२०८३ जेष्ठ २३, शनिबार ००:५०
२०८३ जेष्ठ २३, शनिबार ००:५०
हेटौंडा,जेठ २३ गते। सेवा सहयोग र आवाजमा हामीका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले नेपालको राष्ट्रिय हित, सार्वभौमसत्ता र भूराजनीतिक संवेदनशीलताप्रति सजग रहनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले इतिहासका विभिन्न घटनाबाट शिक्षा लिएर वर्तमान परिस्थितिको मूल्याङ्कन गर्न आवश्यक रहेको उल्लेख गरेका छन्। उनले कुनै पनि शक्तिशाली राष्ट्रले आफ्नो राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने भएकाले नेपालजस्तो भूराजनीतिक रूपमा महत्वपूर्ण देशले राष्ट्रिय स्वार्थको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। महतले सिक्किम भारतमा विलय भएको घटना तथा बङ्गलादेश निर्माणमा भारतको भूमिकाजस्ता ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै आन्तरिक राजनीतिक अस्थिरता, विभाजन र राष्ट्रिय हितभन्दा माथि व्यक्तिगत तथा दलगत स्वार्थ हावी हुँदा…