स्थानीय

बालमैत्री शहर घोषणाको प्रभाव : हेटौंडाका किशोर रेडियो कार्यक्रम सञ्चालक बन्दै

बालमैत्री शहर घोषणाको प्रभाव : हेटौंडाका किशोर रेडियो कार्यक्रम सञ्चालक बन्दै

हेटौंडा, असार १७ गते । हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री शहर घोषणा गर्दा आलोचना र खिसीट्युरीसमेत सहनुपरेको भए पनि त्यसको सकारात्मक प्रभाव अहिले देखिन थालेको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले बताएकी छन्। मेयर लामाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नगरले बालबालिकाको क्षमता विकासका लागि शिक्षा, तालिम तथा विभिन्न अवसरहरू सिर्जना गर्दै आएको उल्लेख गरेकी छन्। उनले बालमैत्री शहर घोषणापछि नगर बालबालिकाका सवालमा अझ सचेत र गम्भीर बनेको बताइन्। नगरपालिकाले पत्रकारिता, रेडियो तथा टेलिभिजन कार्यक्रम सञ्चालनसम्बन्धी तालिम सञ्चालन गर्दै आएको र त्यही तालिमबाट लाभ लिएका विकल्प अर्याल अहिले रेडियो कार्यक्रम सञ्चालक बनेको मेयर लामाले जानकारी दिइन्। उनका अनुसार अर्यालले हाल रेडियो थाहा सञ्चार…
Read More
हेटौंडा नगरभित्र सञ्चालित विकास आयोजनाको स्थलगत अनुगमन

हेटौंडा नगरभित्र सञ्चालित विकास आयोजनाको स्थलगत अनुगमन

हेटौंडा, असार १७ गते । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान नेतृत्वको टोलीले हेटौंडा नगरभित्र सञ्चालनमा रहेका विभिन्न विकास आयोजनाहरूको स्थलगत अनुगमन गरेको छ। अनुगमनका क्रममा महिलामैत्री पार्क, प्रगति माध्यमिक विद्यालय भवन निर्माण, तामाङ सङ्ग्रहालय तथा टोनी हेगन पार्कलगायतका योजनाहरूको निर्माण प्रगति, गुणस्तर तथा कार्यान्वयन अवस्थाबारे अवलोकन गरिएको थियो। स्थलगत अनुगमन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख ललितघनसहित सम्बन्धित प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै हेटौंडा उपमहानगरपालिकाकी नगरप्रमुख मीनाकुमारी लामा लगायत अन्य प्रतिनिधि तथा सरोकारवाला पक्षहरूको पनि उपस्थिति रहेको थियो। अनुगमन टोलीले हेटौंडा नगरभित्र सञ्चालन भइरहेका विकास निर्माणका योजनाहरूको वर्तमान अवस्था, कार्यान्वयन प्रक्रिया तथा आगामी कार्ययोजनाबारे जानकारी लिएको थियो। कार्यक्रममा निर्माणाधीन…
Read More
विद्यालय तहदेखि नै व्यवसायिक सीप आवश्यक : वडा अध्यक्ष सिग्देल

विद्यालय तहदेखि नै व्यवसायिक सीप आवश्यक : वडा अध्यक्ष सिग्देल

हेटौंडा, असार १६ गते । हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलले विद्यालय तहबाटै विद्यार्थीलाई व्यवसायिक तथा सीपमूलक शिक्षा प्रदान गर्न आवश्यक रहेको बताएका छन् । हेटौंडा–४ नं. वडा कार्यालयको आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को व्यवस्थापनमा सञ्चालित “विद्यार्थी उद्यमशीलता कार्यक्रम” को समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिग्देलले पुस्तकिय ज्ञानसँगै व्यवहारिक तथा व्यवसायिक सीप आजको आवश्यकता भएको बताए । उनले केवल सैद्धान्तिक शिक्षाले मात्र प्रतिस्पर्धात्मक समयमा विद्यार्थी तथा समाजको आवश्यकता पूरा गर्न नसक्ने उल्लेख गर्दै दक्ष, स्वावलम्बी, स्वरोजगार र आत्मनिर्भर नागरिक उत्पादन गर्न विद्यालय तहबाटै सीपमूलक शिक्षा दिनुपर्नेमा जोड दिए । स्थानीय सरकार मातहत विद्यालय आइसकेकाले व्यवसायिक शिक्षा विस्तारमा…
Read More
हेटौँडा–कुलेखानी–फाखेल सडक असार २५ सम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

हेटौँडा–कुलेखानी–फाखेल सडक असार २५ सम्म बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

