Breaking News 2

संस्कृत वेद विद्यालयमा स्वच्छ पानीका लागि वाटर प्युरिफायर स्थापना

संस्कृत वेद विद्यालयमा स्वच्छ पानीका लागि वाटर प्युरिफायर स्थापना

हेटौडा, असार १४ गते। टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाले आफ्नो २६औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत संस्कृत वेद विद्यालयमा वाटर प्युरिफायर स्थापना तथा हस्तान्तरण गरेको छ । हेटौंडा–१० स्थित गोरक्षेश्वर मन्दिर परिसरमा सञ्चालित विद्यालयमा आयोजित कार्यक्रममा उक्त प्युरिफायर विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको हो । समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष फुर्बा लामा प्रमुख अतिथि तथा वडा नं. ११ का वडा अध्यक्ष जुना दाहाल विशेष अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले टोल विकास संस्था समुदायको समग्र विकास, सामाजिक रूपान्तरण तथा नागरिक सहभागिता अभिवृद्धिको महत्वपूर्ण…
Read More
हेटौंडामा व्यावसायिक स्याउ खेतीको नयाँ सम्भावना : सानोसुकौलीको ‘स्यामा बाटिका’ मा नगर प्रमुख लामाको अवलोकन

हेटौंडामा व्यावसायिक स्याउ खेतीको नयाँ सम्भावना : सानोसुकौलीको ‘स्यामा बाटिका’ मा नगर प्रमुख लामाको अवलोकन

हेटौडा, असार १४ गते। पहाडी तथा हिमाली क्षेत्रमा मात्र स्याउ उत्पादन सम्भव हुन्छ भन्ने धारणा बदल्दै हेटौंडा उपमहानगरपालिका–१५ सानोसुकौलीस्थित ‘स्यामा बाटिका एकीकृत कृषि तथा पशुपंक्षी फर्म’ ले व्यावसायिक स्याउ खेतीमार्फत नयाँ सम्भावना देखाएको छ । स्थानीय वातावरण अनुकूल प्रविधि अपनाएर सञ्चालन गरिएको फर्ममा हाल करिब १५० वटा स्याउका बोटबाट उत्पादन भइरहेको छ । फर्मले काँचोदेखि पाकेको स्याउसम्मको स्वाद लिन सकिने व्यवस्था गर्नुका साथै स्याउका बिरुवा उत्पादन गरी जिल्ला भित्र र बाहिरका कृषकसम्म पुर्‍याउँदै आएको छ । फर्मको अवलोकनका लागि हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा सहितको टोली सानोसुकौली पुगेको थियो । टोलीमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर वली लगायतको…
Read More
“कर उठाउने सरकार, जिम्मेवारीबाट किन पन्छिन्छ?” — सामाजिक अभियान्ता विशालराज महतको प्रश्न

“कर उठाउने सरकार, जिम्मेवारीबाट किन पन्छिन्छ?” — सामाजिक अभियान्ता विशालराज महतको प्रश्न

हेटौडा, असार १४ गते। कर उठाउने विषयमा सरकार सक्रिय देखिए पनि नागरिकप्रति आफ्नो जिम्मेवारी पूरा गर्न सरकार असफल भइरहेको भन्दै सामाजिक अभियान्ता तथा हाम्रो सेवा सहयोग र आवाजका अध्यक्ष विशालराज महतले सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। महतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको स्टाटसमा नागरिकबाट विभिन्न शीर्षकमा कर असुल्ने सरकार सेवा प्रवाह, सुरक्षित सडक निर्माण तथा जवाफदेहिताको विषयमा भने मौन रहेको बताएका छन्। उनले नागरिकले कर तिर्न ढिलाइ गरे जरिवाना र कारबाहीको सामना गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै सरकारले आफ्नै जिम्मेवारी पूरा नगर्दा कसलाई सजाय हुन्छ भन्ने प्रश्न गरेका छन्। पेट्रोल–डिजेलमा पूर्वाधार कर, सडक मर्मत कर तथा हरित…
Read More
हेटौंडा–१८ मा निःशुल्क वृहत् स्वास्थ्य शिविर सम्पन्न, ४३८ जना लाभान्वित

