स्थानीय

हराएको मोटरसाइकल फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई बुझायो

हराएको मोटरसाइकल फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई बुझायो

हेटौंडा, असार ३१ गते । मकवानपुर प्रहरीले हराएको मोटरसाइकल फेला पारी आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि सम्बन्धित धनीलाई जिम्मा लगाएको छ। प्रहरीका अनुसार असार ३० गते हेटौंडा उपमहानगरपालिका–१० स्थित हेटौंडा बसपार्कबाट बागमती प्रदेश ०२–०३१ प ६६७७ नम्बरको मोटरसाइकल हराएको भन्दै कैलाश गाउँपालिका–१ निवासी सुदिप नेगीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका थिए। निवेदन प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइबाट खोजतलास कार्य तीव्र बनाइएको थियो। खोजतलासका क्रममा हराएको मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ। मोटरसाइकल फेला परेपछि आवश्यक कानुनी प्रक्रिया तथा सनाखत सम्पन्न गरी सम्बन्धित धनी सुदिप नेगीलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
Read More
मकवानपुरमा १०९ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ, पिकअप गाडी समेत नियन्त्रणमा

मकवानपुरमा १०९ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ, पिकअप गाडी समेत नियन्त्रणमा

हेटौंडा, असार ३१ गते । मकवानपुर प्रहरीले १०९ किलो ९६ ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मंगलबार बिहान करिब ४ः३० बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम राजमार्गमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको योद्धा पिकअप गाडीलाई रोकी जाँच गरेको थियो। जाँचका क्रममा गाडीको पछाडिको भागमा त्रिपालले छोपेर प्लास्टिकमा बेरेर लुकाइछिपाइ राखिएको १५ वटा पोकाभित्र प्रतिबन्धित लागूऔषध गाँजा १०९ किलो ९६ ग्राम फेला परेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा धादिङको गजुरी नगरपालिका–७ किरानचोक बस्ने ४१ वर्षीय सुमन तामाङ (चालक) र सोही स्थानका १९ वर्षीय ईरोज…
Read More
सरसफाइमा लापरबाही भेटिएपछि हेटौँडाको स्मारक होटललाई २५ हजार रुपैयाँ जरिवाना

सरसफाइमा लापरबाही भेटिएपछि हेटौँडाको स्मारक होटललाई २५ हजार रुपैयाँ जरिवाना

हेटौँडा, असार ३० गते । हेटौँडा उपमहानगरपालिका–११ स्थित स्मारक होटललाई सरसफाइमा लापरबाही गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले २५ हजार रुपैयाँ जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा होटलमा खाना पकाउने र भाँडा माझ्ने स्थान एउटै रहेको तथा न्यूनतम सरसफाइका मापदण्डसमेत पालना नगरेको भेटिएको जनाएको छ। अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने अवस्था देखिएपछि होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ। यससँगै होटल व्यवस्थापनलाई तत्काल सरसफाइको अवस्था सुधार गर्न, खाना तयारी तथा भान्सा व्यवस्थापनलाई मापदण्डअनुसार व्यवस्थित बनाउन र सुधारका लागि अपनाइएका व्यवस्थाबारे प्रशासनलाई जानकारी गराउन निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालयले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित…
Read More
अविरल वर्षापछि हेटौंडा–काठमाडौँ छोटो मार्गमा सवारी रोक, चौकीटोलसम्म लामो जाम

