स्थानीय

मकवानपुरमा मिटर ब्याज पीडितको करुण अवस्था—“न्याय कागजमा होइन, व्यवहारमा चाहियो”

मकवानपुरमा मिटर ब्याज पीडितको करुण अवस्था—“न्याय कागजमा होइन, व्यवहारमा चाहियो”

हेटौडा, चैत २३ गते । मकवानपुरमा मिटर ब्याजबाट पीडित सर्वसाधारणको अवस्था अझै पनि दर्दनाक रहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराइएको छ। सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुक मार्फत मिटर ब्याज पीडितहरूको वास्तविक अवस्था सार्वजनिक गर्दै न्यायको माग गरेका छन्। उनका अनुसार जिल्लामा धेरै सर्वसाधारणले लिएको ऋणभन्दा दोब्बर–तेब्बर रकम तिर्दा पनि अझै ऋण बाँकी रहेको भन्दै निरन्तर दबाब झेलिरहेका छन्। बाहिरी रूपमा कागजी प्रक्रिया मिलाइएको देखिए पनि भित्री रूपमा ठगी, मानसिक दबाब र अन्यायले जरा गाडेको उनको भनाइ छ। मिटर ब्याजका कारण धेरै परिवार विस्थापित भएका छन् भने कतिपयले घरजग्गा गुमाएका छन्। केही पीडित विदेशिन…
Read More
सरकारी विद्यालय सुधारका लागि दुई दिने साप्ताहिक बिदा र सीपमूलक शिक्षाको प्रस्ताव

सरकारी विद्यालय सुधारका लागि दुई दिने साप्ताहिक बिदा र सीपमूलक शिक्षाको प्रस्ताव

हेटौडा, चैत २३ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम बहादुर घलान (वाटर) ले विद्यालय शिक्षा प्रणाली सुधारका लागि महत्वपूर्ण सुझावहरू सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले माध्यमिक शिक्षा परीक्षा (SEE) को कापी परीक्षण र परीक्षाफल तयारीलाई तीव्र बनाउँदै विद्यालय प्रणालीलाई व्यवहारिक र जीवनोपयोगी बनाउने आवश्यकतामा जोड दिएका छन्। उनले विद्यालयमा हप्ताको दुई दिन—शनिबार र आइतबार—बिदा दिने व्यवस्थालाई स्वागत योग्य ठहर गर्दै यसलाई प्रभावकारी रूपमा उपयोग गर्न सुझाव दिएका छन्। उनका अनुसार शनिबारको बिदामा सरसफाइ तथा सामाजिक कार्यमा विद्यार्थीलाई सहभागी गराउनुपर्ने र आइतबार परिवारसँग समय बिताउने, मनोरञ्जन तथा…
Read More
मकवानपुरमा ‘अपरेशन ड्रप’ अभियानः १८ जना नियन्त्रणमा

मकवानपुरमा ‘अपरेशन ड्रप’ अभियानः १८ जना नियन्त्रणमा

हेटौडा,चैत २२ गते । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सञ्चालन गरेको ‘अपरेशन ड्रप’ अभियान अन्तर्गत १८ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। यात्रुहरूलाई अनावश्यक हैरानी दिने तथा गैरव्यावसायिक र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मिति २०८२ साल चैत्र २१ र २२ गते सञ्चालन गरिएको अभियानका क्रममा मकवानपुरका विभिन्न स्थानबाट ती व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा परेकामध्ये अधिकांश हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका बासिन्दा रहेका छन् भने एक जना रौतहट जिल्लाबाट रहेको जनाइएको छ। नियन्त्रणमा लिइएकाहरूमा नसिब बर्तौला, फारोक अन्सारी, बद्रीबहादुर तामाङ, सुगम लोप्चन, कमल सिंह भ्लोन, अजय स्याङतान, सबिन थिङ, अर्जुन…
Read More
इन्द्रसरोवर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा–वडामा शिविर सञ्चालन

इन्द्रसरोवर गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा–वडामा शिविर सञ्चालन

