स्थानीय

हेटौँडा–१५ सल्लाहघारीमा भोलि बृहत् श्रमदान कार्यक्रम, स्थानीयलाई सहभागी हुन आह्वान

हेटौँडा–१५ सल्लाहघारीमा भोलि बृहत् श्रमदान कार्यक्रम, स्थानीयलाई सहभागी हुन आह्वान

हेटौँडा,चैत २८ गते । हेटौँडा–१५ फारलाइन क्षेत्रमा पर्ने सल्लाघारीमा भोलि (चैत्र २९ गते) बृहत् श्रमदान कार्यक्रम आयोजना हुने भएको छ। श्रम संस्कृति पार्टी मकवानपुरको आयोजनामा उक्त कार्यक्रम सञ्चालन हुन लागेको हो। पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुन्दर लामाले आज एक भिडियो सन्देश मार्फत कार्यक्रमबारे जानकारी दिएका छन्। उनले भिडियो मार्फत स्थानीय आमाबाबु, दाजुभाइ तथा दिदीबहिनी सबैलाई श्रमदान कार्यक्रममा सहभागी हुन आह्वान गरेका छन्। उनका अनुसार उक्त श्रम अभियान हेटौँडा–१५ फारलाइन क्षेत्रमा सञ्चालन गरिनेछ। कार्यक्रम वन समितिको विशेष सहकार्यमा आयोजना गरिने बताइएको छ। बृहत् श्रमदान कार्यक्रम भोलि बिहान ठीक ७ बजेदेखि सुरु हुने तय गरिएको छ। सोही समयमा सबै श्रमदाताहरूलाई…
Read More
हेटौँडा–४ मा एमालेको वडा कमिटी पुनर्गठन, बस्ताकोटी संयोजक र त्रिपाठी सचिव नियुक्त

हेटौँडा–४ मा एमालेको वडा कमिटी पुनर्गठन, बस्ताकोटी संयोजक र त्रिपाठी सचिव नियुक्त

हेटौँडा,चैत २८ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडाको पार्टी संगठन पुनर्गठन गरिएको छ। शनिबार आयोजित वडा स्तरीय कार्यकर्ता भेलाबाट २३ सदस्यीय वडा कमिटी गठन गरिएको हो। नवगठित कमिटीको संयोजकमा राजेन्द्रकुमार बस्ताकोटी र सचिवमा गीता त्रिपाठीलाई जिम्मेवारी प्रदान गरिएको छ। भेलाले पार्टीलाई वडा तहमा अझ सशक्त रूपमा स्थापित गर्ने उद्देश्यसहित नयाँ रणनीति बनाएर अघि बढ्ने निर्णय गरेको जनाएको छ। कार्यक्रममा केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले पार्टी राष्ट्रिय स्वाभिमान, लोकतन्त्र सुदृढीकरण तथा विकास–समृद्धिको पक्षमा दृढतापूर्वक उभिँदा पनि नेतृत्वमाथि निरन्तर प्रहार भइरहेकोप्रति चिन्ता व्यक्त गरे। उनले जनतासामु शिर नझुकाई एकताबद्ध भएर अघि बढेमा पछिल्लो पराजयलाई छिट्टै विजयमा परिणत…
Read More
छत्रेडाँडामा दोस्रो पाथीभरा महोत्सव : नयाँ वर्षमा दुई दिने भव्य धार्मिक कार्यक्रम

छत्रेडाँडामा दोस्रो पाथीभरा महोत्सव : नयाँ वर्षमा दुई दिने भव्य धार्मिक कार्यक्रम

हेटौंडा,चैत २८ गते । मकवानपुरगढी गाउँपालिका–८ स्थित छत्रेडाँडामा रहेको पाथीभरा दिव्य धाममा दोस्रो पाथीभरा महोत्सव आयोजना हुने भएको छ। ताप्लेजुङको पाथीभरा देवीको आस्थासँग जोडिएको यो धाम स्थापना भएको दोस्रो वर्ष पूरा भई तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा महोत्सव आयोजना गर्न लागिएको हो। मन्दिरका संरक्षक तथा पुजारी दिपक सिंह रुम्बाका अनुसार महोत्सव यही चैत्र ३० गते र बैशाख १ गते, नयाँ वर्षको दिन पारेर दुई दिनसम्म सञ्चालन हुनेछ। महोत्सवमा विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिने छन्। जसअन्तर्गत झाँकी प्रदर्शन, पूजा–पाठ, सामूहिक हवन, भजन–कीर्तन, ध्यान साधना, दीप प्रज्वलन तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ। पुजारी रुम्बाले आफ्नो सपनामा बारम्बार…
Read More
कान्तिलोकपथको जितपुर भञ्ज्याङ–सिमात खण्ड अत्यन्त जोखिमपूर्ण, अतिक्रमणले बढायो दुर्घटना

कान्तिलोकपथको जितपुर भञ्ज्याङ–सिमात खण्ड अत्यन्त जोखिमपूर्ण, अतिक्रमणले बढायो दुर्घटना