अविरल वर्षापछि हेटौंडा–काठमाडौँ छोटो मार्गमा सवारी रोक, चौकीटोलसम्म लामो जाम

हेटौंडा, असार २९ गते । हिजो रातिदेखि परेको अविरल वर्षाका कारण बाढी, पहिरो तथा खोलानालामा पानीको बहाव बढेपछि हेटौंडाबाट काठमाडौँ जाने छोटो मार्गमा सवारी सञ्चालन रोकिएको छ। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सूचना जारी गर्दै हेटौंडा–भैंसे–भीमफेदी–देउराली–सिस्नेरी–काठमाडौँ सडक तथा कान्ति लोकपथमा उच्च जोखिमको अवस्था सिर्जना भएकाले यात्रुको सुरक्षाका लागि सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। सूचनाअनुसार हेटौंडा–सिस्नेरी–काठमाडौँ सडक भएर सञ्चालन हुने सवारी साधनलाई हेटौंडाको चौकीटोलबाट साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म रोक लगाइएको छ। त्यसैगरी कान्ति लोकपथ प्रयोग गर्ने सवारी साधनलाई हेटौंडाको चौखडाबाट अर्को सूचना जारी नभएसम्मका लागि रोक लगाइएको प्रशासनले जनाएको छ। प्रशासनका अनुसार लगातारको वर्षासँगै बाढी, पहिरो तथा…
Read More
प्रहरी नायव निरीक्षकमा बढुवा भएका निर्दोष लामालाई दर्ज्यानी चिन्ह सुशोभन

प्रहरी नायव निरीक्षकमा बढुवा भएका निर्दोष लामालाई दर्ज्यानी चिन्ह सुशोभन

हेटौंडा, असार २९ गते । जनपथ प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक (प्र.स.नि.) पदबाट प्रहरी नायव निरीक्षक (प्र.ना.नि.) पदमा बढुवा भई यस कार्यालयमा पदस्थापना भएका प्रहरी नायव निरीक्षक निर्दोष लामालाई सोमबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गरिएको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार बढुवा भएका प्र.ना.नि. लामालाई यस कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। कार्यक्रममा निमित्त कार्यालय प्रमुख काफ्लेले बढुवा प्राप्त प्र.ना.नि. लामालाई बधाई तथा शुभकामना व्यक्त गर्दै संगठनप्रतिको उच्च व्यावसायिकता, इमानदारी, अनुशासन र जिम्मेवारीलाई आत्मसात् गर्दै प्रभावकारी रूपमा सेवा प्रवाह गर्न निर्देशन दिएका थिए।…
Read More
कर्रा खोलाको बाढीले खाली १२ चक्के ट्रक बगायो, चालक पौडिएर ज्यान जोगाउन सफल

