स्थानीय

हेटौंडामा भोलि प्रदर्शन र ज्ञापनपत्र कार्यक्रम, सिग्देलको आह्वान

हेटौंडामा भोलि प्रदर्शन र ज्ञापनपत्र कार्यक्रम, सिग्देलको आह्वान

हेटौंडा, चैत १४ गते । हेटौंडा मा भोलि (चैत्र १५ गते, आइतबार) प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने कार्यक्रम आयोजना गरिने भएको छ। नेकपा एमालेका केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले सामाजिक सञ्जाल फेसबुक मार्फत आफूले लेखेको स्टाटसमा भोलि हुने उक्त कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्। उनले आफ्नो स्टाटसमा पार्टीको केन्द्रीय सचिवालयको निर्देशनअनुसार देशभरका जिल्ला प्रशासन कार्यालयमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने कार्यक्रम आयोजना गरिएको उल्लेख गरेका छन्। साथै, पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक लाई गैरसंवैधानिक र प्रतिशोधपूर्ण रूपमा पक्राउ गरिएको भन्दै उनीहरूको अविलम्ब रिहाइको माग गर्न कार्यक्रम तय गरिएको…
Read More
भीमफेदीमा हाईस गाडी दुर्घटना: ब्रेक फेल, ३ जना घाइते

भीमफेदीमा हाईस गाडी दुर्घटना: ब्रेक फेल, ३ जना घाइते

भीमफेदी, चैत १४ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६ एघारघुम्तीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा आज बिहान करिब ११:२० बजे हाईस गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय भीमफेदीका अनुसार काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको बा ३ ख ७८७६ नम्बरको हाईस गाडीको ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो। गाडीमा चालकसहित १० जना सवार थिए। घाइते भएका ३ जनालाई घटनास्थलबाट उद्धार गरी नजिकैको अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीले दुर्घटनाका कारण थप अनुसन्धान गरिरहेको छ र सडक सुरक्षाका लागि यात्रुहरुलाई सचेत गराएको छ।
Read More
एमाले मकवानपुरद्वारा केपी शर्मा ओली र रमेश लेखकको पक्राउको कडा विरोध

एमाले मकवानपुरद्वारा केपी शर्मा ओली र रमेश लेखकको पक्राउको कडा विरोध

हेटौँडा, चैत १४ गते । नेकपा एमाले, जिल्ला कमिटी मकवानपुरले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको कडा विरोध जनाएको छ। पार्टीका अनुसार गत भाद्र २३ र २४ गते जेञ्जी आन्दोलनका घटनाहरूको छानबिन अघि नै विवादित कार्की आयोगको प्रतिवेदन सार्वजनिक नहुँदै गरिएको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट प्रेरित रहेको छ। एमाले मकवानपुरले गैरकानुनी रूपमा जारी गरिएको पूर्जीमार्फत पक्राउ गर्नु नेपालका कानुनी राज्यको उपहास भएको उल्लेख गर्दै तत्काल रिहाइको माग गरेको छ। पार्टीका अध्यक्ष हिदम लामाले यस घटनाले मुलुकलाई अन्त्यहीन द्वन्दमा फसाउने खतरा रहेको बताए। नेकपा एमाले जिल्ला कमिटी मकवानपुरले पक्राउ गैरसंवैधानिक, गैरराजनीतिक…
Read More
नवनियुक्त मन्त्रीहरूमाथि निष्पक्ष छानबिनको माग : राम घलान (वाटर) को कडा प्रतिक्रिया

नवनियुक्त मन्त्रीहरूमाथि निष्पक्ष छानबिनको माग : राम घलान (वाटर) को कडा प्रतिक्रिया

हेटौँडा, चैत १३ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राम घलान (वाटर) ले हालै गठन भएको नयाँ मन्त्रिपरिषद्‌प्रति कडा प्रतिक्रिया व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जेन जि विद्रोहका घटनामा संलग्न सबै पक्षमाथि निष्पक्ष छानबिन र कारबाही हुनुपर्ने बताएका छन्। घलानले आफ्नो स्टाटसमा बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार तथा गृहमन्त्री सुदन गुरुङ्गलाई लक्षित गर्दै गम्भीर आरोप लगाएका छन्। उनले सिंहदरबार जलाउने तथा देशलाई अस्थिरतामा धकेल्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनी कारबाही हुनुपर्ने बताएका छन्। त्यस्तै, उनले तत्कालीन सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक को भूमिकामाथि पनि प्रश्न…
Read More
नव नियुक्त नेतृत्वलाई श्रम संस्कृति पार्टीको समर्थन: भ्रस्टाचार विरुद्ध कडा कदम चाल्न सुन्दर लामाको आग्रह

