Breaking News 2

अनुमति नपाउँदा हेटौंडा–१८ को स्वास्थ्य चौकीको एम्बुलेन्स थन्कियो, बिरामीले सेवा पाउन सकेनन्

अनुमति नपाउँदा हेटौंडा–१८ को स्वास्थ्य चौकीको एम्बुलेन्स थन्कियो, बिरामीले सेवा पाउन सकेनन्

हेटौँडा, फागुन २४ गते । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स आवश्यक अनुमति नपाउँदा लामो समयदेखि सञ्चालनमा आउन नसकेको पाइएको छ। बिरामीलाई अस्पताल लैजान अत्यावश्यक साधन भए पनि प्रशासनिक प्रक्रियामा फाइल अल्झिँदा एम्बुलेन्स प्रयोगविहीन अवस्थामा रहेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार एम्बुलेन्स सञ्चालनका लागि आवश्यक कागजी प्रक्रिया जनस्वास्थ्य कार्यालयसम्म पुगेको भए पनि अन्तिम स्वीकृतिको फाइल महिनौँदेखि सम्बन्धित निकायको टेबलमै थन्किएको छ। यसका कारण एम्बुलेन्स प्रयोगमा आउन नसकेको र बिरामीहरू समयमै अस्पताल पुर्‍याउन समस्या भइरहेको गुनासो गरिएको छ। स्वास्थ्य चौकीमा एम्बुलेन्स तयार अवस्थामा भए पनि प्रशासनिक अनुमति नपाउँदा सञ्चालन हुन नसक्दा स्थानीय बासिन्दा आक्रोशित भएका छन्। बिरामीको…
Read More
जनमतको सम्मान गरौँ, हारले योगदानको मूल्य घटाउँदैन : विशालराज महत

जनमतको सम्मान गरौँ, हारले योगदानको मूल्य घटाउँदैन : विशालराज महत

हेटौँडा, फागुन २४ गते । प्रतिनिधि सभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै सेवा, सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले जनमतको सम्मान गर्न सबैलाई आग्रह गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लोकतन्त्रमा जित र हार स्वाभाविक प्रक्रिया भएको बताएका हुन्। महतले चुनावको परिणाम कुनै एक व्यक्तिको मात्र जित वा हार नभई देश र जनताको सामूहिक निर्णय भएको उल्लेख गरेका छन्। उनले आम जनताले ठूलो आशा र विश्वासका साथ मतदान गर्ने भएकाले जनमतको सम्मान गर्नु सबैभन्दा महत्वपूर्ण विषय भएको बताए। उनका अनुसार यसपटकको निर्वाचन परिणामले केही रोचक तथा अप्रत्याशित दृश्य पनि देखाएको छ। “जनताले घण्टी…
Read More
नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता राम बहादुर घलान : “यसपटक जनमतको लहर राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ, तर सुनामी जस्तो जनमतले देशलाई नै बगाउन सक्छ”

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नेता राम बहादुर घलान : “यसपटक जनमतको लहर राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ, तर सुनामी जस्तो जनमतले देशलाई नै बगाउन सक्छ”

हेटौँडा, फागुन २४ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम बहादुर घलान (वाटर) ले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको परिणामलाई जनमतको परिवर्तनको संकेत भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यसपटकको निर्वाचनमा जनमतको लहर राष्ट्रिय स्वतन्त्र पार्टी तर्फ देखिएको बताएका हुन्। उनले जनताले देखाएको परिवर्तनको चाहनालाई सबै राजनीतिक दलले सम्मान गर्नुपर्ने धारणा राखेका छन्। घलानले पुराना राजनीतिक दलहरूको नेतृत्वमा देखिएको कमजोरीका कारण पनि जनताको मत परिवर्तन भएको उल्लेख गरेका छन्। उनले जनमतको लहरलाई सकारात्मक रूपमा ग्रहण गर्दै निर्वाचित हुने जनप्रतिनिधिहरूलाई आफ्नो कार्यकाल सफल बनाउन शुभकामना व्यक्त गरेका छन्। साथै उनले…
Read More
मकवानपुर–२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैप्रति महेश बर्तौलाद्वारा आभार व्यक्त

मकवानपुर–२ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सहयोग गर्ने सबैप्रति महेश बर्तौलाद्वारा आभार व्यक्त