इन्द्रसरोवर गाउँपालि, चैत २२ गते । इन्द्रसरोवर गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक किस्ताअन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरणका लागि वडा–वडामा भुक्तानी शिविर सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले जारी गरेको सूचनाअनुसार लाभग्राहीहरूको खातामा (EFT) प्रणालीमार्फत रकम जम्मा भइरहेको जनाएको छ। गाउँपालिका र ग्लोबल आईएमई बैंक लिमिटेड, इन्द्रसरोवर शाखाको समन्वयमा सञ्चालन हुने उक्त शिविर मार्फत लाभग्राहीहरूलाई आफ्नै वडामा पुगेर भत्ता वितरण गरिने व्यवस्था मिलाइएको छ। सम्बन्धित लाभग्राहीहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई भत्ता बुझ्न आग्रह गरिएको छ। सूचना अनुसार चैत २४ गते वडा नं. ५ (डौठेखोला), चैत २५ गते वडा नं.…
Read More
मकवानपुरमा अब दुई दिन सार्वजनिक बिदा, कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

मकवानपुरमा अब दुई दिन सार्वजनिक बिदा, कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म

हेटौंडा, चैत २२ गते । जिल्ला प्रशासन कार्यालय मकवानपुरले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ कार्यालय समय लागू गरेको छ। मन्त्रिपरिषद्को आज चैत्र २२ गते बसेको बैठकले अब आउने चैत्र २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालयहरूको समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने तथा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। उक्त निर्णय बमोजिम जिल्ला प्रशासन कार्यालय मकवानपुरले सेवा प्रवाहको व्यवस्था मिलाइसकेको जनाएको छ। कार्यालयद्वारा जारी सूचनामा सबै सेवाग्राही तथा सरोकारवालाहरूलाई नयाँ समय तालिका अनुसार सेवा लिन आग्रह गरिएको छ। यसैगरी, जिल्लाभित्र रहेका सबै तहका सरकारी निकायहरूलाई पनि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न निर्देशन…
Read More
“दुई दिन बिदा र इन्धन मूल्य वृद्धिले विकासमा थप चुनौती” — वडाध्यक्ष सिग्देल

“दुई दिन बिदा र इन्धन मूल्य वृद्धिले विकासमा थप चुनौती” — वडाध्यक्ष सिग्देल

हेटौंडा, चैत २२ गते । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णयले स्थानीय तहको विकास निर्माण कार्यमा थप चुनौती सिर्जना गर्ने देखिएको छ। हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन्। उनका अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ढुवानी तथा निर्माण सामग्रीको लागत बढाएको अवस्थामा दुई दिन बिदाको व्यवस्थाले काम गर्ने समय घटाउँदा विकास योजनाको कार्यान्वयन थप प्रभावित हुने जोखिम रहेको छ। सिग्देलले पछिल्लो समय स्थानीय तहले विभिन्न चुनौतीहरू सामना गरिरहेको उल्लेख गरेका छन्। जे जि आन्दोलनका…
Read More
मकवानपुरमा बिजुलीको पोल गाड्दा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

मकवानपुरमा बिजुलीको पोल गाड्दा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

हेटौडा, चैत १९ गते । मकवानपुरमा बिजुली विस्तारका क्रममा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। आज मकवानपुरगढी गाउँपालिका–२ मोरेस्थित गाउँमा बिजुलीको पोल गाड्ने क्रममा दुर्घटना भएको हो। ६ जना मिलेर फलामको पोल गाड्ने क्रममा उक्त पोल माथि रहेको हाईटेन्सन लाइनमा ठोक्किन पुगेपछि तीन जनालाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेर घाइते भएका तीनै जनालाई तत्काल उद्धार गरी उपचारका लागि चुरेहिल अस्पताल, मकवानपुर लगिएको थियो। उपचारकै क्रममा मकवानपुरगढी–२ मापुङ निवासी अन्दाजी ३५ वर्षीय राजकुमार गोलेलाई साँझ चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिएका छन्। घाइतेमध्ये…
Read More
हेटौडा यातायात कार्यालयमा पारदर्शिता माग्दै ‘सेवा सहयोग र आवाजमा हामी’ को ध्यानाकर्षण