नव नियुक्त नेतृत्वलाई श्रम संस्कृति पार्टीको समर्थन: भ्रस्टाचार विरुद्ध कडा कदम चाल्न सुन्दर लामाको आग्रह

हेटौँडा, चैत १३ गते । श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य सुन्दर लामाले नव नियुक्त प्रधानमन्त्री र गृह मन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले आफ्नो फेसबुक वालमार्फत देशको नेतृत्व सम्हालेका नयाँ टोलीले नेपाली जनताको हितमा प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरेका हुन्। लामाले आफ्नो पोस्टमा नव नियुक्त प्रधानमन्त्री बालेन साह र गृह मन्त्री सुधन गुरुङ्गलाई लक्षित गर्दै लेखेका छन् कि देश अहिले परिवर्तनको महत्वपूर्ण मोडमा रहेको छ र यस्तो अवस्थामा जनताको अपेक्षा पूरा गर्ने जिम्मेवारी सरकारको काँधमा रहेको छ। उनले विशेष गरी “जेन्जीको मुद्दा” लाई संस्थागत गर्नुपर्ने, युवा पुस्ताका आवाजलाई नीति निर्माणमा समेट्नुपर्ने र देशमा व्याप्त भ्रस्टाचार…
Read More
भैरब रोडमा वर्षायामअघि नै डुवानको चिन्ता: पानी निकास व्यवस्थापन सुधार गर्न स्थानीयको माग

भैरब रोडमा वर्षायामअघि नै डुवानको चिन्ता: पानी निकास व्यवस्थापन सुधार गर्न स्थानीयको माग

हेटौँडा, चैत १२ गते । वर्षायाम नजिकिँदै जाँदा हेटौंडा उपमहानगरपालिका–५ भैरब रोड क्षेत्रमा पुनः डुवानको समस्या दोहोरिने संकेत देखिएको छ। स्थानीयका अनुसार सडक क्रस गर्ने स्थानमा राखिएको सानो होमपाइपका कारण पानी निकास प्रभावकारी नहुँदा वर्षा हुनेबित्तिकै पानी सडकमै जम्ने समस्या विगतदेखि नै रहँदै आएको छ। स्थानीय बासिन्दाहरूले समयमै अनुगमन गरी नाली फराकिलो बनाउने, पानी निकासको दीर्घकालीन व्यवस्थापन गर्ने र यस्ता समस्याको समाधानमा सम्बन्धित निकायले चासो दिनुपर्ने माग गरेका छन्। उनीहरूका अनुसार सामान्य संरचनागत कमजोरीकै कारण हरेक वर्ष सास्ती बेहोर्नु परिरहेको छ। यसैबीच सार्वजनिक जग्गाको संरक्षणमा समेत कमजोरी देखिएको भन्दै गुनासो बढेको छ। जथाभावी प्रयोग, लुगा सुकाउने जस्ता गतिविधिले “सुन्दर सहर…
Read More
मनहरी क्षेत्रका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत अवरुद्ध