हेटौँडा, फागुन २१ गते । आज साँझ ५ बजे सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन योगदान पुर्‍याउने सम्पूर्ण पक्षप्रति मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश कुमार बर्तौलाले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेका छन्। उम्मेदवार बर्तौलाले निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउँदै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्ण मतदाता, विभिन्न राजनीतिक दल, सञ्चारकर्मी, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी तथा अन्य सरोकारवाला निकायहरूको भूमिकाको उच्च प्रशंसा गरेको छ। उनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने क्रममा देखिएको नागरिकको उत्साह, जिम्मेवारीबोध र सहकार्यले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र सफल बनाउन महत्वपूर्ण योगदान पुगेको उल्लेख गरे। साथै, निर्वाचन सफलताका लागि दिनरात खटिएका सबै प्रति…
Read More
लोकतन्त्रप्रति नेपालीको अटल विश्वास पुनः प्रमाणित : गगन थापाद्वारा मतदाता र सरोकारवालालाई धन्यवाद

लोकतन्त्रप्रति नेपालीको अटल विश्वास पुनः प्रमाणित : गगन थापाद्वारा मतदाता र सरोकारवालालाई धन्यवाद

काठमाडौँ, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशव्यापी रूपमा मतदाताले देखाएको उत्साह र सक्रिय सहभागिताले नेपाली जनताको लोकतन्त्र प्रतिको निष्ठा र अटल प्रतिबद्धता पुनः एक पटक सशक्त रूपमा अभिव्यक्त भएको छ। गगनकुमार थापाले निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मताधिकार प्रयोग गरेका सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइ प्रति नेपाली कांग्रेसको तर्फबाट उच्च सम्मान सहित कृतज्ञता व्यक्त गरेका छन्। उनले मतदाताको सक्रिय सहभागिताले एकातर्फ लोकतान्त्रिक प्रणालीप्रति जनताको गहिरो विश्वासलाई पुष्टि गरेको र अर्कोतर्फ राजनीतिक दलहरू तथा अब बन्ने सरकारलाई जन-अपेक्षाअनुसार काम गर्न थप जिम्मेवार बनाएको उल्लेख गरेको छ। केही निर्वाचन क्षेत्रमा घटेका छिटफुट घटना बाहेक समग्र रूपमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न…
Read More
महासंघ बागमती अध्यक्ष कृष्ण सारु मगरद्वारा दुर्गम क्षेत्रमा मतदान, मकवानपुर–२ मा मतदाताको उत्साह उच्च

महासंघ बागमती अध्यक्ष कृष्ण सारु मगरद्वारा दुर्गम क्षेत्रमा मतदान, मकवानपुर–२ मा मतदाताको उत्साह उच्च

हेटौँडा, फागुन २१ गते । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मकवानपुरको दुर्गम क्षेत्रमा पुगे मतदान गरेका छन्। अध्यक्ष मगरले मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत कैलाश गाउँपालिका वडा नं. २ स्थित कमलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेको हो। सोही केन्द्रबाट ८६ वर्षीय सन्त बहादुर प्रज्ञाले समेत मतदान गर्दै पहिलो मतदाताका रूपमा सहभागिता जनाए। सदरमुकाम हेटौंडाबाट करिब पाँच घण्टाको मोटर यात्रापछि पुगिने यो मतदान केन्द्र जिल्लाकै दुर्गम तथा बिकट क्षेत्रमा पर्दछ। मतदानपछि प्रतिक्रिया दिँदै अध्यक्ष मगरले लोकतन्त्रको सुदृढीकरणका लागि हरेक नागरिकले अनिवार्य रूपमा मताधिकार प्रयोग गर्नुपर्ने बताए। उनले भने, “आफ्नो प्रतिनिधि…
Read More
जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा मतदान सुरक्षाका लागि सवारी साधन सञ्चालनमा कडाइ

जिल्ला प्रशासन कार्यालय मकवानपुरद्वारा मतदान सुरक्षाका लागि सवारी साधन सञ्चालनमा कडाइ

हेटौँडा, फागुन २१ गते । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई सुरक्षित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले सवारी साधन सञ्चालनमा कडाइ गरेको छ। आज मिति २०८२ साल फागुन २१ गते भइरहेको निर्वाचनका क्रममा अत्यावश्यक सेवा तथा सहरी अनुमति प्राप्त सवारी साधनहरू बाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। मतदान कार्य सम्पन्न भएपछि मतदान केन्द्रबाट मतपेटिका सुरक्षित रूपमा मतगणनास्थलसम्म पुर्‍याउन सहज बनाउन मध्यराति १२ बजेसम्म उक्त व्यवस्था लागू रहने जनाइएको छ। जिल्ला सुरक्षा समितिले अत्यावश्यक सेवा तथा सवारी अनुमति प्राप्त सवारी साधनहरू बाहेक अन्य कुनै पनि सवारी साधन सञ्चालन नगर्न तथा नगराउन सबैलाई अनुरोध गरेको छ।…
Read More
राजनैतिक संस्कारले संकट मोडियो : गृहमन्त्री ओम प्रकाश अर्यालको नेतृत्वमा छ महिनामै देश स्थायित्वतर्फ