हेटौडा, असार १५ गते। हेटौँडाबाट कुलेखानी–फाखेल हुँदै काठमाडौं पुग्ने छोटो दूरीको सडक अझै केही दिन सञ्चालनमा नआउने भएको छ। पूर्वाधार विकास कार्यालय, हेटौँडाले सडक बन्दको अवधि थप गर्दै आगामी असार २५ गतेसम्म सवारी आवागमन रोकिएको जनाएको हो। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ स्थित महालक्ष्मी खोलामा पुल निर्माण तथा उकालो सडक ढलानका लागि गत जेठ १५ गतेदेखि उक्त सडक पूर्ण रूपमा बन्द गरिएको थियो। कार्यालयका अनुसार निर्माण कार्य सम्पन्न भए पनि ढलान गरिएको कङ्क्रिटले आवश्यक मजबुती हासिल गर्न बाँकी रहेकाले तत्काल सवारी सञ्चालन गर्न नसकिने अवस्था रहेको छ। कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले सडक साँघुरो भएकाले ढलान गरिएको…
Read More
युवा उद्यमलाई हेटौंडा उपमहानगरको प्रोत्साहन, कृषि तथा पशुपालन फर्मको अवलोकन

युवा उद्यमलाई हेटौंडा उपमहानगरको प्रोत्साहन, कृषि तथा पशुपालन फर्मको अवलोकन

हेटौडा, असार १५ गते। हेटौंडा उपमहानगरपालिकाले स्वदेशमै बसेर कृषि तथा पशुपालन मार्फत स्वरोजगारमा संलग्न युवालाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ। यसैक्रममा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा सहितको टोलीले हेटौंडा–१४ मा सञ्चालनमा रहेको “निश्चलराज एकीकृत कृषि तथा पशुपंक्षी फर्म” को अवलोकन गरेको छ। अवलोकनका क्रममा फर्ममा भइरहेको ड्रागन फ्रुट खेती, कृषि उत्पादन तथा पशुपालन गतिविधिबारे जानकारी लिइएको थियो। टोलीमा प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर वली लगायतको सहभागिता रहेको थियो। उपमहानगरपालिकाले उत्पादनमुखी तथा स्वरोजगारमा आधारित काममा संलग्न युवालाई आवश्यक सहयोग तथा प्रोत्साहन गर्दै आएको जनाएको छ। पछिल्लो समय हेटौंडामा ड्रागन फ्रुट खेतीसहित व्यावसायिक कृषि र पशुपालनतर्फ युवाको आकर्षण बढ्दो क्रममा रहेको…
Read More
असार १५ मा मेयर लामाको आह्वान : “कृषिप्रति गर्व गर्ने वातावरण बनाऔं, कृषकको सम्मान गरौं”

असार १५ मा मेयर लामाको आह्वान : “कृषिप्रति गर्व गर्ने वातावरण बनाऔं, कृषकको सम्मान गरौं”

हेटौडा, असार १५ गते। हेटौंडा उपमहानगरपालिकाका मेयर मीना कुमारी लामाले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसरमा कृषिप्रति सम्मान र कृषि आत्मनिर्भरताको आवश्यकता औंल्याएकी छन्। मेयर लामाले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै नेपालमा धानको बिउ आयात बढ्दो क्रममा रहेको विषयप्रति चिन्ता व्यक्त गरेकी हुन्। उनले चालु आर्थिक वर्षको ११ महिनामा १ अर्ब २९ करोड ९४ लाख रुपैयाँ बराबरको २ हजार ९ सय ९३ टन धानको बिउ आयात भएको उल्लेख गर्दै स्वदेशी हाइब्रिड जातको धानको पर्याप्त विकास र उत्पादन नहुँदा किसान विदेशी बिउमा निर्भर हुनुपरेको बताएकी छन्। सरकारले धानको बिउमा आत्मनिर्भरताको नारा अघि सारे पनि हाइब्रिड बिउको अभाव…
Read More
संस्कृत वेद विद्यालयमा स्वच्छ पानीका लागि वाटर प्युरिफायर स्थापना

संस्कृत वेद विद्यालयमा स्वच्छ पानीका लागि वाटर प्युरिफायर स्थापना

हेटौडा, असार १४ गते। टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडाले आफ्नो २६औँ स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत संस्कृत वेद विद्यालयमा वाटर प्युरिफायर स्थापना तथा हस्तान्तरण गरेको छ । हेटौंडा–१० स्थित गोरक्षेश्वर मन्दिर परिसरमा सञ्चालित विद्यालयमा आयोजित कार्यक्रममा उक्त प्युरिफायर विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको हो । समितिका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. १० का वडा अध्यक्ष फुर्बा लामा प्रमुख अतिथि तथा वडा नं. ११ का वडा अध्यक्ष जुना दाहाल विशेष अतिथिका रूपमा सहभागी थिए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अधिकारीले टोल विकास संस्था समुदायको समग्र विकास, सामाजिक रूपान्तरण तथा नागरिक सहभागिता अभिवृद्धिको महत्वपूर्ण…
Read More
हेटौंडामा व्यावसायिक स्याउ खेतीको नयाँ सम्भावना : सानोसुकौलीको ‘स्यामा बाटिका’ मा नगर प्रमुख लामाको अवलोकन

