स्थानीय

भिमफेदीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न, जन-गुनासोप्रति प्रहरी प्रमुखको प्रत्यक्ष सम्बोधन

भिमफेदीमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न, जन-गुनासोप्रति प्रहरी प्रमुखको प्रत्यक्ष सम्बोधन

भिमफेदी, चैत १८ गते । मकवानपुरको भिमफेदीमा समुदाय–प्रहरी सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। आज बिहान ११:३० बजे इलाका प्रहरी कार्यालय भिमफेदीको आयोजनामा तथा कार्यालयकै समन्वयमा “समुदाय प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्री, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष संजीव श्रेष्ठ लगायत स्थानीय सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय बासिन्दाहरूले उठाएका विभिन्न जन-गुनासो, समस्या तथा अपेक्षाहरूलाई प्रत्यक्ष रूपमा सुन्ने र समाधानतर्फ पहल गर्ने उद्देश्य राखिएको थियो। सहभागीहरूले प्रहरी सेवासँग सम्बन्धित विविध विषयमा प्रश्न, सुझाव र गुनासाहरू राखेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रहरी…
Read More
मकवानपुरको मनहरीमा तामाङ भाषा र लिपि सिकाइ कार्यक्रम सुरु, युवाहरूलाई मातृभाषा संरक्षणमा जोड

मकवानपुरको मनहरीमा तामाङ भाषा र लिपि सिकाइ कार्यक्रम सुरु, युवाहरूलाई मातृभाषा संरक्षणमा जोड

मनहरी, चैत १७ गते । मकवानपुरको मनहरी गाउँपालिकामा तामाङ समुदायका युवा तथा अगुवालाई लक्षित गर्दै तीन दिने तामाङ भाषा तथा लिपि सिकाइ कार्यक्रम सुरु भएको छ। नमस्ते मनहरी मिडिया प्रालिको आयोजनामा सुरु भएको उक्त कार्यक्रम अध्यक्ष जयराम मोक्तानको सभाध्यक्षता तथा मनहरी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष युवराज थपलियाको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो। कार्यक्रमका सहभागी तथा आयोजकहरूले मातृभाषाको संरक्षण, प्रवर्धन र पुस्तान्तरणका लागि यस्ता प्रशिक्षण आवश्यक रहेको बताएका छन्। सहभागीहरूलाई आफ्नो भाषा र संस्कृतिप्रति सचेत हुन समेत आग्रह गरिएको थियो। आजदेखि तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा तामाङ पत्रकार संघ बाग्मती प्रदेशका अध्यक्ष ज्ञानेन्द्र थोकरले सहभागी युवाहरूलाई लिपि सम्बन्धी…
Read More
मनहरीमा तीनदिने तामाङ भाषा लिपि सिकाइ कार्यक्रम भोलिबाट सुरु

मनहरीमा तीनदिने तामाङ भाषा लिपि सिकाइ कार्यक्रम भोलिबाट सुरु

मनहरी, चैत १६ गते । तामाङ अगुवाहरूको लागि तीनदिने तामाङ भाषा लिपि सिकाइ कार्यक्रम भोलि मनहरीमा सुरु हुँदैछ। कार्यक्रम यही चैत्र १७ गतेदेखि १९ गतेसम्म संचालन हुने भएको छ। कार्यक्रम मनहरीको चुनाचुरी सामुदायिक वन उपभोक्ता समूहको हलमा आयोजना गरिनेछ। यसका लागि आर्थिक सहयोग मनहरी गाउँपालिका वडा नम्बर ६ ले प्रदान गरेको छ। कार्यक्रमको आयोजना नमस्ते मनहरी मिडिया प्रालि, मनहरी, मकवानपुरले गरेको हो। कार्यक्रममा तामाङ भाषाको लिपि, लेखन, र पढाइ सम्बन्धी प्रशिक्षण दिइनेछ, जसले स्थानीय समुदायमा तामाङ भाषाको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
Read More
७१औँ वर्षमा नेपाल पत्रकार महासंघ: हेटौंडामा प्रभातफेरीसहित प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्देश

७१औँ वर्षमा नेपाल पत्रकार महासंघ: हेटौंडामा प्रभातफेरीसहित प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्देश