हेटौंडा,चैत २७ गते । कान्तिलोकपथ अन्तर्गत जितपुर भञ्ज्याङदेखि सिमातसम्मको सडक खण्ड अत्यन्त जोखिमपूर्ण बन्दै गएको भन्दै स्थानीय तहमा चिन्ता व्यक्त गरिएको छ। सेवा सहयोग र आवाज अभियानका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जालमार्फत यस क्षेत्रको अवस्था सार्वजनिक गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। उनका अनुसार पछिल्लो ३–४ वर्षमा सडकको पिचबाट १ मिटरदेखि १०–१५ मिटरको दूरीमै ३० भन्दा बढी घरटहरा निर्माण भएका छन्। ती संरचनामध्ये कतिपय सवारी दुर्घटनामा एकै स्थानमा तीन पटकसम्म भत्किँदा क्षतिपूर्ति समेत लिइएको उल्लेख गरिएको छ। उक्त सडक खण्डमा हालसम्म दर्जनौँले ज्यान गुमाइसकेको र करिब ५० भन्दा बढीको मृत्यु भइसकेको दाबी गरिएको छ। कान्तिलोकपथकै सबैभन्दा खतरनाक…
Read More
हेटौंडा–४ वडा कार्यालयद्वारा आधुनिक राष्ट्रिय माविलाई २७० कुर्सी सहयोग, शैक्षिक पूर्वाधार सुदृढ हुँदै

हेटौंडा–४ वडा कार्यालयद्वारा आधुनिक राष्ट्रिय माविलाई २७० कुर्सी सहयोग, शैक्षिक पूर्वाधार सुदृढ हुँदै

हेटौंडा,चैत २७ गते । हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयले आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, हेटौंडा–४ को शैक्षिक सभाहलका लागि २ सय ७० वटा कुर्सी हस्तान्तरण गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रमका बीच वडा अध्यक्ष नवीन सिग्देलको विशेष उपस्थितिमा कुर्सी हस्तान्तरण गरिएको हो। करिब ५ लाख रुपैयाँ बराबरका कुर्सी सहयोग गरिएको वडा कार्यालयका सचिव रामप्रसाद गुरागाईंले जानकारी दिए। कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, वडा सचिव रामप्रसाद गुरागाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महमद समिम, विद्यालयका प्रधानाध्यापक रामसागर गुरागाईं, समाजसेवी भवानी शर्मा, टोल विकास नगर समन्वय समितिका महासचिव शिवहरी दाहाल, विद्यालय व्यवस्थापन समितिकी सदस्य रेणुका फुँयाल तथा पीटीए अध्यक्ष केदार ढोडरीलगायतको उपस्थिति रहेको थियो।…
Read More
हेटौंडामा आधुनिक फलफूल खेतीको विस्तार: मेवा र ड्रागन फ्रुटबाट आर्थिक उन्नतिको नयाँ आधार

हेटौंडामा आधुनिक फलफूल खेतीको विस्तार: मेवा र ड्रागन फ्रुटबाट आर्थिक उन्नतिको नयाँ आधार

हेटौंडा, चैत २६ गते । हेटौंडा उपमहानगरपालिका भित्र रहेको खेती योग्य जमिनमा आधुनिक प्रविधिको प्रयोग गर्दै फलफूल खेती विस्तार गर्ने लक्ष्यले उल्लेखनीय सफलता हासिल गर्न थालेको छ। नगर र प्रदेश सरकारको सहकार्यमा सञ्चालन गरिएको कार्यक्रमअन्तर्गत हालसम्म ३४ हजारभन्दा बढी मेवाका बिरुवा रोपिएका छन्, जसले फल दिन सुरु गरिसकेको छ। हेटौंडाका कृषकहरूले उत्पादन गरेका मेवा काठमाडौं लगायत देशका विभिन्न शहरहरूमा बिक्री वितरण भइरहेको छ भने केही कृषकहरूले भारतसम्म निर्यात गर्न थालेका छन्। यसले स्थानीय कृषकहरूको आम्दानीमा उल्लेखनीय वृद्धि गराएको छ। विशेषगरी उपमहानगरपालिकाको वडा नम्बर १३ का विभिन्न स्थानमा फैलिएको मेवा खेतीले कृषि क्षेत्रमा नयाँ सम्भावना देखाएको छ। आधुनिक प्रविधि र योजनाबद्ध…
Read More
हेटौँडाको हुप्राचौर ‘नमुना खुल्ला चौर’ बन्ने तयारीमा, ३ करोड बजेटसहित मास्टर प्लान अन्तिम चरणमा

हेटौँडाको हुप्राचौर ‘नमुना खुल्ला चौर’ बन्ने तयारीमा, ३ करोड बजेटसहित मास्टर प्लान अन्तिम चरणमा

