२०८२ माघ २, शुक्रबार २१:३८
२०८२ माघ २, शुक्रबार २१:३८
हेटौंडा, माघ २ गते । हेटौंडा । शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकतामा राख्ने उद्देश्यसहित तेस्रो वडास्तरीय खेलकुद महोत्सव–२०८२ अन्तर्गत नगरस्तरीय छात्र भलिवल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, हेटौंडा–४ को परिसरमा आयोजना गरिएको प्रतियोगिताको नगर प्रमुख मीना कुमारी लामाले औपचारिक उद्घाटन गरेको हो। हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडाको आयोजनामा, शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को संयोजन तथा आधुनिक राष्ट्रिय माविको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ। प्रतियोगितामा नगरभित्रका १४ वटा विद्यालयका छात्र टिमहरूले सहभागिता जनाएका छन्। प्रतियोगिता संयोजक राजाराम पोखरेलका अनुसार माघ २ र ३ गतेसम्म चल्ने यस भलिवल प्रतियोगिताले विद्यार्थीहरूमा खेल भावना विकास गर्नुका साथै शारीरिक र मानसिक…