान्ता विशाल राज महतले सामाजिक सञ्जालमार्फत गम्भीर ध्यानाकर्षण गराएका छन्। उनले यात्रु तानातान गर्ने गतिविधिले सडकमा अव्यवस्था मात्र होइन, असभ्य समाजको चित्र समेत प्रस्तुत गरिरहेको उल्लेख गरेका छन्। नजिकै ट्राफिक प्रहरीको उपस्थिति हुँदाहुँदै पनि अवस्था नियन्त्रणबाहिर देखिनु झनै चिन्ताजनक भएको महतको भनाइ छ। सबैलाई रोजिरोटी आवश्यक…
Read More
हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता र शैक्षिक मेला माघ १६ र १७ गते हुने

हेटौंडामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता र शैक्षिक मेला माघ १६ र १७ गते हुने

हेटौंडा, माघ १५ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० को आयोजनामा तेस्रो घरेलु उत्पादन प्रवर्द्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मेला आगामी माघ १६ र १७ गते हेटौंडा बसपार्कमा आयोजना हुने भएको छ। वडाध्यक्ष फुर्वा दोर्जे लामाका अनुसार मेलाको समुद्घाटन माघ १६ गते बिहान ११:०० बजे बागमती प्रदेश प्रमुख श्री दिपक प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा हुने तय भएको छ। घरेलु उत्पादनको प्रवर्द्धन, स्थानीय सीपको पहिचान, सांस्कृतिक नृत्यको संरक्षण तथा शैक्षिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको वडाध्यक्ष लामाले जानकारी दिएका छन्। उक्त मेलामा स्थानीय घरेलु उत्पादनका स्टलहरू, विविध नृत्य प्रतियोगिता तथा शैक्षिक सामग्री प्रदर्शनी रहने जनाइएको…
Read More
शिवम सिमेन्टको प्रदूषणविरुद्ध चुप लाग्दैनौं : लिखित प्रतिबद्धता बिना भोट नदिने अभियान चलाउन आह्वान

शिवम सिमेन्टको प्रदूषणविरुद्ध चुप लाग्दैनौं : लिखित प्रतिबद्धता बिना भोट नदिने अभियान चलाउन आह्वान

हेटौंडा, माघ १३ गते । हेउँनपा–१६ र १७ मा अवस्थित शिवम सिमेन्ट उद्योगबाट उत्पन्न ध्वनि प्रदूषण, धुलो र धुवाँका कारण स्थानीय बासिन्दा तथा नजिकै रहेको लक्ष्मी आधारभूत विद्यालयमा अध्ययनरत कलिला बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको भन्दै सामाजिक अभियान्ता तथा सेवा, सहयोग र आवाजका अध्यक्ष विशाल राज महतले कडा आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको आफ्नो स्टाटसमा अध्यक्ष महतले यस विषयमा आफूहरू चुप नलागेको र निरन्तर खबरदारी गर्दै आएको स्पष्ट पारेका छन्। उनका अनुसार यसअघि शिवम सिमेन्ट उद्योगका प्रतिनिधिसँग दुई पटक छलफल भए पनि पीडित स्थानीय, जनप्रतिनिधि र पत्रकारहरूको उपस्थितिमा लाइभ बार्ता गर्ने सहमति कार्यान्वयन हुन सकेको छैन। हालसम्म पनि…
Read More
घरेलु मैदानमै टुट्यो नेपाली महिला टोलीको विश्वकप सपना, स्कटल्याण्डसँग भारी हार

घरेलु मैदानमै टुट्यो नेपाली महिला टोलीको विश्वकप सपना, स्कटल्याण्डसँग भारी हार

काठमाडौँ, माघ १२ गते । घरेलु दर्शकको ठूलो समर्थनका बीच आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट खेलिरहेको नेपाली महिला क्रिकेट टोलीको यात्रा समूह चरणमै टुंगिएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न निर्णायक खेलमा स्कटल्याण्डसँग पराजित भएसँगै नेपाल अघिल्लो चरणमा पुग्न असफल भएको हो। १४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याटरहरू स्कटल्याण्डको सशक्त बलिङअगाडि निरीह बने। नियमित अन्तरालमा विकेट गुमाउँदै गएको नेपाल पूरै ६८ रनमै अलआउट हुन पुग्यो, जसले हारको अन्तरलाई अझै ठूलो बनायो। ब्याटिङतर्फ रोमा थापा र विन्दु रावलले समान १४–१४ रन जोड्दै शीर्ष स्कोरर बने भने रुविना क्षेत्रीले १० रन बनाइन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा पुग्न नसक्नु…
Read More
गुलाफ बोकेर चुनावी मैदानमा नेकपा (माओवादी) — मकवानपुरबाट तीन उम्मेदवार प्रतिस्पर्धामा

