२०८३ जेष्ठ २०, बुधबार २०:५५
२०८३ जेष्ठ २०, बुधबार २०:५५
मनहरी,जेठ २० गते। मनहरी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा डेङ्गु रोग सम्बन्धी अभिमुखीकरण तथा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ। बुधबार मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित पुष्पलाल स्मृति आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित कार्यक्रममा डेङ्गु रोगको संक्रमण, रोकथाम र नियन्त्रणका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, सञ्चारकर्मी तथा समुदायका विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। अभिमुखीकरणका क्रममा डेङ्गु रोग फैलाउने एडिस जातको लामखुट्टेको जीवनचक्र, संक्रमणका प्रमुख लक्षण तथा रोगबाट बच्ने उपायबारे जानकारी गराइएको थियो। साथै घर तथा समुदाय वरपर पानी जम्ने स्थानहरूको नियमित निरीक्षण गरी लामखुट्टेले फुल पार्ने र वृद्धि हुने वातावरण…