हेटौंडा–१८ मा निःशुल्क वृहत् स्वास्थ्य शिविर सम्पन्न, ४३८ जना लाभान्वित

हेटौडा, असार १३ गते । टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको २६औँ स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क वृहत् स्वास्थ्य शिविर हेटौंडा–१८ स्थित ज्योति माध्यमिक विद्यालय, हर्नामाडीमा सम्पन्न भएको छ। टोल विकास संस्था नगर समन्वय समितिको आयोजना, हेटौंडा उपमहानगरपालिका वडा नं. १८ को सहयोग, सामुदायिक प्रहरी सेवा केन्द्रको सहआयोजना, मकवानपुर सहकारी अस्पतालको प्राविधिक सहयोग तथा टोल विकास संस्था वडा समन्वय समिति वडा नं. १८ को व्यवस्थापनमा सम्पन्न शिविरबाट ४३८ जना सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित भएका थिए। कार्यक्रम टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता तथा वडा नं. १८ का वडा अध्यक्ष अनिल बानियाँको…
Read More
अन्तरविद्यालय साइकल रेस सम्पन्न, एनोरा तिवारी र आयुष दास प्रथम

अन्तरविद्यालय साइकल रेस सम्पन्न, एनोरा तिवारी र आयुष दास प्रथम

हेटौडा, असार १३ गते। स्वास्थ्य सरोकार संस्थाको आयोजना तथा हिमालयन राइडर्स सोसाइटी मकवानपुरको सहकार्यमा अन्तरविद्यालयस्तरीय साइकल रेस प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थी राइडरहरूको उत्साहजनक सहभागिता रहेको थियो । छात्रातर्फ आधुनिक राष्ट्रिय माविकी एनोरा तिवारी प्रथम, जीएस निकेतन माविकी श्रीयान्सी कर्माचार्य द्वितीय तथा ब्रम्हदिक एकेडेमीकी स्पन्धन अधिकारी तृतीय भएकी छन् । त्यस्तै जीएस निकेतनकी आर्शु शाक्य र विद्यादेवी आचार्यले सान्त्वना स्थान हासिल गरेका छन् । छात्रतर्फ आधुनिक राष्ट्रिय माविका आयुष दास प्रथम, नवोदय शिशुसदनका सोहन अग्रवाल द्वितीय तथा अक्रिम श्रेष्ठ तृतीय भएका छन् । नवोदय शिशुसदनका ओम सेढाईं र कमाने एकेडेमीका विश्वास अधिकारी सान्त्वना भएका छन्…
Read More
हेटौडामा सामाजिक सुरक्षा तथा घटना दर्ता सम्बन्धी अन्तरक्रिया सम्पन्न

हेटौडामा सामाजिक सुरक्षा तथा घटना दर्ता सम्बन्धी अन्तरक्रिया सम्पन्न

हेटौडा, असार १३ गते। हेटौडा उपमहानपालिकाको सामाजिक विकास महाशाखाको आयोजनामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ। सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाई थप प्रभावकारी, पारदर्शी तथा सेवा–मैत्री बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सेवा प्रवाहका क्रममा देखिएका चुनौती, सुधारका आवश्यकता, प्रचलित कानुनी व्यवस्था तथा कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा सहभागीहरूले सामाजिक सुरक्षा भत्ता वितरण, व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज र व्यवस्थित बनाउन आवश्यक समन्वय, प्रविधिको प्रयोग तथा सेवाग्राहीमैत्री वातावरण निर्माणमा जोड दिएका थिए। साथै, स्थानीय तहबाट प्रदान गरिने सेवाको गुणस्तर अभिवृद्धि गर्दै नागरिकलाई छिटो, सहज र पारदर्शी सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता…
Read More
हेटौंडामा प्रभातफेरीसहित लागूऔषध विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइयो

हेटौंडामा प्रभातफेरीसहित लागूऔषध विरुद्ध अन्तर्राष्ट्रिय दिवस मनाइयो

हेटौँडा,असार १२ गते। लागूऔषध दुरुपयोग तथा ओसार-पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस “जुन २६” को अवसरमा हेटौंडामा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ। “लागूऔषधको चुनौती चिनौंः सामाजिक समाधानको बाटो रोजौं” भन्ने नारासहित बिहीबार बिहान ६ः३० बजे कार्यक्रम आयोजना गरिएको हो। तालुक जिल्ला प्रशासन कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त आयोजनामा हेटौंडा बजार क्षेत्रमा प्रभातफेरी कार्यक्रम गरिएको थियो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा तालुक बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर, सशस्त्र प्रहरी बल, नगर प्रहरी, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरु, सरकारी तथा निजी विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा सञ्चारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।…
Read More
काठमाडौं च्याम्पियन, चितवनको फुटबलमा दबदबा