राजनैतिक संस्कारले संकट मोडियो : गृहमन्त्री ओम प्रकाश अर्यालको नेतृत्वमा छ महिनामै देश स्थायित्वतर्फ

काठमाडौँ, फागुन २० गते । राजनीति र राजनैतिक संस्कार फरक कुरा भएको सन्देश पछिल्लो छ महिनामा स्पष्ट रूपमा देखिएको छ। देशले अभूतपूर्व राजनीतिक, सामाजिक र सुरक्षा संकट झेलिरहेको बेला गृहमन्त्री ओम प्रकाश अर्यालको संयमित, कानुन सम्मत र दूरदर्शी नेतृत्वले देशलाई गम्भीर दुर्घटनाबाट जोगाउन सफल भएको विश्लेषण गरिएको छ। छ महिनाअघि देशभर विद्रोह, ध्वंश, आक्रोश र अराजकताले शान्तिसुरक्षा लगभग शून्य अवस्थामा पुगेको थियो। प्रहरी संरचना ध्वस्त, मनोबल कमजोर, सरकारी कार्यालय खरानी, न कागजात न डेटा—देश दिशाहीन अवस्थामा थियो। यस्तो कठिन परिस्थितिमा समयमै निर्वाचन सम्पन्न हुन्छ भन्ने विश्वास कमैलाई थियो। तर सीमित स्रोत, असीमित अपेक्षा र तीव्र दबाबका बीच पनि गृहमन्त्री अर्यालले…
Read More
नेपाल पत्रकार महासंघको माग: प्रेस पासकै आधारमा निर्वाचन समाचार संकलन गर्न सहज व्यवस्था गरियोस्

नेपाल पत्रकार महासंघको माग: प्रेस पासकै आधारमा निर्वाचन समाचार संकलन गर्न सहज व्यवस्था गरियोस्

काठमाडौँ, फागुन २० गते । प्रतिनिधि सभा निर्वाचनको समाचार संकलनका क्रममा देशभरका पत्रकार तथा सञ्चार गृहले प्रशासनिक झन्झट व्यहोर्नु परेकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघले मतदानको अघिल्लो दिनसम्म पनि पत्रकार र सञ्चारगृहले सहज रूपमा सूचना संकलन गरी जनता समक्ष पुर्‍याउने वातावरण नबनेकोमा दुःख व्यक्त गरेको छ। प्रेस विज्ञप्ति जारी गर्दै महासंघले सूचना विभाग तथा अन्य सरकारी निकायबाट जारी प्रेस पास, सम्बद्ध सञ्चारगृह वा महासंघको परिचयपत्रका आधारमा मतदान, मतगणनासम्बन्धी समाचार संकलन तथा त्यसका लागि सवारी साधनको पास तत्काल उपलब्ध गराउन माग गरेको छ। महासंघले यस विषयमा निर्वाचन आयोग र नेपाल सरकारसँग जोडदार आग्रह गर्दै पारदर्शी, स्वच्छ, निष्पक्ष र…
Read More
पत्रकार राजु सुवेदीलाई धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन माग

पत्रकार राजु सुवेदीलाई धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन माग

काठमाडौँ, फागुन १९ गते । समाचार लेखेकै आधारमा पत्रकार राजु सुवेदीलाई भौतिक आक्रमणसम्मको धम्की दिइएको घटनाप्रति नेपाल पत्रकार महासंघ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघ काठमाडौं शाखाका अनुसार भारतीय नागरिकता बोकेको व्यक्तिलाई नेपाली नागरिकता वितरण गरिएको विषयमा प्रकाशित समाचारको निहुँमा पत्रकार सुवेदीलाई सामाजिक सञ्जाल तथा फोन मार्फत धम्की आएको हो। समाचारप्रति असहमति भए प्रचलित विधिअनुसार उपचार खोज्नुपर्नेमा पत्रकारलाई धम्की दिनु निन्दनीय र प्रेस स्वतन्त्रता माथिको गम्भीर आक्रमण भएको महासंघको ठहर छ। महासंघले धम्की दिने कार्यमा संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ। साथै पत्रकारको सुरक्षाको सुनिश्चितता गर्न पनि आग्रह गरिएको छ। महासंघका महासचिव…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.