हेटौंडा,चैत २५ गते । बाग्मती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिका–४ स्थित लोकतान्त्रिक चौर (हुप्राचौर) लाई सुविधा सम्पन्न तथा आकर्षक नमुना खुल्ला चौरका रूपमा विकास गरिने भएको छ। करिब ३ करोड रुपैयाँ बजेट व्यवस्थापन गर्दै चौरलाई प्रदेशकै उत्कृष्ट सार्वजनिक स्थल बनाउने लक्ष्यसहित योजना अघि बढाइएको हो। हेटौँडा उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाका अनुसार ‘महिला मैत्री सहर निर्माण परियोजना’ अन्तर्गत चौरको मास्टर प्लान तयार गर्ने काम अन्तिम चरणमा पुगेको छ। मास्टर प्लान तयार भएसँगै निर्माण कार्यका लागि छिट्टै बोलपत्र आह्वान गरिने उनले बताइन्। परियोजनाका साथै अन्य स्रोतबाट पनि आवश्यक बजेट व्यवस्थापन गरिने जनाइएको छ। त्यसैगरी वडा नं. ४ का अध्यक्ष नवीन सिग्देलले…
Read More
जिल्ला प्रहरी कार्यालय मकवानपुरको कारबाही: हेटौंडामा अवैध घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, तीन जना नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मकवानपुरको कारबाही: हेटौंडामा अवैध घरेलु मदिरा उत्पादन केन्द्रमा छापा, तीन जना नियन्त्रणमा

हेटौंडा,चैत २५ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले अवैध घरेलु मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा छापा मार्दै तीन जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८२ चैत २३ गते साँझ करिब ५:३० बजे हेटौंडा उपमहानगरपालिका–१६स्थित शिवम सिमेन्ट प्रा.लि. नजिकैको एक घरमा खानतलासी गर्दा ठूलो परिमाणमा घरेलु मदिरा उत्पादन भइरहेको फेला परेको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको संयुक्त टोलीले उक्त स्थानमा छापा मारेको थियो। प्रहरीले काभ्रे तेमाल गाउँपालिका–५ घर भई हाल हेटौंडा–१६ मा डेरा गरी बस्ने ६७ वर्षीय भिमान सिंह तामाङलाई मदिरा भट्टी सञ्चालकका रूपमा नियन्त्रणमा लिएको छ। साथै सोही स्थानमा…
Read More
“कागजमा आकर्षक, परिणाममा प्रश्न: बागमती प्रदेश युवा परिषद्का कार्यक्रमप्रति विशालराज महतको गम्भीर प्रश्न”

“कागजमा आकर्षक, परिणाममा प्रश्न: बागमती प्रदेश युवा परिषद्का कार्यक्रमप्रति विशालराज महतको गम्भीर प्रश्न”

हेटौंडा, चैत २५ गते । बागमती प्रदेश युवा परिषद्का कार्यक्रमहरू कागजमा आकर्षक देखिए पनि तिनको वास्तविक उपलब्धि कति भयो भन्ने विषयमा गम्भीर प्रश्न उठाइएको छ। सामाजिक अभियान्ता तथा “जनगुनासो – न्यायको आवाज” अभियानका अध्यक्ष विशालराज महतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यसबारे स्पष्ट प्रश्न उठाएका छन्। महतले युवालाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने लक्ष्यसहित सञ्चालन गरिएको सिपमूलक तालिम, उद्यमशीलता विकास, नेतृत्व विकास तथा युवा सम्मेलन जस्ता कार्यक्रमहरूको प्रभावकारिता माथि प्रश्न गरेका छन्। उनले कार्यक्रमहरू सञ्चालनमा रहेको दाबी गरिए पनि वास्तविक परिणाम अझै अस्पष्ट रहेको बताएका छन्। उनले विशेषगरी यस्ता प्रश्नहरू उठाएका छन्— कति युवाले सिपमूलक तालिम पाए? तीमध्ये कति रोजगारी…
Read More
हेटौंडा–काठमाडौँ सुरुङ्ग मार्गमा ३१ करोड बढी ठगी आरोप: सरकारको ध्यानाकर्षण, छानबिनको माग

हेटौंडा–काठमाडौँ सुरुङ्ग मार्गमा ३१ करोड बढी ठगी आरोप: सरकारको ध्यानाकर्षण, छानबिनको माग

हेटौंडा, चैत २३ गते । हेटौंडा–काठमाडौँ सुरुङ्ग मार्ग निर्माणको नाममा सर्वसाधारणबाट संकलन गरिएको करिब ३१ करोड ७६ लाख रुपैयाँ हिनामिना भएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ। सामाजिक अभियन्ता तथा अध्यक्ष विशालराज महतले सामाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिँदै उक्त रकम नेपाल पूर्वाधार विकास कम्पनीले सेयरमार्फत उठाएको भए पनि हालसम्म कुनै ठोस निर्माण कार्य नगरी सर्वसाधारणलाई ठगी गरिएको व्यापक गुनासो आएको बताएका छन्। उनका अनुसार यस विषयमा आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मा माननीय मन्त्रीसमक्ष औपचारिक ध्यानाकर्षण गराइएको छ। उक्त ध्यानाकर्षण पत्र मन्त्रालयको सचिवालयमा दर्ता भइसकेको र आवश्यक प्रक्रिया पूरा गर्दै कार्यान्वयन तहमा पुगिसकेको जानकारी पनि उनले दिएका छन्। महतले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.