हेटौडा यातायात कार्यालयमा पारदर्शिता माग्दै ‘सेवा सहयोग र आवाजमा हामी’ को ध्यानाकर्षण

हेटौडा, चैत १९ गते । ‘सेवा सहयोग र आवाजमा हामी’ ले यातायात व्यवस्था कार्यालय हेटौडामा भइरहेको सेवाप्रवाहप्रति गम्भीर ध्यानाकर्षण गराउँदै पारदर्शिता र सेवाग्राहीमैत्री व्यवस्थाको माग गरेको छ। संस्थाका अध्यक्ष विशाल राज महतले कार्यालय प्रमुखलाई बुझाएको ध्यानाकर्षण पत्रमा ड्राइभिङ लाइसेन्सको ट्रायल परीक्षण प्रक्रियामा देखिएका विभिन्न समस्याहरू औंल्याइएको छ। पत्रमा ट्रायल स्थलमा जडान गरिएका सिसी क्यामेराको फुटेज कर्मचारीले मात्र हेर्न पाउने र सेवाग्राहीले आफ्नो पास–फेल नतिजा हेर्न शुल्क तिर्नुपर्ने प्रावधानले पारदर्शितामा प्रश्न उठाएको उल्लेख गरिएको छ। ‘सेवा सहयोग र आवाजमा हामी’ ले यस्तो व्यवस्था रहँदा अनियमितता र मनपरी हुने सम्भावना बढ्ने भन्दै सिसी क्यामेराको लाइभ दृश्य सेवाग्राहीले प्रत्यक्ष हेर्न पाउने व्यवस्था गर्न…
Read More
मकवानपुरमा ७ हजारभन्दा बढी विद्यार्थी सहभागी: एसईई परीक्षा सुरु, पहिलो दिन अंग्रेजी सम्पन्न

मकवानपुरमा ७ हजारभन्दा बढी विद्यार्थी सहभागी: एसईई परीक्षा सुरु, पहिलो दिन अंग्रेजी सम्पन्न

हेटौंडा, चैत १९ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। परीक्षा तालिकाअनुसार चैत २० गते अनिवार्य नेपाली विषय तथा गैरनेपाली विद्यार्थीहरूका लागि ऐच्छिक अंग्रेजी (इलेक्टिभ इङलिस) को परीक्षा सञ्चालन हुनेछ। त्यस्तै चैत २२ गते अनिवार्य गणित, चैत २३ गते अनिवार्य विज्ञान तथा प्रविधि र संस्कृततर्फ शुक्लयजुर्वेद, सामवेद, अथर्ववेद, नीतिशास्त्र लगायत विषयहरूको परीक्षा हुनेछ। यसैगरी चैत २४ गते अनिवार्य सामाजिक, चैत २५ गते ऐच्छिक प्रथम र चैत २६ गते ऐच्छिक द्वितीय विषयको परीक्षा सञ्चालन गरिनेछ। यस वर्ष मकवानपुर जिल्लाबाट ७ हजार १९२ जना परीक्षार्थी एसईई परीक्षामा…
Read More
हेटौडा–फाखेल सडकखण्डको स्याउली बजारमा इभी गाडी दुर्घटना, चालक सामान्य घाइते

हेटौडा–फाखेल सडकखण्डको स्याउली बजारमा इभी गाडी दुर्घटना, चालक सामान्य घाइते

फाखेल, चैत १९ गते । सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ००१ ज १२५४ नम्बरको इभी गाडी हेटौडा–फाखेल–काठमाडौँ सडकखण्डअन्तर्गत स्याउली बजारमा दुर्घटनामा परेको छ। प्राप्त जानकारी अनुसार उक्त गाडी अनियन्त्रित भई सडक किनारमा दुर्घटना भएको हो। दुर्घटनाबाट कुनै पनि मानवीय वा ठूलो भौतिक क्षति नभएको जनाइएको छ। फाखेल प्रहरी चौकीका अनुसार दुर्घटनामा गाडी चालक सामान्य घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र थप उपचार तथा निगरानीका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.