हेटौंडा, चैत १६ गते । स्कुलरोडबाट सुरु भएको प्रभातफेरी र्याली बुद्धचोक हुँदै मकवानपुर उद्योग वाणिज्य संघ परिसर पार गर्दै सिमाचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कार्यक्रममा जिल्लास्थित पत्रकार, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रभातफेरीमार्फत पत्रकारहरूले पेशागत एकता, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिताको सन्देश प्रवाह गरेका थिए। महासंघकी अध्यक्ष निर्मला शर्माले स्थापना दिवसको अवसरमा जारी गरेको शुभकामना सन्देशमा महासंघले सात दशकभन्दा लामो इतिहास बोकेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारहरूको हितमा निरन्तर काम गर्दै आएको बताएकी छिन्। उनले सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै मिथ्या सूचना फैलिने क्रम बढेकाले तथ्यपरक र विश्वसनीय सूचना प्रवाह गर्नु अहिलेको मुख्य चुनौती…
Read More
सुरुङ मार्ग परियोजनामा ३१ करोड संकलनपछि हिसाब गायब: विशालराज महतको कडा चेतावनी—“अब जनताले जवाफ खोज्छन्”

सुरुङ मार्ग परियोजनामा ३१ करोड संकलनपछि हिसाब गायब: विशालराज महतको कडा चेतावनी—“अब जनताले जवाफ खोज्छन्”

हेटौंडा, चैत १६ गते । हेटौंडामा प्रस्तावित सुरुङ मार्ग निर्माण परियोजनाको नाममा संकलित करोडौँ रुपैयाँको पारदर्शिता माथि गम्भीर प्रश्न उठेको छ। सामाजिक अभियन्ता तथा संस्थाका अध्यक्ष विशालराज महतले सामाजिक सञ्जाल मार्फत कडा प्रतिक्रिया जनाउँदै परियोजनामा संलग्न पक्षहरूलाई तत्काल जवाफदेही बन्न चेतावनी दिएका छन्। उनका अनुसार “पूर्वाधार विकास”को नाममा सर्वसाधारणबाट करिब ३१ करोड ७६ लाख रुपैयाँ उठाइएको भए पनि वर्षौँ बित्दा समेत न त परियोजनाको प्रगति देखिएको छ, न त लगानीको स्पष्ट हिसाब सार्वजनिक गरिएको छ। यसलाई उनले “जनताको पसिना माथिको ठगी र विश्वासघात”को संज्ञा दिएका छन्। महतले हेटौंडाका सर्वसाधारणले गाई–बाख्रा बेचेर, ऋण लिएर, यहाँसम्म कि पेन्सनको रकमसमेत लगानी गरेको उल्लेख…
Read More
बालेन्द्र सरकारका नयाँ कदम: भ्रष्टाचार नियन्त्रण र जनताको सेवामा सुधारको संकेत

बालेन्द्र सरकारका नयाँ कदम: भ्रष्टाचार नियन्त्रण र जनताको सेवामा सुधारको संकेत

हेटौंडा, चैत १५ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम घलान (वाटर) ले नयाँ मन्त्रीहरूको गठनपछि फेसबुकमा आफ्नो विचार सार्वजनिक गर्दै बालेन्द्र सरकारका कदम योजनाबद्ध भएको बताएका छन्। उनका अनुसार, सरकारले जेन जि विद्रोह बाहेक सत्ता दमनको विरुद्ध कारबाही, राजनीतिक दल र कर्मचारीहरूको भ्रष्टाचार नियन्त्रण, जनताको सेवामा प्रभावकारी सुधार र एसपीपी (सर्वसाधारण परियोजना प्रक्रिया) लागू गर्ने योजनामा सक्रिय भएको देखिन्छ। राम घलानले यसै सन्दर्भमा उल्लेख गरेका छन् कि जनमत नयाँ इतिहासको अवसर हो र सरकारको राम्रो काममा समर्थन गर्नुपर्ने बताउँदै जनमत विपरीत नजानु पर्ने चेतावनी पनि दिएका छन्। उनले फेसबुक स्टाटसमा स्पष्ट पारेका छन्…
Read More
हेटौंडामा प्रदर्शनका क्रममा सञ्चारकर्मीमाथि दुर्व्यवहार, स्वतन्त्र पत्रकार सङ्घ मकवानपुरको कडा आपत्ति

हेटौंडामा प्रदर्शनका क्रममा सञ्चारकर्मीमाथि दुर्व्यवहार, स्वतन्त्र पत्रकार सङ्घ मकवानपुरको कडा आपत्ति

हेटौंडा, चैत १५ गते । स्वतन्त्र पत्रकार सङ्घ मकवानपुरले समाचार सङ्कलनका क्रममा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। आज आइतबार हेटौंडामा नेकपा एमालेद्वारा आयोजित प्रदर्शनको रिपोर्टिङ गर्ने क्रममा पार्टीका कार्यकर्ताबाट सञ्चारकर्मी सन्तोष बिक र क्यामरा पर्सन चक्र बोहरामाथि दुर्व्यवहार तथा आक्रमण भएको घटना प्रति सङ्घले घोर निन्दा गरेको हो। सङ्घका सचिव बसन्त भण्डारीद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त घटना प्रेस स्वतन्त्रता माथिको प्रत्यक्ष हस्तक्षेप भएको उल्लेख गरिएको छ। नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकार विरुद्ध यस्ता गतिविधिले गम्भीर आघात पुर्‍याएको सङ्घको ठहर छ। सङ्घले जिल्ला प्रशासन कार्यालय मकवानपुर, नेपाल प्रहरी लगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सञ्चारकर्मीलाई सुरक्षित…
Read More
ओलीको रिहाइ माग्दै देशभर ज्ञापनपत्र, हेटौडामा प्रदर्शनका क्रममा पत्रकारमाथि हातपात