कर्रा खोलाको बाढीले खाली १२ चक्के ट्रक बगायो, चालक पौडिएर ज्यान जोगाउन सफल

हेटौंडा, असार २९ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ हटियास्थित कर्रा खोलामा सोमबार बिहान आएको आकस्मिक बाढीले एउटा खाली १२ चक्के ट्रक बगाएको छ। घटनामा चालकले भने पौडिएर सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार बिहान करिब ७:४५ बजे शिवम् सिमेन्ट उद्योग नजिक रहेको कर्रा खोला पार गर्ने क्रममा पानीको बहाव एक्कासि बढेपछि ना ७ ख ७६५ नम्बरको आइचर ट्रक बाढीमा बगेको हो। ह्युम पाइप राखेर निर्माण गरिएको कल्भर्टबाट ट्रक पार गराउने क्रममा उक्त घटना भएको प्रहरीले जनाएको छ। सिमेन्ट उद्योगमा ढुंगा अनलोड गरेर फर्किरहेको ट्रकका चालक चितवनको रत्ननगर नगरपालिका–१३ निवासी करिब ३४ वर्षीय दिपक…
Read More
‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौँडा, असार २७ गते । सेवा, सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले हेटौँडा उपमहानगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै जनताका गम्भीर सवाललाई बेवास्ता गरिएको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले बजेट सार्वजनिक गरिसकेपछि आयोजना गरिएको सार्वजनिक सुनुवाइ औपचारिकतामा मात्र सीमित भएको टिप्पणी गरेका छन्। जनताले उठाएका गम्भीर विषयमा स्पष्ट जवाफ नदिई कार्यक्रम सम्पन्न गरिनु सार्वजनिक सुनुवाइको उद्देश्यविपरीत भएको उनको भनाइ छ। महतले शिवम् सिमेन्ट उद्योगबाट फैलिने धुलोका कारण स्थानीय बासिन्दा तथा विद्यालयमा अध्ययनरत बालबालिकाले दैनिक रूपमा समस्या भोगिरहेको उल्लेख गर्दै यस विषयमा सार्वजनिक सुनुवाइका लागि पत्र बुझाउँदा र कार्यक्रमअघि सम्बन्धित…
Read More
औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौँडा, असार २७ गते । नेपाल औषधि व्यवसायी संघ मकवानपुरले जिल्लाका औषधि व्यवसायीहरूसँग व्यवसाय सञ्चालनका समसामयिक विषयमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट औषधि पसल सञ्चालन तथा बन्द गराउने विषयमा भइरहेका गतिविधिका बारेमा विशेष छलफल गरिएको थियो। कार्यक्रममा सहभागी व्यवसायीहरूले औषधि व्यवसाय सञ्चालनका क्रममा कानुनी प्रक्रिया, नियमन, मापदण्ड तथा आफूहरूले भोगिरहेका विभिन्न समस्या र चुनौतीबारे धारणा राखेका थिए। कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नारायणलाल श्रेष्ठले विभिन्न कारण देखाउँदै औषधि पसल बन्द गराउने अवस्था सिर्जना भइरहेकोप्रति चिन्ता व्यक्त गरे। मकवानपुरमा करिब १३० औषधि व्यवसायी सक्रिय रहेको उल्लेख गर्दै उनले सबै व्यवसायीलाई प्रचलित कानुन,…
Read More
‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडा, असार २६ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले मुगुका गणेश नेपालीको आत्मदाहको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिग्देलले सुशासनको नारासहित निर्माण भएको सरकारको नेतृत्वमा मुलुकमा निराशा र अराजकता तीव्र रूपमा बढिरहेको दाबी गरेका छन्। उनले गणेश नेपालीको आत्मदाहलाई त्यसैको दुःखद परिणामका रूपमा टिप्पणी गरेका छन्। सिग्देलले आफ्नो स्टाटसमा लेखेका छन्, “सुशासनको नारा दिएर निर्माण भएको बालेन सरकारको नेतृत्व रहेको बेला मुलुकमा निराशा र अराजकता तीव्र रूपमा बढ्दो छ। यसको नतिजा गणेश नेपालीको दुःखद आत्मदाह हो। यसको जिम्मेवार सरकारले लिनुपर्छ…
Read More
नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौडा, असार २५ गते। नारायणी यातायात व्यवसायी सङ्घको ३७औँ साधारण सभा तथा १७औँ अधिवेशनअघि सङ्घका महासचिव सरोजकुमार खनालले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै संस्थागत सुशासन, प्रविधिमैत्री व्यवस्थापन र व्यवसायीको हकहित संरक्षणलाई आफ्नो नेतृत्वको प्रमुख प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। शुक्रबार हुने अधिवेशनको पूर्वसन्ध्यामा जारी प्रेस विज्ञप्तिमा खनालले नेपालको सडक यातायात प्रणालीले देशको कुल यात्रु तथा मालसामान ढुवानीको ९० प्रतिशतभन्दा बढी भार वहन गरिरहेको उल्लेख गर्दै सार्वजनिक यातायात क्षेत्र अहिले बढ्दो सञ्चालन खर्च, अस्वस्थ प्रतिस्पर्धा, सडक सुरक्षा, नीतिगत अस्थिरता, प्रविधिको सीमित प्रयोग तथा व्यवसायी र श्रमिकसँग सम्बन्धित विभिन्न समस्याबाट प्रभावित रहेको बताएका छन्।   उनले संघीय शासन प्रणाली लागू भइसके…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.