मनहरी क्षेत्रका विभिन्न स्थानमा आज ६ घण्टा विद्युत अवरुद्ध

मनहरी, चैत ११ गते । मकवानपुरको मनहरी गाउँपालिका अन्तर्गत विभिन्न स्थानहरूमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ। डि.ओ. सेट बदली तथा एच.टी. ब्रान्च स्वीच बदली गर्ने कार्यका कारण विद्युत आपूर्ति केही समयका लागि बन्द गर्न लागिएको हो। मनहरी सब-स्टेसनबाट वितरण हुने ११ के.भि. मनहरी, रजैया र राक्सिराङ फिडर अन्तर्गतका सम्पूर्ण लाइनहरू आज बिहान ११:०० बजेदेखि बेलुका ५:०० बजेसम्म अवरुद्ध रहने जनाइएको छ। विद्युत अवरुद्ध हुने क्षेत्रहरूमा सुनाचुरी, नयाँबस्ती, प्रतापपुर, रमनटार, मनहरी बजार तथा राक्सिराङ गाउँपालिका अन्तर्गतका सम्पूर्ण स्थानहरू पर्दछन्। साथै सिमपानी, ज्यामिरे, जैसिङ हुँदै दिल्लिपुर र बसन्तपुर लगायतका क्षेत्रमा पनि विद्युत सेवा प्रभावित हुने बताइएको छ। सम्बन्धित निकायका अनुसार…
Read More
बकैया–११ घट्टेपाखामा ट्रक दुर्घटना: एकको मृत्यु, एक घाइतेलाई भरतपुर रिफर

बकैया–११ घट्टेपाखामा ट्रक दुर्घटना: एकको मृत्यु, एक घाइतेलाई भरतपुर रिफर

हेटौँडा, चैत ११ गते । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। आज बिहान करिब २:५० बजे ना ८ ख ८७६० नम्बरको आइचर ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार दुई जना घाइते भएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका वीरगन्ज महानगरपालिका–३२ निवासी २० वर्षीय सन्तोष यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यसैगरी, सोही स्थानका ३२ वर्षीय कृष्ण यादव घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि भरतपुर पठाइएको जनाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read More
हेटौंडा–११ को विद्यालय व्यवस्थापनमा प्रश्नः वडा अध्यक्ष नै अध्यक्ष बनेपछि पारदर्शितामा चिन्ता

हेटौंडा–११ को विद्यालय व्यवस्थापनमा प्रश्नः वडा अध्यक्ष नै अध्यक्ष बनेपछि पारदर्शितामा चिन्ता

हेटौँडा, चैत ११ गते । श्री त्रिभुवन माध्यमिक विद्यालय, हेटौंडा–११ को विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा वडा अध्यक्ष जुना दाहाल नियुक्त भएको विषयमा स्थानीयस्तरमा चासो र बहस बढ्न थालेको छ। सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै सार्वजनिक सरोकारको विषय उठाएका हुन्। उनले यो विषयलाई व्यक्तिगत विरोध नभई जिम्मेवार नागरिकको सरोकारका रूपमा लिन आग्रह गरेका छन्। महतले वडा अध्यक्षको भूमिका अनुगमन, समन्वय र सहजीकरणमा सीमित हुनुपर्ने उल्लेख गर्दै सोही व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत बन्नु भूमिकागत द्वन्द्व निम्त्याउन सक्ने बताएका छन्। “अनुगमन गर्ने र अनुगमन हुने दुवै भूमिका…
Read More
यातायात ट्रायलमा अपारदर्शिता बढेको आरोप : ‘जनआवाज अभियान’द्वारा सुधारको माग

यातायात ट्रायलमा अपारदर्शिता बढेको आरोप : ‘जनआवाज अभियान’द्वारा सुधारको माग

हेटौँडा, चैत १० गते । यातायात व्यवस्था कार्यालयहरूमा सञ्चालन हुने सवारी चालक अनुमति पत्र (लाइसेन्स) ट्रायल परीक्षणमा पारदर्शिताको अभाव भएको भन्दै व्यापक गुनासो उठ्न थालेको छ। सेवाग्राहीहरूले ट्रायल प्रक्रियामा सीसी क्यामरा फुटेज हेर्न शुल्क तिर्नुपर्ने, आफ्नै सवारी साधन प्रयोग गर्न नपाइने र परीक्षण प्रक्रियाबारे स्पष्ट जानकारी नदिइने जस्ता समस्याहरू रहेको बताएका छन्। यिनै गुनासाहरूलाई उजागर गर्दै ‘जनआवाज अभियान’ले यातायात कार्यालयहरूको ध्यानाकर्षण गराउने जनाएको छ। अभियानका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हालको व्यवस्था सेवाग्राहीको सूचनाको हक तथा मौलिक हक विपरीत भएको उल्लेख गरेका छन्। उनका अनुसार नेपालको संविधान तथा सूचनाको हकसम्बन्धी ऐनले नागरिकलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.