काठमाडौं च्याम्पियन, चितवनको फुटबलमा दबदबा

हेटौँडा,असार ९ गते। तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ को उपाधि काठमाडौंले जितेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा सम्पन्न प्रतियोगितामा काठमाडौंले सर्वाधिक ५१ स्वर्ण, ३८ रजत र ४२ कास्य गरी कुल १३१ पदक जित्दै समग्र च्याम्पियन बन्न सफल भएको हो । ललितपुरले पनि काठमाडौं बराबर १३१ पदक जिते पनि स्वर्ण पदक कम भएका कारण दोस्रो स्थानमा सीमित रह्यो । ललितपुरले ४६ स्वर्ण, ४१ रजत र ४४ कास्य पदक जितेको छ । चितवन ३० स्वर्ण, २८ रजत र २७ कास्यसहित कुल ८५ पदक जित्दै तेस्रो स्थानमा रह्यो । प्रतियोगिताको समापनसँगै विजेता टोलीहरूलाई नगदसहित ट्रफी प्रदान गरिएको थियो । काठमाडौंले…
Read More
नेपालको अबको मुख्य चुनौती गरिबी होइन, युवालाई अवसर सिर्जना गर्नु हो’

नेपालको अबको मुख्य चुनौती गरिबी होइन, युवालाई अवसर सिर्जना गर्नु हो’

काठमाडौं,असार ९ गते। नेपालले दिगो विकास लक्ष्य (SDG) अन्तर्गत केही महत्वपूर्ण सामाजिक तथा आर्थिक प्रगति हासिल गरे पनि अब देशको सबैभन्दा ठूलो चुनौती गरिबीभन्दा अवसरको अभाव बनेको विश्लेषण गरिएको छ। दिगो विकास लक्ष्य सम्बन्धी प्रगति समीक्षा २०२६ मा आधारित विश्लेषण प्रस्तुत गर्दै रवि किरण हमालले नेपालले विकासका सूचकहरूमा सुधार गरे पनि युवालाई देशभित्रै सम्भावना र अवसर दिन नसकेको बताएका छन्। राष्ट्रिय योजना आयोगका अनुसार नेपालले सन् २०३० सम्म हासिल गर्नुपर्ने दिगो विकास लक्ष्यतर्फ हालसम्म करिब ४१.७ प्रतिशत मात्र प्रगति गरेको छ। वर्तमान गतिमा अघि बढ्दा सन् २०३० सम्म अधिकतम ६० प्रतिशत हाराहारीमा मात्र उपलब्धि हासिल हुने अनुमान गरिएको छ। प्रतिवेदनअनुसार…
Read More
सार्वजनिक कार्यक्रममा विवाद चर्किँदा पत्रकार ऐश्वर्या कुँवर पक्राउ, ‘मुक्काप्रहार’ पछि अभद्र व्यवहार मुद्दा दर्ता

सार्वजनिक कार्यक्रममा विवाद चर्किँदा पत्रकार ऐश्वर्या कुँवर पक्राउ, ‘मुक्काप्रहार’ पछि अभद्र व्यवहार मुद्दा दर्ता

कञ्चनपुर,असार ८ गते। कञ्चनपुरको भीमदत्त नगरपालिकामा आयोजित एक सार्वजनिक कार्यक्रममा भएको विवादले पत्रकार र जनप्रतिनिधिबीचको सम्बन्धलाई लिएर नयाँ बहस सिर्जना गरेको छ। भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटा माथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवर पक्राउ परेपछि घटना अहिले स्थानीयस्तरमै चर्चाको विषय बनेको छ। प्रहरीका अनुसार महेन्द्रनगरस्थित एक होटलमा सञ्चालन भइरहेको कार्यक्रममा दुवै पक्षबीच भनाभन भएको थियो। विवाद बढ्दै जाँदा पत्रकार कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको आरोप छ। घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विषयले थप चर्चा पाएको हो। घटनापछि वडा प्रहरी कार्यालयको टोलीले कुँवरलाई नियन्त्रणमा लिएको थियो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.