ओलीको रिहाइ माग्दै देशभर ज्ञापनपत्र, हेटौडामा प्रदर्शनका क्रममा पत्रकारमाथि हातपात

हेटौंडा, चैत १५ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै पार्टीले देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा आज एकैसाथ ज्ञापनपत्र बुझाएको छ। पार्टीको केन्द्रीय निर्देशनअनुसार सबै जिल्ला कमिटीहरूले आ–आफ्नो क्षेत्रमा उपस्थित भई प्रशासन समक्ष मागपत्र पेश गरेका हुन्। एमालेले आफ्नो अध्यक्षको रिहाइको मागलाई प्रमुख एजेन्डा बनाउँदै देशव्यापी दबाब कार्यक्रम सञ्चालन गरेको जनाएको छ। सोही क्रममा विभिन्न जिल्लामा शान्तिपूर्ण रूपमा ज्ञापनपत्र बुझाइएको भए पनि केही स्थानमा प्रदर्शन र नाराबाजी समेत भएको देखिएको छ। यसैबीच, हेटौडामा ज्ञापनपत्र बुझाउने कार्यक्रमसँगै सडक प्रदर्शन र नाराबाजी समेत गरिएको छ। प्रदर्शनका क्रममा गृहमन्त्री सुदन गुरुङको राजीनामाको माग समेत उठाइएको थियो। तर,…
Read More
केपी शर्मा ओली पक्राउपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को देशव्यापी आन्दोलन तीव्र, हेटौंडा मा सडक प्रदर्शन

केपी शर्मा ओली पक्राउपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) को देशव्यापी आन्दोलन तीव्र, हेटौंडा मा सडक प्रदर्शन

हेटौंडा, चैत १५ गते । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि देशभर एमालेले आन्दोलनलाई तीव्र बनाएको छ। सोही क्रममा हेटौंडामा पनि यसको प्रभाव देखिएको छ। आज हेटौंडाका विभिन्न स्थानहरूमा एमाले समर्थक कार्यकर्ताहरू सडकमा उत्रिएका छन्। उनीहरूले पार्टीको झण्डा बोकेर ओलीको तत्काल रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन्। आन्दोलनका क्रममा कार्यकर्ताहरूले वर्तमान सरकारप्रति असन्तुष्टि जनाउँदै गृहमन्त्री सुदन गुरुङको राजीनामा समेत माग गरेका छन्। प्रदर्शनकारीहरूले “राजनीतिक प्रतिशोध बन्द गर”, “गृहमन्त्री राजीनामा दे”, “एमाले जिन्दाबाद” जस्ता नाराबाजी गर्दै शहरका विभिन्न सडक परिक्रमा गरेका थिए। एमालेका केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले हिजो नै सामाजिक सञ्जालमार्फत…
Read More
विदेश अध्ययनका विद्यार्थीहरूलाई विदाई, जानकारीमूलक सत्रले भविष्य निर्माणमा सहयोग पुर्‍यायो

विदेश अध्ययनका विद्यार्थीहरूलाई विदाई, जानकारीमूलक सत्रले भविष्य निर्माणमा सहयोग पुर्‍यायो

हेटौंडा, चैत १४ गते । युनिहब इन्टरनेसनल एजुकेसन सेन्टर प्रा. लि.को आयोजनामा हेटौंडामा विदाई तथा जानकारीमूलक कार्यक्रम सम्पन्न भएको छ। संस्थाका सञ्चालक सुरज घलानको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नरेश प्याकुरेल, स्नेह बानियाँ, दिया ढोडारी, आइता सिंह मोक्तान, रजल नगरकोटी, सुरज मुक्तान, सुषान्त अर्याल लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा विशेष आमन्त्रित अतिथिका रूपमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा अधिकृत सुरज बिस्ट उपस्थित थिए। कार्यक्रमको मुख्य उद्देश्य अप्रिल २०२६ मा विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई विदाई प्रदान गर्नु र आगामी अक्टोबर २०२६ मा विदेश अध्ययनका लागि इच्छुक विद्यार्थीहरूलाई जानकारीमूलक सत्र सञ्चालन गर्नु थियो। सो क्रममा अध्ययनका लागि आवेदन प्रक्रिया, उपयुक्त देश…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.