गुलाफ बोकेर चुनावी मैदानमा नेकपा (माओवादी) — मकवानपुरबाट तीन उम्मेदवार प्रतिस्पर्धामा

हेटौंडा, माघ १२ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गुलाफ चुनाव चिह्नसहित नेकपा (माओवादी) मकवानपुर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार मकवानपुर जिल्लाबाट प्रत्यक्षतर्फ दुई जना र समानुपातिकतर्फ एक गरी तीन जनाको उम्मेदवारी दर्ता गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुर क्षेत्र नम्बर १ बाट महेश नेपाली (आरोह) र क्षेत्र नम्बर २ बाट राम घलान (वाटर) ले उम्मेदवारी दिएका छन् । त्यस्तै, समानुपातिक तर्फ सुशीला सिंतान उम्मेदवार बनेकी छन् । लामो समयसम्म संसदीय व्यवस्थाको विरोध गर्दै निर्वाचन बहिष्कार गर्दै आएको नेकपा विप्लव समूहले यसपटक नेकपा (माओवादी) नाम दर्ता गरी गुलाफ चुनाव चिह्नसहित चुनावी…
Read More
१० ओभरमै लक्ष्य ध्वस्त: अभिषेक शर्माको आँधीमा न्यूजिल्यान्ड निरीह

१० ओभरमै लक्ष्य ध्वस्त: अभिषेक शर्माको आँधीमा न्यूजिल्यान्ड निरीह

नयाँ दिल्ली, माघ १२ गते । भारतीय क्रिकेट टोलीले न्यूजिल्यान्ड विरुद्धको तेस्रो टी–२० खेलमा दर्शकलाई चकित पार्ने प्रदर्शन गर्दै ८ विकेटको दबदबा पूर्ण जित निकालेको छ। १५४ रनको लक्ष्य भारतले अझै ६० बल बाँकी छँदै मात्र १० ओभरमै पूरा गर्‍यो। यो ऐतिहासिक जितको केन्द्रमा रहे युवा ओपनर अभिषेक शर्मा, जसले आक्रामक शैलीमा ६८ रन बनाउँदै टी–२० इतिहासकै दोस्रो छिटो अर्धशतक प्रहार गरे। सन् २००७ मा युवराज सिंहले १२ बलमै बनाएको अर्धशतकपछि अभिषेकको इनिङ भारतीय क्रिकेटमा विशेष रूपमा अंकित भएको छ। भारतले खेलको सुरुवातदेखि नै आक्रमणको संकेत दिँदै ३.१ ओभरमै टोलीको ५० रन पूरा गर्‍यो, जुन अर्को कीर्तिमान हो। कप्तान सूर्यकुमार…
Read More
प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेल

काठमाडौँ, माघ ११ गते । आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ लाई लक्षित गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी सहमति भएको छ। दुवै पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा सम्पन्न सहमतिअनुसार विभिन्न निर्वाचन क्षेत्रहरूमा आपसी तालमेल गरी उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरिएको हो। सहमति अनुसार पश्चिम रुकुमबाट प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार श्री जनार्दन शर्मा र पूर्वी रुकुमबाट उम्मेदवार श्री सन्दीप पुनको पक्षमा एमालेले आँखा चिन्हमा मतदान गर्नेछ। त्यसैगरी कर्णाली प्रदेशका हुम्ला र जुम्ला बाहेकका जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा नेकपा एमालेका उम्मेदवारहरूको पक्षमा सूर्य चिन्हमा प्रगतिशील लोकतान्त्रिक पार्टीले मतदान गर्ने सहमति भएको छ। सहमतिको प्रभावकारी कार्यान्वयनका लागि दुवै पार्टीले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.