हेटौंडामा व्यावसायिक स्याउ खेतीको नयाँ सम्भावना : सानोसुकौलीको ‘स्यामा बाटिका’ मा नगर प्रमुख लामाको अवलोकन

हेटौडा, असार १४ गते। पहाडी तथा हिमाली क्षेत्रमा मात्र स्याउ उत्पादन सम्भव हुन्छ भन्ने धारणा बदल्दै हेटौंडा उपमहानगरपालिका–१५ सानोसुकौलीस्थित ‘स्यामा बाटिका एकीकृत कृषि तथा पशुपंक्षी फर्म’ ले व्यावसायिक स्याउ खेतीमार्फत नयाँ सम्भावना देखाएको छ । स्थानीय वातावरण अनुकूल प्रविधि अपनाएर सञ्चालन गरिएको फर्ममा हाल करिब १५० वटा स्याउका बोटबाट उत्पादन भइरहेको छ । फर्मले काँचोदेखि पाकेको स्याउसम्मको स्वाद लिन सकिने व्यवस्था गर्नुका साथै स्याउका बिरुवा उत्पादन गरी जिल्ला भित्र र बाहिरका कृषकसम्म पुर्‍याउँदै आएको छ । फर्मको अवलोकनका लागि हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामा सहितको टोली सानोसुकौली पुगेको थियो । टोलीमा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर वली लगायतको…
Read More
“कर उठाउने सरकार, जिम्मेवारीबाट किन पन्छिन्छ?” — सामाजिक अभियान्ता विशालराज महतको प्रश्न

“कर उठाउने सरकार, जिम्मेवारीबाट किन पन्छिन्छ?” — सामाजिक अभियान्ता विशालराज महतको प्रश्न

हेटौडा, असार १४ गते। कर उठाउने विषयमा सरकार सक्रिय देखिए पनि नागरिकप्रति आफ्नो जिम्मेवारी पूरा गर्न सरकार असफल भइरहेको भन्दै सामाजिक अभियान्ता तथा हाम्रो सेवा सहयोग र आवाजका अध्यक्ष विशालराज महतले सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्। महतले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको स्टाटसमा नागरिकबाट विभिन्न शीर्षकमा कर असुल्ने सरकार सेवा प्रवाह, सुरक्षित सडक निर्माण तथा जवाफदेहिताको विषयमा भने मौन रहेको बताएका छन्। उनले नागरिकले कर तिर्न ढिलाइ गरे जरिवाना र कारबाहीको सामना गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै सरकारले आफ्नै जिम्मेवारी पूरा नगर्दा कसलाई सजाय हुन्छ भन्ने प्रश्न गरेका छन्। पेट्रोल–डिजेलमा पूर्वाधार कर, सडक मर्मत कर तथा हरित…
Read More
हेटौँडामा ड्रागन फ्रुट महोत्सव–२०८३ भव्य सफल : तीन दिनमै १० मेट्रिक टन बिक्री, रु. २५ लाखभन्दा बढी कारोबार

हेटौँडामा ड्रागन फ्रुट महोत्सव–२०८३ भव्य सफल : तीन दिनमै १० मेट्रिक टन बिक्री, रु. २५ लाखभन्दा बढी कारोबार

हेटौडा, असार १४ गते। हेटौँडामा आयोजित तीनदिने “ड्रागन फ्रुट महोत्सव–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। असार ११ देखि १३ गतेसम्म सञ्चालन गरिएको महोत्सवमा करिब रु. २५ लाख बराबरको आर्थिक कारोबार हुनुका साथै करिब १० मेट्रिक टन (१० हजार केजीभन्दा बढी) ड्रागन फ्रुट बिक्री भएको आयोजकले जनाएको छ। महोत्सवले नेपाली फलफूलप्रति उपभोक्ताको आकर्षण र स्थानीय कृषि उत्पादनको बलियो बजार सम्भावना उजागर गरेको छ। हेटौँडा तथा आसपासका जिल्लाबाट आएका उपभोक्ताको उल्लेख्य सहभागिताले स्वदेशी फलफूलको माग बढ्दो अवस्थामा रहेको पुष्टि गरेको आयोजकको भनाइ छ। हेटौँडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले नेपाली फलफूलको बजार नभएको भन्ने धारणा गलत सावित भएको बताइन्। उनले नेपाली उत्पादनलाई…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.